Tuesday, September 16, 2014

इजरायलले पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ ।

इजरायलले पाइलट प्राजेक्ट अन्तर्गत पहिलो चरणमा ३ सय जना नेपाली कामदार लैजाने भएको छ ।यसरी जाने नेपालीले केयर गिभर (हेरचाह गर्ने)को काम गर्नुपर्नेछ । नेपाली कामदार लिने सम्बन्धमा छलफल गर्न आएको इजरायली टोली र नेपाल सरकारका प्रतिनिधिबीच यस्तो सहमति भएको हो ।

कामदार पठाउने मोडालिटीबारे भने टुंगो लागेको छैन् । दुईपक्षीय वार्ता गरी साझा खाका बनाएर मोडालिटी टुंगो लगाउने सहमति भएको छ । इजरायलमा सरकारी तहबाट कामदार पठाउने सम्बन्धमा दुई देशका अधिकारीबीच आइतबार काठमाडौंमा सुरु भएको वार्ता सोमबार सम्पन्न भएको छ ।

इजरायलका दुई सरकारी अधिकारी र नेपालका लागि इजरायली राजदुत सम्मिलित टोलीले नेपाली अधिकारीसँग वार्ता गरेको हो । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

0 comments:

Post a Comment