Tuesday, November 11, 2014

महिलाहरुलाई कुन आसनले गर्दा बडी यौन सन्तुष्टि मिल्छ ...जानी राखौ !

पार्टनरले सेक्सको आनन्द लिइरहेको भनेर भ्रममा पर्नु व्यार्थ हुन्छ । किनभने यो देखावटी मात्र पनि हुनसक्छ । ब्रिटेनका शोधकर्ताहरुले एक सोधमा ‘लगभ २५ प्रतिशत महिला सेक्सका क्रममा आवाज निकालेर चरम आनन्द लिएको’ अभिनय गर्ने खुलासा गरेका छन् ।


शोधका अनुसार महिलाहरु सेक्स गरिरहेको बेला आह..उह जस्ता आवाज यसकारण निकाल्छन् कि, जसले पुरुष साथीलाई उत्तेजित गर्न सकोस् । शोधकर्ताले १८ देखि ४८ वर्ष उमेर समूहका ७१ महिलामा यस्तो शोध गरेका थिए ।

अधिकांश महिलाहरु सेक्सवाट चरम आनन्द लिन नपाएको उक्त सोधमा उल्लेख छ । ९० प्रतिशत महिलाहरुले आफुहरु चरम आनन्दसम्म नपुगेको वताएका थिए । ८७ प्रतिशत महिलाहरुले चाहि आफ्नो पार्टनरप्रतिको प्रेम सम्वन्ध सुमधुर राख्नकै लागि यसरी आवाज निकाल्ने गरेको खुलाए ।

शोधकर्ताले यस व्यवहारको पछाडि ‘सेक्स लगायतका कार्यमा पुरुषप्रधान मानसिकता हावी भएको’ निक्र्यौल निकाले । यसैले नै महिलाहरु आफ्नो सन्तुष्टिका साथ सम्झौता गरेर पनि पुरुष पार्टनरलाई खुसी तुल्याइरहेका हुन्छन् ।

महिलामा आर्गज्म अधिकांशतः फोर प्लेको क्रममा धेरै देखिने गरिन्छ । यस क्रममा महिलाहरु सेक्सी आवाज निकाल्ने गर्छन् । महिलाहरु यस्तो आवज त्यसवेला निकाल्छन्, जतिवेला पुरुषहरु चरमोत्कर्षमा पुगेका हुन्छन् 

आलोकले आत्महत्या गरेनन्, यो हत्या थियो

केहीदिन अगाडि एप्पल कम्पनीका सीईओ टीम कुकले आफू ‘गे’ भएकोमा गर्व गरेको अभिव्यक्ति दिदै आफ्नो ‘सेक्सुवालिटी’ सार्वजनिक गरे। यसका बारेमा विभिन्न तर्क वितर्कहरु भइरहेका छन्। पछिल्लो चरणमा चर्चित ब्याण्ड ‘वान डिरेक्सन’ का गायक लुइस टोमिल्सनले ‘इन्द्रेणी’ रंगको एप्पलको लोगो भएको टिसर्ट लगाउदै टिम कुकको शाहसको समर्थन गरेको प्रसंग पनि निकै चर्चित बनिरहेको छ।



यही सेरोफेरोमा नेपालमा भने एकजना सेलिब्रेटीको आत्महत्याको प्रसंगले विभिन्न खाले बहसहरु सृजना भइरहेका छन्।

आलोक दाइ भन्नुहुन्थ्यो मेरो बिहेबारे हल्ला फेलाउनेप्रति चिन्तित छु

४२ वर्षीय नेपाली सेलिब्रेटी आलोक नेम्बाङले केहीदिन अगाडि आत्महत्या गरे। उनको आत्महत्याको कारण स्पष्ट छैन। तर आफूलाई बुझ्ने र माया गर्ने राम्रो व्यक्ति नपाएका कारण आलोकले आत्महत्या गरेको कुरा उनीसँग नजिकबाट संगत गरेका नेपाली रंगकर्मीहरुलाई थाहा छ। आलोक सामाजिक भीडभाडभन्दा भिन्दै बस्न रुचाउथें। यसको अर्थ उनी असामाजिक भएका कारण होइन। नेपाली समाजमा व्यप्त अन्धविश्वास, नकारात्मक सोंच र धारणका कारण उनले एकान्त मन पराउने गरेका हुन्। नेपाली समाजको सोंचले उनलाई सुरुमा समाजबाट अलग बनाएर एकान्तप्रेमी बनाइदियो, पछि उनलाई संसारबाटै अलग गराइदियो। त्यसैले आलोकले आत्महत्या गरेका होइनन्, उनको हत्यामा नेपाली समाज दोषी छ। नेपाली समाजले नै उनको हत्या गरेको हो। यो विषयमा अहिले नै यसै समयमा बहस आवश्यक छ।

