Saturday, June 4, 2016

फेसबुकका मालिक जुगबर्गलाई फेसबुक बोर्डले हटाउदै: मार्कले पाउने अधिकार कटौती गर्ने भएको ।

फेसबुक कम्पनीको बोर्डले कम्पनीमा संस्थापक तथा सिइओ मार्क जुकरबर्गको अधिकार र प्रभावमा कटौती गर्ने प्रस्ताव गरेको छ । जुकरबर्गले भविष्यमा कम्पनीको व्यवस्थापनबाट आफू बाहिरिने संकेत गरेकै समयमा फेसबुक बोर्डले जुकरबर्गको कम्पनीमा रहेको अधिकांस भोटिंग अधिकारलाई कटौती गरेर उनको प्रभाव कम गर्ने प्रस्ताव गरेको हो ।


अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनमा फेसबुकले पेश गरेको एक कागजातमा यस्तो खुलासा गरिएको छ ।

यहीँ जुन २ सम्मको तथ्यांकका आधारमा जुकरबर्गको स्वामित्वमा फेसबुकमा ४० लाख ए क्लासका शेयर तथा ४१ करोड ९० लाख बी क्लासका शेयर छन् । यस आधारमा जुकरगर्बसँग कम्पनीको ५३.८ प्रतिशत भोटिंग अधिकारका साथै १४.८ प्रतिशत आर्थिक अधिकार छ ।

आगामी जुन २० मा हुने फेसबुकको वाषिर्क साधारण सभामा यो प्रस्तावमाथि मतदान गराइने सम्भावना रहेको छ । उक्त मतदालने फेसबुकको भावी नेतृत्व तथा व्यवस्थापनको रुपरेखा तयार गर्नेछ

जुकरबर्गमा अर्को महत्वपूर्ण अधिकार के पनि छ भने उनले आफ्नो बी क्लासको शेयरका साथै आफ्नो बहुमत भोटिंग अधिकार समेत आफ्नो वारेसलाई हस्तान्तरण गर्न सक्दछन् । तर फेसबुकले बोर्डले अब जुकरगर्बका यी सबै अधिकार कटौती गर्ने देखिएको छ ।

‘मेरा श्रीमान् जिउँदै छन् तर हत्या गरेको आरोपमा मलाई जेल हालियो'

काठमाडौँ, वैशाख ७ । ‘मेरा श्रीमान् जिउँदै छन् तर मलाई उनको हत्या गरेको आरोपमा जेल हालिएको छ ।’ घरायसी झगडाका बेला घाइते भएका श्रीमानको हत्या प्रयास गरेको आरोपमा जेल पुगेकी काभ्रेकी एक महिलाको भनाइ हो यो ।


हेर्दा भर्खर २० वर्ष पनि नपुगेको जस्तो देखिने ती महिलाको काखमा दुई वर्षकी छोरी छन् । उनले आफ्नी छोरीलाई देखाउँदै भनिन् – “यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।”

सधैँ जाँड खाएर झगडा गर्ने र कुटपिट गर्ने बानीबाट आजित भएपछि एकदिन उनले पनि हात फर्काइन् । हात फर्काएकै बेला उनका श्रीमान् नराम्ररी घाइते भए । उनलाई परिवारका अन्य सदस्य र छिमेकीले अस्पताल पुर्‍याए । उपचार भइरहँदा उनलाई भने ज्यान मार्ने उद्योगको आरोपमा प्रहरीले समात्यो । अहिले उनी केन्द्रीय कारागारमा जेल जीवन बिताइरहेकी छिन् । दुई वर्षदेखि जेलमा बसिरहेकी उनलाई यो पनि थाहा छैन कि अझै कति वर्ष जेलमै बस्नुपर्ने हो ।

