Monday, December 29, 2014

राम्रो निन्द्राको लागि यो Formula अपनाउनुहोस् !

राम्ररी आरामले चैनले को पो सुत्न चाहदैन ? राम्रो निन्द्रा शरिरको लागि अत्यावश्यक चीज हो । मान्छे यदि राम्ररी सुत्न पाएको छैन भने ऊसको जीवन कष्टकर बनिरहेको हुन्छ ।


निन्द्राले शरिरलाई आराम दिदैन, मानसिक रुपले पनि relax गरिदिन्छ । यसले मानसिक तनावलाई कम गरिदिन्छ । तर भागदौडले भरिएको जिन्दगीमा मानिसहरुको लागि राम्रो निन्द्राले सुत्न पाउनु धेरै नै मुश्किल हुने गरेको छ । दुनियाभरिका वैज्ञानिकहरुले निन्द्रालाई प्रभावित गर्नेबाला चीजहरुमाथि अनुसन्धान गरिरहेका छन् । युनिभर्सिटी काँलेज लन्डनमा २००७ मा भएको अनुसन्धानमा यो सावित भएको छ कि जो मानिसहरुले रातमा दुइ घण्टा कम सुत्छन्, उनीहरुको जीवनको दिनहरु त्यति नै मात्राले कमी आइरहेको हुन्छ ।

कति घण्टा कुन उमेरका मानिसहरुले सुत्नुपर्छ ? बच्चाले कति घण्टा सुत्नुपर्छ भने युवाले कति घण्टा सुत्नुपर्छ ? त्यसैगरि वयस्कहरुले कति घण्टा सुत्दा लाभकारी हुन्छ भने गर्भवतिहरुले कति घण्टा सुते राम्रो हुन्छ । वृद्ध वृद्धाहरुले २४ घण्टामा कति घण्टा सुत्नु आवश्यक छ त < यसरी हरेक मानिसलाई निन्द्रा आवश्यक भएपनि उमेर अनुसार यति घण्टा वा उति घण्टा सुत्नु आवश्यक हुन्छ । हरेक उमेरमा निन्द्राको जरुरी अलग अलग किसिमले हुन्छ । बच्चाको जन्मदेखि लिएर एक वर्षो उमेरसम्म करिब १५ – १६ घन्टा सुत्नु जरुरी छ । जन्मदेखि लिएर एक वर्षो उमेरसम्मको बच्चाले यदि करिब १५ – १६ घन्टा सुत्छ भने उसको मस्तिष्कको विकास उचित तवरले हुन्छ ।

गर्भवती महिलालाई रातीमा ७ घण्टा बाहेक दिनमा एकदेखि डेढ घण्टासम्म सुत्नु आवश्यक छ । जसले गर्दा गर्भवति र पेटमा भएको बच्चालाई पनि लाभकारी हुन्छ । वयस्कहरुलाई 6- 8 घण्टा सुत्नु आवश्यक छ । हुन त यस उमेर मानिसहरु गइसकेपछि निन्द्रा कम लाग्ने हुन्छ वा निन्द्रा नै लागिरहेको हुदैन । किनकी मानिस वयस्क भइसकेपछि बढिरहेको उमेरमा मेलाटोनिन जस्तो हार्मोन कम निस्किन्छ, यसैले ज्येष्ठ नागरिकहरुलाई निन्दा नआउनुको समस्या हुने गर्छ । तर पनि ज्येष्ठ नागरिक वा वृद्ध वृद्धाहरु कमसे कम ९ घण्टा सुत्नु आवश्यक छ ।

विमानस्थल वरिपरि रहेका सेकुवा सेन्टरले निम्त्याउँदैछन् हवाई दुर्घटना

काठमाडौं, पुस १४ - मुम्बईबाट उडेको जेट एयरवेजको जहाजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न तीन मिनेट (उडान समय) बाँकी हुँदा चरा ठोक्किएर आगो लागेपछि आकस्मिक अवतरण भयो । यसअघि गत असारमा नेपाल वायुसेवा निगमको भर्खरै आएको एमए ६० मा पनि चरा ठोक्किएको थियो ।