सबैका प्यारा आलोक सबैलाई रूवाएर गए

नेपाली समाजमा विद्यमान र धेरैले अनुशरण गरेको चीजलाई मात्र प्राकृतिक मान्ने चलन छ। आलोकको क्षमता विद्यमान रहेको र धेरैले अनुशरण गरेको भन्दा फरक थियो। उनको क्षमता अरुहरुको तुलनामा असाधारण थियो। तर उनको शारिरिक चाहना समाजमा विद्यमान र धेरैले अनुशरण गरेको भन्दा फरक भएका कारण नेपाली समाजका लागि अप्राकृतिक थियो। त्यसैले उनले आफू यो समाजमा फिट नभएको अनुभव गर्दै संमाज र संसारबाट विदा लिए। आलोकले यस अगाडि पनि कुनै युवकलाई मन पराउने गरेको र उनीहरुबीच प्रेमसम्बन्ध चलेको समेत चर्चा बाहिर आएको थियो। तर पछिल्लो चरणमा भने आलोकसँग उनलाई वास्तविक रुपमा बुझ्ने र माया गर्ने व्यक्ति कोही भएन। एकातिर उनलाई बुझ्ने व्यक्ति नहुनु र अर्कातिर नेपाली समाजको कारण उनी खुल्ला हुन नसक्दा उनले पटकपटक मर्दै बाँचेको अनुभव गरे। जुन उनको सुसाइड नोटमा उल्लेख छ। नेपाली समाजको सोंचका कारण उनीभित्र उत्पन्न कुण्ठाले उनले आत्महत्याको बाटो रोज्ने अवस्था आयो। त्यसैले आलोकको हत्यारा नेपाली समाज हो। यसअगाडि पनि यस्ता कैयन आलोकहरु मरिसकेका छन्। अहिले पनि मरिरहेका छन्। र नेपाली समाजको सोंचमा परिवर्तन नगर्ने हो भने भविश्यमा पनि यस्ता आलोकहरु मरिरहनेछन्।

सम्साँझै निभ्यो एउटा आलोक

नेपालमा आलोकहरु मरिरहँदा अन्तर्राष्ट्रिय जगतमा भने आलोकहरुले समाजसँग जुध्ने र समाजलाई परिवर्तन गर्ने हिम्मत देखाउने क्रम बढ्दो छ। ४२ वर्षीय आलोकले आत्महत्या गरिरहँदा ४२ वर्षीय अमेरिकन सेलिब्रेटी वेन्टवोर्थ मिलर भने अमेरिकन टेलिभिजनमा नयाँ स्वरुपमा साथ आउने भएका छन्। चर्चित टेलिसिरियल प्रिजन ब्रेकबाट चर्चामा आएका मिलर गतवर्ष आफ्नो वास्तविक सेक्सुवालिटी सहित बाहिर आएका थिए। केहीवर्ष अगाडिसम्म उनलाई संचारमाध्यमले प्रश्न गर्दा उनले आफू ‘गे‘ भएको अस्वीकार गर्दै आएका थिए। तर उनी खुल्ला भइसकेपछि भने आफ्नो पेशा र करिअरमा असर पर्न सक्ने भएकाले सेक्सुवालिटीबारे ढाँटेको प्रतिकृया दिएका छन्। उनी लामो समयसम्म केही साथीभाईहरुबीचमात्र खुल्ला थिए। तर पछि सार्वजनिक रुपमा नै खुल्ला भए। उनले पनि सेक्सुवालिटीकै कारण धेरैपटक आत्महत्याको प्रयास गरेका थिए। १५ वर्षको उमेरमा नै उनले पहिलोपल्ट आत्महत्याको प्रयास गरेका थिए।

