Wednesday, June 24, 2015

इजरायलमा संगीता ओली द्वारा इमिग्रेसनलाई पक्राउ गर्न लगाएका दाबी गर्ने सिता र तारा गम्भीर बिमारी

केही दिनदेखि सामाजिक सञ्जाल फेसवुक लगायत केही व्लगरहरु मार्फत भाइरलको रुपमा फैलिएको संगिता वलीसँग जोडिएको समाचारमा उल्लेख गरिएका अध्यागमन प्रहरीको पक्राउमा परेका सिता थापा खनाल र तारा गिरी अस्वस्थ भएका छन् ।


पथरी ५ मोरङ स्थायी घर भई विगत साढे ६ बर्षदेखि इजरायलमा रहेकी ३२ बर्षिया सिता थापा खनाल र काठमाण्डौ स्थायी घर भई विगत ८ बर्षदेखि इजरायलमा रहेकी तारा गिरीलाई गत   ५ मई मंगलवार काममा जाने क्रममा हाइफामा रहेको अवस्थामा अध्यागमन प्रहरीले पक्राउ गरेको थियो ।

नियमित भिसा लाग्ने समय समाप्त भएकी सिता थापा खनालले दुई महिनादेखि इजरायलमा कानूनत वस्नकोलागि रिलिभर तथा भिसा नचाहिने काम गर्ने मनसायले वकिल लगाएर वनाएको पेपरको आधारमा  पक्राउ परेको ४ दिनमा उनी हिरासतमुक्त भएकी थिइन । प्रहरी हिरासतमै रहँदा चिसोका कारण अस्वस्थ रहदै आएकी सिता थापा खनाल हाल सुख्खा खोकी र स्वास्प्रश्वासको समस्यामा परेकी छिन भने उनलाई दादुरा र ज्वरो आई अस्वस्थ भएको नेपाल इजरायल डट नेटसँगको टेलिफोन वार्तामा सुनाइन । उनको जीउभरी डावर निस्किएको बताइएको छ । एक छोराकी आमा समेत रहेकी सिता खनाल थापाको उपचारकोलागि हेल्थ इन्सुरेन्स नभएकाले थप समस्यामा परेकोमा केही दिनअघि मात्र वल्लतल्ल इन्सोरेन्स गर्न सफल भएकोले छिट्टै उपचार पाउने आशामा रहेको उनको रेखदेखमा रहेकी कमला थापाले बताइन । हिरासत मुक्त भएको केही दिनमै पेपेर भिसा दिने काममा गएकी सिता थापा खनाललाई उनको अस्वस्थताका कारण रोजगारदाताले काममा राख्न मानेनन् । हाल उनी समाजसेवी थापाकै रेखदेखमा रहेकी छिन । इजरायल सरकारले एक पटक उपलव्ध गराउने ह्युमनटेरियल भिसामा काम गर्न अझै एउटा अवसर रहेकोले केही दिनमै काममा पठाउने तयारी गरिरहेको समाजसेवी थापाले बताइन ।

सिता खनालको हातमा देखिएको दादुरा ,उनको शरिरभरी यस्तै डावर देखिएको छ ।
त्यस्तै करिव ८ महिनादेखि  गैरकानूनी रुपमा इजरायलमा रहँदै आइरहेकी २८ बर्षिया अविवाहित तारा गिरी पक्राउ परेको १५ दिनमा समाजसेवी अम्विका क्षेत्रीको पहलमा कानूनी प्रक्रिया पुरा गरी हिरासतमुक्त भएकी थिइन । लामो समयदेखि नै घाँटी दुख्ने र पेटको समस्या झेल्दै आइरहेकी गिरीलाई चिकित्सकले नियमित मेडिकेशनमा राखेको थियो । अध्यागमन प्रहरीले पक्राउ गरेलगत्तै प्रहरी कस्टडीमा रहेकी गिरी औषधी सेवन गर्न नपाउदा नियमित औषधिसेवनबाट बञ्चित हुँदा उनलाई रोगले अझ च्याप्दै लगेको बताइएको छ । हिरासतमै रहँदादेखि अस्वस्थ रहेकी गिरीको पनि हेल्थ इन्सुरेन्स थिएन । हिरासतमुक्त भएको भोलिपल्ट  नै इन्सुरेन्स गरेर तत्कालै चिकित्सकलाई देखाएर पुन: औषधि दिइयो । करिव २ सातासम्म औषधि सेवन गर्दा पनि पेट दुखाई अझ वढ्न थालेपछि उनलाई चिकित्सकले हस्पिटल रिफर गर्यो । हस्पिटल गएपछि चेक गर्दा तत्कालै दुई वटा अप्रेशन गर्नुपर्ने वताइयो जसानुसार उहाँको ६ दिन अगाडि दुई वटा अप्रेसन गरिएको छ । उनी अहिले पनि बोलचाल गर्न नसक्ने अवस्थामा पेताक्तिक्वास्थित वेलेन्सन अस्पतालको सैयामा रहेकी छिन । उनको स्वास्थ्यमा क्रमिक सुधार हुदै जाने चिकित्सकले बताएको उनको हेरचाहमा रहेका  साथिहरुले बताएका छन् । हाल उनी साथीसंगीहरुको रेखदेखमा रहेको बताइएको छ ।

