|
दोलखा, भाद्र २६ - बालबालिकाले दुई रुपैयाँ पाए चकलेट किन्न पसलतिर दौडिन्छन्। ती वस्तुले स्वाद मात्र दिन्छन्, पेट भर्दैनन्। सुस्माक्षमावती गाविसस्थित उच्चमाविका विद्यार्थीले भने त्यति नै रकममा अघाउन्जेल खाजा पाइरहेका छन्।
उक्त विद्यालयमा 'कोसु' अर्थात् कोदाको सुप नाम दिइएको खाजा कार्यक्रम सञ्चालनमा छ, जसले विद्यार्थीबीच अस्वस्थकर 'जंकफुड' निषेध गर्ने सरकारी अभियानलाई समेत सफल बनाएको छ। उक्त अभियान प्रभावकारी हुँदै गएपछि छिमेकी विद्यालयले पनि अनुसरण गर्न थालेका छन्। विद्यार्थीसँगै रकम उठाएर चलाइएको खाजा अभियानले उनीहरूको अध्ययन र स्वास्थ्यमा प्रगति देखिएको प्राचार्य राजेन्द्र ढकालले बताए। विद्यालय हाताभित्रै पकाएर विद्यार्थीलाई खुवाउने गरिएको छ। त्यसका लागि कक्षाअनुसार मासिक ४० देखि ६० रुपैयाँ जम्मा गर्नुपर्छ। सस्तो र स्वस्थकर खाजाले विद्यार्थीलाई नियमित हुनसमेत सघाएको हाजिरी अभिलेखले देखाउँछ। ढकालका अनुसार टिफिनपछि विद्यार्थी घर जाने क्रम रोकिएको छ।
तेलमा ज्वानो, मेथी, बेसार झानेर पकाइएको कोदो र दालको खोलेलाई 'कोसु' नाम दिइएको छ। 'हामी पनि त्यही खान्छौं,' खाजा व्यवस्थापनको जिम्मा पाएका शिक्षक ओमबहादुर थामीले भने, 'यसले ग्यास्टि्रकको समस्यासमेत कम हुँदै गएको छ।'
यस्तो उपाय भने विद्यालयमा गठित पूर्वशिक्षक-विद्यार्थी समाजले ३४ हजार रुपैयाँ सहयोग गरेर निकालेको हो। गाविसकै सुन्द्रावती निमाविले पनि खाजा अभियान थालेको छ। 'निकै राम्रो प्रभाव देखिएको छ,' सुन्द्रावती निमाविका शिक्षक भरत श्रेष्ठले भने।

0 comments:
Post a Comment