Friday, August 5, 2016
प्रचण्ड सरकारले १४ जना राजदूतहरुको नाम फिर्ता लिने भएको छ ।
काठमाडौं, २१ साउन । केपी ओली नेतृत्वको सरकारले संसदीय सुनुवाईका लागि सिफारिस गरेको राजदूतमध्ये केहीको नाम वर्तमान नयाँ प्रचण्ड सरकारले फिर्ता लिने भएको छ ।
आज बस्ने मन्त्रिपरिषद बैठकले २२ मध्ये राजनीतिक पृष्ठभूमिबाट सिफारिस गरिएका १४ जना राजदूतहरुको नाम फिर्ता लिने तयारी भएको हो ।
परराष्ट्र सेवाबाट प्रस्तावित राजदूत सेवा लम्साल अधिकारी, ताराप्रसाद पोखरेल, प्रकाशकुमार सुवेदी, ऋषिराम घिमिरे, रमेश खनाल, झबिन्द्रप्रसाद अर्याल, डा दुर्गाबहादुर सुवेदी र लोकबहादुर थापाको सुनुवाइ भइ सकेको छ । उनीहरू राजदूत हुने पक्का भएको छ ।
राजनीतिक पृष्ठभूमिका महेन्द्रबहादुर पाण्डे, डा खड्गबहादुर के.सी., डा नारदनाथ भारद्वाज वाग्ले, डा शिवमाया तुम्बाहाम्फे, अलिअख्तर मिकरानी, युवराज कार्की, युवनाथ लम्साल, प्रा डा. महेन्द्रप्रसाद सिंह राजपुत, पदम सुन्दास, लक्की शेर्पा, खगेन्द्र बस्न्यात, भरतबहादुर रायमाझी, निरञ्जनकुमार थापा र शर्मिला पराजुली ढकाललाई नयाँ सरकारले राजदूत नबनाउने तयारी गरेको छ ।

Thursday, August 4, 2016
जहाँ महिलाद्धारा पुरुष दिनदहाडै बलात्कृत हुन्छन् !
पत्यानुहुन्छ ? अफ्रिकी मुलुक नाइजरमा महिलाहरुले नै पुरुषलाई छानी छानी बलात्कार गर्छन् । विश्वका कैयन देशहरुमा महिलाहरु पुरुषद्धारा घृणाीत हर्कतमा पर्ने गरेका खबरहरु दिनहुँ सुनेर मन अमिलो पार्दै आएका तपाई हामीलाई यो खबर सुन्दा झट्ट पत्यार नलाग्न सक्छ ।
तर अफ्रिकी देश नाइजरमा विश्वका अन्य देशहरुमा भन्दा उल्टा घटनाहरु घढ्दै आएका छन् । जहाँ तुआरेग जनजातिका युवतीहरुले आँफुलाई मन लागेको पुरुषसँग जबरजस्ती सम्बन्ध कायम गर्न पछि पर्दैनन् ।
खुलेआम निर्धक्क घुम्ने ति युवतीहरु बिवाहपछि पुरुषको घर जाँदैनन् । यहाँ पुरुषहरु बिहेपछि महिलाको घरमा जाने प्रचलन छ । पुरुषहरुले काम गर्नका लागी महिलाहरुसँग अनुमती लिनुपर्छ ।

लहानका कान्छा–कान्छी
श्रावण १८, २०७३- गायक–गायिका, अभिनेत्री र अभिनेताहरूसँगको वार्ताबाट पर हटेर एक सामान्य अध्यव्यसायी जोडीको कथा प्रस्तुत हुँदैछ यसपटक । यो कथामा खासै कुनै ग्ल्यामर छैन, किनभने यो कथा आफैंमा एउटा ग्ल्यामर हो । कथाका पात्रहरूलाई स्थानीय व्यापार–व्यवसायका सेलिब्रेटी भन्न सकिन्छ । ती सेलिब्रेटी नै हुन् । आफ्नो मेहनतका बलमा बनेका सेलिब्रेटी ।
यो कथा हो लहान बजारका कान्छा–कान्छीको । यस्ता कथाहरू प्राय: हराउँछन् । राजमार्गको छेउमा सामान्य रेस्टुराँ चलाउने एक जोडी मानिसको लगनशीलता र मेहनतको कथा । एक जोडी मानिस चरम विपन्नताको अवस्थाबाट मुक्त भएर सम्पन्नताको उकालो चढ्दै गरेको कथा । अत्यन्त साधारण मानिसले हासिल गरेको असाधारण सफलताको कथा ।
