Monday, March 9, 2015

हाइकोर्टले दीपिकाको गिरफ्तारीमा रोक

मुम्बई : एआईबी रोस्टको कन्ट्रोभर्सी शोमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणलाई गिरफ्तार गर्ने विषयमा हाइकोर्टले रोक लगाएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार केवल शोमा समावेश भएको कारण एफआईआरको निसानामा परेकी दीपिकाले ६ दिनअघि आफ्नोविरुद्धको मुद्दा रद्द गर्न याचिका दायर गरेकी थिइन्।
हाइकोर्टले अझै आठ दिन दीपिकाको गिरफ्तारीमा रोक लगाएको छ। 'एआईबी नकआउट रोस्ट शो'को भिडियो भाइरल भएको कारण सामाजिक सञ्जालमा यसले व्यापकता पाएको थियो।

शोमा करण जोहर, अर्जुन कपुर, रणवीर सिंहलगायतका अरू व्यक्तिहरू मञ्चमा अश्लील भाषामा कमेडी गरिरहेका देखिन्थे।

 यसपछि यस शोमा सहभागी सदस्यको विरुद्धमा एफआईआर दर्ता भएको थियो। दीपिका कार्यक्रमको सञ्चालिका नभई अतिथिको रूपमा प्रस्तुत भएकी थिइन्।
उनीसँगै सोनाक्षी सिन्हा, आलिया भट्टमाथि पनि एफआईआर दायर भएको थियो।-एजेन्सी

0 comments:

Post a Comment