Wednesday, August 3, 2016
प्रधानमन्त्री चुनावका रोचक दृश्य : दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए ।
श्रावण १९, २०७३- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । एक त संसदीय प्रणालीप्रति नै असहमत दलका नेता, त्यो पनि पहिलो र दोस्रो ठूलो पार्टीलाई उछिन्दै पुन: मुलुकको प्रमुख कार्यकारी पदमा पुग्नु नै रोचक हो । तर संसदमा बुधबार भएको निर्वाचनमा अरु पनि केही रोचक दृश्यहरु देखिए ।
रोचक दृश्य १
नयाँ संविधान जारी भएपछि बिरलै संसद बसेका मधेस केन्द्रित दलका सांसदहरु पूरै समय बैठकमा अडिए । उनीहरुका नेता उपेन्द्र यादवले संविधान स्वीकार गर्ने अवस्थामा आएकोसमेत बताए । जबकि यादव नै संविधान संशोधन होइन, पुनर्लेखन नै माग गर्दै आएका थिए । मधेसी मोर्चासहितको सिंगै संघीय गठबन्धनले पुष्पकमल दाहाललाई मत दिए ।
रोचक दृश्य २
नयाँ संविधान जारी भएपछि बल्लतल्ल संसद भरिएको दिन एकजना सांसदलाई बस्ने कुर्सी नै भएन । संसद सचिवालयको लापरबाहीले सांसद अभिषेकप्रताप साह झण्डै २० मिनेट उभिरहे । संघीय समाजवादी फोरमका उनी किन उभिएका हुन् भनेर धेरै सांसदहरु अन्यौलमा थिए । प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहाल बोलिरहँदा बीचमै संसद सचिवालयका एक कर्मचारी कुर्सी बोकेर गएपछिमात्रै पो थाहा भयो उनले त बस्ने कुर्सी नै पाएका रहेनछन् ।
रोचक दृश्य ३
बाबुराम भट्टराई सरकारमा १३ दिनबाहेक ०६५ सालयता सत्तामा कांग्रेस–माओवादी भेट भएको थिएन । बिल्कुलै फरक धारको नेतृत्व गरेका दुई दल एक ठाउँमा त आए, तर भावनात्मकरुपमा भने एक नभएकोजस्तो देखिन्थ्यो । जस्तो कि प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाल बोलिरहँदा माओवादी सांसदहरुले मात्रै समर्थनमा ‘ढ्याप–ढ्याप’ बजाउँदे । दाहाललाई समर्थन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा बोल्दा कांग्रेसका सांसदलेमात्रै बजाउँदे । तालमेल मिलेको थिएन ।
रोचक दृश्य ४
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहाल बोलिरहँदा मर्यादाविपरीत दर्शकदीर्घामा रहेका एक कार्यकर्ताले थपडी मारे । मर्यादापालकले उनलाई निकाले । दर्शक पास लिएर गएकालाई पूर्वसूचना नहुँदा विगतमा यस्ता क्रियाकलाप भएका छन् ।
रोचक दृश्य ५
परिवार दलका अध्यक्षसमेत रहेका मन्त्री एकनाथ ढकाल र विश्वेन्द्र पासवान संसदमा पनि मन्त्री बस्ने कुर्सीमै थिए । तर प्रधानमन्त्री चुनावमा भने उनीहरुले माओवादी उम्मेदवार दाहाललाई नै भोट थिए । केन्द्रीय समितिको निर्णयअनुसार परिवार दलले दाहाललाई भोट दिने निर्णय गरेको थियो । यद्यपी, दाहाललाई भोट दिन कतिपय साना पार्टीका मन्त्रीले राजीनामा दिइसकेका थिए । परिवार दलका एक र पासवानको पार्टीबाट उनी एक्लै सांसद छन् ।
