Tuesday, March 10, 2015

साहरुखले बोले-‘आई लभ का.का.का. काठमाण्डौ '(भिडियोसहित)

सोमबार करिब ७ घन्टाको नेपाल बसाइमा बलिउड वादशाह साहरुख खानले थुप्रै कुरा गर्न भ्याए । फ्यानलाई अभिवादन होस् या पत्रकार भेटघाट । व्यस्त समयलाई पनि मिलाउँदै साहरुखले सबैको मनमा राज गर्न सफल भए । हायात होटलमा ‘कान्साई नेरोल्याक पेन्ट्स’का डिलरहरुसँग साक्षात्कार गर्दै साहरुखले आफ्ना छोराछोरीलाई पढाउन आग्रह गरे ।

साहरुखले भने-‘म एउटा सामान्य परिवारबाट आएको यूवक हुँ । तर, मेरो माता-पिताले मलाई पढाउनुभयो । जसका कारण पनि आज म यो स्थानमा छु । तपाइहरु पनि आफ्ना छोरा-छोरीलाई पढाउनुहोला ।’
साहरुखले आफू बलिउडको वादशाह हुनुको अर्थ बताउँदै केही फिल्मी संवाद पनि बोले ।

आफ्ना चर्चित चलचित्रका संवाद बोल्दै साहरुखले मनोरञ्जन प्रदान गरे । उनले फ्यानहरुको आग्रहमा ‘देवदास, डन, जब तक हे जान, दिलवाले दुल्हनिया ले जायंगे, चेन्नई एक्सप्रेस’ लगायतका संवाद बोले ।
साहरुखले आफ्नो चर्चित चलचित्र ‘डर’को ‘आई लभ यू क.क.क.किरण’ भन्ने  संवादलाई काठमाण्डौको स्टाइलमा बोलेका थिए ।
नेपाल आउनकै लागि साहरुखले सोमबार बिहान ३ बजेसम्म चलचित्र ‘फ्यान’को छायांकन गरेका थिए । उनी सोमबार बेलुकी ११ बजे मुम्बई फर्किएका छन् ।

0 comments:

Post a Comment