Saturday, June 27, 2015

इजरायलमा ५.२ रेक्टर स्केलको भुकम्प सर्वसाधारण खुल्ला मैदानमा निस्किए

इजरायलमा पनि भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको छ । शनिवार साँझ   ६ बजेर ३४ मिनेट जाँदा ५ दशमलव २ रेक्टर स्केलको गएको अमेरिकन जियोलोजिकल सर्वेक्षण  विभागले  जनाएको छ   । इजिप्टको नुवायवीदेखि ४ किलोमिटरको दुरी  र दक्षिण इजरायलको एलात शहरदेखि ६३ किलोमिटरको दुरीमा केन्द्रविन्दु वनाएको गएको भुकम्पको विरसेभा, तेलअभिव, हदाशरोन, खुलोन, नतानिया, जेरुशलेम लगायत उत्तर नजेरेथ इलिटसम्म धक्का महसुस गरिएको इजरायली संचार माध्ययमहरुले जनाएका छन् ।  एलातमा सर्वसाधारहरु घर छोडेर खुल्ला मैदानमा निस्किएका थिए ।


एलातसिटी नजिकै रहेको किवुजका बासिन्दाहरुका अनुसार भुकम्प जानुअघि फार्ममा रहेका गाईहरु वेचैन भएर केही वेर कराएका थिए ।  भुकम्पका कारण  कुनै पनि क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ ।

त्यस्तै भुकम्पको इजिप्टको राजधानी कायरोमा पनि शक्तिशाली धक्का महसुस गरिएको छ  भने जोर्डनको अक्वा क्षेत्रमा पनि धक्का महसुस भएको जनाइएको छ । त्यहाँका बहासिन्दाहरु पनि घर छोडेर खुल्ला स्थानमा निस्किएको बताइएको छ ।

इजरायली संचार माध्यमहरुका अनुसार  आज केन्द्रविन्दु वनाएर भुकम्प गएको सो भेगलाई नै केन्द्रविन्दु वनाएर सन् १९०० पछि हालसम्म ६ देखि ७ रेक्टरस्केल सम्मका  ३ वटा भुकम्पहरु गइसकेका छन् ।

0 comments:

Post a Comment