Tuesday, May 26, 2015

यौनकेश हटाउने सजिलो उपाय जानी राखौं !

मेरो यौनांगमा लामो घुमाउरो रौं छ, जुन चाँडो-चाँडो बढ्छ। यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ होला ?

अन्य जनावरको तुलनामा मानिसको शरीरमा रौं कम हुनेजस्तो देखिए पनि राम्रोसँग नियालेर हेर्ने हो भने केही ठाउँ छोडेर हाम्रो शरीरको सतहभरि नै रौं हुन्छ। हत्केला, पैताला, औंलाको टुप्पोको पछिल्तिरको भाग, ओठ, लिङ्ग मुन्ड, भगांकुरको मुण्ड तथा सानो भगोष्ठको भित्री भाग रौं नहुने क्षेत्र हुन्। हाम्रो शरीरमा भएको रौं निकै पातला भएकाले सजिलै देखिँदैनन्। रौं छालाकै परिवर्तित रूप हो।

रौं रौंको बीजकोषमा विकसित हुन्छ र त्यहाँ रौंको जरा र मध्य भागको केही भाग हुन्छ भने बाँकी मध्यभाग छालाको सतहदेखि बाहिर निस्किएको हुन्छ। यी रौंमा समयसँगै परिवर्तनहरू हुन्छन्। टाउको तथा आँखी भौंका रौंहरू जन्मिएको केही समयपछि नै बाक्लो भएर आउँछ। किशोरावस्थामा हुने परिवर्तनहरूमध्ये शरीरमा रौं आउनु एक प्रमुख सहायक यौन चिन्हमध्ये एक हो। काखीमुनी र यौनाङ्ग क्षेत्रमा भएका साना तथा मसिना रौंहरू बाक्लो र मोटो भएर आउँछन्। पुरुषहरूमा अनुहारमा दाह्री जुँगाका रूपमा तथा छातीमा पनि बाक्लो रौं आउँछ।

यौन केश के हो ?
यौन अंगको वरिपरि आउने बाक्लो तथा मोटो किसिमको रौंलाई नै यौनकेश भनिन्छ। यौनकेश यस्तै १० देखि १५ वर्षको उमेरमा आउन थाल्छ। जातअनुसार यसको मात्रा र किसिममा फरक पर्न सक्छ। सामान्यतः तिब्बती-बर्मेलीभन्दा भारतेली-आर्य मूलका मानिसमा शरीरको अन्य भागमा बढी रौं हुनुका साथै यौनकेश पनि बढी र लामा हुन्छन्। पुरुषहरूमा पेटको तल्लो भागतिर त्रिकोण जस्तो बनाई यौनकेश उम्रन्छ भने स्त्रीहरूमा पेटतिरको भागसम्म हुन्छ।

के कारणले केश चाँडो बढ्छ ?
यौनाङ्ग क्षेत्रमा हुने केश योनिभित्र भने हुँदैनन्। अन्य भागमा भन्दा यौनाङ्ग वरिपरिको रौं स्वाभाविक रूपमै घुमाउरो हुन्छ। तपाईंले केका आधारमा चाँडो बढ्छ भन्नु भएको हो थाहा भएन। रौं खौरिनुभएकाले त्यस्तो लागेको त होइन ? फेरि कसरी यसको नाप लिनुभयो त्यो पनि थाहा भएन। यहाँ तपाईंको समस्या के हो भन्ने कुरा पनि भन्न सकिएन। टाउकाको केशभन्दा यौनाङ्गको रौंको वृद्धिदर कम हुन्छ। टाउकाको सालाखाला दिनमा शून्य दशमलव ४४ मिलिमिटर बढ्छ भने यौनाङ्गको केश शून्य दशमलव २२ मिलिमिटरका दरले बढ्छ।

