Tuesday, September 30, 2014

तमिलनाडु राज्यकी मुख्यमन्त्रीलाई जेल सजायँ सुनाएपछि १६ जनाले आत्महत्या गरे

मुख्यमन्त्रीलाई जेल सजायँ सुनाउँदा के त्यो राज्यका जनताले भावनामा बगेर धमाधम आत्महत्या गर्न सक्छन् ?


झट्ट सुन्दा यो कुरा हास्यास्पद लागे पनि भारतको तमिलनाडु राज्यकी मुख्यमन्त्री जयललितालाई भ्रष्टाचारमा दोषी ठहर गर्दै अदालतले जेल सजाय सुनाएपछि कम्तिमा १६ जनाले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यद्यपि यस्ता विषय पुष्टी गर्न सकिँदैन । तर, यो खबरलाई अभिनेत्री समेत रहेकी तमिलनाडुकी जयललितालाई भएको जेल सजायसँग जोडिएर हेरिएको छ ।
समाचारहरुका अनुसार जयललितालाई जेल पठाएपछि केहीले आत्महत्या गरेका छन् भने केहीलाई हृदयघात भएको छ ।

द्रविड आन्दोलनका संस्थापक डा. सीएन अन्नादुरैको मृत्युपछि पनि केही मानिसले आत्महत्या गरेका थिए ।
मनोचिकित्सकहरु भने आत्महत्याको यस्तो घटनाका पछाडी सामाजिक एवं सांस्कृतिक कारण हुने बताउँछन् ।
मनोचिकित्सक डा. एन रंजराजन भन्छन्-‘धेरै मानिसको उनीहरुसँग कुनै चिनजान हुँदैन । यस्तमा मानिसहरुको पहिचान कुनै नेता, अभिनेता वा खेलाडीको प्रशंसक हुन्छ । तमिलनाडु जस्तो राज्यमा यी हस्तीलाई भगवानको रुपमा हेरिन्छ ।’

0 comments:

Post a Comment