रोचक दृश्य ६
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि केही जवाफ फर्काए । उनले ओलीलाई आक्रामक जवाफ दिंदा देउवा भने ओलीलाई घरी घरी बोलाउँथे । उनीहरुको कुर्सी आमने सामने थियो ।
रोचक दृश्य ७
धेरै विकासे घोषणा गरेको भनेर आलोचना गर्ने दाहालले कुनै अमुक विज्ञको हवाला दिंदै ‘नेपालमा २ अर्ब पर्यटक आउन चाहेका छन्’ भन्दा कांग्रेसकै सांसदहरु गलल्ल हाँसेका थिए । पछि देउवाले त ओलीलेजस्तै दाहालले पनि ‘पूरा हुन नसक्ने योजना अघि सारेको’ भन्दै नसक्ने कुरा गर्न नहुने बताएका थिए ।
रोचक दृश्य ८
प्रधानमन्त्री उम्मेदवारीको सूचना दिन रोस्टममा उभिएका दाहालले भाषण गरे, सूचना नै दिन भने भुले । रोस्टमबाट झरेर कुर्सीमा बस्नेवित्तिकै नजिकै रहेका पूर्वसभामुखले उम्मेदवारीको सूचनाबारे ध्यानाकर्षण गराएजस्तो देखिन्थ्यो । त्यसपछि उनी मुसुमुसु हासे । संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई पनि दाहाललाई हेर्दै मुसुमुसु हासिरहेका थिए ।
रोचक दृश्य ९
प्रधानमन्त्री उम्मेदवारका पहिलो समर्थक देउवाले दाहालको नामै भुले । आफ्ना धारणा संक्षिप्त राखेपछि उनले भने, ‘...यति भन्दै म प्रचण्ड...के रे...कमल दाहाल...पुष्पकमल दाहाल प्रचण्डजीलाई समर्थन गर्दछु ।’ उनले व्यक्तिगतरुपमा दाहाल र संस्थागतरुपमा माओवादीले किन समर्थन गरेको भनेनन् । बरु पुनर्निर्माण, जनतालाई राहत र सन्तुलित विदेश नीतिकोबारेमा धारणा राखे ।
रोचक दृश्य १०
प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहालको दलका सांसद योगेन्द्र तामाङ मतदानमा भाग लिन पाएनन् । विभाजन घण्टीअघि बाहिरिएका उनी ढिला छिर्न लाग्दा ढोका बन्द भइसकेको थियो ।
रोचक दृश्य ११
प्रधानमन्त्रीको निर्वाचनमा मत दिएर बाहिरिएलगत्तै दाहाल छेऊमा पुगे राप्रपाका सांसद सुनिलबहादुर थापा । केहीबेर उनीहरु गफिंदै थिए, थापाको मोबाइलमा फोन आयो, दाहालले विजयी भावमा कुरा गरे । अनुमान भइरहेको थियो, कसको होला ? पछि थाहा भयो, फोन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रहेछ । ताकि त्यतिबेला औपचारिकरुपमा दाहाल प्रधानमन्त्री निर्वाचित भइसकेका थिएनन्, तर निर्वाचित हुने चाँही पूरै निश्चित थियो ।
रोचक दृश्य १२
दाहाल निर्वाचित भएपछि पहिलो बधाई पूर्वसभामुख एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दिए । त्यसपछिमात्रै अरु सांसद पुगे ।

Tuesday, August 2, 2016
पिसाब पोल्नुका १० कारण, बच्ने उपायहरु जानी राखौं !!!
