Sunday, December 28, 2014

विवाहित नायिकालाई पनि रोमान्स: प्रियंका

बलिउड नगरीमा ५० बर्ष पुगेका नायकहरु आफ्नो छोरी सरहका नायिकासँग मस्ती गरिरहेका छन् । साहरुख खान, सलमान खान लगायतका बलिउड नायकहरु अझै पनि बलिउडमा प्रवेश गर्दै गरेका सुन्दरीसँग रोमान्स गरिरहेका छन् । तर, नायिकाहरुको हकमा भने यो कुरा लागू हुँदैन ।


उमेर ढल्कदै गएपछि वा बिहे गरेपछि नायिकाहरु हराउने गरेका छन् । बलिउड नायिका प्रियंका चोपडा यही कुरालाई लिएर निक्कै चिन्तित छिन् । उनले यो कुरामा दर्शकको मानसिकतामा पनि परिवर्तन आउनुपर्ने बताउँछिन् ।

विवाहित नायिकालाई पनि रोमान्स
प्रियंकाले भारतीय संचारमाध्यमसँग कुरा गर्दै भनेकी छिन् -‘हामीले यस्तो चलचित्रलाई पनि स्विकार गर्न जरुरी छ कि, जसमा ३० वा ४० बर्षका नायिकाले पनि रोमान्स गरिरहेका हुनेछन् ।’
उनले विवाहित नायिकाले पनि चलचित्रमा रोमान्स गर्नुपर्छ र त्यसलाई दर्शकले स्विकार्नु पर्छ भनेकी छिन् । उनले नायिकाहरुले पनि समयको परिवर्तनसँगै भूमिका रोज्नुपर्ने बताइन् ।

स्टारडममा नायिकाहरु पछाडि
प्रियंकाले नायिकाहरु नायकहरुको तुलनामा निक्कै पछाडि रहेको बताइन् । स्टार पावरको हिसाबमा नायिकाहरु नायकको तुलनामा निक्कै कमजोर रहेको प्रियंकाको भनाई छ ।
उनले भनिन्-‘बक्स अफिसमा नायिकाहरुको चलचित्र नायकहरुको तुलानामा निक्कै पछाडि पर्ने गरेको छ ।’ नायिकाहरुको चलचित्र चल्न गाह्रो रहेको उनको भनाई छ ।
उनले भनिन्-‘चल्तीका नायकहरुको चलचित्रले ३ दिनमा नै १ सय करोड कमाउँछ । तर, नायिकाहरुलाई सामान्य व्यापार गर्न पनि लामो समयसम्म लाग्छ ।’

सुरक्षा खतरा भन्दै फेरि सीके राउत पक्राऊ

पुस, जलेश्वर । देशद्रोहको अभियोगमा जेल भुक्तान गरेका सीके राउतलाई प्रहरीले आइतबार फेरि पक्रेको छ । महोत्तरी सदरमुकाम जलेश्वरस्थित महेन्द्रचोकमा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा प्रहरीले उनलाई पिपराबाट पक्रेको हो ।


राउत पक्राउको विरोधमा उनका समर्थकले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । प्रहरीको लाठी प्रहारबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनलाइनखबरसँग भने-सुरक्षाको कारण उहाँलाई नियन्त्रणमा लिइएको हो, भरेसम्ममा छाडिन्छ ।’
राउतमाथि नै सुरक्षा खतरा रहेकोले प्रहरीले पक्रेको उनले जानकारी दिए ।

ल हेर्नुस ! जहाँ पोर्न फिल्म हेर्नेलाई मृत्युदण्ड दिइन्छ

कम्युनिष्ट देश उत्तर कोरिया बेलाबेलामा विवादमा आउने गर्छ । अत्यधिक निरंकुशता, चरम भ्रष्टाचारका कारण मात्र होइन भोकमरीबाट धेरै मानिसले वर्षेनी ज्यान गुमाउने गरेका तथ्यहरु समेत पश्चिमा देशहरुले उत्तर कोरियालाई आरोप लगाइरहने विषय बनिरहेका छन् ।


