Saturday, September 13, 2014

शिल्पालाई नक्कली मामाले हिरोई बनाइदिए ।

काठमाडौं । नवल नेपाल निर्देशित चलचित्र ‘लज्जा’ मा मुख्य भुमिका निर्वाह गरेकी शिल्पा पोखरेल अहिले फिल्मको प्रमोशनमा सक्रिय छिन् ।
छबिराज ओझाको ब्यानरवाट डेब्यु गरेकी शिल्पाले ओझाकै दोस्रो फिल्म ‘हवल्दार सुन्तली’मा पनि मुख्य भुमिका निर्वाह गर्ने अवसर पाएकी छिन् ।


दुईवटा फिल्ममा काम गरेकी शिल्पालाई अन्य फिल्मवाट पनि प्रस्ताब आउने क्रम जारी छ । म्युजिक भिडियोमा कामका लागि प्रस्ताब गर्नेहरु झन् बढेका छन् अहिले । एक वर्षमा १ सय ३५ म्युजिक भिडियोमा काम गरेकी शिल्पालाई पारिवारिक चलचित्रमा काम गर्दा रमाईलो लाग्छ ।
आम नेपाली नारीले भोगका पिडालाई लज्जामा प्रस्तुत गरेको बताउने शिल्पा ‘लज्जा’ आफैमा नेपाली महिलाहरुको प्रतिनिधी फिल्म भएको दाबी गर्छिन ।  ‘लज्ज्ााको विषय त काल्पनिक हो तर, सिनेमा हेर्दा सत्य घटना हेरे जस्तै लाग्छ ।’ उनले भनिन् ।

कोरियोग्राफर बन्ने चाहना


टिभी हेर्ने क्रममा चलचित्र र नेपाली गीत संगीतसँग सम्बन्धित कार्यक्रमप्रति राम्रै ध्यान दिन्थिन् उनी । तर, चिटिक्क परेर नाचेका हिरो र हिरोईनले कहिल्यै तानेन उनको  ध्यान । बरु उनको आँखा जान्थ्यो तिनले लाएको ड्रेस र नाच्ने स्टाईलमा ।


उनलाई लाग्थ्यो ‘यी नाच्ने केटा केटी भन्दा त नचाउने मान्छे नै ठुला हुन् । पछिसम्म पनि उनको मनमा त्यहि धारणा कायम थियो । नृत्य सिकेर कोरियोग्राफर बन्ने सोचमा रहेकी शिल्पाले हिरोईन बन्छु भनेर कहिल्यै सोचिनन् । तर, नक्कली मामासँग एक दिन जिस्कदा सिधै हिरोईन बन्ने प्रस्ताव आयो ।
कोरियोग्राफर रोशन श्रेष्ठलाई शिल्पा मामा भन्छिन् । आमाले भाइ बनाएपछि मामा बनेका रोशन शिल्पाको घरमा आइरहन्थे । त्यति वेला रोशन टेलिसिरियल ‘घरबेटी बा’ मा काम गर्थे । आमा र मामा बसेर गरेको कुरा शिल्पा छेउमा बसेर सुनिरहेकी थिइन् । रोशनले भने ‘लौ न दिदी हाम्रो सिरियलमा काम गर्ने केटी बाहिर जाने भई एउटा राम्रो केटी चाहियो ।


आमाले मामाको कुराको जवाफ दिन नभ्याउँदै शिल्पाले भनिन् ‘मामु म काम गर्छु नि त, मलाई पनि त आउँछ नि एक्टिङ गर्न ।’ शिल्पाको भनाई अनुसार उनले त्यतिवेला जिस्केर भनेकी थिइन त्यस्तो कुरा । आमाले ‘हुन्छ’ भनेपछि मामाले सिरियलमा ब्रेक दिए ।
‘घरभेटीबा’ वाट अभिनय सुरु गरेकी शिल्पालाई त्यसपछि म्युजिक भिडियोवाट यति धेेरै प्रस्ताब आयो कि एक महिनामा १२ वटासम्म भिडियोमा अभिनय गरिन् । म्युजिक भिडियोमा राज गर्दै गर्दा उनीमाथि आँखा पर्‍यो निर्माता छवि ओझाको । छविले उनले फिल्म संसार छिराइदिएपछि यतिबेला उनी यही दुनियाँमा आफुलाई स्थापित गर्ने धाउन्नमा छिन् ।

नेपाली फिल्म मनै परेन


अहिले मेरो फिल्म हेर्दिनुस् है भन्दै दर्शकलाई आग्रह गर्ने शिल्पा आफै भने नेपाली फिल्म हेर्ने मामलामा कन्जुस छिन् । तीन वर्ष भयो उनले नेपाली फिल्म हेर्न थालेको । अहिलेसम्म डेढ दर्जन भन्दा धेरै फिल्म हेरेकी छैनन् उनले ।
नम्रता श्रेष्ठ र रेखा थापाको फिल्म हेर्ने गरेकी शिल्पालाई रेखाको ‘कसले चोर्‍यो मेरो मन’ मन परेको थियो भने नम्रताको अभिनयबाट पनि उनी प्रभावित छिन् ।

0 comments:

Post a Comment