मानिसको पिसाब धेरै कारणले पोल्ने गर्छ । सामान्य कारणले पिसाब पोल्ने रोगको हामी घरेलु उपचार गर्न सक्छौँ । तर, कतिपय अवस्था भने जटिल पनि हुनसक्छ । मानिसको पिसाब पोल्नुको कारण थाहा पाउनुअघि पिसाबको प्रकृति पनि थाहा पाउँदा राम्रो हुन्छ ।
१, शरीरमा रहेका अनावश्यक तत्व पिसाब र पसिनाका माध्यमबाट बाहिर निस्कन्छन् । मिर्गौलाका माध्यमबाट शरीरमा रहेका विकार बाहिर निकाल्ने काम पिसाबले गर्छ । पिसाब थैलीमा पिसाब भरिनेबित्तिकै स्नायु प्रणालीको संकेतमार्फत मस्तिष्कमा जानकारी पुग्छ र पिसाब फेर्न मन लाग्छ । सकेसम्म पिसाब लागेको महसुस भएको एक–दुई मिनेटभित्रै हामीले पिसाब फेर्नु राम्रो हुन्छ ।
२, एउटा स्वस्थ मानिसको शरीरमा एक दिनमा डेढ लिटरदेखि दुई लिटरसम्म पिसाब बन्छ । तर, पानी कम या धेरै पिउनेहरूमा पिसाब बन्ने परिमाण केही तल–माथि हुनसक्छ । स्वस्थ मानिसको पिसाब थैलीको क्षमता दुई सयदेखि तीन सय मिलिलिटरसम्मको हुन्छ । उक्त थैली भरिनेबित्तिकै मानिसलाई पिसाब फेर्न मन लाग्छ । सामान्यतया एउटा मानिसले दिनमा पाँचपटक पिसाब फेर्नु राम्रो हुन्छ । एक–दुईपटक तल–माथि हुनु सामान्य मानिन्छ, तर धेरै नै फरक परेमा केही समस्या हुनसक्छ ।
३, पिसाब कम आउनुको मुख्य कारण भनेको कम मात्रामा पानीको सेवन गर्नु हुनसक्छ । पानी कम पिउँदा पिसाब थैलीमा संक्रमण हुने खतरा रहन्छ । यस्तै, लामो समयसम्म पिसाब रोक्दा पनि पिसाब थैली तथा नलीमा संक्रमण हुनसक्छ । त्यस्तो वेला पिसाब पोल्छ ।
४, सामान्यतया पिसाबको रङ हल्का पहेँलोदेखि अलि गाढा पहेँलोसम्म हुनसक्छ । तर, अचानक पिसाब पहेँलो आएको छ र पानी खानेबित्तिकै पहेँलोपन हराउँछ भने चिन्ता गर्नुपर्दैन । एक दिनभन्दा बढी यस्तो भयो भने स्वास्थ्यमा समस्या निम्तिएको हुनसक्छ ।
५, पिसाब थैली तथा नलीमा संक्रमण भएमा पिसाब फेर्दा पोल्ने, दुख्ने, पिसाब लाग्नेबित्तिकै गइहाल्नुपर्ने, पिसाबलाई रोक्नै नसक्ने, पिसाब गनाउने, रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, राति सुतेको समयमा पनि पिसाब लागिरहने, पिसाब लागेजस्तो हुने तर शौचालय जाँदा थोरै मात्र आउने हुन्छ । यस्तो समस्या भए पिसाब थैली तथा नलीमा संक्रमण भएको हुनसक्छ ।
६, पिसाबको संक्रमण पुरुषको तुलनामा महिलामा धेरै हुने गर्छ । महिलाको पाठेघर र पिसाब थैली एकदमै नजिक हुन्छ । साथै पुरुषको तुलनामा महिलाको पिसाब नली निकै छोटो हुन्छ, जसले गर्दा महिलालाई धेरै सताउँछ । संक्रमणका कारण पिसाब थैलीभित्रको म्युकोज थैलीको भित्रपट्टि रहेको छालाजस्तो भागमा घाउ बनेको हुन्छ । पिसाब एसिडिक हुने हुँदा उक्त घाउमा पिसाब पर्दा पोल्ने समस्या देखिन्छ । पिसाबका माध्यमबाट बाहिर निस्कने विकार ‘क्रिस्टल सियोजस्ता हुन्छन् । कम पानी सेवन गरेमा उक्त क्रिस्टलले पिसाब थैलीमा घोच्छ र दुख्न थाल्छ । उक्त घोचाइ बढ्दै जाँदा घाउ हुन्छ र थप समस्या निम्तिने गर्छ ।