उनले आफ्नी छोरीलाई देखाउँदै भनिन् – “यो छोरी यही जन्मिएकी हो । जेल परेपछि यहीँ जन्माएँ तर अहिलेसम्म यसका बाबुले एक पटक पनि हेर्न आएका छैनन् ।”
कक्षा ६ सम्म मात्र पढेकी ती महिलालाई अब त यहीको वातावरण रमाइलो लाग्न थालेको छ । “कम्तीमा रातदिन कुट्ने लोग्नेको अनुहार त हेर्न पर्दैन” – उनले हाँस्दै भनिन् ।

उनीजस्तै बिनाअपराध जेल जीवन भोगिरहेकी दोलखाकी अर्की महिलालाई पनि अभियोग उस्तै लगाइएको छ – श्रीमानको हत्या । २०७० मा अचानक उनको श्रीमानको शव भेटिएको थियो । काठमाडौँमा गलैँचा बुन्ने काम गर्दागर्दै उनीहरुको प्रेम बसेको थियो ।

प्रेममा परेपछि उनीहरुले छिट्टै नै विवाह पनि गरिहाले । “लोग्नेस्वास्नीबीच सामान्य झगडा त भई नै हाल्छ नि हैन र ?,” उनले भनिन् – “तर एक्कासि श्रीमानको शव खोलामा भेटिएपछि त्यसको शङ्का मैमाथि भयो । पुलिसले मलाई समात्यो । बिनाकारण मैले मेरो लोग्नेलाई किन मार्थें तर पुलिसले पत्याएन ।”

उनका अनुसार प्रहरीले उनलाई कुटपिट गर्दै हत्याको आरोप स्वीकार्न लगाएको थियो । सायद यसबारे जानकारी भए उनी पनि आफ्नो पक्षमा वकालत गर्न लगाउँथिन् होला ।

साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रबन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ? 

तीन छोराछोरीकी आमा नुवाकोटकी अर्की महिलाको हातबाट अचानक जघन्य अपराध हुन पुग्यो । “मैले मार्ने मनसायले उसलाई हानेकी थिइनँ तर मेरै चोटका कारण उसको मृत्यु भयो,” उनले भनिन् – “सधैँ कचकच गर्थ्यो । अरुसँग अनैतिक सम्बन्ध छ भनेर शङ्का गरिरहन्थ्यो । जाँड रक्सी खाएर आउने अनि कुटपिट गर्ने । सधैँ कति सहनु ! मैले पनि हात उठाएँ त्यसैदिन ऊ मर्‍यो ।”

उनले सुस्तरी भनिन् – “मेरो जिन्दगी त सधैँ कुटपिटमै बित्ने भयो तर तीन छोराछोरीको जिन्दगी राम्रो पार्ने सपना थियो तर यो सपना पनि सपनामा नै रहने भयो ।”

चार वर्षदेखि कारागारको जीवन बिताउन बाध्य ती महिलाको साथमा तीन वर्षकी छोरी छिन् । उनका अरु छोराछोरीलाई विभिन्न सङ्घसंस्थाले पढाउन लगेका छन् । “यो छोरी सानी भएकीले मसँग बसेकी छे, अलि ठूलो भएपछि यसलाई पनि कुनै सङ्घसंस्थाले पढाउन लगिहाल्छ” – उनले निर्धक्क भएर भनिन् ।

साढे दुई वर्षदेखि हत्याको अभियोगमा जेलमा रहेकी उनलाई आफ्नो लोग्नेको वास्तविक हत्यारा अझै पनि को हो भन्ने थाहा छैन । पढाइका नाममा अक्षर पनि नचिन्ने उनका लागि वकिलको प्रवन्ध गरिदिने वा मुद्दा लडिदिने कसले ?
साधारण जानकारी नहुँदा आफ्नो सम्पूर्ण जीवन नै जेलभित्र बिताउन बाध्य महिलाको सङ्ख्या सयौँ छ केन्द्रीय कारागार सुन्धारामा ।