उत्तर कोरियाको कानून कडा छ भन्नेमा शंकै छैन । शासकको स्वार्थ बाझ्यो भने जस्तोसुकै वरिष्ठ अधिकारी तथा आफन्तलाई समेत मृत्युदण्ड दिने गरिएको निकट वर्तमान साक्षी छ । उत्तर कोरियाका केही अत्यन्तै कठोर तथा आश्चर्यजनक कानून तथा तथ्यहरु यस्ता रहेछन्ः

उत्तर कोरियामा पोर्न फिल्म हेर्नु गम्भीर अपराध हो । कसैले पोर्न फिल्म हेरेमा उसलाई मृत्युदण्डको सजाय दिइन्छ ।
अन्तराष्ट्रिय समाचार संस्थाहरुको दाबी अनुसार उत्तर कोरियामा केवल सैनिक अधिकारी तथा उच्च सरकारी कर्मचारीले मात्र कार राख्न पाउँछन् । सर्वसाधारणलाई निजि उपयोगका लागि कार किन्ने र घरमा राख्ने अनुमति छैन ।

उत्तर कोरियामा जिन्सका लुगा लगाउन पनि प्रतिबन्ध छ । यदि कसैले जिन्स लगायो भने उसमाथि कडा सजाय हुन्छ ।

सरकारप्रति गद्दारी गर्ने सैनिक वा जो सुकै सरकारी अधिकारीलाई पनि मृत्युदण्ड दिइन्छ । शासक किम जोंग उनले आफ्ना काकालाई यस्तै गद्दारी गरेको आरोपमा मृत्युदण्ड दिएका थिए । किमले आफ्ना काकाको नग्न शवलाई १२० वटा भोका कुकुर राखेको पिँजडामा फ्याँकेका थिए भन्ने आरोप छ ।

उत्तर कोरियामा भिखारीहरुको फोटो खिच्न समेत प्रतिबन्ध छ । भिखारीहरुको तस्वीर लिक भयो भने त्यसले देशको छवि बिगि्रने डरले सरकारले यस्तो नियम बनाएको बताइन्छ ।

उत्तर कोरियामा आफुलाई मन पर्यो भन्दैमा जस्तोसुकै हेयर स्टाइल बनाउन पाइँदैन । हेयर स्टाइलमा समेत सरकारले सेन्सर गरेको छ । सरकारले महिलाका लागि २८ प्रकारका हेयर स्टाइललाई मात्र मान्यता दिएको छ । महिलाहरुले तिनै मान्यताप्राप्त हेयर स्टाइल मात्र अपनाउनु पर्छ ।

कोरिया टुक्रिएको ६० वर्षयता २३ हजार उत्तर कोरियालीहरु भागेर दक्षिण कोरिया पुगेका छन् । जबकी केवल २ जनामात्र दक्षिण कोरियाहरु उत्तर कोरिया आएका छन् । दक्षिण कोरियालीहरुलाई आफ्नो देशमा आकषिर्त गर्नका लागि उत्तर कोरियाले कुनै समयमा एउटा नमूना सहर समेत निर्माण गरेको थियो ।

एयर एसियाको विमान सम्पर्कविहीन विमानमा १६२ जना यात्रु भएको

१३ पुस, काठमाडौं । इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको एयर एसियाको विमान सम्पर्कविहीन भएको छ । सुरबयाबाट सिंगापुरका लागि उडेको एयर एसिया इन्डोनेसियाको QZ ८५०१ एयरबस सम्पर्कविहीन भएको हो ।

विमानमा १६२ जना यात्रु भएको इण्डोनेसियाली सञ्चार माध्यमहरुले जनाएका छन् ।
एयर एसियाले एयर ट्राफिक कन्ट्रोलसँग स्थानीय समय अनुसार विहान ७:२४ मा सम्पर्क टुटेको बताएको छ । साथै उसले विमानको खोजी भइरहेको बताएको छ ।
विमानमा चालक दलका ६ सदस्य र एक इन्जिनयर पनि थिए ।
विमानमा यात्रु नेपाली छैनन्