७, पिसाब थैली तथा नलीमा हुने कुनै पनि संक्रमणले थैली र नलीको भित्तामा घाउ बनाउँछ । सो घाउमा एसिडिक पिसाब पर्दा पोल्न, दुख्ने समस्या हुन्छ । सामान्यतया जुनसुकै कारण संक्रमण भएको क्षेत्र वरपर रातो हुने, सुन्निने, तातो हुने, दुख्ने हुन्छ । पिसाबको संक्रमणमा पनि यही समस्या देखापर्ने हो ।
८, सरसफाइको कमी, सन्तुलित आहारको कमी, अन्य संक्रमणका कारण कहिलेकाहीँ पिसाब एसिडिकबाट अल्कोलाइन बन्छ । पिसाब अल्कोलाइन हुँदा ब्याक्टेरियाले हुर्कने राम्रो वातावरण पाउँछ र संक्रमणले तुरुन्तै समातिहाल्छ । यस्तो अवस्थामा पिसाबमा क्रिस्टल बन्ने सम्भावना पनि अत्यधिक रहन्छ । संक्रमणका कारण पिसाब गनाउनेसमेत हुन्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई प्युरिया भनिन्छ ।
९, पिसाबमा रगत आउनुको कारण भनेको संक्रमणले बनाएको घाउमा रहेका नसा च्यातिएर वा फुटेर हो । रगत नै आउने अवस्थाका बिरामीले चिकित्सककहाँ पुगेर उपचार थालिहाल्नुपर्छ । पिसाबमा रगत आएको छ, तर दुख्दैन भने अनावश्यक मासु पलाएको कारणले हुने गर्छ । पिसाब नली तथा थैलीमा संक्रमण हुनुको कारणमा व्यक्तिगत सरसफाइको कमी, यौनांगको सरसफाइमा ध्यान नदिनु, यौनसम्पर्क, अन्य संक्रमण, पानीको कम सेवन, अशुद्ध पानीको सेवन, पिसाब फेरिसकेपछि पूरै ननिस्कनु नै हो । संक्रमण गराउने ब्याक्टेरिया पिसाब तथा थैलीबाट नै आउँछ । सामान्यतया एक मिलिलिटर पिसाबमा एक सयदेखि एक हजार ब्याक्टेरिया छ भने त्यसले कुनै असर गर्दैन । तर, त्यो संख्या बढेर पाँच गुणा भयो भने समस्या निम्तिने गर्छ ।
१०, पानी सेवन कम गर्दा पनि ब्याक्टेरियाको संख्या बढ्ने खतरा हुन्छ । गर्मी समयमा बढी डिहाइड्रेसनको समस्या देखिन्छ, जसले पनि पिसाबको संक्रमण हुन्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएको समयमा पिसाबको संक्रमण बढी हुनसक्छ । यसका साथै मिर्गौला तथा पिसाब थैलीमा हुने पत्थरी, गर्भवती, मेनोपेज भएका महिला, मधुमेह, क्याथेटर राखिएको मानिस, जन्मजात समस्या तथा विभिन्न केमिकलको प्रयोगका कारणले पनि पिसाबमा समस्या निम्त्याउन सक्छ ।
यसो गरौँ
पिसाबको संक्रमणबाट जोगिन प्रशस्त मात्रामा पानी पिउने, अमिलो फल जस्तै– कागती, मौसम, सुन्तला खाने गर्नुपर्छ । यी फलमा साइट्रस एसिड हुन्छ । जसले मूत्र संक्रमण गराउने जीवाणु नष्ट गर्न सहयोग गर्छ । त्यस्तै, यौनांगको सरसफाइसँगै व्यक्तिगत सरसफाइमा ध्यान दिने, शुद्ध पानी पिउने, नुहाउँदा तेल लगाएर नुहाउने तथा पिसाबको विभिन्न समयमा जाँच गर्ने गर्नुपर्छ ।