कान्छाले आफ्नो जीवनको प्रारम्भ २०५४ सालमा लहान बजारमा पान–पसल खोलेर सुरु गरेका थिए । त्यसमा उनको मन रमेन । कान्छाको जन्म ‘पानका लागि पपुलर’ मानिएको लहानमै भए पनि पान–संस्कृतिसँग उनी त्यति परिचित थिएनन् । कसैलाई चुना नचाहिने, कसैलाई कत्था मन नपर्ने । आफंैले नजानेको व्यापार कसरी चल्थ्यो र ? त्यतिबेलाको लहान बजार अहिलेको जस्तो विकसित पनि थिएन । होटलवालाहरू आफ्ना केटा लगाएर यात्रुलाई जबर्जस्ती होटलतिर तान्थे । राजमार्गको दुवैतिर बनेका झोपडीहरूमा बसका यात्रुहरूलाई ‘खाना र नास्ता’ ख्वाउने दर्जनौं रेस्टुराँ थिए । ती रेस्टुराँले दिने सेवाको कुनै स्तर थिएन । कान्छा एउटा रेस्टुराँ खोल्ने विचारमा थिए जहाँ बसका यात्रु र स्थानीय ग्राहकहरूलाई समेत राम्रो खाना ख्वाउन सकियोस् ।
त्यही बेला, साथीभाइहरूसँग घुमफिरका क्रममा, उनको भेट भयो कान्छीसँग । एकै नजरमा उनीहरू एक–अर्काप्रति आकर्षित भए । उनीहरूबीचको मायाँ–प्रीति गहिरिँदै गयो । भेट भएको दुई वर्षपछि उनीहरूले विवाह गरे । त्यसपछि खुल्यो राजमार्गको दायाँपट्टि उनीहरूको रेस्टुराँ, ‘कान्छा होटल ।’ कान्छा होटल सञ्चालन गर्न थालिन् कान्छीले । होटल स्थानीय तहमा सुपरहिट भयो । लाहानका बुद्धिजीवी, राजनैतिक कार्यकर्ता, व्यापारी एवं व्यवसायी सबैका लागि मिटिङ प्वाइन्ट बन्यो कान्छा होटल । होटल बस रोकिने ठाउँमा थिएन । त्यसैले बसका यात्रुहरू आउने कुरै थिएन । स्थानीय मानिसहरूले नै रुचाए कान्छा होटल । यसले राम्रो बिजनेस गर्न थाल्यो । कान्छा–कान्छी यत्तिकैमा सन्तुष्ट थिएनन् । उनीहरू होटलको विकास चाहन्थे । राम्रो घर । राम्रा टेबल कुर्सी । राम्रो खाना । उनीहरूको सपना यही थियो । अन्तत: त्यो सपना पनि पूरा भयो ।
कान्छा–कान्छी उनीहरूको लोकप्रिय नाम हो । ग्राहकहरूले अपनत्व देखाउँदै बोलाउने नाम । २०२९ मा जन्मिएका कान्छाको खास नाम हो— धनवहादुर भुजेल । उनका बा–आमा रामेछापबाट सप्तरी हुँदै लहान आएका थिए । कान्छी कति सालमा जन्मिएकी थिइन् ? थाहा भएन । कान्छी माइती गएकी थिइन् केही दिनका लागि आराम गर्न । कान्छीको उमेरको सम्झना छैन कान्छालाई । ‘मायामा उमेर कसले हेर्छ र ?’ कान्छा भन्छन् । कान्छीको वास्तविक नाम अन्जु न्यौपाने भुजेल हो ।
भुजेल निवास । राजमार्गको दायाँपट्टि एक कट्ठा क्षेत्रफलमा बनेको यो ठूलो घर कान्छा होटल हो— कान्छा–कान्छीको मेहनतको प्रतिफल । १५ वर्षको अनवरत संघर्षपछि कान्छा होटल अहिले आफ्नै भवनमा सरेको छ । होटलभित्र छिर्नेबित्तिकै एउटा स्टिकरले सबैको ध्यान तान्छ । स्टिकरमा लेखिएको छ, ‘अरूको सम्मान गरौं । आफ्नो मान बढाऔं।’ होटलको अगाडि दर्जनौं बाइक, पजेरो, प्राडोलगायतका गाडीहरू उभिएका छन् । कान्छा होटलमा सधैं भीड लाग्छ । स्थानीय तहमा काम गर्ने आईएनजीओका हाकिम र कर्मचारीहरू, स्थानीय सरकारी अधिकारीहरू र विभिन्न व्यवसायमा लागेका व्यक्तिहरूका लागि खाना र खाजा खाने सजिलो बिन्दु बनेको छ— कान्छा होटल । होटलको बढ्दो रौनक देखेर दंग परेका छन् कान्छा–कान्छी । स्वभाविक नै हो यो । यो रौनक र यो सफलता त्यत्तिकै आएको होइन । १५ वर्षको यो समयमा कान्छा–कान्छीले कठोर मेहनत गरे । अनेकौं समस्या भोगे । राजमार्गमा होटल लाइनमा जम्नु त्यति सजिलो कुरा होइन ।
अनेकथरी मानिसलाई भोग्नु–बेहोर्नुपर्छ । कहिले गुन्डा, कहिले पुलिस । सशस्त्र द्वन्द्वका बेला त रेस्टुराँ चलाउनु अझ सजिलो थिएन । त्यतिबेला लहान सरकार र माओवादी दुवैको चेपुवामा थियो । त्यसपछि ०६२–६३ को आन्दोलन । त्यसपछिको मधेस आन्दोलन । आन्दोलनको लहर थामिएकै होइन । ‘हामी होटल चलाउनेहरूका लागि यस्ता बन्द र हड्तालले कति अप्ठेरो अवस्थामा पार्छ, तपाईं आफैं सोच्नोस् न सर,’ कान्छा भन्छन् । पछिल्लो मधेस आन्दोलनका क्रममा कान्छाले झन्डै चार महिना बन्द गर्नुपर्यो होटल । चार महिना बन्द गर्दा पनि केही फरक परेन । ग्राहकहरूले कान्छा होटलको स्वाद बिर्सिएका थिएनन् । हिजोआज मापसेले गर्दा ग्राहक केही घटेका छन् । त्यसलाई घटेकै पनि भन्न मिल्दैन ।
‘ग्राहक घटे पनि कान्छा होटलको क्वालिटी घटेको छैन’, कान्छा भन्छन्— ‘भान्साको रेखदेख म आफैं गर्छु । अहिलेका कुक पनि सिपालु छन् । कान्छा होटलको विशेषता नै सफा र मीठो खाना हो । त्यो एउटा कुरामा हामी चुकेका छैनौं ।’ कान्छाको होटलले दैनिक औसत ५ हजारदेखि ७ हजार रुपैयाँसम्म कमाइ गर्छ । यो कमाइ खानाबाट भन्दा पनि साँझको नास्ताबाट हुने गरेको छ । प्याज, लसुन र गोलभेंडा मिसाएर बनाइएको भटमास–चिउरा, खसी र कुखुराका विभिन्न परिकार बिक्री हुन्छ नास्तामा । नास्ता दुई–तीन घण्टा चल्यो भने राम्रै कमाइ हुन्छ ।
‘नयाँ घरमा सरेपछि धेरै कुरा बदलिएको छ । ग्राहकको स्वभाव पनि बदलिएको छ । झोपडपट्टीमा छँदा आउने ग्राहक यता आएपछि सुध्रिएका छन् । घर र वातावरण नयाँ र राम्रो भएपछि मानिसको आदत पनि परिवर्तन हुँदो रहेछ,’ कान्छा भन्छन् । कान्छाका दुई सन्तान छन् । छोराले यसै वर्ष एसएलसी पास गरेको छ । छोरी सानै छ । दुवै केटाकेटी मामाघरमा बस्छन् ।

जहाज कर्णालीले बगायो, पाइलट र को-पाइलट दुवै बाँचे (भिडियोसहित)
काठमाडौँ: मकालु एयरको जहाज हुम्लाबाट सुर्खेत आउने क्रममा बिहीबार दुर्घटना भएको छ। उडिरहेको जहाजको इन्जिनमा अचानक खराबी आएपछि कर्णाली नदी छेउमा आकस्मिक अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।
कर्णालीको किनारमा फोर्स ल्यान्ड गर्न खोजिएको जहाज नदीसँगै बजारिएको थियो।जहाजबाट पाइलट र को–पाइलटलाई सुरक्षित रुपमा बाहिर निकालिएको थियो। नदीको छेउमै बजारिएको जहाजलाई कर्णली नदीले बगाइसकेको छ।
भिडियो हेर्नुस् !!!