उपत्यकाभित्र या विमानस्थल क्षेत्र नजिकको दूरीमा चराहरू रहे एयर ट्राफिक कन्ट्रोलरले त्यसको जानकारी विमानचालक तथा एरोड्रम अपेरसन विभागलाई दिने गर्छ । जसले गर्दा पाइलटले सावधानीपूर्वक उडान भर्ने र विभागले सुटरलाई चरा धपाउनका लागि परिचालन गर्छ । 'सोमबार ट्राफिक कन्ट्रोल टावरले नभ्याउने ठाउँमा चरा ठोक्कियो, अचानक भएकाले पाइलटले पनि जोगाउन नसकेको हो,' विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले भने । सोमबार इमाडोलको दक्षिणपट्टि हुँदै विमानस्थल आउँदै गरेको जहाजमा चरा ठोक्किएको उनले बताए । जहाजमा १ सय २५ यात्रु र ७ जना क्रु सदस्य थिए । 'विमानस्थल नजिक भएकाले नराम्रो क्षति हुन पाएन,' उनले भने । एयरवेजका नेपाल प्रतिनिधि तेनी रघुराजले चरा ठोक्किएपछि यसबारे थप छानबिन भइरहेको बताए । 'अन्य उडानहरू नियमित तालिकाअनुसार नै छन्,' उनले भने ।

नागरिक उड्डयन प्राधिकरणले २०७० भदौमा चरा ठोक्किएको घटनाको प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् १९९० यता प्रतिवेदन सार्वजनिक हुँदासम्म जहाजमा चरा ठोक्किएका घटना ८० थिए । त्यसपछि बुद्ध एयर, सीता एयर र यती एयरका जहाजमा पनि चरा ठोक्किएका थिए । त्रिभुवन विमानस्थल अवतरण गर्दा र उडान भर्दा भएको यस्तो घटना सोमबारको समेत गरी ८५ पुगेको छ । विश्वभरमै चरा ठोक्किनु जहाज दुर्घटनाको प्रमुख कारण मानिन्छ । नेपालमा भएका यस्ता घटनाले ३ दुर्घटना निम्त्याएको छ । सन् १९९६ अक्टोबरमा थाई एयरवेजको एयरबस ए ३०० जहाज चरा ठोक्किएकै कारण्ा दुर्घटना भएको थियो । त्यस्तै सन् २०१० को सेप्टेम्बर २ मा विमान बंगलादेशको डीसी १० र सन् २०१२ को सेप्टेम्बरमा सीता एयरको जहाज चराका कारण दुर्घटना भएको थियो ।

विमानस्थल अधिकारीका अनुसार यस्ता घटनामध्ये ५२ प्रतिशत त्रिभुवन विमानस्थलमै भएका छन् । चरा विमान वा विमानको इन्जिनमा ठोक्किदा चालकले विमानको सन्तुलन बनाइराख्न नसक्दा दुर्घटनाको जोखिम रहन्छ । जहाज र चराले प्रयोग गर्ने आकाश मार्ग एउटै हुँदा यस्तो घटना हुने सम्भावना बढी हुन्छ । अवतरणभन्दा पनि उडानका बेला बढी गति लिनुपर्ने भएकाले यो अवस्थामा चरा ठोकिनु सबैभन्दा खतरापूर्ण हुने विज्ञहरू बताउँछन् ।

विज्ञका अनुसार जहाज प्रतिघन्टा १ सय ५०  किलोमिटरमा उड्दा ३ केजीको चरा ठोक्कियो भने त्यसको असर १ वर्गफिटमा १ हजार ८ सय किलो ह्याम्मरले हिर्काए बराबर हुन्छ । प्राधिकरणको एक प्रतिवेदनका अनुसार विमानस्थल वरपर ३९ जातिका चरा छन् । जसमध्ये ५ ठूला, १० मध्यम र २४ साना छन् । विमान कम्पनी सञ्चालन समिति नेपालका अध्यक्ष भरत श्रेष्ठका अनुसार विमानस्थल वरपर सरसफाइको कमी, त्यसमा बढदो सेकुवा सेन्टर समस्याको मुख्य जड हो । सीता एयरको दुर्घटनापछि सरकारले सिनामंगल तथा विमानस्थल वरिपरि रहेका मासु तथा सेकुवा कर्नर बन्द गर्ने भने पनि त्यो काम सफल भएको छैन । चरा ठोक्किएपछि भएको दुर्घटनाबाट अमेरिकामा मात्र वाषिर्क ४० करोड डलरसहित विश्वभर १ अर्ब २० करोड डलर बराबारको नोक्सान हुने गरेको तथ्यांक छ ।