पिसाब पोलेको जस्तो अनुभव हुनेबित्तिकै मानिसहरू आफूखुसी एन्टिबायोटिक खान्छन् । त्यो सरासर गलत काम हो । पिसाबको संक्रमणलाई सामान्य रूपमा लिएर हेलचेक्र्याइँ गर्दा गम्भीर समस्या निम्तिन सक्छ । यस्तो समस्या भएमा पिसाबको ल्याब परीक्षण गराउने र चिकित्सकको सल्लाहबमोजिम मात्र औषधि खाने गर्नुपर्छ ।

गौरी मल्लको ठगिधन्दा : कलाकार बनायर अमेरिका लैजाने भन्दै ७ जना युवासंग लाखौ ठगि गरेको खुलासा
काठमाण्डाै । अनोज शाक्यले जापानमा बोलाएर यौन दुव्र्यवहार गरेको बताउने गौरी मल्ल यता भने अमेरिका पठाइदिने नाममा विभिन्न व्यक्तिसँग लेनादेनाको झमेलामा परेकी छन् ।
२०६६ सालमा अमेरिका पठाउने भनी सात जना युवासँग दुई–दुई लाख रूपैयाँ बुझेकी थिइन् । त्यसमध्ये एस काठमाडौंको सम्पर्कमा आएका अर्घाखाँची, ठूलापोखराका ठाकुरप्रसाद पन्तले भने, ‘उहाँ कहिले जापान, कहिले अमेरिका भन्दै हिँड्नुहुन्छ, अब सोझो बाटोले हामीले पैसा नपाउने भयौँ ।
ठाकुरजस्ता सातजना युवकसँग १४ लाख रूपैयाँ लिएकी रहिछन् । त्यहीँका कृष्ण भुषाल डिभी परेर अमेरिका गएका थिए । जितेन्द्र प्रधान नेपाल–अमेरिका सम्पर्क समाजका अध्यक्ष थिए । उनैमार्फत हो, गौरीसँग पीडितहरूको भेट भएको ।
सीधै भिसा नपाइने भन्दै कलाकार बनाएर लैजाने आश्वासन थियो । ठाकुरलाई पनि कलाकारका रूपमा प्रमाणित गराउन चारपल्ट जिरे खुर्सानीमा खेलाइन् । नाच्न पनि जान्नुपर्छ भन्दै पुतलीसडकस्थित वसन्त श्रेष्ठको नेशनल डान्स सेन्टरमा डान्स सिक्न लगाइन् ।
शंकर बिसी, सम्झना बुढाथोकी, प्रमोद खरेलजस्ता नाम चलेका कलाकार अमेरिका गए । तर, गौरीले जसरी पनि पठाउँछु भनी पैसा लिएका अर्घाखाँचीका कसैले जान पाएनन् । पैसा दिनुअघि उनीहरूले रिसिप्ट मागेका थिए । गौरीले ‘मलाई पनि विश्वास नगर्ने भए यो पैसा फिर्ता लानु’ भनेपछि अनुहार हेरेरै विश्वास गरेको ठाकुरले बताए । तर, गौरी आफैँ अमेरिका उडेपछि पीडितहरू खिन्न भए । अमेरिकामा दीपेन्द्र प्रधानसँग गौरीले भेडाको उन बेचबिखनको काम गर्थिन् ।
दीपेन्द्रलाई पीडितहरूले पनि चिनेका थिए । त्यो माध्यमबाट दबाब दिँदा उल्टै गौरी ‘मेरो पनि पैसा फसेको छ’ भन्दै पन्छिन थालिन् । अस्ति सोमबार ठाकुरले गौरीलाई फोन गरे । भनिन्, ‘एक महिनाका लागि जापान जाँदैछु । त्यहाँबाट फर्किएपछि भेट्छु ।’ तर, पीडितहरूले आनाकानी गरेपछि गौरीले ‘सक्छौ भने हनुमानढोकामा उजुरी हाल’ भन्दै फोन काटिन् ।

यी हुन् श्रीमतीको हत्या गरेर रातभर शवसँग सेक्स गर्ने क्रुर हत्यारा : यस्ता छन घटना बिवरण