रौंको वृद्धिलाई तीन चरणमा बाँड्न सकिन्छ। Anagen phase मा रौंको वास्तविक वृद्धि हुन्छ। यो वर्षौंसम्म रहन्छ। त्यसपछिको catagen phase मा रौंको वास्तविक बृद्धि रोकिन्छ, तर रौंको बीजकोषले केही धकेल्ने भएकाले रौंमा केही वृद्धि देखिन्छ। Telogen phase मा रौंको बीजकोष सुषूप्त अवस्थामा हुन्छ र यसको अवधि यस्तै १ देखि ४ महिना हुन्छ र पछि रौं र्झछ। ग्रीष्म याममा वृद्धिदर बढी हुने भए पनि यो न्यून नै हुन्छ। तपाईंलाई यौन सम्पर्कमा यौन केशले बाधा पुर्‍याउँछ कि भन्ने लागेको छ भने के भन्न चाहन्छु भने खानेमुखलाई जुँगाले छेक्दैन। यो उखानको अर्थ वृहद् भए पनि वास्तवमा जुँगा लामो हुँदैमा खान तथा पिउन नसकिने होइन। त्यसैगरी यौन अंगमा आएका रौं पनि यौनक्रियाकलाप तथा यौनसम्पर्कका लागि बाधक हुँदैनन्। कतिपयका लागि यी यौनकेश यौन आकर्षक हुनसक्छन्, जसले यौनसम्पर्कलाई सहयोग नै पुर्‍याउँछ।

यौन केश आकर्षक हुने भए पनि कतिपयलाई यो मन पर्दैन। पहिरन र जीवन शैली फरक-फरक भएजस्तै व्यक्तिअनुसार शरीरमा भएको रौंलाई कसरी राख्ने वा सजावट गर्ने भन्ने कुरा फरक पर्छ। काखीमुनिको रौं खौरिने चलन विशेषतः युवतीहरूमा बढ्दो छ। नेपालमा नसुनिए पनि पश्चिमा मुलुकमा यौन केश (यौनअंग वरिपरिको केश) लाई सजावट गर्ने वा खौरने चलन छ।

रौं हटाउँदा ध्यान दिनुपर्ने कुरा
तपाईंले किन यो प्रश्न गर्नुभयो, यसको कस्तो समाधान खोज्नुभएको, स्पष्ट नभए पनि कतै तपाईंले यौन केश काट्ने वा खौरने गर्नुभएको त छैन ? यस्तो बेला चाँडो-चाँडो बढेजस्तो लाग्न सक्छ। यदि यौनकेश विकर्षक लागेकाले हटाउन खोज्नुभएको हो भने त्यसलाई हटाउने एउटा सजिलो उपाय यौनकेश ‘खौरिनु’ हुन सक्छ। रौं निकै लामो भए खौरिनुपहिले नै छोट्टयाउनुपर्छ। खौरिँदा प्रयोग गरिने क्रिम पर्याप्त लगाउनुपर्छ, जसले गर्दा रौं नरम होस्। एलर्जी नहुने किसिमको यस्तो क्रिमको प्रयोग अनिवार्यजस्तै मानिन्छ। ब्लेड एकदम धारिलो हुनुपर्छ, जसले गर्दा छाला नपाच्छियोस् । एक स्थानमा दुई पल्टभन्दा बढी ब्लेड चलाउनु हुँदैन। खौरिने काम सकिएपछि साबुनपानीले यौनअंग धुनुपर्छ। छाला केही पोलेजस्तो हुनबाट जोगिन पाउडरको प्रयोग उपयुक्त हुन सक्छ। एकपल्ट खौरिएपछि, फेरि रौं टुसाउन थाल्दा घोच्ने भएकाले यौनसम्पर्कमा असजिलो उत्पन्न हुन सक्छ। त्यसैले रौं फाल्ने क्रमलाई निरन्तरता दिनु आवश्यक हुनसक्छ।

Monday, May 4, 2015

PM Modi speech at International Buddha Purnima festival

Buddha Purnima is also known as Vesak or Vesakha. This auspicious day commemorates the birth, nirvana (enlightenment), and the death of Gautama Buddha.


It falls on the full moon of the fourth lunar month (month of Vaisakh), i.e. April or May. The sacred festival of Buddhists is observed as a holiday in many countries, including India, Sri Lanka, and Nepal. Though Buddhism originated in India, it was eventually adopted by many foreign cultures, and hence Vesakha is celebrated in many different ways all over the world. In India, Vaishakh Purnima is also known as Buddha Jayanti – which has been traditionally accepted as Buddha’s birth day. As India celebrates the festival, Prime Minister Narendra Modi also wished the citizens via social media.