हराइरहेको विमान नेपाली यात्रु नभएको एयर एसियाले जनाएको छ । उसले फेसबुकबाट सार्वजनिक गरेको यात्रु सूचीमा नेपाली छैनन् ।
१५६ इन्डोनेसियाली, तीन दक्षिण कोरियाली तथा फ्रान्स, मलेसिया र सिंगापुरका एक-एक नागरिक छन् । जसमा १६ बच्चा र ७ जना चालक दलका सदस्य छ्न् ।

बीबीसीका अनुसार कालीमान्टान र जाभा आइसल्याण्ड बीचमा पर्ने जाभा समुन्द्रमाथि पुगेपछि विमानको सम्पर्क टुटेको यातायात मन्त्री हादी मास्तोबाले जनाएका छन् ।
एयर कन्ट्रोलसँग सम्पर्क टुट्नु अघि चालक दलका सदस्यले वादलका कारण मौसम खराव रहेको भन्दै अर्को रुटबारे सोधेको समेत उनले बताएका छन् ।

यो वर्ष मलेसियाको मलेसियन एयरलाइन्सको दुई विमान दुर्घटनामा परिसकेको छ । गत मार्चमा २३९ यात्रुसहित जाकार्ताबाट बेइजिङका लागि उडेको विमान अझै भेटिएको छैन् । मलेसियन एयरले सबैको मृत्यु भएको घोषणा गरिसकेको छ ।

जुलाइमा मलेसियन एयरकै अर्को विमान युक्रेनमा दुर्घटना भयो, जसमा २९८ जनाले ज्यान गुमाए । विमानमा क्रिमियाका पृथकतावादीले रकेट आक्रमण गरेको बताएपनि पुष्टि भएको छैन ।

Saturday, December 27, 2014

बिदेशमा बस्ने नेपालीलाई नेपाल सरकारको अत्यन्त जरुरी सूचना !!!

 तलको सूचना सबैले एक पटक हेर्नुस होला ! र सक्दो शेयर गर्नुस आफ्नो साथीभाईहरुलाई


टुल्केको नायिका रजनी गुरुङमाथि यौन शोषण भएको खुलासा

काठमाडौँ,पौष । टलकजंग भर्सेस टुल्केमा एउटा बेडसिन छ । प्रसँग त्यही बेडसिनको हो । दर्शकहरुले मज्जा मानी मानी हेर्ने बेडसिन गर्न कलाकारहरुलाई चाहिं निकै सास्ती हुने गर्दछ ।


सामान्यतय बेडसिन गर्न महिला कलाकारहरुलाई बढी अप्ठ्यारो महसुस हुन्छ । हाम्रो सामाजिक सोंचका कारण पनि यो स्वभाविक हो । तर टलकजंग भर्सेस टुल्केमा भने यो ठीक उल्टो छ । पहिले यो चलचित्रमा रजनी गुरुङ र प्रभाकर न्यौपानेबीचको बेड सिन खिचिएको थियो ।

टलकजंग भर्सेस को पहिलो प्रोमोमा पनि उक्त बेडसिनको दृश्य राखिएको थियो । तर बेडसिनलाई लिएर रजनीलाई भन्दा प्रभावकरलाई बढी तनाव हुन थाल्यो,लोक लाजका कारण । त्यसैले उनी बेडसिनलाई हटाउन पाए हुन्थ्यो भन्ने मनस्थितिमा थिए । उनको त्यो अप्ठ्यारो निर्देशक निश्चल बस्नेतसम्म पुग्यो । प्रभाकरको संयोगले हो कि निश्चलको काममा १०० प्रतिशत खोज्ने बानीले हो,चलचित्रको सम्पादन सकेर पनि केही दृश्य फेरि खिच्नुपर्ने भयो ।

