|
दोहा (कतार), भाद्र २३ - १६ डिसेम्बर १९९७ मा २० वर्षीय श्रीमती शोभाका साथ तीन लालाबाला छाडेर कतार आएका थिए, काठमाडौं ठमेलका रोशनकुमार सिंह । कान्छो छोरा भर्खर डेढ महिनाको थियो । ठूली छोरी ५ वर्षकी र ठूलो छोरा दुई वर्षको । उनीहरूको लालनपालनदेखि शिक्षादीक्षाका लागि रोशनकुमारसामु बिदेसिनुको विकल्प थिएन ।
वर्षौंटे जस्ता बच्चाहरूको भविष्यलाई लिएर दम्पती चिन्तित थियो । रोशन धन कमाउन केही वर्ष परदेसिने र शोभाले बच्चाहरू हुर्काउने सहमति बन्यो । तर जिन्दगीको गाडी सोचेजस्तो गुडेन । रोशनले कतारमा पैसा पनि कमाए । परिवारलाई नियमित पठाइदिए पनि । तर उनीहरूबीच पुनर्मिलन हुने दिन अझै आएन ।
रोशन कतारमा एउटा अल्मुनियम कम्पनीको सुपरभाइजर थिए । कम्पनी बन्द हुने स्थितिमा पुगेपछि पनि घर फिर्ने तयारीमा थिए । तर, २६ जनवरी २००१ मा उनले चलाएको गाडी दुर्घटनामा पर्यो । गाडीमा क्षति पुग्यो । उनलाई गम्भीर चोट भने लागेन । तर गाडी दुर्घटनाभन्दा ठूलो दुर्घटना आइलाग्यो उनीमाथि । प्रहरीले मदिरा खाएर गाडी चलाएको भन्दै उनीविरुद्ध मुद्दा हाल्यो । अदालतमा मुद्दा दर्ता भएर नटुंगिएसम्म कतार छाडेर बाहिर जान पाइँदैन । त्यही अपि्रल ७ मा अदालतले दुई हजार रियाल जरिवाना वा ६ महिना जेल सजाय तोक्यो । 'मसँग दुई हजार रियाल तिर्न सक्ने अवस्था थिएन,' उनले भने, 'त्यसको सट्टा ६ महिना जेल बसें ।'
रोशनले कार्यरत कम्पनीसँग तलब-सुविधा लिन बाँकी थियो । तलब, ओभरटाइम, क्षतिपूर्ति गरी २९ हजार रियाल (७ लाख ८३ हजार रुपैयाँ) दाबी गर्दै उनले कम्पनीविरुद्ध श्रम विभागमा मुद्दा हाले । मुद्दा उच्च अदालतसम्म पुग्यो, जुन तीन वर्षसम्म चल्यो । आफ्नोतर्फबाट बहस गर्न उनले चार हजार रियाल तिरेर वकिल राखे । ३१ डिसेम्बर २००३ मा अदालतले दुर्घटनामा बिगि्रएको गाडी बनाउन लाग्ने खर्च र उनले पाउने सेवा सुविधा बराबर रहेको फैसला सुनायो ।
मुद्दा किनारा लागेपछि रोशनले स्वदेश फर्किन पहल सुरु गरे । २००४ मै कतारले भागेर काम गरेका, भिसा नभएका/नवीकरण नगरेकाहरूलाई बिना सजाय घर फिर्न पाउने गरी तीनमहिने आममाफी घोषणा गर्यो । रोशनको कम्पनी बन्द भइसकेको थियो । भिसा नवीकरण भएको थिएन । गैरकानुनी भइसकेका थिए । स्वदेश फिर्नका लागि यहाँको खोज तथा अनुसन्धान विभाग मार्फत प्रक्रिया अगाडि बढाए । सबै टुंगो लागेपछि त्यही वर्षको २६ अक्टुबरमा 'फ्लाइट' तय भयो । घरमा फलानो दिन आउँछु भनेर सुनाए । त्यतिन्जेलसम्म ७ वर्ष भइसकेको थियो उनी घर नगएको ।
साथीभाइ सबैसँग बिदाइ भएर कतार नफर्किने गरी रोशन विमानस्थल पुगे । अध्यागमन पुगेपछि थाहा भयो कि उतिबेला उनीमाथि लगाइएको 'यात्रा प्रतिबन्ध' फुकुवा गरिएको रहेनछ । 'पहिलोपटक घर जान पाउनेमा यति खुसी थिएँ कि सीमा थिएन,' उनले सुनाए, 'विमानस्थलमा पुगेपछि पूरै स्खलित भएँ । वरिपरि केही देख्न सकिनँ । घरमा पनि तुरुन्तै फोन लगाउन सकिनँ । हतास/तनाव स्थितिमा फिर्ता भएँ ।'
रोशन अन्योलमा परे । कसलाई भनेर प्रतिबन्ध फुकुवा गर्ने ? अदालतमा अरु मुद्दा छ कि भनेर खोजबिन गरे । कतै पनि त्यस्तो नभएको पत्ता लगाए । 'एक मात्र सहारा नेपाली दूतावास थियो । त्यतिखेर रामकाजी खड्का हुनुहुन्थ्यो,' उनले भने, 'उहाँलाई समस्या सुनाउँदा दूतावासको पीआरओ (जनसम्पर्क अधिकृत) तिर पन्छाइदिनुभयो । उसबाट सहयोग पाइनँ । रिसले उसकै अगाडि कागजपत्र च्यातिदिएर हिंडेँ ।'
