Wednesday, December 24, 2014

पुरुषले महिलाको कुन अंग बडी मन पराउँछन् ?

पुरुषहरु महिलाको वक्षस्थल मन पराउँछन् की नितम्ब ? सायद यो प्रश्नको ठ्याक्कै भन्न सकिने जवाफ छैन, किनकी महिलाका अंगहरुप्रतिको पुरुषको आकर्षण व्यक्तिपिच्छे फरक हुन सक्छ ।


महिलाका यौन सम्बद्ध अंगहरुप्रति पुरुषणको आकर्षण वा रोजाइको खोजी गर्ने क्रममा एउटा रोचक तथ्य फेला परेको छ ।

पोर्न साइट पोर्न हब तथा युपोर्नले एक संयुक्त अध्ययन गरेर विश्वका कुन देशका पुरुषले महिलाको कुन अंग मन बढि मन पराउँछन् ? भन्ने रोचक तथ्य सार्वज्निक गरेका छन् ।
दुबै पोर्नसाइटमा प्रयोगकर्ताले सर्च गर्ने पोनोग्राफी सामाग्रीहरुको विश्लेषण गरी यस्तो तथ्य तयार पारिएको हो ।

अध्ययन अनुसार पृथ्वीको उत्तरी गोलार्धका पुरुषहरुले महिलाको वक्षस्थललाई पहिलो रोजाइमा पार्छन् भने दक्षिणी गोलार्धका पुरुषहरु महिलाको वक्षस्थल भन्दा नितम्बप्रति बढि आकषिर्त हुन्छन् ।

तथ्यांक अनुसार अकाका सबैजसो देशमा महिलाको नितम्ब नै पहिलो रोजाइमा पर्ने गरेको छ, इजिप्ट बाहेक । त्यस्तै दक्षिण अमेरिकामा पनि अर्जेन्टिना बाहेक अरु सबै देशमा महिलाको नितम्ब पहिलो रोजाइमा पर्ने गरेको छ ।

मृत्यु भैसकेकी गर्भवती महिलालाई डाक्टरहरुले जिउँदै राखे

मस्तिष्कको मृत्यु भैसकेकी एक गर्भवती महिलालाई अस्पतालले मर्न नदिएर जिउँदै राखिरहेको छ । ती महिलाका अभिभावकको इच्छा विपरित अस्पतालले १७ हप्ताको गर्भ पेटमा बोकेकी ती मृत महिलालाई जिउँदो बनाएर राखेको हो ।