सवैभन्दा महंगा हिरोइनहरु जसले करोडौं पारिश्रमिक लिन्छन्

फिल्म एवं विज्ञापनमा काम गरे वापत हिरोइनले लिने पारिश्रमिकले पनि उनीहरुको स्तर निर्धारण गर्ने गर्छ । जतिधेरै पारिश्रमिक लियो त्यति नै प्रतिष्ठा हाँसिल हुने मान्यताका कारण पनि विश्वभरका हिरोइनले आफुले लिएको पारिश्रमिकको अंक लुकाउँदैनन् । बलिउडदेखि हलिउडसम्मका केही हिरोइनको कमाइवारे ‘टाइम्स अफ इण्डिया’ले संकलन गरेका केही तथ्य


दीपिका पादुकोण- 
नौ करोड दीपिका पादुकोण अहिले बलिउडकी सबै भन्दा महंगी हिरोइन हुन् । उनले अभिनय गरेको फिल्म ‘ह्याप्पी न्यु इयर’ ले बक्स अफिसमा धुम मच्चाएको थियो । अहिले दीपिका एउटा फिल्ममा काम गरे वापत ८ देखि ९ करोड भारु पारिश्रमिक लिन्छिन् ।


करिना कपुर-
साढे आठ करोड करिना कपुर पनि महंगी कलाकार मध्ये एक हुन् । पछिल्लो समय करिना अभिनित फिल्मले खासै कमाल गर्न सकेको छैनन् । तर, पनि बजारमा उनको प्रभाव कायमै छ । सैफ अलि खानसँग बिबाह गरेकी करिनाले ८ देखि ८.५ करोड भारु लिने गरकी छिन् ।


प्रियंका चोपडा- 
८ करोड पूर्व मिस वर्ल्डसमेत रहेकी पि्रयंका चोपडा पनि बलिउडमा धेरै पारिश्रमिक लिनेमध्ये पर्छिन् । पछिल्लोपटक ‘मेरी कोम’ मा काम गरेपछि निकै चर्चा पाइन् पि्रयंका चोपडाले । पि्रयंकाले अहिले एउटा चलचित्रमा काम गरे वापत ८ करोड पारिश्रमिक लिने गरेकी छिन् ।


केरी वासिङटन- 
६० लाख डलर हलिउड अभिनेतृ केरी वासिङटनले एउटा चलचित्रमा काम गरेवापत ६० लाख डलर पारिश्रमिक लिने गरेकी छिन् । गत वर्ष मात्रै उनले आफ्नो पारिश्रमिक दोब्बर बनाएकी थिइन् ।


कोबी स्मल्डर्स- 
१ करोड डलर कोबी स्मल्डर्स अहिले पनि एउटा फिल्ममा काम गरेको १० मिलियन डलर लिन्छिन् । गएको वर्ष उनको लागि निकै लक्कि साबित भयो । सिबीएस सिटकमको पछिल्लो एपीसोडमा काम गरेवापत उनले प्रति एपीसोड तीन लाख ४० हजार डलर लिएकी थिइन् ।

आम्दानी बढेको बढ्यै 
ओइ डेश्चाल पनि हलिउडकी महंगी कलाकार हुन् । उनि एउटा फिल्ममा काम गरे वापत ६ मिलियन डलर लिन्छिन् ।कर्टनी कक्सले पनि ६० लाख डलरकै हाराहारीमा पारिश्रमिक लिने गरेकी छिन् । गएको वर्ष राम्रै कमाइ गरेकी कर्टनीको कुल आम्दानी हरेक वर्ष बढ्ने गरेको छ । गएको वर्ष खासै राम्रो काम गर्न सकिनन् क्लेयर डेन्सले । तर, उनले प्रति फिल्म ५० लाख डलरको हाराहारीमा रकम लिंदै आएकी छिन् ।

