Monday, May 16, 2016

काठमाडौं बासीका लागि खुसीको खबर ! खुसीको खबर !खुसीको खबर !

काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यकाबासीका लागि अब नयाँ र खुसीको खबर प्राप्त भएको छ । उपत्यका र उपत्यका बाहिरका मानिसहरु समेत केवलकार चढ्न मनकामना धाइरहनुपर्ने अवस्थाको अन्त हुँदै थानकोट चन्द्रागिरी केवलकार सञ्चालनमा आउने भएपछि उपत्यकाबासीलाई थप उत्साह बढेको हो ।


काठमाडौं फनपार्क प्रालिको निर्माणमा सञ्चालन हुन लागेको केवलकारहरुले अब थानकोट–चन्द्रागिरीको उकालो–ओरालो गर्नेछन् र त्यसमा काठमाडौं उपत्यका र देश विदेशका यात्रीहरुले सुन्दर उपत्यकालाई नियाल्दै चन्द्रागिरीमा रमाइलो गर्नेछन् । अबको एक महिनाभित्र उक्त केवलकार सञ्चालनमा आउन सक्ने फन पार्क प्रालिले समाचार बाहिर ल्याएको छ । थानकोटको गोदामचौरबाट साँढे २ किलोमिटरको केवलकार यात्रा गरेपछि पुगिने चन्द्रागिरी डाँडामा अहिले इच्छापुरेश्वर महादेवको मन्दिर निर्माण भैरहेको छ । जुन मन्दिरमा पुगेर यात्रीहरुले आफ्नो इच्छाको वरदान माग्न सक्नेछन् र सुन्दर उपत्यका र हिमाली श्रृंखला समेत नियाल्न सक्नेछन् । चन्द्रागिरी डाँडामा पुगेपछि पर्यटकहरुले भ्यू टावरमा समेत चढेर चारैतिर नियाल्न सक्ने बताइएको छ । खान, बस्न र घुम्नका लागि समेत त्यहाँ रेष्टुरेन्टदेखि सामान्य होटल र लजहरु समेत निर्माण भइरहेका छन् । यसले काठमाडौं उपत्यकाभित्रको एउटा नयाँ पर्यटकीय गन्तव्यस्थलको बाटो समेत खोलिदिएको सरोकारवालाहरुको भनाई रहेको छ ।

0 comments:

Post a Comment