मायाप्रेम, विहे र यौनसम्बन्धका कारणले कस्ता कस्ता घटना निम्तन्छन् । मानिसहरु कतिसम्म घिनलाग्दो क्रियाकलाप गर्न सक्छन यसको कुनै अन्दाजा नै लगाउन सकिन्न । भारतमा यस्तै एउटा घिनलाग्दो र पत्यार नै गर्न नसकिने अनौठो घटना सार्वजनिक भएको छ ।
घटना भारतको राजधानी नयाँदिल्लीस्थित निहाल विहारको हो । जहाँ एक पुरुषले मदिराको नशामा पत्नीको हत्या गरेर एउटा घिनलाग्दो कर्तुत गरेका छन् जसले प्रहरीको समेत होस उडेको छ । अवैध सम्बन्धको चक्करमा पहिला महिलाको हत्या गरे । त्यसपछि पनि उनको यौन तृष्णा नमेटिएपछि पत्नीको शवसँग रातभरी सेक्स गरिरहे ।
यसरी बनेको थियो उनीहरुको सम्वन्ध
दिल्लीको बककरवला बस्ने २१ वर्षीय मोनिकाको यूपी बुलन्दशहरका २५ वर्षीय प्रदीपसँग प्रेम बस्यो । दुबैबीच ६ महिनासँग माया प्रेमको सम्बन्ध चल्यो । त्यसपछि परिवारको सहमतिमा उत्तर प्रदेशको गंगा घाटमा दुबै सात फेरा लगाएर विहे गरे ।
विवाह पछिको सम्वन्ध टिकेन. घट्यो यस्तो घटना :
उनीहरु बिचको सम्बन्ध धेरै लामोसमय सम्म टिक्न सकेन् । पति प्रदीपले मदिराको नशामा पत्नीलाई पर्खाल ढोक्काएर हत्या गरे ।उनी रगतले लतपतिएर वेहोस हुँदै जमिनमा खसिन् । प्रदीपले रगतले भरिएको उनको अनुहार पानीले धोए । त्यसपछि उनलाई विस्तरामा लगेर गए । र शवसँग लगातार सेक्स गरेर यौन तृष्णा मेटाउन थाले । उनी रातभर पत्नीसँग सुतेका पनि थिए । विहान निद्रा खुल्दा शवलाई कोठामै छाडेर फरार भए ।
स्रोत : भारतीय सञ्चार माध्यम
यस्तो छ घटनाको मुख्य कारण:
प्राप्त जानकारी अनुसार विहेपछि केही दिन त प्रदीपले मोनिकालाई गाउँमै राखे । तर, मनले नमानेपछि पत्नीलाई दिल्ली लगे । दिल्लीको निहाल विहारमा भाडाको डेरामा बस्न थाले । साथै सानो तिनो काम गर्न थाले । तर, मोनिका खुला (स्वतन्त्र) स्वभावकी थिइन् । जसले प्रदीपको मनमा शंका बढ्यो कि उनकी पत्नीको दोस्ती अरु युवकहरुसँग भइरहेछ ।
फेरि यो कुरालाई लिएर प्रदीप र मोनिकाबीच दिनदिनै झगडा हुन थाल्यो । दुबैको झगडाले उनका आसपासका छिमेकी पनि हैरान हुन थाले । तर, छिमेकीहरुलाई के थाहा कि प्रदीप यस्तो घिनलग्दो कर्तुत गर्नसक्छन् रु घटना भएको राति प्रदीपले आफू पनि रक्सी पिए र पत्नीलाई पनि पिलाए । फेरि दुबैबीच झगडा सुरु भयो । डेरामा बस्ने अन्य छिमेकीहरुले घरबेटी बेलाएर झगडा शान्त गराए । तर, सबै जना गइसकेपछि श्रीमतीको टाउको कोठाको भित्तामा ठोकेर हत्या गरे ।
प्रहरी भन्छ– अभियुक्त पति प्रदीपले घटना स्वीकार गरेका छन् । मोनिकाको पोस्टमार्टमको रिपोर्टले शवसँग सेक्स गरेको खुलासा गरेको हो । पक्राउ परेका प्रदीपमाथि थप अनुसन्धान जारी छ ।

तिब्बतियन युवतीलाई अर्धाङ्गिनी बनाएका योगीले भने.......