एक एपीसोडको तीनलाख डलर
एलीसन हंगीशन पनि एउटा फिल्ममा काम गरेवापत ९५ लाख डलरसम्म पारिश्रमिक लिन्छिन् । एजआइएमवाईएम को नवौ श्रृङ्खलामा काम गर्दा उनले प्रति एपीसोड तीनलाख ४० हजार डलर लिएकी थिइन् ।

कान्छो केटा भए पनि ठीक : नन्दिता केसी (भिडियो रिपोर्टसहित् )

अविवाहित नायिका नन्दिता केसीले बिहेका लागि आफू भन्दा कम उमेरको युवक भएपनि स्वीकार्य हुने बताएकी छिन् ।


लोग्ने मान्छे’का बारेमा कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले, आफूले चलचित्र ‘लोग्ने मान्छे’मा काम गर्दा पुरुष स्वार्थी देखेको बताइन् । तर, वास्तविक जीवनमा महिला र पुरुष दुबै स्वार्थी हुने भन्दै समय नआएकाले बिहे नगरेको खुलाइन् ।

नन्दिताले खोजेको लोग्नेमान्छे कस्तो हो त ? उनले अाफ्नो सूची खुलाउँदै भनिन्- लभिङ होस्, केयरिङ होस् र रेस्पेक्ट पनि गरोस् ।’

देखेको भन्दा लेखेको पाइन्छ भन्ने बिश्वासमा नन्दिता छिन । उनले भनिन- लोग्नेको अाबश्यकताचाहिँ अझै महसुस भएको छैन् ।
नन्दिता केसीको ‘लोग्ने मान्छे’ बिषयक कुराकानी र कार्यक्रममा भाषणबाजीका कुरा भिडियो रिपोर्टमा हेर्नुहोस् ।

एयर एसियाको बिमान समुद्रको फेदमा भेटियो

काठमाडौं, पुस १४ – हराइरहेको एयर एसिया इन्डोनेसियाको क्युजेड ८५०१ बिमान सम्भवतः समुद्रको फेदमा रहेको इन्डोनेसियाको खोजी र उद्दार गरिरहेको एजेन्सीले बताएको छ ।  


बिबिसीका अनुसार प्लेनले सम्पर्क गुमाएको ठाउँको काओर्डिनेटस्का आधारमा यस्तो अनुमान गरिएको हो ।   यद्यपि, खोजकर्ताहरुलाई अझै कहाँ छ भन्ने यकिन नभएको र यसका लागि पानी मुनी खोजी गर्न अन्य देशको सहयोग आवश्यक रहेको बताएका छन् ।  

१ सय ६२ जना यात्रुसहित हराइरहेको प्लेनको आज पनि खोजी कार्य जारी रहेपनि केही फेला पर्न सकेको छैन ।   एयर बस ए ३२०–२०० मोडलको उक्त जहाज इन्डोनेसियाबाट सिंगापुरतर्फ उडेको थियो ।   हराउनअघि बिमानले खराब मौसमका कारण आफ्नो निर्धारित रुट परिवर्तन गर्नका लागि आग्रह गरेको थियो । 

मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजमा आगो लाग्यो, यात्रु सकुशल ओर्लिए

१४ पुस, काठमाडौं । भारतको मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजको विमानमा सोमबार बिहान आगो लागेको छ ।


विमानस्थलका अधिकारीका अनुसार विमानमा चरो ठोक्किएपछि इञ्जिनमा आगो लागेको हो । तर, विमान सकुशल अवतरण भएको छ र यात्रुहरु विमानबाट ओर्लिएका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार मुम्बर्इबाट काठमाडौं आएको जेट एयरवेजको जहाज  ललितपुरको हात्तीवन माथिको आकाशमा आइपुग्दा धुँवाको मुस्लो निस्किएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका निमित्त महाप्रवन्धक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार चरो ठोक्किएपछि विमानको इञ्जिनमा आगो लागेको हो । तर, विमानस्थल नजिकै रहेकाले विमान सफलतापूर्वक ल्याण्ड भएको छ ।
‘म अहिले विमानको नजिकै उभिएको छु,’ श्रेष्ठले अनलाइनखबरलाई भने, ‘सबै यात्रुहरु विमानबाट ओर्लिइसक्नुभएको छ, कसैलाई केही भएको छैन ।’