आफूले गर्दै नगरेको अपराधको सजायसमेत भोगिरहेका छन् ती महिलाले । उनीहरुलाई कस्तो अपराधका लागि कति अवधिको सजाय हुन्छ भन्नेसम्म पनि थाहा छैन रहेछ । जेलभित्रका महिलाका हकहितका लागि कार्यरत बन्दी सहायता नेपालकी अध्यक्ष इन्दिरा रानामगरले भनिन् – “सूचनाको हक नपाएको स्थितिमा महिलाले कतिसम्म पीडा भोग्न बाध्य हुन्छन् भन्ने कुरा कारागारमा रहेका महिलाबाट प्रमाणित हुन्छ । यदि उनीहरुलाई आफ्नो अपराध र यससम्बन्धी कानुनबारे जानकारी भए सायद त्यतिका वर्ष उनीहरुले कारागारमा बिताउनुपर्ने थिएन ।”

उनीहरुभन्दा पनि कैदीबन्दीका साना केटाकेटीको अवस्था अझै दयनीय रहेको उनी बताउँछिन् । उनीहरुको यस्तै अवस्थासँग परिचित इन्दिराले कैदीबन्दीका बालबालिकालाई पढाउने र राख्ने व्यवस्थासमेत गरेकी छिन् । अहिले उनले आफ्नो संस्थामा ४५० को सङ्ख्यामा त्यस्ता बालबालिकालाई आश्रय दिइरहेकी छिन् ।

सुन्धारा केन्द्रीय कारागारमा रहेको महिला कारागारमा अहिले ३२५ महिला कैदीबन्दी रहेका छन् । कारागार प्रमुख वेदप्रसाद कार्कीका अनुसार यो सङ्ख्या घटबढ भइरहने हुनाले यही निश्चित सङ्ख्या भने होइन ।

कारागारको क्षमताभन्दा बढी महिला कैदीबन्दी भएकाले होला त्यहाँ महिला निकै अव्यवस्थित रुपमा बसेका देखिन्छन् । साँघुरो ठाउँमा नुहाउने, लुगा धुने, लुगा सुकाउने गर्दा कारागार निकै फोहर र दुर्गन्धित छ ।

बेलाबेलामा विभिन्न सङ्घसंस्थाले कारागारमा महिलालाई अभिमुखीकरण कार्यक्रम गर्दै आए पनि त्यति प्रभावकारी बनेको देखिँदैन । 

विदेशबाट विमल घर्तीमगरलाई खुल्ला पत्रः चौधरीलाई आफ्नी बहिनीको बेडरुमसम्म छिर्ने मौका किन दियौं ?

के अार पोखरेल, हाल दुवई
विमल घर्तीमगर, हामी नेपालीहरुको मायाँले जन्माएका फुटबलर हुन् । सायद, नेपालीले सबैभन्दा धेरै मायाँ गरेका फुटबलर तिमी नै हौ । उनलाई नेपाली फुटबलले  बिर्सनै नसकिने कारण छ, त्यो हो सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको बराबरी गोल। उनले यो बाहेक अन्य धेरै खेलहरु खेलाका छन् र निर्णयक भुमिका पनि निभाएका छन् । उनीप्रति हामी सबैको आस्था, विश्वास र भरोसा पनि छ ।
अहिले उनी शोकको अवस्थामा छन् । उनको परिवारमा परेको पीडामा हामी पनि दुःखी भएका छौं । उनको मृत बहिनीको आत्माले शान्ति पाओस् र विमलको शोकाकुल परिवारमा इश्वरले ध्रैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । आम नेपाली फुटबलका प्रशंसकहरु यतीबेला शोकाकुल छन् ।


तर, पछिल्लो समयमा विमल घर्तीले सामाजिक सञ्जालहरुमा र विभिन्न मिडियाहरुमा दिएका अभिव्यक्तिका कारण उनीप्रति दुःख पनि लागेको छ । विमलले पछिल्लो समय ‘देशले मेरो बहिनीको हत्यारालाई उन्मुक्ति दिँदै छ, प्रहरीको रिपोर्ट गलत छ, मेरो परिवारलाई न्याय दिदैन भने म किन देशका लागि खेल्ने’, लगायतका अभिव्यक्तिहरु दिइरहेका छन् ।