त्यस्तै अहिले अमेरिकन नागरिकता लिइसकेका नेपाली मुलका फेशन डिजाइनर प्रबल गुरुङ अमेरिकी फेसन उद्योगमा चम्किरहेका छन्। उनको पेशामा उनको ‘सेक्सुवालिटी’ले कुनै प्रभाव पारेको छैन। सीएनएनका प्रस्तोता एवं पत्रकार एण्डरशन कुपर लाखौं पत्रकारका आदर्श मानिन्छन्। उनको पेशामा पनि उनको ‘सेक्सुवालिटी’ले कुनै प्रभाव पारेको छैन। हलिउडमा समेत कुनैबेला ‘गे‘ सेलिब्रेटीहरु खुल्ला भएमा उनीहरुको करिअर नै समाप्त हुन सक्थ्यो। तर अहिले अवस्था पहिलेजस्तो छैन। कुनै पनि व्यक्तिको ‘सेक्सुवालिटी’ उसको निजी कुरा भएका कारण र त्यसले अरुलाई कुनै प्रभाव नपार्ने भएका कारण ‘सेक्सुवालिटी’का सन्दर्भमा सामाजिक सोंच विकसित भइरहेको छ। चर्चित क्यानेडियन कलाकार एलेन पेजले गत फरबरीमा आफू समलिंगी भएको कुरा खुल्ला रुपमा बताइन्। उनले आफू आफ्नो सेक्सुवालिटीका बारेमा झूठो बोल्दा बोल्दा थाकेको बताएकी थिइन्।

'आलोक तिमी भ्रममा पर्‍यौ '


एचबीओ टेलिभिजनमा प्रशारण हुने गेम अफ थ्रोनका चर्चित कलाकार समेत रहेका क्रिष्टियन नेरनले गत मार्चमा आफू  ‘गे‘ भएको स्पष्ट पारे। कसैले ‘गे‘ कम्यनिटीको बारेमा कुरा गरिरहेको हुन्छ भने उसले मेरो कम्युनिटीको बारेमा कुरा गरिरहेको हुन्छ भने उनले आफ्नो ‘सेक्सुवालिटी’ का बारेमा स्पष्ट पारेका थिए। हलिउडका अर्का चर्चित कलाकार मौलिक पंचोलीले गत वर्ष आफू ९ वर्षदेखि एकजना पुरुषसँग रिलेसनसिपमा रहेको खुलाएका थिए। यसरी केहीवर्षको दौरानमा आफ्नो ‘सेक्सुवालिटी’ गर्वका साथ स्वीकार्ने ‘गे‘ सेलिब्रेटीहरु हलिउडमा चारदर्जनको हाराहारीमा छन्। तर नेपालमा भने अहिले नै यसरी आफ्नो ‘सेक्सुवालिटी’ गर्वका साथ स्वीकार्ने अवस्था छैन। यसका लागि नेपाली समाजमा व्यप्त सोंच नै प्रमुख कारण हो। जुन सोंचका कारण कैयन प्रतिभाहरुले मृत्युको बाटो रोज्न बाध्य हुनुपरेको छ।

नेपालको सन्दर्भमा त मान्छेहरु ‘गे राइट‘ को बारेमा बोल्न वा वकालत गर्न समेत हिचकिचाउाछन्। ‘गे राइट‘ को पक्षमा बोल्दा आफूलाई पनि कसैले ‘गे’ भनिदेला कि भन्ने डरले मान्छेहरु बोल्न डराइरहेको देखिन्छ। ‘गे राइट‘ को बारेमा बोल्नेहरु सबै ‘गे’ हुँदैनन् र हुनु आवश्यक पनि हुँदैन। जसरी महिला अधिकारका बारेमा बोल्नेहरु सबै महिला हुनु आवश्यक छैन र ‘एनिमल राइट’ का बारेमा बोल्नेहरु सबै जनावर हुँदैनन्।