नेपालमा बलिउड अभिनेता सलमान र अक्षय कुमारको फिल्म बहिष्कार

फिल्मीबजार, २१ बैशाख २०७२,काठमाण्डौ ।
बलिउड अभिनेतादय सलमान र अक्षय कुमारले नेपाली जनता भूकम्पको पिडामा छटपटाइरहेको अबस्थामा सारा नेपालीको मन दुख्ने गरी अभिव्यक्ति दिएका छन् । १० दिन अघि नेपालमा गएको विनासकारी भूकम्प बाट पिडित बनेका नेपालीलाई विश्व बाट सहयोग तथा राहत आइरहदा हलिउड र बलिउडका केहि सेलिब्रेटीले समेत सहयोग पठाइरहेका र सहयोग गर्ने प्रतिबद्दता गरेका छन् ।


यसै क्रममा अभिनेतादय सलमान र अक्षयले पिडित नेपाली जनतालाई सहयोग गर्ने खबर भारतीय लगायतका खबर आएको केहि दिनमै दुवै अभिनेताले नेपालीको मन दुख्ने गरी आफुहरु नेपाली जनतालाई सहयोग नगर्ने बताएका छन् । अक्षय कुमारले आफ्नो फिल्म ‘गब्बर इज ब्याक’ को पहिलो दिनको कमाइ भूकम्प पिडित नेपालीलाई दिने खबर आएको थियो र त्यसको केहि दिनमा उनले नेपालीलाई सहयोग गर्ने कुनै योजना नभएको र खबर झुट रहेको भन्दै उनले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेका थिए ।

त्यसै गरी अर्का अभिनेता सलमान खानले भारतीय संचार माध्यममा आएको सहयोग गर्ने खबरको खण्डन उनको ‘BEING HUMAN FOUNDATION’भारतका लागि मात्र रहेको र नेपालीलाई सहयोग गर्न नसकिने बताएका छन् । उनले भूकम्प पिडित नेपालीका लागि १० करोड र २ वटा निजि हेलिकप्टर दिने भनि भारतीय संचार माध्यमले नै खबर फैलाएको थियो । सलमानले अफिसियल फेसबुक पेजमा लेखेको स्टाटसमा छ हजार बढीले नकारात्मक कमेन्ट गरेका छन् । आक्रोशित हुदै उनका नेपाली फ्यानले नै ‘धोति अब तेरो फिल्मलाई बहिष्कार गरिन्छ’ लगायतका कमेन्ट गरेका छन् । यी दुइको नेपाल र नेपाली प्रतिको रुखो ब्यबहारले नेपालीलाई थप दु:खि बनाएको छ । अहिले यी दुइ बलिउड अभिनेताकै चौतर्फी खण्डन र नेपालमा फिल्म बहिष्कार गर्नु पर्ने भन्दै सामाजिक संजालमा खण्डन र चुलिएको छ । स्मरणरहोस काठमाण्डौको राइजिंग मलमै अभिनेता सलमान खानको ‘BEING HUMAN ‘को शोरुम रहेको छ । नेपालमा ब्यबसाय गर्ने अनि नेपाली जनतालाई नै दुखि बनाउने गरी रुखो बोल्ने सलमानको काठमाण्डौको शोरुम चाही के अब यहाँ चलिरहनेछ ?

Sunday, May 3, 2015

सलमानले नेपालका भूकम्प पीडितलाई कुनै सहयोग नगरेको बताए

एजेन्सी:- भारतीय अभिनेता सलमान खानले आफुले नेपालमा आएको भुकम्पमा  कुनै सहयोग नगरेको भटएको छन् ।
बलिउडका थुप्रै सेलिब्रेतिहरुले भुकम्प पिढितलाई नेपालीलाई सहयोगका लागि हात अगाडी बढाए पनि सलमानले भने आफ्नो संथाले भारतमा मात्रै काम गर्ने भन्दै नेपाललाई सहयोग गर्ने काम नगरेको बताएका छन् ।

यो कुराको जानकारी शनिबार राति उनले आफ्नो फेसबुकमार्फत दिएका हुन् ।केहि मिडियाले उनको संस्था विइङ् ह्युमंले भुकम्पपीढित नेपालीलाई आर्थिक सहयोग गरेको समचारको खण्डन गर्दै उनले यो खबर झुटो भएको बताएका हुन् ।
र सलमानले आफ्नो संस्थाले भारतमा मात्र सहयोग गर्ने कुरा पनि फेसबुकमा उल्लेख गरेका छन् ।   



