Wednesday, September 24, 2014

मानसिक तथा शारीरिक तन्दुरुस्ती कसरी रहने जानी राखौं ।

महिला पुरुष सबैमा बाहिरी व्यक्तित्वले महत्त्वपूर्ण भूमिका खेल्छ, जसको व्यक्तित्व प्रभावशाली हुन्छ ऊ जहाँतहीं अगाडि रहन्छ। हिजोआज मानिसको व्यक्तित्व जीवनका अन्य महत्वपूर्ण तत्वसरह भैसकेको छ। व्यक्तित्वमा निखार ल्याउनु सबैको चाहना पनि हो।

व्यस्त जीवनशैलीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि थकित बनाउँछ। जबसम्म व्यक्ति मानसिक रूपमा स्फुर्त हुन सक्दैन तबसम्म शारीरिक रूपमा स्फुर्त बन्न सक्दैन, जब मानिस भित्रैबाट स्वस्थ हुन्छ त्यो प्रभाव उसको व्यक्तित्वमा सहजै झल्कन्छ। त्यसका लागि  स्पा सशक्त माध्यम हो। स्पाले व्यस्त जीवनशैलीका कारण थकित भएकाहरूलाई आराम प्रदान गर्छ। आजभोलि काठमाडांैमा विभिन्न स्तरका स्पा खुलेका छन् जहाँ अनेकथरीका पद्धति अवलम्बन गरिन्छ। स्पामा गरिने थेरापीले मानिसलाई फुर्तिलो मात्र बनाउँदैन यसबाट विभिन्न रोगको पनि उपचार हुन्छ। नेपालमा फाइभ स्टार स्तरका स्पा पनि खुलेका छन्। स्पाले शरीरमा रहेका अनावश्यक टक्सिन तथा बोसो पगाल्ने काम पनि गर्छ। स्पा मात्र होइन नेपालमा स्लिमिङ तथा कस्मेटिक सर्जरी गर्ने थलोका रूपमा पनि विकास हुन थालेको छ। यस्ता संस्थाहरूले शरीरमा देखिएको मोटोपन कम गरी शरीरलाई गठित बनाउने काम गर्छन्। यस्ता स्लिमिङ संस्थाहरूमा प्याकेजका हिसाबले सेवा प्रदान गरिन्छ। यस्ता संस्थाहरूले नयाँ-नयाँ प्रविधि भित्र्याएर साइड इफेक्ट नहुने किसिमले उपचार गर्छन्।

हेल्दी होम 


केही वर्षदेखि सञ्चालनमा रहेको हेल्दी होमले आफ्नो गुणस्तरीय सेवाका कारण लोकप्रियता हासिल गरिसकेको छ। यहाँ दक्ष जनशक्तिको सुपरभिजनमा उपचार गरिन्छ। यसका शाखा बागबजार तथा बानेश्वरमा छन्। बानेश्वर यसको प्रिमियम शाखा हो। यहाँ स्लिमिङ, बडी टोनिङ, बडी मसाज तथा सौन्दर्य उपचारसम्बन्धी अन्य सेवा पनि प्रदान गरिन्छ। यहाँ तालिमप्राप्त प्रशिक्षकले वेट लेससम्बन्धी परामर्श पनि प्रदान गर्छन्। यहाँ प्रयोग गरिने उपकरण आइएसओ प्रमाणित छन्। ती उपकरणहरू जर्मन तथा अमेरिकाबाट आयात गरिएका हुन्। यहाँ नर्मल खानपानमा बिना कुनै साइडइफेक्ट, बिना कुनै शल्यक्रिया तथा औषधिको प्रयोगबिनै शरीरको अनावश्यक मोटोपन कम गरिन्छ।


शरीरमा भएको बोसोलाई अल्ट्रासोनिक तथा अन्य प्रविधिबाट मसाज गरी पगालेर शरीरको तौल घटाइनुका साथै हिप, पिंडुला, थाइ, पेट तथा हातको सेप मिलाउनुका साथै शरीरमा भएका अनावश्यक रौं सदाका लागि हटाइन्छ। यो फिजिकल हेल्थ तथा सौन्दर्यका लागि उपयुक्त गन्तव्य हो। यहाँ हर्बल, आयुर्वेदिक, एक्युप्रेसर, फिजियोथेरापी तथा म्याग्नेटिक थेरापीद्वारा उपचार गरिन्छ। यहाँ सौन्दर्य प्रसाधनहरू पनि उपलब्ध छन्। यहाँ विश्वमै ख्याति कमाएका वेटवस तथा बडीसेपका उपकरण जडान गरिएको छ। यहाँको उपचारले मानिसहरूको शतप्रतिशत समस्या समाधान गरेको दाबी गरिन्छ। यो सेन्टर बिहान साढे ७ देखि बेलुका साढे ७ बजेसम्म सञ्चालनमा रहन्छ। यहाँ फरक-फरक समस्याका लागि फरक-फरक प्रविधि प्रयोगमा ल्याइन्छ। यहाँ मेम्बरसीप तथा प्याकेजको सुविधा उपलब्ध हुन्छ।

0 comments:

Post a Comment