एक महिलाले मरेका श्रीमानसँग खुलेआम सेक्स गरिन

जिम्बाबेमा एक महिलाले आफ्नो मरिसकेका श्रीमानसँग सबैका सामु शारिरीक सम्बन्ध कायम गरेकी छिन् ।
सारा सिमिराई नाम गरेकी सो महिलाले श्रीमान मरेपछि गाड्नुअघि खुल्लेआम त्यस्तो सम्बन्ध कायम गरिन् ।

 

साराले श्रीमानको अन्तिम इच्छा यस्तै भएकाले श्रीमानको सम्मानका लागि आफूले त्यस्तो गरेकी बताइन् ।
सारा केही पहिले श्रीमान छाडेर नयाँ प्रेमीसँग गएकी थिइन् । पछि प्रेमीले छाडेपछि पुनः पुरानै घरमा फर्केकी थिइन् । उनी घरमा आएपछि श्रीमानको मृत्यु भएको थियो ।


मनुअर्घि सारालाई उनका श्रीमानले एक नोट छाडेका थिए । जसमा ‘आफ्नी श्रीमती गुमाउँदा मेरो मन मरेको छ’ लेखिएको थियो । साथै उनले आफूलाई गाड्नुअघि आफ्नी श्रीमती साराले आफूसँग सेक्स गरोस् भनेरपनि लेखेका थिए ।

पहिला त साराले सो अन्तिम इच्छा पूरा गर्न इन्कार गरिन् । पछि परिवारले दवाव दिएपछि साराले मरेका श्रीमानसँग सेक्स गरिन् ।

पुरुषहरु किन २०-२५ वर्षे उमेरकी युवतीप्रति बढि आकषिर्त हुन्छन ?

पुरुष चाहे त्यो १८ वर्षको होस् वा ३० वर्षको अथवा सो भन्दा माथिको । सबै उमेर समूहका पुरुषको रोजाइमा २०-२५ वर्षे उमेरका युवती पर्ने गरेको एक अध्ययनले देखाएको छ ।


फिनल्याण्डमा १८ देखि ४९ वर्ष उमेरका मानिसहरुमा गरिएको अध्ययनले  सँग सहवासका लागि सबैभन्दा धेरै इच्छा जाग्ने बताएको पको इच्छा व्यक्त गरेको पाइयो ।

१२ हजार ७ सय ५६ जना महिला तथा पुरुषमा उक्त अध्ययन गरिएको थियो । त्यसमा सहभागीहरुलाई कुन उमेर समूहका विपरित लिंगीसँग बढि यौनिक आकर्षण हुने तथा कुन उमेरका सँग सम्भोग हुने गरेको छ ? भन्ने खालका प्रश्न गरिएको थियो ।

यसको नतिजा नतिजा महिला र पुरुषमा भिन्न भिन्न पाइयो । महिलाहरु आफ्नै उमेरको अर्थात् आफुभन्दा केही पाको पुरुषसँग यौन सम्बन्धमा आकषिर्त हुने गरेको पाइयो ।

अध्ययनका क्रममा आफ्नो किशोरावस्थाको उत्तरार्ध तथा २० वर्षको आसपासको उमेरका युवतीहरु आफुभन्दा झण्डै ४ वर्ष जेठो युवक आफ्नो पार्टनर बनोस् भन्ने चाहन्छन् । तर महिलाहरुको उमेर जति बढ्दै जान्छ उनीहरु आफ्नो पार्टनर र आफुबीचको उमेरको अन्तर कम चाहन्छन् ।

तर पुरुषहरुमा भने महिलाप्रतिको आकर्षणका सन्दर्भमा उमेरमा एकरुपमा पाइयो । अध्ययनमा सहभागी सबै उमेर समूहका पुरुषहरुले २०-२५ वर्षे उमेरका महिलालाई रोजाइमा पारेको देखिएको छ ।

शोधकर्ताहरुका अनुसार महिला र पुरुषमा कुन उमेरको विपरित लिंगीप्रति आकषिर्त हुने भन्ने कुरा क्रमविकाशले तय गरेको हो । महिलाले आफ्नो भन्दा पाको उमेरको पुरुष रोज्नुका कारण भनेको पाको उमेरको पुरुषले आफुलाई चाहिएको श्रोत प्रदान गर्नसक्छ भन्ने लालसा नै हो ।