अध्यागमन प्रहरीको पक्राउमा परेका दुवै जनाले आफूहरुलाई लामो समयदेखि इजरायलमा एजेन्सीको रुपमा काम गर्दै आइरहेकी संगिता वलीले अध्यागमन प्रहरी लगाएर पक्राउ गराएको दावी गर्दै आइरहेका छन् । हाइफास्थित अध्यागमन कार्यालय नजिकैबाटै पक्राउ परेका उनीहरुलाई आरोपित संगिता वलीले काममा लैजाने भन्दै उक्त स्थानमा पर्खाएर पक्राउ गर्न लगाएको उनीहरुको भनाई छ । पक्राउ पर्ने मध्येकी एक सिता थापाले हामीसँगको कुराकानीमा भनिन् ।
हामीलाई एमर्जेन्सी काम हो भनेर दुई घण्टा इमिग्रेसन हाइफाको आगाडि लगेर राखिनु र प्रहरीले पासपोर्ट माग्दा पासपोर्ट आफूसँग नभएको जनाउदै साथीले फोटोकपीकोलागि लगेकोले केही छिन पर्खन भन्दा आफूहरुको लगाइसकेको बताइनु,  पक्राउ परेपछि संगिता वलीलाई ३ पटक सम्म फोन गर्दा पनि फोन काटेर चौथो पटक फोन गर्दा फोन स्विचअफ गरिनु अनि पक्राउ परेपछि फोन रिसिभ गरेर तपाईहरुलाई इमिग्रेसनले पक्राउ गरेछ, म त्यहाँ आउन मिल्दैन, यहाँहरुको पासपोर्ट म जसरी भएपनि पठाइदिन्छु मात्र भनिदिएको भए संगिता वलीले पक्राउ गराएको भन्ने ठाउँ रहदैनथ्यो” भन्दै  अगाडि भनिन् – “उहाँले यसो नगर्नु नै हामीलाई प्रहरी लगाएर पक्राउ गराएकै हो भन्ने पुस्टि हुन्छ ।

आरोपित संगिता वली
स्मरण रहोस्  संगिता वलीले भाइरल वनेको समाचारप्रति ध्यानाकर्षण तथा खण्डन गर्दै प्रचार गरिएका सम्पूर्ण खवरहरु  कपोकल्पित , निराधार, भ्रमपूर्ण र झुटो भएको बताइसकेकी छिन् ।

अनलाइन व्लगहरु, र  इन्टरनेट सामाजिक सञ्जाल फेसबूकमा इजरायलमा गैरकानूनी रुपमा रहेका नेपालीहरुलाई काम लगाइदिन्छु भन्दै अध्यागमन प्रहरी लगाएर पक्राउने गरेकोले उनीदेखि सावधान रहन नेपालीहरुलाई आह्वान गर्दै  फोटो सहितको  समाचार भाइरल वनेपछि आरोपीत संगिता वलीले  विज्ञप्ति जारी गरी प्रचार गरिएका सम्पूर्ण कुराहरु  झुट तथा कपोकल्पित भएको प्रस्ट गरेकी छिन् । उनले यदि उनीहरु अन्यायमा परेका थिए भने न्यायको ढोका ढक्ढक्याउन किन सामाजिक संघ संस्थाहरुमा नगई सामाजिक सञ्जालहरुमा पुगे भन्दै प्रतिप्रश्न गरिन् कहिल्यै नचिनेको, र कुनै व्यक्तिगत रिसइवि नभएका उनीहरुलाई मैले किन पक्राउनु भन्दै काममा लैजादै गर्दा पक्राउ पर्नु एउटा संयोगमात्र भएको बताएकी छिन । उनले सामाजिक सञ्जालमा आफ्नो चरित्रहत्या हुने तवरले खवरहरु सार्वजनिक भएलगत्तै नेपाली राजदूतावासमा निवेदेन दिएको र  उनीहरुलाई दुतावासमा वोलाइदा दुतावासमा  उपस्थित नभएको जिकिर गरेकी छिन् ।

यस सम्वन्धमा पक्राउ पर्ने मध्येकी सिता थापा खनालले भने आफू विरामी परेको र पक्राउ पर्ने अर्की तारा गिरी पनि सँगै जानुपर्नेमा उनी पनि आस्पतालमा भएकाले राजदूतावाससम्म पुग्न नसकेको बताएकी छिन् । उनले यस विषयमा आफ्नो फेसवूक प्रोफाइलमा  लेखेपनि विभिन्न व्लगहरु र ग्रुपहरुमा वद्नाम हुने गरी प्रचारप्रसार नगरेको दावी गरिन् ।

नेपाली राजदूतावास तेलअभिव स्रोतले संगिता वलीले आफूमाथि लाञ्छना लगाउदै सामाजिक सञ्जालमा आफ्नो मानहानी गरिएको भन्दै नेपाली राजदूतावासमा निवेदन परेको र  आरोपीहरु सिता थापा खनाल  र तारा गिरीलालाई सम्पर्क गर्दा  यस विषयमा आफूहरु अन्यायमा परेकाले पहिला आफूहरुले नै उजुरु गर्नुपर्नेमा अर्केपक्षबाट उजुरी परेपनि केहि दिन आफुहरु अस्वस्थ रहेकोले केही दिनमै उपस्थित हुने भन्ने जानकारी आएकोले यस विषयमा केही समयमै सत्यतथ्य वाहिर आउने जानकारी दियो ।

गैरकानुनी रुपमा रहनु र यसरी रहने पक्षलाई काम लगाउने दुवै पक्ष स्वत: गैरकानूनी हुन् । यस्ता क्रियाक्लापमा संग्लग्नहरु ढिलो चाँडो कानुनको फन्दामा परेरै छाड्ने भएकाले सकेसम्म यस्ता क्रियाक्लापहरुमा संग्लग्न नहुन नेपाल इजरायल डट नेट सार्वजनिक हितकोलागि अनुरोध गर्दछ ।

0 comments:

Post a Comment