आदित्य नेपाली गुगल बोईले अर्को अनौठो भबिस्यबाणी गरेर बिश्व मै तहल्का मच्चायो

यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ । बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको जवाफ कलमले लेखेर दिन्छ ।

भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे । नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका प्रश्नको सही जवाफ उनले दिँदै गए ।
इतिहासदेखि भुगोलसम्म,गणितदेखि विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र अंग्रेजी मात्रै होइन,चाइनिज कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।
आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको नाम लेख्न लगाइयो । आदित्यले मधुमाता लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द गरौं ।
’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’ आदित्यको जवाफ यस्तो थियो,ध्यान गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि हुन्छन् ।
नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’ नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम गर्दैनन् ।
’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’ नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२ भित्र ।
’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि आदित्यले लेख्ने गरेका छन् ।
एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
– प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी पौडेलको विशेष सामग्री प्रकाशित छ ।

Saturday, May 2, 2015

क्यानडा सरकारले भूकम्प पीडितलाई चाँडै भिसा दिने भएको छ ।

भूकम्प पीडित नेपालीको क्यानडा भिसा आवेदन पक्रिया प्राथमिकताका साथ छिटो छरितो हुने भएको छ। क्यानडाका सिटीजनसिप र इमिग्रेसन मन्त्री क्रिस अलेक्जेन्डरले सो जानकारी दिएका हुन्।
भूकम्पबाट व्यक्तिगत रूपमा प्रभावित रहेको जानकारी दिए आवेदनकर्ताको सम्पूर्ण आवेदन पक्रिया तत्काल गरिने अलेक्जेन्डरले बताएका छन्। यसैगरी, क्यानडा भित्रै रहेका र छोटो समयको भिसा पाएकाले पनि आफ्नो बसाई लम्ब्याउन पाउने छन्।


त्यसका लागि इमिग्रेसन क्यानडामा निवेदन दिनुपर्ने छ। सो परियोजनका निम्ती सिटीजनसिप र इमिग्रेसन क्यानडा(सिआइसी)ले विशेष इमेल र फोन नम्बर सार्वजनिक गरेको छ।
नेपालमा रहेर क्यानडाको भिसा आवेदन दिइसकेकाहरुले आफ्नो ठेगाना र कसरी भूकम्पबाट प्रभावित भएको जानकारीसहित दिल्लीस्थित क्यानडेली दूतावासको इमेल (Delhi-immigration@international.gc.ca मा निवेदन दिनु पर्नेछ। त्यसमा आवेदन नम्बर पनि उल्लेख हुनु पर्नेछ। यसैगरी, घुम्न, पढ्न वा कामका निम्ती क्यानडा आउन चाहने नयाँ आवेदन कर्ताले पनि सिआइसीको वेब साइटबाट अनलाई आवेदन दिए लगतै भूकम्पबाट प्रभावित भएको सम्पूर्ण जानकारी दिल्ली दूतावासको इमेलमा छुट्टै पठाउनु पर्नेछ।
क्यानडा भित्रै रहेका आवेदनकर्ताले Situation-Nepal@cic.gc.caमा इमेल गरि भूकम्पबाट आफू कसरी प्रभावित भएको जानकारी दिई प्रक्रिया छिटो गर्न अनुरोध गर्न सक्ने छन्।
साथै सिआइसीको कल सेन्टरको नम्बर १-८८८-२४२-२१००मा फोन गरी आफू प्रभावित भएको जानकारी दिन सक्नेछन्।
क्यानडा नेपालमा गएको विनाशकारी भूकम्प प्रति निकै सम्वेदनशिल देखिएको छ। यसअघि तत्काल राहतका निम्ती ५ मिलियन क्यानडेली डलर सहायता घोषणा सहित एक उद्दार टोली पनि क्यानडाले नेपाल पठाईसकेको छ।
त्यसका साथै हाउस अफ कमनको निर्णयबाट नेपाल भूकम्म राहत कोष पनि क्यानडाले खडा गरेको थियो। सो कोष तथा अन्य दर्ता भएका संस्थाबाट २५ अप्रिलदेखी २५ मेसम्म उठेको चन्दा रकम बराबरनै सरकारले दिने घोषणा गरेको थियो।
मानवताका निम्ती निकै संवेदनशिल रहने क्यानडाको ओन्टारियो प्रान्तकी प्रिमियर क्याथलिन वाइनेले क्यानडा रेडक्रसको नेपाल भूकम्प पीडित राहत कोषमा १० लाख डलर चन्दा दिएकी थिइन्। क्यानडा रेडक्रसले नेपाल भूकम्प पीडित राहत कोष सञ्चालन गरि चन्दा संकलन गरिरहेको छ।

