Monday, May 4, 2015

नेपालमा बलिउड अभिनेता सलमान र अक्षय कुमारको फिल्म बहिष्कार

फिल्मीबजार, २१ बैशाख २०७२,काठमाण्डौ ।
बलिउड अभिनेतादय सलमान र अक्षय कुमारले नेपाली जनता भूकम्पको पिडामा छटपटाइरहेको अबस्थामा सारा नेपालीको मन दुख्ने गरी अभिव्यक्ति दिएका छन् । १० दिन अघि नेपालमा गएको विनासकारी भूकम्प बाट पिडित बनेका नेपालीलाई विश्व बाट सहयोग तथा राहत आइरहदा हलिउड र बलिउडका केहि सेलिब्रेटीले समेत सहयोग पठाइरहेका र सहयोग गर्ने प्रतिबद्दता गरेका छन् ।


यसै क्रममा अभिनेतादय सलमान र अक्षयले पिडित नेपाली जनतालाई सहयोग गर्ने खबर भारतीय लगायतका खबर आएको केहि दिनमै दुवै अभिनेताले नेपालीको मन दुख्ने गरी आफुहरु नेपाली जनतालाई सहयोग नगर्ने बताएका छन् । अक्षय कुमारले आफ्नो फिल्म ‘गब्बर इज ब्याक’ को पहिलो दिनको कमाइ भूकम्प पिडित नेपालीलाई दिने खबर आएको थियो र त्यसको केहि दिनमा उनले नेपालीलाई सहयोग गर्ने कुनै योजना नभएको र खबर झुट रहेको भन्दै उनले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेका थिए ।

त्यसै गरी अर्का अभिनेता सलमान खानले भारतीय संचार माध्यममा आएको सहयोग गर्ने खबरको खण्डन उनको ‘BEING HUMAN FOUNDATION’भारतका लागि मात्र रहेको र नेपालीलाई सहयोग गर्न नसकिने बताएका छन् । उनले भूकम्प पिडित नेपालीका लागि १० करोड र २ वटा निजि हेलिकप्टर दिने भनि भारतीय संचार माध्यमले नै खबर फैलाएको थियो । सलमानले अफिसियल फेसबुक पेजमा लेखेको स्टाटसमा छ हजार बढीले नकारात्मक कमेन्ट गरेका छन् । आक्रोशित हुदै उनका नेपाली फ्यानले नै ‘धोति अब तेरो फिल्मलाई बहिष्कार गरिन्छ’ लगायतका कमेन्ट गरेका छन् । यी दुइको नेपाल र नेपाली प्रतिको रुखो ब्यबहारले नेपालीलाई थप दु:खि बनाएको छ । अहिले यी दुइ बलिउड अभिनेताकै चौतर्फी खण्डन र नेपालमा फिल्म बहिष्कार गर्नु पर्ने भन्दै सामाजिक संजालमा खण्डन र चुलिएको छ । स्मरणरहोस काठमाण्डौको राइजिंग मलमै अभिनेता सलमान खानको ‘BEING HUMAN ‘को शोरुम रहेको छ । नेपालमा ब्यबसाय गर्ने अनि नेपाली जनतालाई नै दुखि बनाउने गरी रुखो बोल्ने सलमानको काठमाण्डौको शोरुम चाही के अब यहाँ चलिरहनेछ ?

0 comments:

Post a Comment