त्यो हामीले पढिरहेका छौं । विमलका यी अभिव्यक्ति पीडाको क्षणमा बोलिएका अभिव्यक्तिहरु हुन्, त्यो पनि थाहा छ । तर, उनले भनेजस्तै उनी देशका लागि अब किन खेल्ने ? उनले यतीबेला आफ्नो हैसियत विर्सिएका छन् । उनी त देशका आशालाग्दा सक्षम र योग्य फुटबलर हुन् । जस्को जे क्षमता छ, उस्ले त्यही चिज दिने न हो । विमलले जे बोल्न हुदैन थियो, ते बोल्दा उनका प्रशंसकहरु दुखि बनेका छन् ।

विमलले म देशका लागि अब किन खेल्ने ? भन्नुले सबैभन्दा दुखि बनाएको छ । विमललाई मेरो एउटा प्रश्न छ कि विमल तिमिले किन त्यो आशिष चौधरीलाई आफ्नी बहिनी मनिषाको बेडरुमसम्म छिर्ने मौका दियौं ? तिमिलाई पहिल्यै थाहा रहेछ त उनीहरु बीचको यस्तो सम्बन्धका बारेमा ।
अनि किन तिम्री बहिनी र चौधरीले सँगै बसेर हातमा ब्लेडले चिर्दा बहिनीलाई सम्झाएनौं ? घरमा आउँदा पाखुरामा घाउ बनाएर आएकी बहिनीलाई किन कहिल्यै सम्झाएनौ ? अनि क्षणीक आवेगमा आएर यस्तो उमेरमा जे पनि गर्न सक्ने अवस्था देख्दा देख्दै किन बहिनीलाई सधैं आशिषकै छायाँमा छाड्यौ ? पहिला आफुले बहिनीलाई सम्भाउनु  पर्ने थियो, त्यो गल्ती तिमी र तिम्रो परिवारबाट भएको छ ।
अब यो, हत्या वा आत्महत्या जे भए पनि अनुसन्धान जारी रहेको छ र प्रहरीले दोषीलाई उन्मुक्ती दिने छैन । तर, तिमि किन अनुसन्धानलाई अविश्वास गर्दै अभिव्यक्ति दिन्छौ ? प्रहरीले यती धेरै मेहनत गरिरहेको छ कि, दोषीले चाहेर पनि उन्मुक्ती पाउने अवस्था छैन । तर, तिमी किन एकोहोरो भैरहेका छौं ?
हामी आम नेपालीहरु, जो तिमीलाई मन पराउँछौं र तिम्रो परिवारले न्याय पाउनुपर्छ भनिरहेका छौं ।

Monday, May 30, 2016

यी महिला, जसले देवरलाई घरमै बोलाएर यौन सम्पर्क गर्न लगाउथिन्

भाउजु आमा समान हुन्’ भन्ने भनाईलाई कैलालीका एक युवाले मिथ्या सावित गरेका छन् । आमालाई जस्तो सम्मान गर्नुपर्ने आफ्नै भाउजुलाई गर्भवती बनाएर ती युवाले यस्तो हर्कत देखाएका हुन् । प्राप्त जानकारी अनुशार कैलालीको लम्की चुहा–१३ मलभंगामा एक १७ वर्षीय देवरले भाउजुलाई गर्भवती बनाएका हुन् ।


दाजु विदेश गएको मौका पारी भाउजुसँग सल्किएका ती देबरले एक छोरीकी आमालाई गर्भवती बनाएका हुन् । श्रीमान विदेश गएको १ वर्ष पछि ती महिला गर्भवती भएकी थिइन् । गर्भवती भएकी ती महिलाले लाजै पचाएर ससुरालाई पेट सुनियो भनी झुट्टो बोलेर उपचारको बाहनामा अस्पताल गएपछि गर्भवती भएको रहस्य खुलेको हो । उनका श्रीमान् रोजगारीको सिलसिलामा मलेशीया छन् ।