घटना आयरल्याण्डको हो । नाम नखुलाइएकी ती महिलाको उमेर झण्डै २५ वर्ष रहेको बताइएको छ । आन्तरिक रक्तश्रावका कारण ती युवती दुइ हप्ता अगाडि मुलिंगारको मिडल्याण्ड क्षेत्रिय अस्पतालमा भर्ना भएकी थिइन् ।
अस्पतालको अथक प्रयासका बाबजुत उनलाई बचाउन सकिएन । उनको मस्तिष्क मृत बनिसकेपछि उनलाई मृत घोषणा गर्नुपूर्व डाक्टरहरुले पेटमा रहेको १७ हप्ताको बच्चाको बारेमा सोँचे । महिलाको मस्तिष्क मरिसकेको भएपनि उनको जिउका अन्य अंगहरुले तत्काल काम गरिरहेको हुँदा पाठेघरमा रहेको शिशु जिउँदै थियो । यदि ती महिलालाई पूर्ण रुपमा मर्न दिएमा बच्चाको पनि ज्यान जान्थ्यो र २४ हप्ता भन्दा कम उमेरको भ्रुणलाई पाठेघर बाहिर ल्याएर बचाउन पनि सकिँदैनथ्यो । त्यस्तो कठीन परिस्थितिमा डाक्टरहरुले पेटको बच्चालाई बचाउनु अहम् कुरा ठाने र उनलाई भेन्टिलेटरमा राखेर जिवनदायिनी पदार्थ दिएर बच्चाका लागि जिउँदै राखिएको आइरिस इण्डिपेन्डेन्टले जनाएको छ ।
यद्यपि ती महिलाका बुवा आमाले भने छोरीको मृत्यु भैसकेपछि पनि त्यसरी बँचाइराख्न नहुने भनेका थिए । तर परिवारका अन्य सदस्यले भने महिलालाई जिउँदै राख्न आग्रह गरेका थिए ।
आयरल्याण्डको कानूनले मानिसको बाँच्न पाउने अधिकारको डाक्टरहरुले प्रतिरक्षा गर्न पाउने व्यवस्था गरेको छ । साथै त्यहाँको संविधानले आमा र पेटभित्रको शिशुलाई समान रुपमा बाँच्न पाउने अधिकार दिएको छ ।
छोरीलाई आफुहरुको इच्छा विपरित जिउँदै राखिएको भन्दै ती महिलाका अभिभावकहरुले अदालत गुहार्ने तयारी गरेका छन् । मुद्दा अदालत पुग्यो भने आयरल्याण्डको सर्वोच्च अदालतले ती महिलालाई उनको बच्चा नजन्मिउन्जेल जिउँदै राख्ने वा नराख्ने भन्ने बारेमा फैसला गर्ने आयरल्याण्डको चिकित्सा कानून सम्बन्धि एक विज्ञले बताएका छन् ।
बच्चाको ज्यानको रक्षा गर्न मरिसकेकी महिलालाई जिउँदो बनाएर राखेका डाक्टरहरुले अब के गर्ने भन्ने बारेमा वकिलहरुसँग सल्लाह मागिरहेका छन् ।
स्मरण रहोस् महिलाले आफ्नो जिवन रक्षाका लागि समेत गर्भपतन गर्न पाउने वा नपाउने भन्ने विवाद अहिले आयरल्याण्डमा निकै चर्किरहेको छ ।

गोलभेडाको फाईदाहरु जानी राख्नुहोस् !

गोलभेडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ ।


यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । यसले तपाईंको कपालमा कन्डिसनरको काम गरि कपाललाई चम्किलो र नरम बनाउन सहयोग गर्दछ ।

गोलभेडाले तपाईंको छालाको रङलाई सफा गर्दछः 

गोलभेडा स्वास्थको दृष्टिकोणले निकै राम्रो मानिन्छ र जसलाई छालामा पनि प्रयोग गर्न सकिन्छ । यो साँचो हो, यदि तपाईं दैनिक रुपमा गोलभेडाको जुस पिउनुहुन्छ र गोलभेडालाई आफ्नो छालामा रगड्नुहुन्छ भने यसले तपाईंको छालालाई केहि दिनमा नै निखार ल्याउन मद्दत गर्दछ । यो भिटमिन सी को राम्रो स्रोत भएकाले यसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ ।

छालाको समस्यालाई टाढा राख्दछः 
गोलभेडाको बिउको तेलले छालाको अधिकांस समस्याहरुलाई टाढा भगाउन मद्दत गर्दछ । गोलभेडामा भएको तत्वले बढ्दो उमेरको असरलाई कम गर्ने गर्दछ भने यसले फ्रि रेडिकल्ससँग पनि लड्न सहयोग गर्दछ । गोलभेडाको तेलले सोरायसिस र एक्जिमालाई कम गर्ने गर्दछ ।

पोलेको छालालाई पनि राहत प्रदान गर्दछः 
यदि तातो वस्तु अथवा आगोले छालालाई पोलेको खण्डमा गोलभेडाको रसले राहत प्रदान गर्दछ ।

