Monday, March 9, 2015

शाहरुख खान काठमाडौं आईपुग्यो , प्रियंका कार्कीले नाच देखाउने

काठमाडौं: बलिउडमा सबैभन्‍दा बढी फ्‍यान भएका भारतीय अभिनेता शाहरुख खान आज काठमाडौं आइपुग्ने भएका छन्।

उनी दिउँसो ३ बजे आफ्‍नो निजी विमानबाट काठमाडौं आइपुग्‍ने आयोजकले जानकारी दिएको छ। निरोल्याक पेन्टस्‌ले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन अभिनेता खान काठमाडौं आउन लागेका हुन्।

नेपाल आए लगत्तै उनी होटल हायतमा जाने छन्। केहीबेरको विश्रामपछि उनी कान्साइ निरोल्याक पेन्टस्‌ले आयोजना गर्ने पत्रकार सम्मेलनमा सहभागी हुनेछन्।
यता, पत्रकार सम्मेलनमा नेपाली कलाका प्रियंका कार्की लगायतका सहभागी हुने छन्। सम्मेलनपछि आयोजना हुने विशेष कार्यक्रममा शाहरुखको अगाडि नायिका प्रियंकाले नाच्‍नेछिन्।

उनले 'ह्याप्पी न्यु ईयर'को 'लभ्ली', डनको 'आजकी रात', 'चेन्नई एक्सप्रेस'को 'लुंगी डान्स', 'शक्ति'को 'इस्क कमिना' र बिल्लु बार्बर'को 'मर्जानी मर्जानी' बोलको गीतमा डान्स गर्ने आयोजकले जाकारी दिएको छ।


प्रियंकालाई अन्‍य एक दर्जन नतर्कीहरुले नाच्‍नमा साथ दिनेछिन।

0 comments:

Post a Comment