श्रीमान् नभएको मौकामा ती महिलाले कान्छा ससुराका कान्छा छोरा (देवरंं सिद्ध देवकोटासँग लसपस गरेकी थिइन् । महिलाले देवकोटाकै गर्भ रहेको स्वीकार गरेपछि ससुराले बुहारीलाई घरमा नराख्ने बताएका छन् । ती महिलाले देवरलाई घरमै बोलाएर यौन सम्बन्ध राख्ने गरेको पनि स्वीकार गरेकी छिन् ।

यौन सम्र्पक गर्ने देवर भने २ महिनादेखि भारतमा रोजगारी गर्दै आएका छन् । पारिवारिक स्रोतका अनुसार देवकोटाले आफुलाई भाउजुले जवरजस्ती यौन सम्पर्क गर्न लगाएको बताएका छन् । गर्भवती युवतीको बयान यस्तो छ

Saturday, May 28, 2016

आफ्नै बाउलाई स्तनपान गराउँदै गरेकी छोरीलाई सैनिकहरुले समाते…

युरोपको सर्बाधिक प्रसिद्ध कलाकार बारतोलोमिओ एस्तेबनको यो पेन्टिगंको बारेमा तपाईलाई थाहाँ छैन र मैले यो बताउँदै छु कि यो एउटा बाबु र छोरीको पेन्टिगं हो । हुनसक्छ यो पेन्टिगं हेरेर र बाबु छोरीको हो भन्ने थाँहा पाएर तपाईलाई यो पेन्टिगंगमा भएको दृष्यप्रति घृणा पनि लाग्न सक्छ र मनै देखी ठूलो नैरास्य उत्पन्न हुन सक्छ । तर मलाई बिश्वास छ, जब तपाई यो पेन्टिगंमा लुकेको कहानी थाहाँ पाउनु हुन्छ तपाईको बिचार र भावना अवस्य बदलिने छ ।


कहानी यस्तो छ, एउटा बुढो ब्यक्तिलाई जब सम्म उ मर्दैन तब सम्म उसलाई भोकै राख्ने सजाय दिईयो । यस्तो कठोर सजाय हुँदा हुदै पनि उनको एउटा छोरी थिईन जसले उनलाई दिनहु भेटन छुट दिईयो । जब ति छोरी बृद्ध बाबालाई भेटन आउथिन तब उनको शरिर पुरै खानतलासी लिईन्थ्यो, किनभने उनि आफनो बाबाको लागि खानेकुरा लिएर नआउन ।

भोकको कारण दिनप्रतिदिन शिथिल हुदै गएको र बिग्रदै गएको बाबाको शरिर देखेर छोरीलाई असहय पिडां हुन थाल्यो र उनले बाबाको त्यो अवस्था देख्न नसक्नेमा पुगिन । अन्तमा उनले यस्तो काम गरिन जुन समाजको लागि बाहिरी रुपमा हेर्दा घृणाजनक र लज्जासपद थियो ।
बाबाको भोकका कारण दयनिय अवस्था हुँदा पनि उनले चाहेर पनि कुनै खानेकुरा लिन सक्दैन थिईन । अन्ततः विवस भएर आफनो बाबालाई उनले आफ्नै स्तनपान गराउन थालिन । दिन दिनै यो घटना दोहोरिरहयो, उनका बाबा पनि स्वस्थ हुन थाले ।

एकदिन पहरामा बसेका सैनिकहरुले उनलाई आफनो बाबालाई स्तनपान गराउँदै गरेको अवस्थामा भेटें र पक्राउ गरी तत्कालिन शासकको अगाडि लगे । यो अनौठो घटनाले तत्कालिन समाजमा ठूलै खैला बैला मच्चायो र नागरिकहरु दुई भागमा बाडिए । एक थरीले बाबु छोरीको पबित्र सम्बन्धमा यस्तो घटना निन्दनीय र पाप माने भने दोस्रो थरी नागरिकहरु बाबु छोरीको सम्बन्धको पबित्रता र मानवियताको मिशाल हो भन्नेमा पुगे ।

यो अनौठो घटनाले स्पेन र युरोपभर ईस्वरीय संसार, पवित्रता र मानव मुल्यको बारेमा बहस भयो । युरोपका कतिपय महशुर कलाकारले यस घटनालाई आफ्नो क्यानभासमा पनि उतारे र प्रसिद्ध पनि भए । अन्ततः लामो बहस पश्चात मानव मुल्यको जित भयो, दुबै बाउ छोरी कैद मुक्त भए ।

पत्ता लाग्यो मनिषाको हत्यारा !

