Tuesday, September 16, 2014

मेरो स्तन छ, तपाईंलाई समस्या ? दिपिका पादुकोण :

ट्विटरमा आफ्नो भिडियो सेयर गर्ने एक अंग्रेजी पत्रिकासँग बलिउड नायिका दिपिका पादुकोणले रोष व्यक्त गरेकी छिन् । सार्वजनिक कार्यक्रममा धेरैजसो हाँसेर पत्रकारहरुको असहज प्रश्नहरुको पनि सहज तरिकाले उत्तर दिने दिपिकाले ट्विटरमा निकै रिसाएर प्रस्तुत भएकी देखिन्थिन् ।

एक पत्रिकाले दिपिकाको भिडियो ट्विटरमा पोष्ट गरेकोमा दिपिका रिसाएकी हुन् । भिडियो सेयर गर्दै उक्त पत्रिकाले लेखेको थियो, ‘ओह, माइ गड, दिपिका पादुकोणको क्लिभेज शो’ । दिपिकाले उक्त पोष्टको स्क्रिनसट लिदैँ ट्विटरमा यसको जवाफ दिँदै भनिन्, ‘हो, म महिला हुँ ।

मेरो स्तन छ, मेरो क्लिभेज छ । तपाईंलाई समस्या ?’ उनको रिस यत्तिमा मात्र शान्त भएन र उनले अर्को ट्विटमा फेरि लेखेकी छिन्, ‘यदि तपाईंलाई महिलाको इज्जत गर्न आउँदैन भने महिला सशक्तिकरणको बारेमा कुरा गर्न बन्द गर्नुहोस् ।’ आफ्नो नयाँ फिल्मको प्रचार प्रसार गर्नका लागि उनले आफ्नो ट्विटर अकाउन्टको नाम ‘फाइन्डिङ फेनी’ राखेकी छिन् । दिपिकाका प्रशंसकहरुको विरोध र बलिउड कलाकारहरुले दिपिकालाई गरेको समर्थनका कारण उक्त पत्रिकाले दिपिकाको अपमानजनक भिडियो डिलिट गरेको छ । 

0 comments:

Post a Comment