त्यही लटमा प्रभाकरले दिएको बेडसिन पनि अर्कै कलाकारलाई दिन लगाइयो । यसबाट प्रभाकरलाई त राहत भयो होला तर दोस्रोपटक त्यही पनि अर्को पुरुषसँग सुत्नुपर्दा पर्दामै भए पनि रजनीमाथि भने अन्याय नै भएको स्वयम् प्रभाकर न्यौपानेले सुनाए ।

यसरी प्रभाकरको इज्जत जोगाउँन भट्टी साहुनिको भूमिकामा रहेकी रजनीले अन्याय खेपेर हाँसी खुशीले दिएकी बेडसिन कस्तो छ त ? त्यसका लागि त टलकजंग भर्सेस टुल्के हेर्न जानुको विकल्प छैन । यो चलचित्र अहिले पनि केहि हलमा प्रदर्शन भैरहेको छ ।

के तपाई बिवाहको इच्छा चाँडै पुराहोस् भन्ने चाहनु हुन्छ ? यो मन्त्र जप्नुस !!!

काठमाडौं । कतिपय व्यक्तिको मामलामा परिस्थिसत अनुकुन भएर तथा इच्छा भएर पनि विवाहको साइत भने जुर्न सकिरहेको हुँदैन ।


यस्तो अवस्थामा वर–वधुको त छँदै छ, उनीहरुको आमा बुबालाई पनि चिन्ता लागिरहेको हुन सक्ट कि मेरो छोरा या छोरीको बिवाह नहुने नै भयो त ?
उनीहरुलाई यही मात्र चिन्ता हुन्छ की कसरी आफ्नो सन्तानको बिवाह चाँडो भन्दा चाँडो गराऔं । यो चिन्ता निरुपण गर्नकालागि ‘श्रीरामचरितमानस’को सरल मन्त्रले काम गर्न सक्छ ।
तपाईं धर्म कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने यो मन्त्र फलदाई हुने पक्का छ ।
श्रद्धाका साथ मन्त्रको लगातार जप गर्न सक्यो भने मुक्ति पाउनसकिने राम रामायणमा उल्लेख छ ।
 यो मन्त्र यस प्रकार छः–
तब जनक पाइ बसिष्ठ आयसु ब्याह साज संवारि कै ।
मांडवी श्रुतकीरति उरमिला कुअंरि लईं हंकारि कै ।।

श्रीरामचन्द्रले सीतालाई सिन्दुर हाल्दा उनले भनेको यो मन्त्रले जीवन साथी पाउन सजिलो हुने ज्योतिषहरुको दाबी छ । राजा जनकले आफ्नी छोरी सीता रामलाई कन्यादान दिन लाग्दा रामका गुरु बशिष्ठले यो मन्त्र उच्चारण गर्न लगाएका थिए ।

यो मन्त्रमा प्रेम शक्ति र करुणा रहेको ज्योतिषहरुको दाबी रहेको छ ।

अब आफ्नो भाग्य रेखा आफैं हेर्नुहोस् !

जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतीसशास्त्रहरु बताउने गर्दछन् । त्यस्तै हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ ।

कहाँ हुन्छ भाग्य रेखा ? 
तपाइको हत्केलाको मध्य– भागमा माझी औंलाको फेदसम्म पुगेको हुन्छ, भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो । खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनि पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ ।

जुन व्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ, त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ । त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ ।

विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ । जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् । त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नुपर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।

सेलब्रिटीको जस्तै सुन्दर छाला बनाउन चाहनु हुन्छ ? यो तरिका अपनाउनु होस् !!!

हरेक टेलिभिजन कार्यक्रम अथवा फिल्ममा देखिने महिला सेलिब्रिटीहरु हेरेर को प्रभावित नहोला र ?


