|
२६ फागुन, काठमाडौं । इन्धनको सट्टा सौर्य उर्जाबाट विश्वभर विमान उडाउने पहिलो प्रयास अबुधाबीबाट सुरु भएको छ । ‘सोलार इम्पल्स-२’ नाम दिइएको सो विमान सफलतापूर्वक उडान गर्दै ओमान हुँदै भारतको अहमदावाद पुगेको छ ।
एक थोपा पनि तेल प्रयोग नगरी विश्वभर उडाउने योजना छ । यदि यो लक्ष्य पूरा भएमा एउटा रेकर्ड बन्ने छ ।
यो विमानका पखेटा अरु ठूला विमानका जस्तै भए पनि त्यसमा सोलार प्यानल जडान गरिएको छ । त्यही प्यानलबाट विमानमा रहेका ब्याट्रि चार्ज हुन्छन् र विमान उड्छ ।
२ दशमलव ३ टन गह्रुंगो सो विमान प्रतिघण्टा ७० किलोमिटरको गतिमा उड्ने बैज्ञानिकहरुले बताएका छन् । पहिलो दिन ओमान पुगेको यो विमान त्यसपछि भारत म्यानमार, चीन, अमेरिकाको हवाई, न्यूयोर्क लगायतका स्थान हुँदै पुनः अबुधावी फर्किने छ ।
यो क्रममा प्रशान्त र एटलान्टिक जस्ता ठूला महासागर पार गर्नुपर्ने हुन्छ । त्यसका लागि पाँच दिन पाँच रात लगातार उड्नुपर्छ । चालकहरुले सबैभन्दा ठूलो चुनौति यसैलाई लिएका छन् ।
बिभिन्न देशमा विश्राम लिँदै ५ महिना भित्र विश्व भ्रमण गरिसक्ने लक्ष्य राखिएको छ । स्वीस पाइलटद्वय बर्नार्ड पिकार्ड र आन्द्रे बर्सबर्गले पालैपालो १२ चरणको उडान भर्ने छन् ।
पहिलो उडान बसबर्गले सुरु गरेका छन् । विमान बनाउने कम्पनिका मालिक समेत रहेका यी स्वीस पाइलटहरुले वातावरण प्रदुषण गराउने पुराना प्रविधिको प्रयोगमा कमि ल्याउने सन्देश दिन यस्तो अभियान चलाएको बताएका छन् ।

0 comments:
Post a Comment