शोधकर्ताहरुका अनुसार पुरुषको यौनिक रोजाइ उसको सन्तान प्राप्तिको योजनाका आधारमा तय भएको हुन्छ । पुरुषहरु प्रायः उर्वर उमेर समूहका महिलाप्रति आकषिर्त हुन्छन् । महिलामा सबैभन्दा उच्च प्रजनन क्षमता २० को दशकको मध्यतिर हुने र ३५ वर्षपछि घट्दै जाने पाइएको छ ।

नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ ।

२५ कात्तिक, काठमाडौं । राजधानी प्रवेश गर्ने मुख्यनाका नागढुङ्गामा मुलुककै पहिलो टनेल (सुरुङ) मार्ग निर्माण हुने भएको छ ।


२.६ किलोमिटर लम्बाइ रहने सुरुङमार्ग जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा निर्माण हुन लागेको हो । सुरुङमार्ग काठमाडौंको सीतापाइलादेखि धादिङको नौबिसेसम्म निर्माण हुनेछ ।
राजधानीमा मंगलबारदेखि सुरु भएको ‘नेपाल पूर्वाधार सम्मेलन’ लाई सम्बोधन गर्दै अर्थमन्त्री ड. रामशरण महतले सुरुङमार्ग निर्माणका लागि जाइका इच्छुक देखिएको बताएका छन् ।

अहिले जाइकाका उपाध्यक्ष तोसियुकी कोरोयागीको नेतृत्वमा एक प्रतिनिधिमण्डल नेपाल भ्रमणमा रहेको छ ।
उक्त टोलीसँग सुरुङ मार्ग निर्माण गर्ने विषयमा छलफल भइरहेको अर्थमन्त्रालयका सहसचिव मधु मरासिनीले अनलाइनखबरलाई बताए । ‘जाइका नागढुंगामा सुरुङ मार्ग निर्माणका लागि तयार छ, अहिले उक्त परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ’ मरासिनीले भने- ‘सम्पूर्ण प्रकृया पूरा गरेर सुरुङ निर्माणका लागि सन् २०१५ मा दुई पक्षीय सम्झौता हुनेछ ।’

सुरुङ मार्ग निर्माणका लागि करिब २० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । जसमध्ये करिव १५ अर्ब रुपैयाँ जाइकाले ०.१ प्रतिशत सहुलियत ब्याजदरमा नेपाललाई उपलब्ध गराउने सहसचिव मरासिनीले बताए । बाँकी रकम नेपाल सरकारले बेहोर्ने छ ।
उक्त ऋण भुक्तानी गर्ने अवधि ४० वर्षको हुने बताइएको छ । ‘परियोजनाको इआइए, डीपीआर गर्न बाँकी छ, परियोजनास्थलको ल्यान्ड इक्विजेसन गर्न बाँकी छ, यो सबै प्रकृया पूरा गरेर सन् २०१६ बाट परियोजना निर्माण कार्य सुरु गर्न हामीले दबाब दिएका छौं’ मरासिनीले भने- ‘उनीहरु यस प्रस्तावमा सहमत देखिएका छन् ।’

मंगलबार नेपाल भ्रमणमा रहेको जाइकाको टोलीले अर्थमन्त्री महतसँग भेटवार्ता गरेको थियो । सो अवसरमा यस सुरुङमार्ग परियोजनाको विषयमा पनि छलफल भएको बताइएको छ । अहिले उक्त टोलीले विभिन्न निकायसँग छलफल गरिररहेको अर्थमन्त्रालयले जानकारी दियो ।
राजधानीको मुख्य प्रवेशद्वार नागढुंगामा सुरुङ निर्माण भएमा ट्राफिक समस्या समधान हुनुका साथै त्यस क्षेत्रमा हुने सवारी दुर्घटनामा समेत कमी आउने छ । सवारीको सर्वाधिक चाप हुने उक्त मार्ग उकालो, घुमाउरो र साँघुरो हुँदा जाम हुनुका साथै ट्राफिक जामसमेत हुने गरेको थियो ।

