Tuesday, October 6, 2015

तान्त्रिकको बलिबाट जोगिइन् युवती

आश्विन १९, २०७२- बनमान्छेको हड्डी जगाउने नाममा मानव बली दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बली दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र धादिङ नलाङ्ग ४ का युवतीकै आफन्त ओमकार शाहलाई पक्राउ गरेको हो । प्रहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।


झाँक्री पूजाको नाममा  नाममा आफूलाई गत साउन ३१ गते बाट लगातार १८ दिनसम्म बन्धक बनाएर बली दिने प्रयास गरेको भन्दै पीडित नलाङ्ग ४ निवासी पुनम शाहले धादिङ जिल्ला प्रहरी कार्यालय दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको  छ ।
नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र उक्त हड्डी साथमा राखे जुवा जित्ने, ताला खुल्ने लगायत जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफनै गाउंकी बहिनीलाई झाँक्री सम्म पुरयाएका थिए । बन्धक हुनेमा युवतीका दाजु पनि थिए ।

0 comments:

Post a Comment