विशेषतः यी सेलिब्रिटीहरुको पहिरन शैली र छालाको चमक देखेर । सेलिब्रिटीको चम्किरहेको, दाग–धब्बा बिनाको छालाले धेरै मानिसहरुलाई आकर्षित गरिरहेको हुन्छ । सेलिब्रिटीको जस्तो छाला पाउन चाहनुहुन्छ भने यहाँ दिइएको तरिका अपनाउनुहोस्ः

१. क्लिन्जिङ, टोनिङ र माइस्चुराइजिङले हाम्रो छालालाई सेलिब्रिटीको जस्तो निखार प्रदान गर्दछ । त्यसकारण यसलाई हामीले धेरैजसो गर्नुपर्ने हुन्छ । क्लिन्जिङले हाम्रो छालाबाट धुलो निकाल्न मद्दत गर्दछ र छालालाई अतिरिक्त चिल्लो प्रदान गर्दछ । टोनरले तेललाई निकालेर पोर्स बन्द गर्ने गर्दछ । गुलाब जल भन्दा राम्रो टोनर तपाईंले कहिँ पनि पाउनुहुन्न । त्यसकारण क्लिन्जिङ, टोनिंग पछि मोइस्चुराइजरको प्रयोग अवश्य गर्नुहोस् ।

२. हप्तामा एकपटक स्क्रबिङ पक्कै गर्नुहोस् । यसले अनुहारको मृत छाला अर्थात डेड स्किनलाई निकाल्ने गर्दछ । यसका लागि ओलिभ ओइलमा थोरै चिनि हालेर स्क्रब गर्नुहोस् अथवा आफ्नो छालाअनुसारको केमिकल पिलिङ गराउनुहोस् ।


३. आफ्नो छालालाई अझ बढि चमकदार बनाउनका लागि भिटामिन सी सोरमद्वारा मसाज गर्नुहोस् । यो सजिलै सँग कुनै पनि पसलमा पाइन्छ ।

४. तपाईंको छालालाई नरम बनाउनका लागि नरिवलको तेलले अनुहार मालिस गर्नुहोस् । दैनिक राती सुत्नुभन्दा अगाडि यसो गर्नाले तपाईंको छाला नरक हुने गर्दछ ।

५. सधैँ सनस्क्रिन लगाउनुहोस्। चाहे गर्मी होस् या जाडो । छालालाई सूर्यको यूभी किरणलाई बचाउनुहोस् ।

६. सन्तुलित आहार खानुहोस् र दैनिक निकै पानी पिउनुहोस् ।

७. र दैनिक सात घण्टा अनिवार्य निदाउनुहोस् ।

अब यो हस्तरेखाबाट सम्पूर्ण यौन ज्ञान प्राप्त गर्नुहोस् !!!

हस्तरेखाबाट भूत, भविष्य र वर्तमानसम्बन्धी  ज्ञान प्राप्त हुन्छ । त्यस्तै हस्तरेखाको आधारमा मानिसको यौन शक्तिको बारेमा पनि धेरै जानकारी प्राप्त गर्न सकिन्छ । मानव तथा पशुपक्षीको मनमा जन्मदेखिनै कुनै न कुनै प्रकारले यौनक्रिया आएको हुन्छ ।

विश्वविख्यात मनोवैज्ञानिक सिग्मण्ड प|mायडले भनेका छन् बच्चाको आमाको दुध पिउँदा पनि यौन सन्तुष्टि प्राप्त गर्दछ । बालकले औंला चुस्दा पनि कुनै न कुनै प्रकारको यौन भावना लुकेको हुन्छ । अधिकांश मनोवैज्ञानिक र कामशास्त्रीहरु प|mायडसँग सहमत छन् ।