‘सीतापाइलादेखि नौबिसेसम्म सुरुङ मार्ग निर्माण नगरी सुख छैन, सवारीलाई सुरुङमार्ग प्रयोग गरेवापतको पैसा असुली गरेर भए पनि उक्त परियोजना सम्पन्न गर्छौं’ सहसचिव मरासिनीले भने- ‘सुरुङमार्ग सञ्चालनमा आएपछि सवारी सञ्चालन कष्टसमेत केही घट्छ ।’
सुरुङमार्ग अन्तर्राष्ट्रिय स्तरको हुनेछ । जहाँ खाजाघरदेखि सौचालय, पसल, सर्भिस सेन्टर लगायतका सुविधाहरु हुनेछन् । सुरुङमार्गमा दुई लेनको गाडी आवत-जावत गर्न मिल्ने गरी निर्माण हुनेछ । सुरुङमार्गभित्रै पेट्रोलपम्प समेत रहनेछ ।

सुरुङभित्र बसपार्क, फुटपाथ र रिपेयरिङ सेन्टरसमेत रहने बताइएको छ ।

Monday, November 10, 2014

१८ बर्षमै सेक्सको आनन्द लिइसकें किन ढाँट्नु हैन?

Nepali model was once very popular in Nepali lok dohori music videos. She is very smart in publicity matter. She knows how to stick around the media. Samjha did some movies, TV Serials and dozens music videos. Samjha was once in Nepal Police


She is a divorcee and very OPEN when it comes to sex and partners. She often speaks something that becomes the headlines in nepali media. Samjhana is in this field since 2050 B.S. From her childhood, she was very much interested in dancing and wanted to become an actress so her parents got her into a dance institute. From then she has not stopped a bit. She got her first break-through with a T.V serial Chetana. She also did an item song in the movie.Eak No. ko Pakhe. She debuted as an actress in the movie Berojgar. She has done more than 350 music videos. Beside this, she has recently OPENED her own dance training institute named. Group One creation. To her love is life. Definition of love is different with people so it can be defined in many ways. And talking about sex, she defines it as a necessity of all living beings and also a means of relaxing and enjoyment. 

तपाइलाई निन्द्रा लागेन भने के गर्ने?... जानी राखौ !

आजकल अधिकाँश मानिसलाई निद्रा नलाग्ने समस्या हुन्छ । कतिपयलाई त निद्रा नलाग्ने कारणले गर्दा नै विभिन्न स्वास्थ्य समस्या समेत देखिन्छ ।


ब्यस्त जीवन शैली र खानपानमा ध्यान नदिनेकारण मानिसहरुलाई निद्रा नलाग्ने समस्या हुन्छ । यहाँ निद्रा नलाग्ने समस्या समाधानका केही शुत्रको चर्चा गरिएको छ ।

१ पसिना निकालेर सुत्न जानुस् : सुत्नु अघि शरीर थाकेको छ भने निद्रा सहजै लाग्छ । काम गरेर थाक्नु भएको छ भने यत्तिकै सुत्नुस् अन्यथा केही गरेर शरीरबाट पसिना निकाल्नुस् निद्रा सहज हुन्छ । खाना खानु अघि केही शारीरिक अभ्यास गर्ने र पसिना आएपछि सुत्नु राम्रो हुन्छ । तर सुत्नु अघि गरिने शारीरिक अभ्यास जहिले पनि हल्का हुनु पर्छ । समय छ भने केही समय दौडिनुस् फाइदा गर्छ ।

२ यी कुराबाट टाढै रहनुस् : सुत्ने समयमा मदिरा वा चुरोट खाने बानी छ भने आजै देखि छोड्नुस् । मदिराले शरीरमा निद्रा आउने रसायन पैदा गर्ने दिमागका कतिपय भागलाई बन्द गरिदिन्छ । सुत्ने समयमा कफी पनि नखानुस् । यसले पनि निद्रा लाग्न दिँदैन ।

३ कानमा इयरफोन : कानमा इयर फोन लगाएर सुत्ने गर्नु भएको छ ? राम्रै गर्नु भो । सुत्ने समयमा मन पर्ने गीत संगीत सुन्दा यसले निद्रा लाग्न सजिलो पार्छ । तर रातभरी इयरफोन भने लगाउनु हुँदैन । बच्चाहरुलाई गीत सुनाएर सुताउने तरिका बैज्ञानिक हो । यसै कारण सुत्नु अघि मन पर्ने संगीत सुन्नु फाइदाजनक छ ।