काठमाडौं, १५ जेठ । बुटबल पुगेकी उनकी आमा बुधबार बिहान साढे ५ बजे घर फर्किइन् । घरमा छोरी मनिषा एक्लै थिईन् । सिधै उनी छोरीको कोठामा पुगिन् । मनीषाको टाउको खाटमा थियो भने खुट्टा टी टेबलमा थियो । उनले उठाउन खोजिन् । तर, उठिनन् । हात समाउँदा चिसो भइसकेको थियो । छोरीको मृत्यु भएको ठानेर उनले गाउँलेलाई बोलाईन् । गाउँलेले प्रहरीलाई खबर गरेपछि करिब ७ बजे प्रहरी पुगेको थियो ।


मनीषाले आत्महत्या नै गरेको भएपनि प्रेमी आशिष चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ । अनुसन्धानमा संलग्न नवलपरासी प्रहरीका एक अधिकृतका अनुसार मनीषाले अन्य व्यक्तिहरुसँग फेसबुकमा कुरा गरेको विषयमा झगडा परेको देखिन्छ । अरुसँग कुरा गरेको शंकामा उनको प्रेमी आशिष चौधरीले मोबाइलको पासवर्ड मागेका थिए । तर, मनीषाले दिएकी थिइनन् । सोही विषयलाई लिएर उनीहरुबीच कुटाकुटसमेत भएको थियो । झगडापछि आफू घरबाहिर बरण्डामा निस्केको र केही समयपछि भित्र जाँदा मनीषालाई झुण्डिएको अवस्थामा फेला पारेको उनले बताएका छन् ।

मनिषाले बुधबार दिउँसो ५ बजेतिर आफ्नो फेसबुक प्रोफाइल फोटो परिवर्तन गरेकी थिइन् । जसमा दाई बिमलले ब्यूटीफुल, मिस यू सिस’ भन्दै कमेन्ट गरेका गिए । चौधरीको भनाईलाई विश्वास गर्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । चौधरी बिमलको फुटबलर साथी हुन् । एसएलसी फेल भएपछि उनी यत्तिकै घरमा बस्दै आउका थिए । मनिषा भने कक्षा ११ पढ्दै आएकी थिइन् । मोबाइल र फेसबुककै विषयमा लिएर भएको झगडाको कारण उनको मृत्यु भएको अनुसन्धानमा आबद्ध प्रहरीले जनाएका छन् । मनीषाले आत्महत्या नै गरेको भएपनि चौधरीले आत्महत्या गर्न बाध्य बनाएकाले उनीमाथि भने ज्यान मुद्दा चल्ने ती प्रहरी अधिकृतको भनाई छ । यता पोस्टमार्टमको प्रारम्भिक रिपोर्टले पनि घाटीमा दबाब पर्दा मनिषाको मृत्यु भएको निष्कर्ष निकालेको छ । नयाँपत्रिका दैनिकमा खबर छ । 

विमल घर्तीकी बहिनीको हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई पोलीग्राफ टेस्ट गरिने भएको छ ।

फुटबलर विमल घर्ती मगरकी बहिनी मनीषाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका रुद्रनारायण चौधरी ‘आशिष’को पोलीग्राफ टेस्ट गरिने भएको छ । प्रविधि प्रयोग गरी झुटो बोलेको वा साँचो बोलेको थाहा लगाउने मेसिनबाट मनीषाको मृत्युबारे थप रहस्य खुल्ने अपेक्षा प्रहरीले गरेको छ । पोलिग्राफ ढाँटेको पत्ता लगाउन मेसिनका रुपमा प्रख्यात छ । प्रहरीले अभियुक्तहरुलाई साँचो बोलाउन यसको प्रयोग गर्ने गरेको छ ।

