Tuesday, March 10, 2015

चल्लाको लिंग छुट्टाउने जागिर तलब झण्डै ६० लाख

तपाइँलाई विश्वास नलाग्न सक्छ, तर कुखुराको लिंग छुट्टाउने (चिक सेक्सर) जागिर निकै लोभलाग्दो तलब भएको जागिर हो । नेपालमा त यो जागिरवालाले जति पैसा सायद कुनैपनि जागिरका उच्च पदका मान्छेले पनि कमाउन सक्दैनन् ।

यो जागिर गर्नेको काम दिनभर कुखुराको चल्लाको पछाडिको भाग हेर्ने र त्यो चल्ला भाले वा पोथी के हो ? भनेर छुट्टाउनु हो । त्यस बापत चिक सेक्सरले वर्षको झण्डै ६० लाख बराबरको रकम तलब भत्ता स्वरुप कमाउँछन् ।
तलबका हिसाबमा निकै आकर्षक तर कामका हिसाबले अलिक अनौठो खालको यो जागिर नेपालमा भने होइन, बेलायतमा हो । यति राम्रो कमाइ हुँदाहुँदै पनि बेलायतमा यो जागिर गर्न चाहने मानिसहरुको संख्या भने घटिरहेको रहेछ । बि्रटिस पोल्ट्री र्फमले यो जागिरमा आवेदन दिने मानिस कम हुँदै गएपछि खाली पदपूर्ति गर्न उमेद्वारलाई आकषिर्त गर्ने कोसिस गरिरहेको छ ।

झ्वाट्ट सुन्दा यो जागिर निकै सजिलो जस्तो लाग्नसक्छ । चल्लाको पछाडि पट्ट िहेर्यो र भाले वा पोथी के हो छुट्टायो । तर भनेजस्तो यस्तो सजिलो भने छैन र यो जागिर खाने मान्छेमा विशेष कला चाहिन्छ । लिंग छुट्टाउँदा निकै सावधानी अपनाउनुपर्छ र हरेक ३ सेकेण्डमा एउटा चल्लाको लिंग छुट्टाउनुपर्छ । यो काम गर्ने मानिसले एक घण्टामा औषतमा ८ सय देखि १२ सय सम्म चल्लाको लिंग छुट्टाउनु पर्ने हुन्छ ।

बि्रटिस पोल्ट्री काउन्सिलका प्रमुख कार्यकारी एन्ड्रयु लार्जका अनुसार चिक सेक्सरको जागिरमा छनोट हुनेलाई ३ वर्षसम्म तालिम दिएपछि मात्र ऊ पोख्त हुन्छ । धेरै मानिसहरुले यति लामो समयसम्म तालिममा बिताउन नचाहने भएकाले यो जागिर खान आउन पर्याप्त मानिसहरुले रुची नदेखाउने गरेका उनी बताउँछन् । यो जागिर दिनभर चल्लाको गुप्तांग क्षेत्र हेर्नुपर्ने खालको अनौठो र झ्वाट्ट सुन्दा इज्जतिलो पनि नरहेको हुँदा मानिसहरु यसमा रुची देखाइरहेका छन् ।

त्यहीँ भएर होला बेलायतमा गएको वर्ष एकजना पनि चिक सेक्सरको नियुक्ति हुन सकेन । समाचार अनुसार अहिले बेलायतभरमा गरेर जम्मा डेढ सय चिक सेक्सर रहेका छन् ।

0 comments:

Post a Comment