४ सिलिङ गन्नुस्  ; निद्रा नलागे सिलिङ गन्ने भनाइ पुरानो हो । वास्तवममा यो निक्कै फाइदाजनक छ । अध्यनहरुले निद्रा नलागे सलिङ वा केही गन्ने र गणीतका कठिन हिसाव गर्ने गर्दा निद्रा लाग्न सहज हुन्छ । कठिन विषयको पुस्तक पढ्नु पनि निद्राका लागि सहज हुन्छ ।

५ निद्राको बारेमा सोँच्न छोड्नुस् : कतिपय ब्यक्ति आफूलाई निद्रा नलागेको र यसले वेफाइदा हुने भन्दै चिन्तित भैरहन्छन् । जसले गर्दा थप अनिद्राको समस्या हुन्छ । सुत्ने समयमा समस्या वा दुःखका कुरा सोंच्नु राम्रो होइन ।

६ सुत्नु अघि तातो पनीले नुहाउनुस् : सुत्नु अघि तातो पानीले नुहाँउदा निद्रा सहज हुन्छ । त्यस्तो सम्भव नभए तातो दुध वा पानी पिउनु पनि राम्रो हुन्छ ।

७ अध्यारो कोठामा सुत्नुस् : कतिपय ब्यक्तिलाई प्रकाशका कारण निद्रा लाग्दैन । तसर्थ सुत्ने समयमा कोठा अध्यारो पारेर बाहिरबाट कुनै डिस्टर्व नहुने कोठामा सुत्नु राम्रो हुन्छ ।

Saturday, November 8, 2014

विश्वविद्यालयको दीक्षान्त समारोहमै युवतीले स्तनपान गराएपछि हंगामा

विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिएकी एक २४ वर्षीया युवतीले बच्चालाई स्तनपान गराइरहेको खाँटी तस्वीर फेसबुकमा अपलोड भएपछि त्यो भाइरल बन्यो ।


त्यो तस्वीर कोही पापाराजीले खिचेर पोष्ट गरेको होइन, विश्वविद्यालय आफैले आधिकारिक रुपमै फेसबुकमा पोष्ट गरेको हो । स्तनपान गराउने आमाले विश्वविद्यालयले आफ्नो पढाइमा गरेको सहयोगका लागि धन्यवाद समेत दिएकी छिन् ।

घटना अस्ट्रेलियाको हो । ब्रिसबेनको सनसाइट कोस्ट विश्वविद्यालयबाट स्नातक उत्तीर्ण २४ वर्षीया ज्याकी शार्केले दीक्षान्त समारोहकै पोषाकमा आफ्नो ६ हप्ताको छोरा एल्कलाई स्तनपान गराइन् र सोही पोजमा तस्वीर समेत खिचाइन् ।

उक्त तस्वीरलाई ज्याकीकै अनुरोधमा विश्वविद्यालयले फेसबुकमा पोष्ट गर्यो । सोमबार अपलोड भएको उक्त तस्वीरमा अहिलेसम्ममा २ लाख भन्दा बढि लाइक र हजारौँ शेयर भएका छन् । दुई छोराकी आमा शार्केको जेठो छोरा पनि उनले यहीँ विश्वविद्यालयमा पढाइ सुरु गरेपछि जन्मिएको थियो, जुन २० महिनाको भएको छ ।

विश्वविद्यालयबाट दीक्षित भएपछि शार्केले आफ्नो स्तनपानको तस्वीर तथा सन्देश विश्वविद्यालयलाई पठाउँदै उक्त सन्देश र तस्वीर फेसबुकमा अपलोड गरिदिन अनुरोध गरिन् । उनले बिजनेस, मानव संसाधन व्यवस्थापन र बजार व्यवस्थापन विषयमा स्तानक उत्तीर्ण गरेकी हुन् ।

अन्य आमाहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन उत्प्रेरित गर्नका लागि आफुले यस्तो स्तनपानको तस्वीर शेयर गरेको उनी बताउँछिन् । सदियौँदेखि महिलाले गर्दै आएको कुरा आफुले नलुकाउने भन्दै उनले स्तनपानको उक्त तस्वीरको उद्धेश्य भनेको आमाहरुलाई उत्प्रेरणा दिनु रहेको दाबी गरिन् ।