उद्धार गरिएका पाइलट र कोपालइट दुवैलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्धार गरेर सिमिकोट ल्याइएको सिम्रिक एयरका क्याप्टेन विवेक खड्काले अन्नपूर्ण अनलाइनसँग टेलिफोनमा बताए । क्याप्टेन बिबेकले भने, ‘घाइते भए पनि दुवैजना खतरामुक्त हुनुहुन्छ।’
९ एन एकेसी कल साइन भएको जहाज सिमिकोट विमानस्थलबाट ३:४० बजे उडेको थियो। उडेको केही समयमै इन्जिनमा खराबी आएको थियो। विमानमा पाइलट सांगे लामा र कोपाइलट प्रशान्त शाह मात्रै थिए । सिमिकोटमा समान ढुवानी गरेर जहाज सुर्खेत फर्किने क्रममा थियो।
उद्धारमा संलग्न सिम्रिक एयरका क्याप्टेन विवेक भने, ‘जहाजलाई कर्णाली नदीले बगाएर लगिसकेको छ।पाइलट र कोपाइलट हामीले उद्धार गरेर सिमिकोट ल्याइसकेका छौ। उहाँहरु सकुशल हुनुहुन्छ ।’
क्षेत्रीय प्रहरी कार्यलय सुर्खेतका डिआइजी माधव नेपालका अनुसार अहिले सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ।

प्रचण्डले प्रधानमन्त्रीको सपथ लिने बितिकै अमेरिकाले निकाल्यो यस्तो बिज्ञपति !
काठमाडौँ, २० साउन : संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएको छ ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले आज विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ ।
दूतावासको विज्ञप्तिमा भनिएको छ, “संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ ।

Wednesday, August 3, 2016
चर्चित नृत्यङ्गन तथा मोडल रश्मि तामाङ्को नयाँ गाडि
काठमाण्डौ । नुवाकोटको त्रिशुलीमा जन्मेर काठमाडौलाइ कर्मथलो बनाउँदै आएकि अहिलेकि निकै चर्चित नृत्यङ्गना तथा मोडल हुन रश्मि तामाङ् । उनि बिषेश गरी लोकदोहोरी गीतकि रानि तथा नृत्य कि खानि भनेर परिचित छिन् । नेपाली लोकदोहोरि नृत्यमा अहिले चर्चाको शिखरमा पुग्न सफल मोडल तथा नृत्यङ्गना हुन रश्मि ।
जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै सानै देखिको रहर र रुचिलाई अंगिकार गर्दै यस क्षेत्रमा पाइला चालेकी रश्मि निकै मिहेनति छन् । प्रायजसो सबै गीतहरुमा बेजोड नृत्य गर्नसक्ने खुबि भएकि रश्मिको रोजाइमा भने धेरैजसो लोकदोहोरी नै पर्ने गरेका छन् । गीतको भाव बुझेर नृत्य गर्न यीनै मोडल रश्मि कुनै कसर बाँकि राख्दिनन । परिणामस्वरुप उनले नृत्य गरेको गीतका भिडियोहरु निकै नै उत्कृष्ट बन्ने गरेको छ ।
हो यीनै नृत्य कि खानि रश्मिलाइ उनका पिता हरी कुमार तामाङ् ले उपहार स्वरुप गाडि गिफ्ट दिएका छन् । आफ्नो छोरीलाइ उपहार स्वरुप गाडि दिएपछि बाबु हरी कुमार तामाङ् भन्नुहुन्छ, मेरो छोरीको लगाव,झुकाव, मेहनत र प्रतिभाको कदर गर्दै उपहार स्वरुप गाडि दिएको हुँ आगामि दिनमा अझबढि नाम कमाउन सफलहोस् छोरीलाइ शुभकामना । अत्यन्तै सकारात्मका सोचका नुत्यको माध्यमबाट आफ्नो वर्चश्व जमाउन माहिर उनि नायीका भन्दा कमकि छैनन् ।
