Saturday, September 13, 2014

मन्त्री निवास मेरो काकाले बनाएका हुन् : महेश बस्नेत

२८ भदौ, काठमाडौं । नवनिर्वाचित उद्योग मन्त्री एवं युवासंघका अध्यक्ष महेश बस्नेतले ललितपुरस्थित मन्त्री निवास आफ्नो काकाले बनाएको बताएका छन् ।
मन्त्री बनेको भोलिपल्ट शनिबार नयाँ बानेश्वरको अल्फाबिटामा आयोजित युवा संघको प्रथम विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भने-

त्यो ललितपुरको मन्त्री क्वार्टर मेरा काकाले बनाउनुभएको रहेछ, हिजो बुबा र काकासँग कुरा भयो, उहाँले आफ्नै छोरालाई बस्नका लागि पो बनाइएछ भन्नुभयो ।’
आफू मजदुर परिवारमा जन्मेको मन्त्री बस्नेतले बताए । ‘त्यो मन्त्री क्वार्टर बनाउँदा काका मजदुर ओसार्ने पेटी ठेकेदार हुनुहुन्थ्यो,’ बस्नेतले भने-‘ म यस्तो मजदुर पृष्ठभूमिको परिवारमा जन्मेका हौं, त्यसैले मलाई कुनै कुराको लोभ लालच छैन। ‘ आफू मन्त्री बने पनि पैसा कमाउने र विदेश घुम्नेतिर नलाग्ने बस्नेतले बताए ।
मन्त्री बनेको झलनाथ भनेर मात्रै थाहा भयो

एमाले पूर्वअध्यक्ष झलनाथ खनालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बस्नेतले भने-‘केपी ओली कामरेडको अचम्मको स्वभाव छ, उहाँले हिजो साढे ४ बजेतिर फेान गरेर जरुरी काम छ भनेपति म बालकोट जाँदै थिएँ, त्यहीबेला जेएन कामरेडले फोन गरेर बधाइ दिनुभयो, केको बधाइ भन्दा तपाई उद्योग मन्त्री बन्नुभयो भन्दा मात्रै मैले थाहा पाएँ । ओली कामरेडले मिडियामा नआई बधाइ दिऔं भनेको, आइसक्यो भन्नुभयो ।’

व्यक्तिगत काम लिएर नआउन आग्रह

युवा संघका कार्यकर्तालाई व्यक्तिगत एवं सरुवा बढुवाका काम लिएर मन्त्रालयमा नआउन उनले आग्रह गरे । जनताका सामाजिक काम मात्रै लिएर आउने उनले सुझाव दिए ।
मन्त्री बनेकोमा खुशी देखिएका बस्नेतले युवालाई कसरी रोजगारी दिने र विदेश जानबाट रोक्ने भन्नेबारे अध्ययन गर्ने उनले बताए । साथै रुग्ण उद्योगहरु सञ्चालनमा ल्याइने उनले बताए ।
आफू भक्तपुर निर्वाचन क्षेत्रको भएकाले भक्तपुरलाई विशेष ध्यान दिँदा गुनासो नगर्न बस्नेतले आग्रह गरे । एमालेले पर्यर्टनमन्त्री भीम आचार्य र उद्योगमन्त्री कर्णबहादुर थापालाई सरकारबाट फिर्ता बोलाएर दीपकचन्द्र अमात्य र महेश बस्नेतलार्इ मन्त्री बनाएको थियो ।

0 comments:

Post a Comment