यौन विश्वको र्सवाधिक शारीरिक र मानसिक सुख तथा तृप्तिको साधन हो । अरु प्राणीहरु तथा मानव पनि सँधै सुखको लागि उत्सुक र इच्छुक रहन्छन् । सृष्टिको सम्पत्ति देखिनै समस्त प्राणी जगतमा कुनै न कुनै रुपमा यौन विद्यमान भएको पाइन्छ । यदि यौन भावना मानवहरुबाट विमुख भएमा संसारको सृष्टि नै मरेर जान्छ । सृष्टिको निर्माण नै यौनिक क्रियाद्धारा हुन्छ । जब भाले र पोथीबीच यौन सम्बन्ध हुन्छ त्यसपश्चात अर्को एउटा प्राणिको जन्म हुन्छ ।
यौन सुख र शान्तिको लागि भन्दा पनि महत्वपर्ूण्ा वंशवृद्धिको लागि हो । तर आजभोलि यौनलाई पाप कर्म भनेर नाम दिने व्यक्तिहरु पनि पाइन्छन् । तर यौनलाई जीवनमा अनिवार्य मान्नु नितान्त आवश्यक छ । यौनका बारेमा सम्पर्ूण्ा मानवलाई ज्ञान पनि हुनर्ुपर्दछ । आजभोलि यौनको ज्ञान नभएका कारण बलात्कार, होटल, मसाजस्थल, रेष्टुरेन्ट, वर््राईवेट हाउसमा अनैतिक कार्य भइरहेको पत्रपत्रिकामा पढ्न पाइन्छ । त्यसको मूल कारण गरिबी र अशिक्षा नै एकमात्र कारण हो ।

यौन शक्ति भिन्ना भिन्नै

हरेक व्यक्तिको यौन शक्ति भिन्ना भिन्नै हुन्छ । बुढी औलाको तल्लो भाग र कान्छी औंलाको मुनिको रेखा मुटु रेखा हो । मुटु रेखा र कान्छी औंलाभन्दा तलको रेखा विवाह रेखा हो ।
यदि कुनै व्यक्तिको हत्केलाको रङ्ग पहेँलो छ भने ऊ व्याभिचारी हुन्छ । हत्केला थिच्दा नरम भएमा त्यो व्यक्तिमा प्रचण्ड रुपमा काम वासना हुन्छ । शुक्रवलय शनि र र्सर्ुय औंलाको पर्वतलाई घेरेर कान्छी औंलामा समाप्त हुने रेखालाई शुक्रवल्य भनिन्छ । यो रेखा धेरै मोटो भएमा परस्त्रीगामी हुन्छ र त्यस्तो व्यक्तिले जीवनमा सामाजिक वदनामी सहनु पर्दछ । स्त्रीको हातमा भए परपुरुषसँग सम्बन्ध बढी हुन्छ ।

शुक्रपर्वतमा गुणन चिन्ह भएमा त्यस्तो व्यक्तिको वैवाहिक जीवन र यौन शक्ति जीवनभर अति राम्रो हुन्छ । शुक्रपर्वतमा वृत्त चिन्ह भएको प्रायः व्यक्ति नपुसक पनि भएको देखिएको छ । शुक्रपर्वतमा वर्गको चिन्ह छ भने उसको यौन शक्ति राम्रो हुन्छ । यदि शुक्र पर्वत मात्र हाइट र अरु पर्वत हाइट छैन भने त्यस्तो व्यक्ति यौनकार्यमा अन्यत दर्र्व्यवहार गर्ने र समाजबाट तिरस्कार हुनुपर्ने हुन्छ ।


शुक्रवलयमा अरु रेखाले काटेमा र शुक्र पर्वत हाइट भएका व्यक्ति चौबिसै घण्टा यौनको वारेमा सोचेर बस्ने खालको हुन्छ । मुटु रेखा अति नै रातो भएमा प्रेममा र यौनमा हिंसा गर्ने प्रवृत्तिको हुन्छ र आफ्नो प्रेमी वा श्रीमतीलाई कुटेर श्रीमतीमा यौन नभएको बेलामा पनि यौन सर्ंर्सग गर्ने र अति यौन शंकालु हुन्छ । शुक्रवलयमा त्रिभुज भएमा अप्राकृतिक मैथुन गर्ने हुन्छ ।