अब भूकम्प पिढित नेपालीलाई अमेरिका जान पैसा नलाग्ने !

काठमाडौं । अमेरिकाका श्रम तथा मानवअधिकार सहायकमन्त्री स्टेभन फिल्डस्टिन र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङबीच शिष्टाचार भेटवार्ता भएको छ ।
श्रम तथा रोजगार मन्त्रालय, सिंहदरबारमा भएको भेटवार्तामा अमेरिका सहायकमन्त्री फिल्डस्टिनले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले तिर्नुपर्ने मोटो रकम र कामदारका सेवा–सुविधाबारे छलफल भएको राज्यमन्त्री गुरुङले जानकारी दिए ।


फिल्डस्टिनले हालै नेपाल सरकार र इजराय सरकारबीच निःशुल्क घरेलू कामदार लैजाने सहमतीमा सरकारले के कस्तो तयारी गरीरहेको भन्ने बारे पनि जिज्ञासा राखेका थिए ।
त्यसैगरी निजी संस्थामा हुने लैंगिक हिंसाका साथै अमेरिकामा निःशुल्क नेपाली किसान कामदार लैजाने सम्बन्धमा छलफल भएको जानकारी दिए ।
छलफलमा सहायकमन्त्री फिल्डस्टिनले अमेरिकाको क्यालिफोर्नियामा धेरै नेपाली मजदुर कृषिकार्यमा रहेको भन्दै निःशुल्क र थप मजदुर लैजान अमेरिका सकारात्मक रहेको जानकारी दिए ।
त्यसम्बन्धमा जेनेभामा हुने आईएलो बैठकका अवसरमा निर्णयक वार्ता गर्न अमेरीका तयार रहेको स्टेभनले बताए ।
नेपाल सरकार र इजराय सरकारबीच निःशुल्क घरेलु कामदार लैजाने सहमती भएपछि श्रम तथा रोजगार मन्त्रालयले कार्यविधि तयार गरी मन्त्री परिषद्बाट पनि अनुमोदन भई सकेको छ ।
त्यसकालागि आवश्यक प्रक्रिया चॉडै शुरु गर्ने तयारीमा श्रम तथा रोजगार मन्त्रालय लागेको छ गुरुडले बताए ।

सलमान खानले नेपाल लाई दिए १० करोड र २ वटा निजि हेलिकप्टर

नेपाल को यो महामारी भूकम्प बाट भएको हानी नोक्सानी मा सुपर स्टार हेन्ड सम सलमान खान ले १० करोड र उनको २ वटा निजी हेलिकप्टर  दिने कुरो  फेस बुक मार्फत सार्बजनिक गरिएको छ ,उनको यो कदम लाई सलाम छ येसरी नि प्रगति गर्दै जाउन सारा नेपाली को आसिस छ ।


Thursday, April 30, 2015

१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको बयान,घ्यु र भुई पुछेको कपडाको पानीले बचायो

काठमाडौ, वैशाख १७ - गोंगबुको हिल्टन गेष्टहाउसमा म भाँडा धुने काम गर्थे । त्यो दिन बिहानको भाडा धोइसकेर म माथि पैसा लिने काउन्टरमा बसिरहेको थिएँ । अरु दाईहरु पनि त्यहीं थिए । अचानक टेबल हल्लिन थाल्यो । दाईहरु भुईचालो भन्दै भाग्नु भयो । म पनि उहाँहरुसँगै भागे ।


