Monday, March 9, 2015

टेलिकममा जगिर मिलाइदिन्छु भनेर बलात्कार गर्ने यादवप्रसाद घिमिरेलाई पक्राउ

काठमाडौं :जागिर मिलाइ दिने बहानामा २२ वर्षीय युवतीलाई बालात्कार गर्ने टेलिकमका एक अधिकारी पक्राउ परेका छन्। टेलिकमको शाखा कार्यालय, वालिङग, स्याङजामा रिक्त भएको कोटामा जागिर मिलाइदिने प्रलोभन देखाएर त्यसका लागि पोखरा जानुपर्ने भन्दै पोखराको एक होटलमा बलात्कार गर्ने ५२ वर्षीय यादवप्रसाद घिमिरेलाई आइतबार कलंकीबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो।


पाल्पा बन्दीपोखरा– १ स्थायी घर भएका तत्कालीन दुर संचार कार्यलय वालिङका प्रमुखसमेत रहेका घिमिरेलाई प्रहरीले जिल्ला अदालत काठमाडौंबाट तोकिएको कैद ५ वर्ष भुक्तानको लागि डिल्लीबजार कारगारमा चलान गरिएको प्रहरीले जनाएको छ।

सो बलात्कारको मुद्दामा सर्वोच्च अदालतले पुस ३ गते फैसला गर्दै घिमिरेलाई पाँच वर्षको कैद सजाय र पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिन फैसला सुनाएको थियो।

0 comments:

Post a Comment