पोलिग्राफ मेसिनले शरीरका अंगहरुको प्रतिक्रियाका आधारमा झुटो बोलेको पत्ता लगाउँछ । एकैपल्ट मुटुको चाल, रक्तचाप, श्वासप्रशवास र पसिना ग्रन्थीलगायत यसले रेकर्ड गर्छ ।  पोलिग्राफको अर्थ नै एकैपल्ट धेरै शाररिक प्रतिक्रिया रकेर्ड हुनु भन्ने हो । शरीरका यी अंगहरुको प्रतिक्रियाका आधारमा उसले सही बोलिरहेको छ वा झुटो भन्ने थाहा हुन्छ ।
पोलिग्राफ परीक्षणका क्रममा व्यक्तिलाई सुईद्वारा एउटा विशेष औषधि दिइन्छ । उक्त औषधिले मानिसका शरिरका चेतनालाई नियन्त्रणमा लिन्छ । औषधिका कारण व्यक्तिका वास्तिविक मुटुको चाल, स्वासप्रस्वास नाडीको प्लस देखाउँछ । तर, यसका लागि मानिसको मुटुको चाल, श्वासप्रश्वास, प्लस पढ्न सक्ने एउटा मेसिनको आवश्यकता पर्दछ ।

औषधिले नियन्त्रणमा लिएको मानिसको वास्तिविक चाल, स्वासप्रस्वास साँचो बोल्दा सही निस्कन्छ भने झुटो बोल्दा निकै फरक पर्छ । औषधिले नियन्त्रणमा लिएको व्यक्तिले प्रहरी वा सुरक्षाकर्मीले सोधेको प्रश्नमा जबरजस्ति झुटो बोल्ने प्रयास गर्दा मुटुको चाल, प्लस तथा श्वासप्रश्वास सबै फरक देखिने भएकाले सहजै झुटो बोलेको पत्ता लगाउन सकिन्छ । स्वास्थ्य खबरपत्रिका बाट |

पोखरामा आमाछोरीको हत्या, पुन पक्राउ

पोखरा, १४ जेठ/ पोखरा १४ चाउथे रातो डाँडा स्थित एक घरमा आमा छोरीको हत्या भएको छ । हत्याको आरोपमा श्रीमान् विमल पुनलाई पक्राउ परेका छन् । ३१ वर्षीय पुनले आफ्नै श्रीमती नरमाया र आठ वर्षकी छोरीको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । शुक्रबार अपरान्ह ४ बजे तिर रडले प्रहार गरेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा थप जानकारी आउन बाकी छ ।

Monday, May 16, 2016

काठमाडौं बासीका लागि खुसीको खबर ! खुसीको खबर !खुसीको खबर !

काठमाडौं, ४ जेठ । काठमाडौं उपत्यकाबासीका लागि अब नयाँ र खुसीको खबर प्राप्त भएको छ । उपत्यका र उपत्यका बाहिरका मानिसहरु समेत केवलकार चढ्न मनकामना धाइरहनुपर्ने अवस्थाको अन्त हुँदै थानकोट चन्द्रागिरी केवलकार सञ्चालनमा आउने भएपछि उपत्यकाबासीलाई थप उत्साह बढेको हो ।