भ¥याङ ओर्लदै गर्दा म गुल्टिदै तल अईपुगे । कहाँ पुगे, केही थाहा छैन । ब्युझिँदा अँध्यारो ठाउँमा थिएँ । यता उता गरेर निस्किने कोशिस गरें । तर सकिनँ । म भान्सा कोठामा पुगेको रहेछु । माथिको छत भत्किएर सानो ओडार जस्तो भएको थियो । म त्यसै भित्र थिएँ । कोठामा हावा आउथ्यो ।हावा मात्रै खाएर भएन, भोक र तिर्खा लाग्यो । पानी खोजे भेटिनँ । एउटा प्लाष्टिक भित्र भिजेको कपडा भेटाएँ । भान्सामा बट्टामा घिउ रहेछ । त्यही घ्यु र भिजेको कपडाबाट आएको पानी पिएर बाँचे । त्यहाँ भएको बेला बाँचेको जस्तो पनि लाग्थ्यो, मरे जस्तो पनि लाग्थ्यो । बेला बेला बेहोस भएजस्तो हुन्थ्यो । होशमा भएको बेला चिच्याएर मदत माग्थें । कसैले सुनेन । मान्छे बोलेको, हिँडेको सुनिन्छ कि भनेर आवाज सुन्न खोज्थें ।
आज बिहान अचानक कोठामा उज्यालो पस्यो । यता उता सल्बलाएँ । मलाई बचाउन थुप्रै मान्छे आएका रहेछन् । एउटा प्रहरी दाईले मलाई बोकेर बाहिर निकाले । अब त बाँच्छु जस्तो लागेको छ ।
मेरो घर नुवाकोट हो । तीन बर्ष अघि मेरी आमा कुबेत जाने बेलामा म काठमाडौं आएको थिएँ । आमा कुबेतबाट फर्किएकी छैनन् । बुवाले अर्की आमा ल्याएका छन् अरे । दिदीहरु स्वयम्भुमा बस्छन् । म त्यो गेष्टहाउसमा १ महिना अघि आएको थिएँ । त्यसअघि म टेम्पोमा खलासीको काम गर्थे । स्वयम्भुदेखि रत्नपार्कसम्मको माइक्रोमा काम गर्ने मलाई टेम्पो चालक दाईले नै त्यो गेष्ट हाउसमा लगिदिएका थिए । टेम्पोमै काम गरेको भए यस्तो हुँदैन थियो कि जस्तो लागेको छ ।  

Wednesday, April 29, 2015

Sindhupalchowk District after powerful 7.9 magnitude earthquake

19 hours ago - In Sindhupalchowk,the death toll has reached 1300 people and is expected to rise. We get you report from ground zero where the relief is yet to reach.Posted by Anup Baral April 29, 2015


Watch a video Footage from Rasuwa District after Powerful 7.9 magnitude earthquake Nepal. Nepal was hit by a massive 7.9-magnitude earthquake Saturday, killing more than 4,000 people so far, injuring more than 10,000 others.Hospitals across the impoverished nation of 28 million people struggled to cope with the dead and injured from Nepal’s worst quake in 81 years, and a lack of equipment meant rescuers could look no deeper than surface rubble for signs of life. The Nepal earthquake led to an end of the World Heritage site, Durbar Square. The video shows the horrifying pictures of the shattering of one of the oldest sites in Nepal.



Also, The death toll from the avalanche at the Mt Everest base camp triggered by the powerful earthquake on Saturday has climbed to 19 while more than 61 have sustained injuries.Locals spent the night on roads as their homes were destroyed due to the 7.9 magnitude earthquake that struck the country. "After the earthquake, we were told by the media that there will be earthquakes again and again. We felt the earthquake three-four times. The first one was the longest which lasted about five minutes. Of them, 18 died at the base camp while one died while undergoing treatment in Kathmandu, Secretary at the Ministry of Culture, Tourism and Civil Aviation Suresh Man Shrestha said.The Ministries of Home, Finance, Defence, Health and Population, Information and Communications, Physical Planning and Transport, Local Development, Urban Development, as well as bodies under the ministries have been providing essential services under the central command of the government. The administrative works have been affected as offices of different ministries have developed cracks, and the dossiers and documents are scattered on the ground due to the earthquake. The Office of the Prime Minister and Council of Ministers, the National Planning Commission, Defense Ministry and the Ministry of Finance, among others, were damaged due to this.youtube/nagariknews