Tuesday, September 9, 2014

सुनकोसी पुगेका गृहमन्त्री लडेर घाइते

काठमाडौ, भाद्र २४ - सिन्धुपाल्चोकको राम्चेमा थुनिएको सुनकोसी खुलेपछि मंगलबार निरीक्षणका लागि पुगेका गृहमन्त्री बामदेव गौतम लडेर घाइते भएका छन् । खुलेको ताल र पहिरोस्थलको निरीक्षण गरेर पैदल र्फकदै गर्दा उनी लडेका हुन् ।

अप्ठ्यारो बाटो भएकाले उनी चिप्लेर लडेका थिए । उनको देब्रे खुट्टामा घुँडाभन्दा मुनी ५ वटा टाँका लगाइएको छ । खाडीचौरमा उनले प्रारम्भिक उपचार भएको छ । ४ बजे तिर लडेर घाइते भएका गौतम सामान्य उपचारपछि काठमाडौं फर्केका छन् ।

0 comments:

Post a Comment