विमानको इञ्जिनमा चराको मासुका टुक्राहरु देखिएको र प्राविधिकहरुले जाँच गरिरहेको श्रेष्ठले बताए । विमानस्थलको नजिकै आइपुग्दा चरो ठोक्किएको र आगो लागेको भए पनि इमर्जेन्सी ल्याण्ड गरिएकाले कुनै क्षति हुन नपाएको श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि प्रहरीले प्रारम्भिक जानकारीका आधारमा इञ्जिन तातेर आगो लागेको बताएको थियो ।

Sunday, December 28, 2014

तोडिन् जर्ज बुसको रेकर्ड १०० वर्षकी वृद्धाले लगाइन् आकाशमा छलाङ

आफ्नो १०० औँ जन्मदिनको अवसरमा एक वृद्धाले निकै साहसिक तरिकाले मनाउने निधो गरेसँगै उनले स्काइडाइभिङमा जाने सोच बनाइन् जुन साधारण कुरा थिएन ।


न्यूयोर्कको होवेस केभमा बस्ने एलियनर कनिङह्याम, १००, ले गत कात्तिक २२ गते ग्यान्स्भोर्ट साराटोगा स्काईडाइभिङमा आफ्नो १०० औँ जन्मदिनको ‘जम्प’ हानेकी छिन् ।

स्काइडाइभिङमा जानुभन्दा अगाडि यी हजुरआमाले आफ्नी पनातिनीकी सात महिने छोरीलाई चुम्बन गरेकी थिइन् । तर उनको यो पहिलो अनभव भने होइन । उनले आफू ९० वर्षको हुँदा पनि स्काइडाइभिङ गरेकी छिन् । आफू ९५ वर्षको हुँदा पनि उनी पुनः आकाशमा केहिबेरका लागि घुमेकी थिइन् ।

आफ्नी नातिनीसँग मध्य न्यूयोर्कमा बस्ने कनिङह्याम स्काइडाइभिङको लागि निकै उत्साहित थिइन्, डेली मेलले बतायो ।


उनको यो स्काइडाइभले अमेरिकाका पूर्व राष्ट्रपति जर्ज डब्लु बुसको रेकर्डलाई पनि तोडेकी छिन् । बुसले आफू ९० वर्षको हुँदा स्काइडाइभ गरेका थिए ।

उनका परिवारले उनको प्रत्येक कदमलाई रेकर्ड गरिरहँदा उनको अनुहार खुसीले चम्किरहेको थियो । उनी त्यतिबेला निकै खुसी देखिएकी थिइन् ।

उनका पाँच सन्तान, १४ नातीनातिना, २५ पनातिपनातिना र ३ जनातीजनातिना रहेका छन् । आफू शाकाहारी र सधैँ युवा पुस्तासँग रहिरहने उनको दैनिकीका कारण यति वर्षसम्म बाँच्न सफल भएको उनी बताउँछन् ।
स्काइडाइभिङका लागि उनकी डाक्टरले हस्ताक्षरसहित सहमती दिएकी थिइन् ।

चलचित्र पीकेको डायलगमा नेपाली समाज

पत्रकारिता स्नातकोत्तर दोस्रो वर्षको डेभलपमेन्ट कम्यूनिकेसन बिषयको परीक्षाका दिन डराउँदै परीक्षा हल प्रवेश गरेँ।


जागिर खान थालेदेखि एकदिन पनि कलेज गएको थिइनँ।

एक महिना अघि सोचेँ, परीक्षा नदिएकै बेस होला। तर, त्यतिबेला बलिवुुड हिरो आमिर खानको डायलगले मेरो कन्पि्कडेन्स बढाएको थियो।

पपुलर थियो डायलग 'अल इज वेल' अर्थात सबै ठीक छ, सबै ठीक छ। साँच्चिकै बेजोड डायलग थियो। पूरै त हैन तर, त्यही डायलगको कन्पि्कडेन्सले मलाई परीक्षा दिन हौस्यायो। कोर्स बुक पढेरै मैले परीक्षा त पास गरे। तर, सेल्फ कन्फिडेन्स चाहीँ थ्री इडियटसको डायलगले नै दिएको हो।

