Tuesday, June 30, 2015

सनब्लक क्रिमले अनुहार बिगार्न सक्छ , यो पढ्नुहोस् !

गर्मी सँग सँगै घामको ताप पनि बढेको छ। घामले छाला डढाउने हुदाँ त्यसलाई रोक्ने भन्दै बजारमा विभिन्न सनब्लक क्रिमहरु छ्यापछ्याप्ति पाइन्छ। घामबाट आउने हानिकारक किरणहरुबाट बच्नका लागि सनब्लकको प्रयोग अति आवश्यक मानिन्छ। घरबाट बाहिर निस्किदा मात्र होइन घर भित्र बस्दा समेत सनब्लक प्रयोग गर्न जरुरी रहेको चिकित्सकहरु बताउँछन्।


नियमित रुपमा सनब्लकको प्रयोग गर्नाले मुहारमा आउने अनावश्यक चाउरीपनालाई हटाउने उनीहरुको दाबी छ। धुलोमा हिडँदा अनुहार चिलाउने समस्या छ भने पनि त्यसलाइ सन ब्लकले हटाउने चिकित्सकहरुको तर्क छ।
उमेर अनुसार प्रयोग गर्ने विभिन्न कम्पनीका सनब्लकहरु अहिले बजारमा उपलब्ध छन्। विशेषगरी नेपालमा भारतीयसाथै चाइनिज फिलिपियन्स,कोरियन सन ब्लक पाइने व्यापारीहरुले जानकारी दिएका छन् ।
नेपालमा पनि सनब्लक बन्ने कम्पनीहरु छन्। नेपालमै बनेका सनब्लकहरु अन्यको तुलनामा सस्तो हुने लगनखेलका व्यापारी दिपेन्द्र कुशवाहले बताए। नेपाली कम्पनीले १ सय ५० देखि ४ सयसम्म पर्ने सनब्लक उत्पादन गर्छन। हाल बजारमा ७० रुपैँया देखि ३५ सयसम्मका सनब्लकहरु आएका छन्।

पपैया, एलोभेरा, विभिन्न फलफुल र हर्र्बका सनब्लकहरुले छालालाई क्यान्सरबाट बचाउँन सहयोग गर्छन। सनब्लकको एसपिएफ प्लस जति बढी भयो त्यति महँगो हुने चिकित्सकहरुले बताए ।  विशेषगरी कोरियन र भारतीय  सनब्लकहरु नेपालमा बढी बिक्रि हुने गर्छन।

धेरै मानिसहरुको रोजाइमा हर्बलका उत्पादनहरु पर्ने गरेको व्यापारीहरु बताउँछन्। आफूहरुले छालाको प्रकार हेरेर सन ब्लक बेच्ने गरेको व्यापारीले बताए। किन्न आउनेहरु पनि आफ्नो छाला चिल्लो,सुख्खा र सामान्य के छ त्यही अनुसार माग्ने गरेको न्युरोडका अर्का व्यापारी संजय शाहले बताए।

सनब्लक किन्नु अघि त्यसको अन्तिम मिति हेरेर मात्र किन्नु पर्छ।  प्रयोग गर्ने मिति सकिएको सनबल्क प्रयोग गर्दा छालामा बिभिन्न प्रकारका रोगहरु देखा पर्न सक्छन्।  सस्ता खालका सनब्लकहरुले केही घन्टा मात्र काम गर्छन।

महँगो सनब्लकले धेरै समयसम्म मुहारलाई मुलायम र चम्किलो बनाइ राख्ने चिकित्सकहरु बताउँछन् ।  छालामा देखिने अनावश्यक समस्याहरुबाट बच्नको लागि सनब्लक निकै प्रभावकारी मानिन्छ ।

जुनसुकै केमिकल प्रयोग गरेको फेसियल क्रिम(सनब्लक) प्रयोग गर्दा छालामा भने केही नै केही साईड असर भने गरेको नै हुन्छ।  तर बजारमा बाहिर आएको हल्ला जस्तो छालामा क्यान्सर भने विरानै मात्रामा हुने वरिष्ठ छाला रोग विशेषज्ञ डाक्टर सञ्जु बाबु श्रेष्ठले बताए।

सनब्लकको प्रयोग गर्दा घामले गर्दा हुने एलर्जी, चायाँपोतो, कालो दाग, तिलकोठीबाट बच्नको लागि यसको प्रयोग गर्नुपर्छ। यसको प्रयोग गर्दा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ।
कालोपनको नियन्त्रणको लागि पनि यसको प्रयोग गर्न मिल्ने श्रेष्ठले बताए।

साथै यसको प्रयोगबाट अनुहार रातो हुने, फोका उठ्ने, एलर्जी हुने, आगोले पालेको जस्तो हुने र अनुहारले सनब्लकको म्याच गरेन भने डन्डीफोर बढी आउने र अनुहार नै बिग्रन सक्ने श्रेष्ठले बताए।

त्यसैले चिकित्सकको सुझावका आधारमा मात्र सन ब्लक प्रयोग गर्न पनि डाक्टर श्रेष्ठले सुझाव दिएका छन्।

0 comments:

Post a Comment