Saturday, May 2, 2015

अब भूकम्प पिढित नेपालीलाई अमेरिका जान पैसा नलाग्ने !

काठमाडौं । अमेरिकाका श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबारमा भएको भेटवार्तामा अमेरिका सहायकमन्त्री फिल्डस्टिनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले तिर्नुपर्ने मोटो रकम र कामदारका सेवा–सुविधाबारे छलफल भएको राज्यमन्त्री गुरुङले जानकारी दिए ।


फिल्डस्टिनले हालै नेपाल सरकार र इजराय सरकारबीच निःशुल्क घरेलू कामदार लैजाने सहमतीमा सरकारले के कस्तो तयारी गरीरहेको भन्ने बारे पनि जिज्ञासा राखेका थिए ।
त्यसैगरी निजी संस्थामा हुने लैंगिक हिंसाका साथै अमेरिकामा निःशुल्क नेपाली किसान कामदार लैजाने सम्बन्धमा छलफल भएको जानकारी दिए ।
छलफलमा सहायकमन्त्री फिल्डस्टिनले अमेरिकाको क्यालिफोर्नियामा धेरै नेपाली मजदुर कृषिकार्यमा रहेको भन्दै निःशुल्क र थप मजदुर लैजान अमेरिका सकारात्मक रहेको जानकारी दिए ।
त्यसम्बन्धमा जेनेभामा हुने आईएलो बैठकका अवसरमा निर्णयक वार्ता गर्न अमेरीका तयार रहेको स्टेभनले बताए ।
नेपाल सरकार र इजराय सरकारबीच निःशुल्क घरेलु कामदार लैजाने सहमती भएपछि श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि तयार गरी मन्त्री परिषद्बाट पनि अनुमोदन भई सकेको छ ।
त्यसकालागि आवश्यक प्रक्रिया चॉडै शुरु गर्ने तयारीमा श्रम तथा रोजगार मन्त्रालय लागेको छ गुरुडले बताए ।

0 comments:

Post a Comment