आमिर खान मलाई बलिउडकै उत्कृष्ट अभिनेता लाग्छन्।

स्कूल पढ्दादेखि नै उनी क्युट रोमान्टिक हिरो बनेर मनै लोभ्याउथे। आमिर खानका फिल्महरु बिरलै छुटाउँछु।

यसपालि पनि पीके हेरेँ। पछिल्लो पटक विशाल भारद्धाजको 'हैदर'पछि औधी मन परेको फिल्म पी के नै हो मलाई। चर्चित फिल्म 'लर्ड अफ द रिङ'का मेकर तथा निर्देशक पिटर ज्याकसनले पनि भनेका छन् 'द मोस्ट अनेस्ट फम अफ फिल्म मेकिङ इज टु मेक अ फिल्म फर योर सेल्फ' भनाईको अर्थ फिल्म मेकिङको सबैभन्दा ठूलो इमान्दारिता भनेको आफ्नो लागि फिल्म बनाउनु हो।

फिल्म हेरिरहँदा मलाई ज्याक्सनको यही भनाईले झक्झकाइरह्यो। बास्तवमै पिकेका डायलगहरु मन्त्रझै दिमागमा घुमिरहेका छन्।

फिल्मको कथा एलियनको पात्रका रुपमा उभिएका आमिर घाँटीमा निलो टिलिक्क टल्किने तिलस्मी लकेटसहित धर्तीमा अवतरण हुुन्छन्। तर, क्षणभरमै उनको घाँटीको लकेट चोरी हुन्छ। एलियन आमिर निराश हुन्छन् किनकी त्यो लकेट चानचुने थिएन उनको घर फर्किने संकेत दिने एउटै मात्र रिमोट हुुन्छ त्यो।

उनी तिलस्मी रिमोट खोज्ने यात्रामा भौतारिन्छन्। भेटे जतिलाई रिमोटबारे सोध्न थाल्छन्, सबैबाट भगवानले मात्र तिम्रो सहयोग गर्न सक्छन् भन्ने जवाफ पाउँछन्।

फिल्मको पहिलो क्लाइमेक्स आमिरको भगवान खोज्ने यात्रासँगै लम्किन्छ। यो यात्रामा आमिरले ५ वटा तथ्यहरु थाहा पाउँछन्।

जुन फिल्ममा क्याची डाइलगको रुपमा स्टोरीसँगै डेभलप गराइएको छ। पहिलो डायलग, 'जो डर गया सम्झो मन्दिर गया' भनाईको अर्थ लाखौँ करौडौ मान्छेहरु जब डराउँछन् जब बिपत् पर्छन् अनि भगवानको सहारा दिन मन्दिर धाउँछन्।

समाजमा नियमित साक्षतकार भइरहने घटनालाई छुन्छ यो डायलगले।

अहिले हिन्दुत्वको नारा बोकेर मेची महाकाली यात्रामा हिँडेका कमल थापाको सन्दर्भ यहीँनेर, मिट हुन्छ पनि।

कमल थापाजस्ता नेताहरु हरहमेशा हिन्दुत्वको नारा बोकेर माघ ८ गते जारी हुने संविधानमा कसैगरी हिन्दुु अधिराज्य सहितको संविधान हुुनुुपर्छ भन्दै मन्दिर धाउँदैछन्।

यो रथयात्रा तोकिएको समयमा संबिधान र सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र कायम राख्न हो रे।

कति झुटा छन् हाम्रा नेताहरुको अभियान। मानौ उनीहरुका भगवानका संदेशबाहक मेनेजर हुन्।

कमल थापाजी संबिधान समयमा ल्याउन रथयात्रा गर्ने हैन। संसदमा बहस र छलफल गर्नुस् न बरु।