कपालको चाँया कम गर्दछः 
चिसो मौसममा धेरैजसो मानिसहरुको कपालमा चाँयाको समस्या हुने गर्दछ । गोलभेडाले यसलाई हटाउनको लागि मद्दत गर्दछ । यसका लागि तपाईंले गोलेभेडाको गुदीलाई आफ्नो टाउकोमा रगड्नुपर्ने हुन्छ त्यसपछि असर तपाईं आफैँले देख्नुहुन्छ । राम्रो परिणामका लागि यसलाई हप्तामा दुईपटक लगाउनुहोस् ।

गोलभेडाको रसलाई महमा मिसाएर लगाउँदा छाला नरम हुन्छ: 
यदि आफ्नो छालालाई नरम बनाउन चाहनुहुन्छ भने गोलभेडाको रसलाई महमा मिसाएर यसको पेष्ट बनाउनुहोस् । उक्त पेष्टलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटसम्म राख्नुहोस् । सफा पानीले धोएपछि तपाईंको छाला निश्चित रुपमा नरम र चम्किलो हुने गर्दछ ।

Tuesday, December 16, 2014

ब्लाक एण्ड ह्वाइट तस्वीर विश्वको सबैभन्दा महंगो, ६५ करोडमा बिक्यो

अस्ट्रेलियाका एक फोटोग्राफरले विश्वरेकर्ड कायम गरेका छन् । आफ्नो एक तस्वीरलाई ६५ लाख अमेरिकी डलरमा बेच्दै फोटोग्राफर पिटर लिकले सबैभन्दा महंगो तस्वीर खिच्ने मान्छेको किर्तिमान कायम गरेका हुन् ।



भुत’ शीर्षकको उनको तस्वीरले कला जगतमा इतिहास रच्न सफल भएको छ ।
झ्वाट्ट हेर्दा सामान्य देखिने उक्त तस्वीरलाई अमेरिकाको लस भेगासका एक व्यक्तिले ६५ लाख डलर अर्थात् झण्डै ६५ करोड रुपैयाँमा खरीद गरेका हुन् । तस्वीर खरीद गर्नेको परिचय भने खुलाइएको छैन ।

लिकको यो किर्तिमानी तस्वीरसँगै उनका अन्य दुइ तस्वीर पनि निकै महंगो मूल्यमा बिक्रि भएका छन् । उनको इलुजन अर्थात् भ्रम शीर्षकको तस्वीर २४ लाख डलर तथा अनन्त मूड शीर्षको तस्वीर ११ लाख डलरमा बिक्रि भएको फोटोग्राफर लिकको वेबसाइटमा उल्लेख गरिएको छ ।

आफ्नो तस्वीरको उद्धेश्य प्रकृतिको सामाथ्र्यलाई कैद गर्नु र मानिसहरुलाई भावुक तथा तस्वीरसँग जोडिएको अनुभुति हुने तरिकाले प्रेरित गर्नु रहेको फोटोग्राफर लिकले बताएका छन् ।

६५ लाख डलरमा बिकेको उनको फ्यान्टम अर्थात् प्रेत शीर्षकको तस्वीर अमेरिकाको एरिजोनास्थित एन्टिलोप क्यान्योनमा खिचिएको हो । प्रकाशको उत्कृष्ट संयोजनका कारण तस्वीर अद्धितीय बनेको मात्र छैन प्रकाशकै संयोजनले भुतको जस्तो कृत्रिम आकृति समेत निर्माण भएको छ ।

स्मरण रहोस् एन्टिलोप क्यान्योन फोटोग्राफीका शौखिनहरुका लागि निकै चर्चित ठाउँ हो ।
स्मरण रहोस् लिकको यो किर्तिमानी तस्वीरले यसअघिका महंगो तस्वीरका किर्तिमानलाई ठूलो अन्तरले भंग गरिदिएको छ ।

पिटर आफैले सन् २०१० मा १० लाख डलरमा एक तस्वीर बिक्रि गरेर किर्तिमान राखेका थिए ।
विश्वका सबैभन्दा महंगा तस्वीरहरुको शीर्ष २० को सूचिमा पिटर एक्लैका चारवटा तस्वीर परेका छन् ।

