Monday, September 29, 2014

अस्लिल भएको छैन अलि भद्दा चाँही भएको हो । : रमिला

काठमाडौं । पछिल्लो समय लोकगीतमा अस्लिलता बढेको भन्दै आलोचना भइरहेका बेला गायिका रमिला न्यौपाने भने स्वीकार गरिनन् । उनले लोकगीत अस्लिल भन्दा पनि समय अनुसार अघि बढेको दाबी गरिन् ।
उनले भनिन् ।  

लोकगीतमा लोकको कुरा हुनुपर्छ भन्ने रमिला गीतका वारेमा टिप्पणी गर्नुअघि समाजलाई हेर्नुपर्ने धारणा राख्छिन् । समाजमा जे भएको छ त्यहि कुरा लोकगीतमा आए जस्तो लागेको छ उनलाई । अहिलेका तन्नेरी पुस्ताका माया प्रेम गर्ने शैलि परिवर्तन भएकाले गीतमा पनि नयाँ शब्द आएको उनको भनाई छ ।

दसैंगीत छोटो भयो


रमिलाले प्रबिन घर्तीसँग मिलेर गाएको दसैं गीतलाइ धेरैले मन पराएका छन् । धेरैको मोबाइलको रिङटोन समेत बनाएको उनको गीतलाई आम स्रोताले मन पराएका मात्रै छैनन धेरैले गीत छोटो भएको गुनासो गर्ने गरेका छन् । ‘गीत त राम्रै हो तर, छोटो भयो भनेर धेरैले भने ।’ रमिलाले भनिन् ।
गतवर्ष पनि ‘अहिलेको दसैं शीर्षकमा एउटा गीत गाएकी रमिलाले तीजका गीत गाउन थालेपछि दसैं तिहार संगै अन्य पर्वका समेत गीत गाउन थालेकी हुन् । पर्वका गीत गाउँदा रमाइलो अनुभव गर्ने गरेकी छिन् उनले ।

दार्जीलिङमा गीत गाएर दसैं


प्राय फुलपातीकै दिन घर पुग्ने गरेकी रमिला यसपाली भने टिकाको दिन मात्रै घर सिन्धुपाल्चोक जाने योजनामा छिन् । कारण, दसैंमा उनि यसपाली गीत गाउनकै लागि दार्जीलिङ जाने भएकी छिन् । दार्जीलिङका नेपालीले आयोजना गरको दसैं कार्यक्रममा केही गीत गाउने उनको योजना छ ।

0 comments:

Post a Comment