Monday, September 22, 2014

अब गंगामायालाई बचाउनु अर्को चुनौती भएको छ।

छोराको हत्यारालाई सजाय दिलाउन पति नन्दप्रसादलाई पूर्ण साथ दिँदै आएकी गंगामाया अब एक्लै भएकी छन्। अधिकारी दम्पत्तिको स्वास्थ्यमा चिन्तित देखिने मानवअधिकारवादीहरू नन्दप्रसाद भन्दा गंगामायाको स्वास्थ्य नाजुक देख्थे। तर प्राण पहिला गयो पतिको।

आजपनि झन्डै दुई घन्टा अधिकारी दम्पतिसँग बिताएका मानवअधिकारवादीहरू कनकमणि दिक्षित सुबोधराज प्याकुरेल, सुदीप पाठक, रचना ढकालको समूहलाई अब गंगामायाको झन बढी पिर लागेको छ।

'केही महिनादेखि नन्दप्रसादभन्दा पत्नी गंगामायाको स्वास्थ्य अवस्था राम्रो छैन,' दिक्षितले भने, 'अब गंगामायालाई बचाउनु अर्को चुनौती भएको छ।'

नन्दप्रसादले प्राण त्यागेको गंगामायाले पनि थाहा पाइसकेकी छन्। उनले त्यो कोठामा रहेका अरू मानवअधिकारवादीसँग सरकारप्रति आक्रोश पनि पोखिन्,'म रहेपनि नरहेपनि, मेरो लोग्ने रहेपनि नरहेपनि केनै फरक भयो र?
उनको भनाई उदृत गर्दै प्याकुरेलले भने, 'मेरो लोग्ने मार्ने अब जेठो छोरालाई पनि मार्छन्।'

अधिकारी दम्पत्तिका जेठा छोरा नूरप्रसाद पनि यही संघर्षमा छन्।

0 comments:

Post a Comment