Friday, September 12, 2014

काठमाडौं, भाद्र २७ । चीनमा रेलवे स्टेसनमा सर्वसाधारणलाई तरबार प्रहार गर्ने ३ जना अभियुक्तलाई मृत्युदन्डको सजाय सुनाइएको छ । घटनामा संलग्न ४ जनालाई भने जन्मकैदको सजाय सुनाइएको छ ।

चीनको उच्च अदालतमा शुक्रबार भएको लामो सुनुवाइपछि उनीहरुलाई सजाय सुनाइएको हो । उनीहरुले गत मार्च महिनामा चीनको दक्षिण पश्चिम सिनजियाङ प्रान्तको कुनमिङस्थित रेलवे स्टेसनमा तरबारले हानेर ३१
जनाको हत्या गरेका थिए । घटनामा १ सय ४० जना घाइते भएका थिए ।

कालो पहिरनमा रहेका आक्रमणकारीले सर्वसाधारणलाई लामो तरबारले अन्धाधुन्ध आक्रमण गरेका थिए । घटनालगत्तै पक्राउ परेका व्यक्तिको बयानको आधारमा प्रहरीले मुख्य अभियुक्तहरुलाई पक्राउ गरेको थियो ।

त्यहाँको सरकारले आक्रमणलाई सुनियोजित आतंकवादी आक्रमण भएको जनाएको थियो । सिनजियाङ प्रान्तमा मुस्लिम उइगुर अल्पसंख्यको बसोबास छ ।

0 comments:

Post a Comment