आफ्नो जन्म दिने बाबाले नै उपहार स्वरुप गाडि दिएपछि उनले सामाजिक संञ्जाल फेसबुक मार्फत खुसि साटासाट गरेकि छिन् । उनले हामिलाइ दिएको गाडिको मुल्य ४० लाख रहेको छ । सम्भवत अहिले चलेका मोडलहरुमा यति महगो गाडि चढने नि मात्रै होलिन ।
उनले भनेकि छिन्स् म अहिले जहाँ छु जुन स्थानमा आउन सफल भएकि छु सबै मेरो माता पिताको माया र आर्शिबादले हो । उहाँहरुनै मेरो लागि भगवान हुनुहुन्छ । सर्लक्क परेको जिउडाल मिलेबारुलेको दन्दहरु कम्बर भएकि यीनै रुपमा निकैनै सुन्दरी छिन् । हालसम्म यीनले हजारौं लोकदोहोरि गीतमा आफ्नो नुत्य पस्तुत गरेकि छिन । अझ अचम्मको कुरात के छ २०७२ मा मात्रै उनले लोकदोहोरी नृत्यमा लगातार छ पटक सम्म अवार्ट हात पार्न सफल भएकि छिन् ।
आफ्नो माता पिताको आर्शिवादले तथा साथिभाइको प्ररणाले यो स्थान सम्म आइपुग्न सफल रश्मि निकै नै मिजासिला र मिलनसार स्वभावकि छिन् । एक दशक भन्दा बढी समयदेखि यस क्षत्रमा क्रियासिल रश्मि नृत्य गर्दा आफुलाइ भोक तिर्खै हराएर जाने र निरन्तर गीतको भावमा डुबिरहन मन लाग्ने बताउछिन् ।

धुर्मुस पक्राउ, उनीमाथि लाग्यो यस्तो १२ आरोप
काठमाडौ । कलाकार सिताराम कट्टेल (धुर्मुस) पक्राउ परेका छन् ।
प्राप्त खबरका अनुसार सिन्धुपाल्चोकको गिरानचौरमा भुकम्प पीडितका लागि बस्ती निर्माण गरिररहेका उनलाई सिस्नुपानी नेपालको उजुरीको आधारमा पक्रिइएको कार्यक्रमका, को-अर्डिनेट अर्जुन न्यौपानले बताए ।
‘उनीमाथी दर्जन बढी गंभीर आरोपहरु छन्, जसको मूल्यांकन हुनु जरुरी छ ।
यी हुन् उनीमाथि लागेका १२ आरोप
१. दुईवटा बस्ती निर्माण गरी पुर्ननिर्माण प्राधिकरणलाई लज्जित बनाएको
२. देश–बिदेशका नेपालीको मन जितेर अथाह सहयोग संकलन गरेको
३.करोडौंका परोपकारी कोषहरुभन्दा दश कोश अगाडी बढेको
४.औधोगिक घरानाको भन्दा प्रभावकारी बस्ती बनाएर अप्ठेरो पारेको
५.अनुहार हँसाउने मान्छेले भुकम्प पींडितको हृदय हँसाउने प्रयास गरेको
६.दाताहरुको छाता छोडेर सम्पूर्ण कार्यभार आफ्नै हाताँ लिएको
७.स्थानीयहरुको मन जितेर पार्टीहरुको गतिबिधिलाई निस्तेज पारेको
८.गिरान्चौबासीलाई जाँडरक्सी छोड्न उक्साएर ब्यापार घाटा बढाएको
९.निर्माणको जिम्मा आफैं लिएर कमिसन र गुण्डा संस्कृतिको अवहेलना गरेको ।
१०.परिवार, छोरीको समय सुटुक्क चोरेर भुकम्प पींडितलाई बाँडेको
११.मध्य बर्षामापनि काम जारी राखेर प्रकृतिलाई नै चुनौती दिएको ।
१२.टिभीको ग्ल्यामर छोडेर बिबि सहित् ढुँगामाटोसँग साँठगाँठ बढाएको