Monday, September 22, 2014

सयौँ मानिसहरुले समुद्रकोे चिसो पानीमा निर्वस्त्र डुबुल्की मारे

विश्व किर्तिमान भंग गर्ने मनसायका साथ सयौँ मानिसहरुले समुद्रको चिसो पानीमा डुबुल्की मारेका छन् ।
बेलायतको नर्थम्बरल्याण्डस्थित नर्थ सी को ड्रुरिज बेमा ३ सय निर्वस्त्र मानिसहरुले निर्वस्त्र डुबुल्की मारेका हुन् ।

अमेरिकाको फ्लोरिडामा गतवर्ष ८ सय जनाले गरेको निर्वस्त्र डुबुल्कीको रेकर्ड भंग गर्ने उद्धेश्यका साथ कार्यक्रम आयोजना गरिएको भएपनि दुर्भाग्यवस निकै कम मान्छेमात्र उपस्थित भए र बेलायतीहरु त्यसको छेउँसम्म पनि पुग्न सकेनन् ।

रेकर्ड भंग नभएपनि कार्यक्रम निकै सफल भएको आयोजक ज्याक्स हिगिसनले दाबी गरिन् ।
पछिल्लो ३ वर्ष यता लगातार यस्तो कार्यक्रमको आयोजना गर्दै आएकी ज्याक्सका अनुसार पहिलेका वर्षमा भन्दा यो वर्ष सहभागीको संख्या बढेको छ ।

१३ डिग्री सेल्सियसको चिसो पानी हुनु तथा बिहान सबेरै कार्यक्रमको आयोजना गरिएको हुनाले पनि मानिस कम उपस्थित भएको हनुसक्ने दाबी गरियो ।

यो कार्यक्रमबाट हजारौँ पाउण्ड रकम संकलन हुने र त्यो मानिसक रोगीको सहयोगका लागि स्थापित च्यारिटी संस्था माइन्ड एण्ड द नेसनल ट्रस्टलाई प्रदान गरिने उनले बताएकी छिन् ।

0 comments:

Post a Comment