फिल्मको स्टोरी अघि बढ्छ। टिभी रिर्पोटर जगत् जननी अर्थात 'जग्गु'।
 
ब्रेकिङ न्यूजका लागि दौडिरहने उनले अनौठो देखिने पीकेलाई भेटि्छन्।

पीकेले आफू अर्कै ग्रहबाट आएको एलियन हँुु भन्छ। उसले बोल्ने गरेको भाषा एउटी भोजपुरी केटी हातलाई ६ घण्टासम्म समातेर मानाँै एउटा इलेक्ट्रिक डिभाइसबाट अर्कोमा सारेको हो भन्छ।

जग्गुु पीकेलाई मानसिक रोगी हुन सक्ने शंका गर्छिन्। पीके जग्गुलाई भन्छन् 'हमारे गोलेमे कोई झुट नही बोलता' पीकेको यो भनाई पृथ्वीमा धेरै मान्छेहरु आफनो स्वार्थका लागि झूटो बोल्छन् भन्ने ब्यङ्ग्य हो।

यहीँ हाम्रो राजनीतिक परिवेश हेरौँ न ठूला बडा सबै नेताहरु माघ ८ मा जसरी भएपनि संविधान आउँछ भन्दै फलाकिरहेका छन्।

जबकि, दलहरुबीच शासकीयस्वरुप राज्य पुनसंरचना निर्वाचन प्रणाली लगायतका बिषयमा फरक मत छ।

कांग्रेस एमालेको सात प्रदेश अनि माओवादी दश प्रदेशको अडानबाट लचिलो हुने समाचारहरु आएकै हुन्। जे होस् उनीहरु सहमतिमा माघ ८ मै संविधान जारी गर्ने भन्दै फुकिरहेका छन्।

पीकेले फिल्ममा भनेझैँ 'हम कन्फूजिया होए ए जी!'

चाहे त्यो प्रधानमन्त्री शुशील कोइराला होऊन् या शीर्ष दलका अरु नेताहरु नै।

उनीहरु एक साताभित्र विवादित बिषयमा सहमति जसरी नि हुन्छ भनिरहेका छन्। अझ केही दिनअघि प्रधानमन्त्रीले भने, 'हाम्रो देश धर्म निरपेक्ष भयो, यो मलाई थाहा थिएन।' कत्ति हाँस्नु!

हामी जनता पनि वास्तवमै कन्फयूजनमै छौँ। पीकेमा अमिर खान रुमलिए झैँ।

यति लामो समयसम्म नजुटेको सहमति कसरी जुट्न सक्छ त, केही दिनमै? पीकेको स्टोरीसँगै डेभ्लप भएको डायलग, हाम्रो देशको राजनीतिक संस्कारसँग ठ्याक्कै उल्टोगरी मिल्छ, 'हमारे गोलेमे सब पोलिटिसयन झुट बोलता है।'

अनि पीकेकै अर्को डायलग 'ए रंग नम्बर है' पनि उत्तिकै चोटिलो छ। भगवानसँग प्रत्यक्ष सञ्चार गर्न सक्ने भनेर तपस्वी महाराजले उसको रिमोट राखेको हुन्छ।

तपस्वी झूटा भबिष्यवाणि गरेर सबैलाई अलमल पारिरहेका हुन्छन्। हाम्रा नेताहरुले संविधानसभाको दोस्रो चुनावताका गरेका बाचा अनि यत्रो ताहुर माहुरले पनि माघ ८ मा संबिधान ल्याउन सकेनन् भने हामीले पनि फलानो पार्टीका फलानो नेता 'रङ नम्बर' हो, भनेर भन्ने पालो आउँदैछ।

अर्को छुटाउनै नहुने डायलग मान्छेहरु 'आइ लभ फिस, आइ लभ चिकेन' भन्छन्। त्यसको अर्थ म माछालाई माया गर्छु,म कुखुरालाई माया गर्छु भन्ने होइन। बरु ठ्याक्कै उल्टो 'म माछा र कुखुरालाई मार्छु र खान्छु' भन्ने अर्थ हो।

अर्थात, त्यत्रो शसस्त्र युद्ध गरेर आएको माओवादी राजतन्त्रलाई काखी च्यापेको कांग्रेस, एमाले मधेशवादी पार्टीहरु लगायत आठ राजनीतिक दलहरुसँगको सयुक्त प्रयासमा संविधानसभाको चुनाबमा गए।