चक्लेट खानुहोस् सधैँ जवान रहनुस्

अत्यधिक गुलियो खानाले स्वास्थ्यलाई हानी पुर्याउने कुरा हामीमध्ये सबैलाई थाहा छ । तर यसको सन्तुलित सेवनले स्वास्थ्यलाई पुर्याउने फाइदाको बारेमा हामीमध्ये धेरैलाई थाहा नहोला ।


एक नयाँ सोधका अनुसार गुलियो व्यञ्जनले बुढ्यौलीलाई सुस्त गर्नुका साथै रक्त संचारलाई राम्रो बनाएर तपाईंलाई सधैँ खुसी राख्न मद्दत गर्दछ । डेली मेलका अनुसार, नयाँ वर्ष आउँदैछ त्यसकारण हरेकको आँखा चकलेटमा केन्द्रित छ त्यसकारण बिना संकोच चकलेटको आनन्द लिनुहोस् किनभने विभिन्न ब्रान्डबाट गरिएको शोधले चकलेटले तपाईंको शरिरमा सकारात्मक असर पुर्याउने निष्कर्ष निकालेको छ । चकलेटका फाइदाको बारेमा थाहा पाऔँः चकलेटमा कोकोआ हुन्छ जसमा ‘फ्लावानल’ नामक एन्टिअक्सिडेन्ट हुने गर्दछ जसले रक्त संचार सुचारु गर्न सहयोग गर्दछ ।

चकलेटमा जति धेरै कोकाआ हुन्छ त्यति नै यो तपाईंको स्वास्थ्यको लागि फाइदा हुने गर्दछ । ब्रेन पावरः वैज्ञानिकहरुका अनुसार तपाईं जति मात्रामा फ्लावानले भरिपूर्ण कोकाआको सेवन गर्नुहुन्छ तपाईंको मानसिक क्षमतामा त्यति नै धेरै वृद्धि हुने गर्दछ । बुढ्यौलीको गतिमा ह्रासः छालालाई तन्काउने खालको प्रोटिन कोकोआले भरपूर चकलेटमा पनि पाइने गर्दछ ।

खुसी बनाउँछः वैज्ञानिक पत्रिका न्यूट्रिशनल न्यूरोसाइन्सका अनुसार चकलेटले तपाईंको मुडलाई राम्रो बनाइराख्छ र यसले डिप्रेसनलाई पनि कम गर्ने गर्दछ । कोलेस्ट्रोलको कमीः उच्च कोकोआयुक्त चकलेट खाँदा कोलेस्ट्रोल मात्र कम हुँदैन, यसले रक्तचाप पनि कम गर्ने गर्दछ । तौल घटाउँछः एक अध्ययनका अनुसार चकलेटको सेवनले तौल बढाउने प्रकारको भोजनको इच्छामा कमी गरिदिन्छ जसले तपाईंको तौल नियन्त्रित हुने गर्दछ ।

मेवा खानु स्वस्थको लागी फाइदै फाइदा

मेवा एक स्वादिलो तथा स्वास्थ्यवर्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधिय गुणले युक्त हुन्छ ।

मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ । आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ ।


मेवाको सेवनले पाचन सम्बन्धि जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ ।

मेवामा भिटामिन ए तथा पपाइन तत्व पाइन्छ । यसले अन्य फाइदका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउँछ । पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ ।

मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ । मेवामा प्रसस्त पोटासियम पाइन्छ । त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ । कब्जियतले सताउने मानिसलाई पनि मेवा फाइदाजनक हुन्छ । यसमा प्रसस्त फाइबर हुने भएकाले अपच तथा कब्जियतको समस्या कम गर्छ भने पाचन प्रक्रियालाई नियमित गर्न सहयोग गर्दछ । महिनावारी अनियमित हुने तथा महिनावारीका बेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ । तर असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ । यसले क्यारोटेनेमिया भन्ने रोग लाग्नसक्छ । जसका कारण हात खुट्टाको छाला बढि पहेँलो बन्दछ । 