काठमाडौं फनपार्क प्रालिको निर्माणमा सञ्चालन हुन लागेको केवलकारहरुले अब थानकोट–चन्द्रागिरीको उकालो–ओरालो गर्नेछन् र त्यसमा काठमाडौं उपत्यका र देश विदेशका यात्रीहरुले सुन्दर उपत्यकालाई नियाल्दै चन्द्रागिरीमा रमाइलो गर्नेछन् । अबको एक महिनाभित्र उक्त केवलकार सञ्चालनमा आउन सक्ने फन पार्क प्रालिले समाचार बाहिर ल्याएको छ । थानकोटको गोदामचौरबाट साँढे २ किलोमिटरको केवलकार यात्रा गरेपछि पुगिने चन्द्रागिरी डाँडामा अहिले इच्छापुरेश्वर महादेवको मन्दिर निर्माण भैरहेको छ । जुन मन्दिरमा पुगेर यात्रीहरुले आफ्नो इच्छाको वरदान माग्न सक्नेछन् र सुन्दर उपत्यका र हिमाली श्रृंखला समेत नियाल्न सक्नेछन् । चन्द्रागिरी डाँडामा पुगेपछि पर्यटकहरुले भ्यू टावरमा समेत चढेर चारैतिर नियाल्न सक्ने बताइएको छ । खान, बस्न र घुम्नका लागि समेत त्यहाँ रेष्टुरेन्टदेखि सामान्य होटल र लजहरु समेत निर्माण भइरहेका छन् । यसले काठमाडौं उपत्यकाभित्रको एउटा नयाँ पर्यटकीय गन्तव्यस्थलको बाटो समेत खोलिदिएको सरोकारवालाहरुको भनाई रहेको छ ।

Tuesday, May 10, 2016

सन् २००३ देखि दुबई केन्द्रीय कारागारमा रहेको अमरबहादुर बमलाई आममाफी दिन प्रधानमन्त्रीले आग्रह

८ वैशाख, काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओली र युएइका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नह्यानबीच आज भेटवार्ता भएको छ ।


बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले नेपालमा भूकम्पपश्चात् युएइ सरकारले तत्काल गरेको सहयोगप्रति धन्यवाद दिए । उनले नेपालमा संविधान जारी गरेर अव विकासको चरणमा लागेको समेत जानकारी गराए।

प्रधानमन्त्री ओलीले युएइ सरकारलाई जलस्रोतलगायत क्षेत्रमा लगानी गर्न आह्वानसमेत गर्नुभएको प्रधानमन्त्री ओलीका परराष्ट्र विज्ञ गोपाल खनालले जानकारी दिए । दुई देशको लगानी संरक्षण र सम्बद्र्धन, सम्झौता र दोहोरो कर अन्त्य गर्नेलगायत छलफल अन्तिम चरणमा पुगेकाप्रति प्रधानमन्त्री ओलीले दुई सम्झौता सकारात्मक रहेको बताए ।
भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिक अमरबहादुर बम सन् २००३ देखि दुबई केन्द्रीय कारागारमा रहेको र बम निर्दोष भएकाले आममाफी दिनका लागि आग्रहसमेत गरे । सवारी चालकको रुपमा काम गर्ने बमलाई भारतीय नागरिकको हत्या गरेको आरोप लागेको छ । युएइका विदेशमन्त्री नह्यानले यसबारेमा आफूले बुझ्ने वचन दिए ।

भेटमा युएइका विदेशमन्त्री नह्यानले भूकम्पपश्चात पुनःनिर्माणको कामलाई प्राथमिकता दिएकाप्रति खुशी व्यक्त गर्दै संविधान जारी गरेपछि नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको र अब विकास गर्नुपर्ने चुनौती रहेको बताए । उनले नेपाल स्रोत र साधनले धनी राष्ट्र भएको र नेपाल पर्यटकीय आर्कषणस्थल बन्ने सक्ने र त्यसका लागि आफ्नो देशको सरकार सहयोग गर्न तयार रहेको जानकारी गराए ।

पछिल्लो छोटो समयमा युएइ सरकारले राम्रो आर्थिक विकास गरेको भन्दै विदेशमन्त्री नह्यानले दुई देशबीच दुई सम्झौता अगाडि बढाउन चाहेको बताए । साथै, उनले आगामी जनवरीमा हुन लागेको ऊर्जा सम्मेलनमा युएइमा आउनका लागि निमन्त्रणासमेत दिएको प्रधानमन्त्रीका परराष्ट्र विज्ञ खनालले जानकारी दिए