Monday, June 1, 2015

काठमाडौंको मनहरा खोलामा भेटियो सुटकेसभित्र टाउको काटिएको शव

काठमाडौं : काठमाडौंको मनहरा र भक्तपुरको हनुमन्ते खोलाको दोभाननजिकै ढलको ह्यूम पाइपभित्र सुटकेसमा पोको पारिएको अवस्थामा शव भेटिएको
छ ।

खोलामा लगिएको ढलको मंगालबाट करिब एक फिटभित्र सुटकेसभित्र बोरा र प्लास्टिकले पोकोे पारेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी प्रभाग नयाँ बानेश्वरका डिएसपी दानबहादुर कार्कीले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारीले खानेपानीको पाइप बिस्तारका लागि सर्भे गर्ने क्रममा ह्यूमपाइपभित्र दुर्गन्ध आएको सुटेकस भेटेपछि सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए ।

काठमाडौं, भक्तपुर र ललितपुरको त्रिवेणीका रुपमा रहेको शव भेटिएको स्थानमा फरेन्सिक डाक्टरसहित पुगेको प्रहरीको टोलीले सुटकेस निकालेर हेर्दा सडिसकेको अवस्था शव भेटिएको हो ।

‘टाउको र शरीर छुटिएको अवस्थामा शव भेटिएको हो । भित्रबाट प्लास्टिक, त्यसपछि चामल राख्ने बोरा र फेरि प्लास्टिकले बेरेको अस्थामा शव भेटियो’, डिएसपी कार्कीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘सडिसकेकाले कम्तिमा एक महिनाअघि हत्या गरी यहाँ फ्याकिएको हुन सक्छ । शव चिन्ने अवस्थामा छैन ।’

प्रहरी र फरेन्सिक डाक्टरले जाँच गर्दा शव पुरुषको भएको प्रारम्भीक अनुमान गरेका छन् । ‘शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिन्छ । गालामा बाँकी रहेका केही दाह्री र छोटो कपालले पुरुषको हुनसक्ने अनुमान गरिएको छ’, डिएसपी कार्कीले भने, ‘शवसँगै रहेको टिसर्ट र भित्री कपडाका आधारमा हामीले पहिचानको प्रयास गरेका छौं । तर पोस्टमार्टम रिर्पोट नआई केही भन्न सकिन्न ।’

प्रहरीले बरामद शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । प्रहरीले स्थानीयसँग सोधीखोजी गर्दा नरेफाँटक्षेत्रमा कोही पनि नहराएको बताएपछि अन्तै हत्या गरेर त्यहाँ लगी फ्याकेको हुनसक्ने अनुमान गरिएको छ ।

ती व्यक्तिलाई कसरी हत्या गरियो भन्ने खुल्न सकेको छैन । ‘शरीर टाउको हत्यापछि काटिएको हुनसक्छ’ डिएसपी कार्कीले भने, ‘तर यी व्यक्तिलाई कसरी हत्या गरिएको खुल्न गाह्रो छ । विष खुवाएर या कुटपिट गरेर पनि मारिएको हुनसक्छ ।

0 comments:

Post a Comment