Saturday, May 28, 2016

विमल घर्तीकी बहिनीको हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई पोलीग्राफ टेस्ट गरिने भएको छ ।

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’को पोलीग्राफ टेस्ट गरिने भएको छ । प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने मेसिनबाट मनीषाको मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तहरुलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ ।

पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउँछ । एकैपल्ट मुटुको चाल, रक्तचाप, श्वासप्रशवास र पसिना ग्रन्थीलगायत यसले रेकर्ड गर्छ ।  पोलिग्राफको अर्थ नै एकैपल्ट धेरै शाररिक प्रतिक्रिया रकेर्ड हुनु भन्ने हो । शरीरका यी अंगहरुको प्रतिक्रियाका आधारमा उसले सही बोलिरहेको छ वा झुटो भन्ने थाहा हुन्छ ।
पोलिग्राफ परीक्षणका क्रममा व्यक्तिलाई सुईद्वारा एउटा विशेष औषधि दिइन्छ । उक्त औषधिले मानिसका शरिरका चेतनालाई नियन्त्रणमा लिन्छ । औषधिका कारण व्यक्तिका वास्तिविक मुटुको चाल, स्वासप्रस्वास नाडीको प्लस देखाउँछ । तर, यसका लागि मानिसको मुटुको चाल, श्वासप्रश्वास, प्लस पढ्न सक्ने एउटा मेसिनको आवश्यकता पर्दछ ।

औषधिले नियन्त्रणमा लिएको मानिसको वास्तिविक चाल, स्वासप्रस्वास साँचो बोल्दा सही निस्कन्छ भने झुटो बोल्दा निकै फरक पर्छ । औषधिले नियन्त्रणमा लिएको व्यक्तिले प्रहरी वा सुरक्षाकर्मीले सोधेको प्रश्नमा जबरजस्ति झुटो बोल्ने प्रयास गर्दा मुटुको चाल, प्लस तथा श्वासप्रश्वास सबै फरक देखिने भएकाले सहजै झुटो बोलेको पत्ता लगाउन सकिन्छ । स्वास्थ्य खबरपत्रिका बाट |

0 comments:

Post a Comment