Thursday, June 25, 2015

राष्ट्र बैंकले भूकम्पमा परेका ऋणीलाई यस्तो सहुलियत दिने भएको छ ।

काठमाडौं: भूकम्पपीडित बैंक तथा वित्तीय संस्थाका ऋणीलाई राष्ट्र बैंकले सहुलियत दिएको छ। राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै भूकम्पका कारण असार मसान्तमा तिनुपर्ने ऋण असोज मसान्तसम्ममा तिर्न सक्ने व्यवस्था गरेको छ।'

भूकम्पका कारण ऋणीको परियोजनामा असर परेमा वा ऋण तिर्ने क्षमतामा ह्रास आएमा त्यस्तो कर्जा असोज मसान्तसम्म तिरे हुने छ',राष्ट्र बैंकको निर्देशिकामा भनिएको छ,' यस्ता पीडित ऋणीसँग बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिन पाउँने छैनन्।'

असोज मसान्तसम्ममा यसरी आएको ब्याजलाई आर्थिक वर्ष २०७१/७२ को नाफामा देखाउन सकिने सुविधा राष्ट्र बैंकले दिएको छ। तर,यो रकम लाभांश भने बाँड्न पाइने छैन।

असार मसान्तपछि आउने ब्याजको विवरण राष्ट्रबैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। राष्ट्रबैंकले पीडितले ऋण तिर्न नसक्ने अवस्था भएमा एक वर्षसम्मका लागि ऋणको पुनर्तालीकरण गर्न सक्ने व्यवस्था गरेको छ।

यसका लागि ऋणीले लिखित योजना र भूकम्पको कारण आम्दानीमा आएको कमीको प्रस्ताव पेश गर्नुपर्ने हुन्छ। एकवर्षभन्दा बढी पुनर्तालीकाकरण गर्नुपर्ने अवस्था आएमा भने राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ।

राष्ट्र बैंकले भूकम्पबाट अति प्रभावित जिल्लामा प्रधान कार्यालय क्षति भएका बैंक तथा वित्तीय संस्थालाई ५० लाखसम्म शून्य प्रतिशत ब्याजदरमा पुनर्कर्जा दिने भएको छ।


यस्तै अनिवार्य नगद मौज्जात कम भएका कारण राष्ट्रबैंकले गर्ने कारबाही २०७३ असार मसान्तसम्म नगर्ने तथा राष्ट्रबैंकले तोकेको विपन्न वर्ग कर्जा २०७३ असार मसान्त सम्म नगरेमा पनि कुनै कारबाही नगरिने उल्लेख छ।

0 comments:

Post a Comment