४ बर्षमा संविधानसभा तुहियो, विना संविधान। सोझा जनता झुक्किए। त्यतिखेर “आइ लभ संविधानसभा' भनेर दलहरुले भने अनि चुनाब भएपछि 'आइ लभ संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल' पनि भने तर, 'आइ लभ संविधानसभाको चुनाव' भनेको संविधान बनोस् भनेर संविधान निमार्णका लागि हैन रहेछ। संविधानसभा भंग गर्नका लागिरहेछ। अब माघ ८ आउँदैछ। हामी फेरि पनि झुक्किदैछौँ की भन्ने लाग्दैछ।

एयर एसियाको वेपत्ता विमान जाभा सागरमा खसेको आशंका

आइतवार बिहान वेपत्ता भएको एयर एशियाको विमान इन्डोनेशियाको जाभा सागरमा खसेको अनुमान गरिएको छ।


त्यसको खोजीका लागि अहिले समुद्रमा इन्डोनेशिया तथा सिंगापुरका फौँजी विमानहरू परिचालन गरिएको छ।

आइतबार बिहान इन्डोनेसियाबाट सिङ्गापुरतर्फ उडेको एयर एसियाको एक विमान बेपत्ता भएको थियो। सो विमानमा चालकदलका सदस्यसहित १६२ जना यात्रु सवार रहेका जनाइएको छ।

पूर्वी जाभा प्रान्तको सुराबायास्थित ज्वान्डा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयाअनुसार आइतबार बिहान ५:३० बजे सो विमान उडेको बताइएको छ।

उक्त विमानसँग आइतबार स्थानीय समयअनुसार ८.५५ मा सम्पर्कविहीन भएको इन्डोनेसियाली यातायात मन्त्रालयका प्रवक्ता जे.ए बराताले एएफपी समाचार समितिलाई बताएका छन्।

सो विमान सिङ्गापुरस्थित स्थानीय समयानुसार आइतबार बिहान ८.३० मा पुग्नु पर्ने समयतालिका रहेको पनि जनाइएको छ।

इन्डोनेसियाको हवाई यातायातका महानिर्देशक दजोको मुर्जात्मोद्जोले सो विमानमा सात चालक दलका सदस्य र १५५ जना यात्रु रहेका र ती मध्ये १७ जना बालबालिका रहेका बताएका छन्।

स्थानीय टेलिभिजन च्यानल मेट्रोका अनुसार सो विमानमा १४९ जना इन्डोनेयाली, तीन जना दक्षिण कोरियाली, एक ब्रिटिस, र एक मलेसियाली नागरिक रहेका जनाइएको छ।

हिन्दी चलचित्र ‘पीके’ बहिष्कार गर्न बाबा रामदेवको अपील

योग गुरु बाबा रामदेवले अमिर खान अभिनित चलचित्र ‘पीके’लाई बहिष्कार गर्न अपील गरेका छन् ।


एक टेलिभिजनसँग कुरा गर्दै रामदेवले अहिले कोही व्यक्ति हिन्दु धर्मविरुद्ध आपत्तिजनक रूपमा आएको भन्दै त्यसलाई बहिष्कार गर्नुपर्ने बताएका हुन् ।

अमिर खानको चलचित्रविरुद्ध देशैभरी एफआइआर दर्ता भएको भन्दै रामदेवले हिन्दु धर्मावलम्बीहरुलाई ‘पीके’ विरुद्ध उत्रन आह्वान गरेका हुन् ।

आमिर खानप्रति इङ्गित गर्दै उनले भने-‘यती ठूलो मानिस आपत्तीजनक रुपमा हिन्दु देविदेवताहरुको विरुद्धमा उत्रिएर आनन्दित देखिएका छन् ।

चलचित्र ‘पीके’विरुद्ध पहिलो पटक यस्तो आवाज सुनिएको भने होइन । यसअघि पनि यो चलचित्रले धर्मको चर्को आलोचना गरेको भन्दै भारतका विभिन्न स्थानमा एफआइआर दर्ता भएका थिए ।

तर, राजकुमार हिरानीको निर्देशन र अमिर खान, अनुष्का शर्मा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बक्स २ सय करोडमाथि व्यापार गरिसकेको छ ।