उग्र अनि रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सक्दैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसात् गरिरहेको त्यो व्यक्ति ती सबै रसलाई चटक्कै छोडेर वानप्रस्थ मानिने जोगी भेषमा पुग्नु आफैंमा आश्चर्यको कुरा हो । चलनचल्तीको भाषाअनुसार ‘ग्यांगस्टर’ देखि सुरा–सुन्दरीको रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वेदनाथमा रूपान्तर हुँदासम्मको किस्सा अचम्मकै छ ।
पशुपतिनाथ परिसरको मृगस्थलीस्थित गोरखनाथ गोरक्षपीठ प्रवेश गर्दा शरीरमा अचम्मको ऊर्जा प्रवेश भएपछि उनले घरबार त्यागे अनि आफू रमाइरहेको जीवनशैली परित्याग गरी त्यहीं बस्ने निर्णय लिए । उनको जोगी जीवनको टर्निङ प्वाइन्ट गोरखनाथ गोरक्षपीठ बन्यो । योगी नरहरिनाथका उत्तराधिकारी योगी शेषनाथबाट दिक्षा लिएपछि उनी पूर्ण रूपमा साधु महाराज भएका छन् ।
रामायणमा उल्लेखित कथाअनुसार रत्नाकर डाँकुका रूपमा आतंक मच्चाएका व्यक्ति नै समयक्रममा महान् ऋषि वाल्मीकि भएका थिए । प्रवञ्जन रत्नाकर डाँकुकै परिचयको निरन्तरता त होइनन् तर उनी आफ्ना चाहना र लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्ने जिद्दी स्वभावका युवा थिए । छिटो रिसाउने सिंह अरूलाई हानि पुग्ने वा पछि सोच्न बाध्य हुनुपर्ने क्रियाकलाप गर्न पनि पछि पर्दैनथे । अहिले उनमा त्यो बेलाको आक्रामक रिसाहा स्वभाव अचम्मले हराएको छ । भोगका हिसाबले आफूले जति सायदै अरूले जीवन जिएको सिंहको तर्क छ । प्रवञ्जन स्कुले जीवनदेखि नै मनमौजी स्वभावका थिए । विद्यालय बंकदेखि विभिन्न किसिमका चकचकी गरेका सिंहले साथीहरूको नेटवर्क बलियो बनाएका थिए ।
विश्वचर्चित ‘लेमोजिन’ गाडीमा यात्रा गरेको, हङकङ, सिंगापुर, थाइल्यान्ड आदिका विभिन्न मुलुकका बारमा युवतीहरूका साथ रमाइलो गरेको, विश्वका ख्यातिप्राप्त ब्रान्डका रक्सी सेवन गरेको, धनाढ्य एवं शक्तिशाली व्यक्तिहरूसँग संगत गरेको जीवनभन्दा योगी व्यग्रनाथको जीवन धेरै सार्थक भएको सिंहले बताए । तिब्बतियन युवतीलाई अर्धाङ्गिनी बनाएका योगीले भने– ‘म ती सबै कुराले अघाइसकेको थिएँ, मलाई आध्यात्मले बोलाइसकेको थियो, अहिले आनन्द छ, सानो परिधिबाट संसार बदल्ने यात्रामा अग्रसर हुन पाएको छु ।
