Monday, September 29, 2014

मूल्य घट्यो

१३ असोज, काठमाडौं । सरकारले सोमबार राति १२ बजेदेखि पेट्रोल, डिजेल र मट्टतिेलमा ‘स्वचालित मूल्य प्रणाली’ लागू गरेको छ । यससँगै तत्काल केही मूल्य घटेको छ ।


भारतको रक्सौलबाट आयात गर्ने मूल्यलाई नै आधार मूल्य मानेर अन्तर्राष्ट्रिय बजारअनुसार स्वचालित मूल्य प्रणाली कायम गरिएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुनिलबहादुर थापाले पेट्रोलियम पदार्थको बिक्रीमा यो एक महत्वपूर्ण कार्य भएको बताए ।

अब महिनामा दुईपटसम्म मूल्य समायोजन हुन सक्नेछ । नेपालमा बिक्री हुने पेट्रोलियम पदार्थको मूल्यमा आयल निगमको ऋणको व्याज खर्च, सरकारले लिने कर, ढुवानी खर्च, बिमा खर्च, निगमको प्रशासनिक खर्च, निगमलाई हुने प्राविधिक नोक्सानी र डिलरलाई उपलब्ध गराउने कमिसनसमेत समावेश गरिएको हुन्छ ।

मूल्य घट्यो


स्वचालित मूल्य प्रणाली लागू भएपछि पेट्रोल, डिजेल र मटितेलको मूल्य घटेको छ । अन्तर्राष्ट्रिय बजारमा हाल कायम भएको मूल्यअनुसार पेट्रोलमा प्रतिपलटर १ रुपैयाँ ४४ पैसा र डिजेल र मट्टतिेलमा २७ पैसा मूल्य घट्नेछ ।

यसबाट नेपाल आयल निगमकोे आम्दानीमा प्रतिमहिना तीन करोड ६२ लाख कमी हुनेछ ।
आपूर्तिमन्त्री थापाले एलपी ग्यासमा घरायसी प्रयोजनको लागि सहुलियत मूल्य र व्यावसायिक प्रयोजनको लागि परल मूल्य कायम गरिने जानकारी दिए ।

0 comments:

Post a Comment