शार्केका पति क्रिसले पनि दुई बच्चा भएकी आफ्नी श्रीमतीको पढाइमा खुबै सहयोग गरेका छन् ।
उनको स्तनपानको तस्वीर फेसबुकमा शेयर भएपनि धेरैले यसलाई उनको साहस तथा संघर्षको रुपमा प्रसंसा गरेका छन् भने कतिले आलोचना पनि ।

फेसबुकमा कमेन्ट गर्नेमध्ये एक जनाले भनेका छन्, ‘स्तनपान निकै सुन्दर नीजि काम हो जसलाई सार्वजनिक रुपमा शेयर गर्नु आवश्यक छैन । कतिपयले भने उनको कामको चर्को आलोचना गर्दै भनेका छन्, ‘पिसाब फेर्ने, दिसा गर्ने काम पनि प्राकृतिक काम नै हुन् । के त्यसो भन्दैमा अब यी काम पनि सार्वजनिक रुपमै गर्ने ? तपाईंलाई चाहिँ के लाग्छ ? स्तनपानको तस्वीर सार्वजनिक गर्नु सही थियो वा गलत ?

Wednesday, November 5, 2014

अष्ट्रेलियाकी एक ३६ वर्षीया महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग सम्भोग गरेको दाबी

अष्ट्रेलियाकी एक ३६ वर्षीया महिलाले अहिलेसम्म दश हजार मानिसहरुसँग सम्भोग गरेको दाबी गरेकी छिन् ।डेली मेलको खबर अनुसार अष्ट्रेलियाकी देहव्यापारी ग्वेनेथ मोन्टेनेग्रोले अहिलेसम्म १०,०९१ पुरुषहरुसँग सेक्स गरिसकेकी छिन् ।


यद्यपी ग्वेनेथले अहिले यो काम छोडिसकेकी छिन् तर उनले जे गरिन् त्यो सायदै कसैले गर्नसक्ला ।देहव्यापारीको पहिचानले काम गर्ने ग्वेनेथ १६ वर्षको हुँदा एक सामूहिक बलात्कारको शिकारी बन्न पुगेकी थिइन् । त्यसपछि उनी डान्सर बनिन् । उनी २१ वर्षको उमेरमा वेश्यावृत्तिको दलदलमा फसेकी थिइन् । उनी एक घण्टाको तीन हजारदेखि सात हजारसम्म ग्राहकहरुबाट लिने गर्दथिन् । 

उनी यो कामको दौरान लागुपदार्थ र रक्सीको लत बेस्सरी फसेकी थिइन् ।ग्नेवेथले यी सबै कुराहरु एउटा किताबमार्फत सार्वजनिक गरेकी छिन् । एक क्रिश्चियन परिवारमा जन्मेकी ग्वेनेथ नाइट क्लबमा डान्सर थिइन् । उक्त किताबमा उनको पहिलो सेक्सको बारेमा पनि जानकारी दिइएको छ । किताबमा लेखिएको छ, ‘ मैले पहिलो पटक सेक्स गर्नुभन्दा पहिले निकै धेरै रक्सी पिएको थिएँ । 

मलाई पहिलो रातको ६० हजार डलर दिइएको थियो ।’वेश्यावृत्तिलाई कानुनी मान्यता दिइएको देशमा ग्वेनेथ काम गर्न चाहन्थिन् । यो काम गर्दा उनले आफ्नो असली नाम कसैलाई पनि दिइनन् । उनले विश्वका चर्चित नेता, वकिल, कलाकार, संगीतकारहरुसँग रात बिताएको बताएकी छिन् । यो काम गर्दा उनलाई निकै महँगा कार र लुगाहरु उपहारस्वरुप दिइएको थियो ।

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन ?

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै
मानिन्छ।


दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ।

महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो।

यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्।

उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् योनि रस आउन केही बढी समय लाग्ने।

योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने – चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। – महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्।


१० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो।

कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ।

पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्। त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्।

महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ।

त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ।

उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