परदेशमा रोशन बेसहारा बने । उनकै शब्दमा दूतावास असहयोगी भइदियो । सहयोग गर्ने दोस्रो व्यक्ति थिएन । दोहामा बाँच्न र काठमाडौंमा परिवारलाई पाल्न काम पनि गर्नैपर्यो । घर जाने टुंगै थिएन । यता बिनालाइसेन्स गाडी लिएर सडकमा दौडिन थाले । बेला बेला प्रहरीको छड्के जाँचमा पर्थे । पक्राउ भने परेनन् । शोभाले घर कहिले आउने भन्दा उनी प्रस्ट जवाफ दिन सक्दैनथे । भन्थे, 'हेदैँ जाऊँ काम भइरहेको छ । कहिले हुन्छ ।'
सन् २००८ तिर प्रतिबन्ध हट्यो होला भनेर घर जान फेरि अनुसन्धान विभाग गए । सीआईडीले 'आउटपास' बनाइदियो । 'फ्लाइट' पनि टुंगो लाग्यो । तर विमानस्थल पुग्दा स्थिति उही पुरानो । हानिएर दूतावास पुग्दा फेरि जवाफ उस्तै, 'तिम्रो अदालतमा मुद्दा होला । त्यतातिर राम्रोसँग हेर्नु ।'
त्यसपछि फर्केर दूतावास गएनन् । 'हामी सहयोग माग्न जाने हो । आफ्नो बलबुताबाट कतै केही नलागेपछि दूतावास पुग्ने हो,' उनले दुःखेसो पोखे, 'काम नभएपछि त्यता धाइराख्नुको अर्थ के नै रह्यो र ? त्यसपछि फर्केर गइनँ ।'
लाइसेन्स र परिचयपत्रबिनै रोशनले दोहाको सबैतिर काम गरिरहे । कहिले मान्छे ओसार्न कतार फाउन्डेसन पुग्थे, कहिले दोहा विमानस्थलमा । नेपालबाट कतार आएका र र्फकने मान्छेलाई लिन र पुर्याउन नगएको हप्ता हुँदैनथ्यो । उनी भने पिँजडाको चरीजस्तो थिए । 'मिल्ने भए भुर्रर उडेर जान्थें होला,' उनले भने, 'कतारबाट निस्कने एउटा विमानस्थल छ । उसको सिस्टममा मेरो लागि ब्लक छ ।'
रोशनले प्रयास भने निरन्तर जारी राखे । १२ अक्टोबर २०१३ मा पुनः टिकट काटे । प्रक्रिया अनुसन्धान विभागमै थियो । अब त गइन्छ भन्नेमा उनी ढुक्क थिए । दुर्भाग्य, त्यस दिन पनि उनी असफल भए ।
त्यसपछि रोशनले कतारी सेनाको क्याप्टेनको घरमा चालकको काम थाले । १० अपि्रल २०१३ मा प्रहरीबाट पक्राउ पर्न उनले एउटा जोखिम मोले । 'मदिरा पिएँ । क्याप्टेनले घरमा राखिरहेको सरकारी गाडी दौडाएँ । त्यसलाई पार्किङ गर्न निषेधपूर्ण ठाउँमा लगेर राखें,' उनले भने, 'प्रहरी आएर बल्ल पक्रियो ।' पक्राउपछि घर फिर्न सकिन्छ कि भनेर उनले यो सब गरेका थिए । त्यस दिनयता उनलाई 'डिपोर्टटेसन सेन्टर' (घरफिर्ती केन्द्र) मा राखिएको छ । उनी अहिले त्यहाँ थुनिएका नेपालीका 'इन्जार्ज' छन्् । 'यहाँबाट पनि दुईपटक (गत फेब्रुवरी १० र जुलाई १०) विमानस्थल लागिसके । तैपनि ट्राभल ब्यान्ड हटेको रहेनछ,' उनी भन्दै थिए ।
कैदी नम्बर ६६७१ रोशनकुमारलाई 'सेन्टर'को ब्लक नम्बर ७ मा राखिएको छ । 'गएको डिसेम्बरतिर दूतावासबाट नेपाली भेट्न आउँदा मलाई पनि भेटेका थिए । तपाईं त घर नफिरेको धेरै वर्ष भइसकेको रहेछ भनेर फोटो खिचे । जसरी पनि फर्काउने व्यवस्था गर्छु भन्दै गएका थिए,' उनले भने, 'त्यसपछि कहिल्यै फर्केर आएनन् । वचन पूरा गरेनन् ।'
जेलमा पुगेपछि रोशन आफ्नोभन्दा अरूको दुःख देख्दा उनी चिन्तित छन् । 'यहाँ कम्पनीले भिसा नलगाइदिँदा पक्राउ परेर आउने नेपाली धेरै छन् । कतिले ऋण तिर्न पाएका छैनन् ।' उनले भने, 'चप्पल र खाली हात घर फर्किरहेका छन् । उनीहरूको विषयमा बोलिदिने कोही भएन ।'
रोशन अहिले ५१ वर्षका भए । पत्नी ३७ वर्ष नाघिसकिन् । छोराछोरी जवान भइसके । 'दुःखका दिन बिताउँदा बिताउँदै अहिले त दुःख पनि भुलिसकेँ,' उनले भने, 'युवा अवस्थामा बिछोडिएका हामी बूढाबूढी भइसक्यौं । छोराछोरी आआफ्नो भविष्यको बाटोमा छन् । अब हेरूँ उनीहरूलाई भेट्ने दिन कहिले जुर्ला ?

0 comments:
Post a Comment