मजस्तै धेरै युवा अब धर्म रक्षाका निम्ति अग्रसर हुनु आवश्यक छ । योगी भन्छन्– ‘अहिले नै पनि धेरै युवा गोरक्षपीठमा सक्रिय छन्, उनीहरूले सानो परिधिको परिवारभन्दा यो बृहत् परिवारमा आफूलाई सहज महसुस गरेका छन् ।’ समयअनुसार हिन्दू धर्मका केही ‘रिजिड’ कुरामा परिवर्तन आवश्यक मान्ने सिंह यो देशमा उपलब्ध महत्वपूर्ण सम्पत्तिको सुरक्षा गर्न आफ्नो अभियान केन्द्रित हुने बताउँछन् । हिंसाको सट्टा शान्ति प्रयोग गरेर आफू अघि बढ्ने सिंहले बताए । योगी भएपछि टीका लगाइदिए बापत प्राप्त हुने दक्षिणा पाउँदा र त्यसअनुरूप दैनिक जीवन व्यवस्थापन गर्न पाउँदा आनन्द महसुस भैरहेको छ ।
उनको परिवारले पनि यो निर्णयलाई सही मानिदिएकाले अब आफू स्वतन्त्र रहेर गुरुले प्रदान गरेको बाटोमा जान पाएको सिंहले बताए । योगीले भने– ‘सबै कुरा त्यति सजिलो त थिएन् तर श्रीमती, आमा, बुबा र भाइले मेरो भावना बुझिदिए, मैले उहाँहरूलाई त्यागेको होइन, सबैलाई जोड्न यो वैदिक थलोलाई आफ्नो घर बनाएको हुँ । हिँड्ने बेलामा छोरीले मैले यी सबै कुरा बुझेकी छैन, १० वर्षपछि बुझाइदिनु है भनेकी छ ।’ प्रवञ्जनले भने– ‘गुरुले आफ्नो शिष्य बनाएपछि अब आफूलाई परिवर्तन गर्ने बाटोमा अग्रसर भएको छु, अहिले नै म योगी महन्त भैसकें भन्दिनँ,म अब यो बाटोमा प्रतिबद्ध भएको छु, समयले मलाई धेरै कुरा सिकाउनेछ ।’

Sunday, July 3, 2016
ह्दयघातको कारण बाबुराम भट्टराईको निधन
रुपन्देहीको बुटवलमा बस्दै आएका वरिष्ठ पत्रकार पण्डित बाबुराम भट्टराईको निधन भएको छ । पत्रकार भट्टराईको ६६ वर्षको उमेरमा आइतबार बिहान १ बजे ह्दयघातको कारण निधन भएको हो । बुटवल उपमहानगरपालिका १४ तामनगरस्थित निवासमा राति अबेरसम्म टेलिभिजनमा फुटबल हेर्दै बसेका भट्टराईलाई एक्कासि असहज महसुस भएको भन्दै लुम्बिनी अञ्चल अस्पतालमा ल्याएपछि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२००७ साल असार १५ गते अर्घाखाँचीको पोखराथोक १ मा बुवा स्व. टीकाराम भट्टराई र आमा हीरा भट्टराईको कोखबाट जन्मिएका भट्टराई विगत लामो समयदेखि रुपन्देहीलाई कर्मथलो बनाई पत्रकारिता गर्दै आएका थिए । रुपन्देहीबाट प्रकाशित हुने जनसंघर्ष दैनिकको पूर्वसम्पादक हुँदै लामो समय दैनिक लुम्बिनीमा काम गरेका भट्टराईले सैनामैना र नयांसत्ताको प्रधानसम्पादक भएर समेत काम गरेका थिए । पछिल्लो चारवर्ष मेचिकाली दैनिक र हाल बुटवल टुडेमा स्तम्भ लेख्दै आएका थिए ।