Saturday, May 28, 2016

पत्ता लाग्यो मनिषाको हत्यारा !

काठमाडौं, १५ जेठ । बुटबल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनिषा एक्लै थिईन् । सिधै उनी छोरीको कोठामा पुगिन् । मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाईन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो ।


मनीषाले आत्महत्या नै गरेको भएपनि प्रेमी आशिष चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ । अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकृतका अनुसार मनीषाले अन्य व्यक्तिहरुसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा परेको देखिन्छ । अरुसँग कुरा गरेको शंकामा उनको प्रेमी आशिष चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई लिएर उनीहरुबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरण्डामा निस्केको र केही समयपछि भित्र जाँदा मनीषालाई झुण्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् ।

मनिषाले बुधबार दिउँसो ५ बजेतिर आफ्नो फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा दाई बिमलले ब्यूटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका गिए । चौधरीको भनाईलाई विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । चौधरी बिमलको फुटबलर साथी हुन् । एसएलसी फेल भएपछि उनी यत्तिकै घरमा बस्दै आउका थिए । मनिषा भने कक्षा ११ पढ्दै आएकी थिइन् । मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाको कारण उनको मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । मनीषाले आत्महत्या नै गरेको भएपनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ । यता पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले पनि घाटीमा दबाब पर्दा मनिषाको मृत्यु भएको निष्कर्ष निकालेको छ । नयाँपत्रिका दैनिकमा खबर छ । 

0 comments:

Post a Comment