Monday, September 29, 2014

गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको अख्तियार अनुसन्धान विभागले बताएको छ ।

१३ असोज काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापाले आफूलाई कारबाही गरे नेपाली फुटबल नै दुर्घटनामा पर्न सक्ने चेतावनी दिएका छन् ।

लेखाले निर्देशन दिएको भोलिपल्ट सोमबार पत्रकार सम्मेलन गरेर थापाले एन्फामाथि हुने कुनै पनि कारबाहीले नेपाली फुटबल नै निलम्बनमा पर्न सक्ने बताए । उनले भने-‘मलाई डर छ कि नेपाल अन्तराष्ट्रिय नियमनकारी निकायको प्रतिवन्धमा पर्नसक्छ ।

उनले निर्णय पुनर्विचार गर्न आग्रह गरे । ‘कानूनभन्दा माथि कोही छैन । कसैले गल्ती गरेको छ भने कारबाही गरेहुन्छ’ थापाले भने-तर, यस्तो अवस्थाले नेपाली फुटबललाई तहसनहस बनाउनसक्छ । गम्भीर अध्ययन गरेर मात्र निर्णय गर्नुपर्छ । नेपाली फुटबल र खेलाडीबारे सोच्नुस् ।

एन्फा अन्तराष्ट्रिय फुटबल महासंघ फिफा र एसियाली फुटबल महासंघ एएफसीले तोकेको क्षेत्राधिकारमा रहेर आफ्नो विधान अनुसार चल्ने भन्दै थापाले फिफा र एएफसीको विधानले कुनै पनि देशको फुटबल संघमाथि तेस्रो पक्षबाट हुने हस्तक्षेपलाई अस्वीकार गर्ने बताए ।

एन्फा अध्यक्ष थापाले एन्फाको हरहिसाव दिन तयार रहेको भन्दै अख्तियार र सम्पत्ति सुद्धीकरणले गर्ने छानविनमा सघाउने बताए ।

आफ्नो छोरा गौरवको नाममा एएफसीका पूर्व अध्यक्ष मोहम्मद विन हमामले दिएको रकमबारे अख्तियारले छानविन गरिसकेको दावी गरे ।

५८ करोड बढी भ्रष्टाचार गरेको देखिएको भन्दै संसदको लेखा समितिले आइतबार मात्र थापालाई अध्यक्षको हैसियतमा काम नगर्न निर्देशन दिएको छ भने छानविन गरेर कारबाही गर्न अख्तियार र सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागलाई भनेको छ ।

0 comments:

Post a Comment