आर्मी स्कूलमा तालिवानद्वारा आक्रमण, १२६ जनाको मृत्यु

पेशावर, पुस १ – पाकिस्तानको पेशावर सहरमा रहेको एक सेनाद्वारा सञ्चालित स्कूलमा तालिवानले आक्रमण गर्दा कम्तिमा १२६ मा मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।


५–६ जना आतंकवादीहरुले स्कूलमा प्रवेश गरेका थिए । ५ जना सुरक्षाफौजको कारवाहीमा मारिएका छन्, जसमध्ये एक जना भने आत्मघाती विस्फोटमा मारिएको अधिकारीहरुले बताएका छन् । सेनाले स्कुलमा रहेका ५ सयमध्ये धेरैलाई सकुशल उद्धार गरिएको बताएको छ । यद्यपि, अझै कति जना बन्धक छन् भन्ने यकिन हुन सकिरहेको छैन ।


यो हमला पाकिस्तानमा भएका धेरै हमलामध्ये निकै भयानक मानिएको छ ।
यस घटनामा बालबालिका मारिनुले सबैलाई स्तब्ध बनाएको छ ।
पछिल्ला केही वर्षमा हजारौं पाकिस्तानीहरुले हिसांत्मक द्वन्द्वमा ज्यान गुमाएका छन् ।
बिबिसीका अनुसार आफूहरुमाथि चलाइएको सेनाको कारवाहीको जवाफमा यो हमला गरेको जवाफ तालिवानका एक प्रवक्ताले दिएको छ ।


पछिल्लो समय उत्तरी वजिरिस्थानमा पाकिस्तानी सेनाले गरेको कारवाहीमा सयौं तालिवानी लडाकुहरुको ज्यान गएको छ ।
हमलामा घाइते हुनेमध्ये धेरै आत्मघाती बम विस्फोटबाट भएका हुन् । मारिनेमा कम्तिमा ८० जना बालबालिका रहेका छन् ।

हमला पाकिस्तानी स्थानीय समय अनुसार १० बजे सुरु भएको थियो । स्कूलमा कर्मचारी मुसाधिर अवानका अनुसार उनले ६ जनालाई स्कूलको पर्खाल चढेर हामफाल्दै गरेको देखेका थिए ।
रोयर्टर्ससँग कुरा गर्दै उनले ‘शुरुमा आफूलाई ती कुनै केटाकेटीहरु खेल खेलिरहेको जस्तो लागेको तर पछि उनीहरुसँग ठूलो मात्रामा हतियारहरु देखेको’ बताएका थिए ।

उनीहरुले गोलीबारी शुरु गर्ने बित्तिकै हामी स्कूलको कक्षाकोठा भित्र छिर्यौं, उनले भने, ‘तिनीहरुले कक्षाकोठामा छिर्दै बालबालिकाहरुलाई मार्दै गए ।’
स्कूलका एक अन्य कर्मचारी र विद्यार्थीले जयो टिभीसँग कुरा गर्दै आक्रमणकारीहरु आर्मीको पब्लिक स्कूलको अडिटोरियममा छिरेका थिए जहाँ आर्मीको एक टोली विद्यार्थीहरुलाई प्राथमिक उपचारबारे तालिम दिइरहेका थिए ।

स्थानीयका अनुसार उनीहरुले विद्यार्थी र शिक्षकहरु कराइरहेको आवज बाहिरसम्म सुनेका थिए । मर्नेमा शिक्षक/शिक्षिकाहरुका साथी सेना पनि रहेका छन् ।
सेना र आक्रमणकारीबीच लामोसमय भिडन्त चलेको थियो ।
घाइतेहरुलाई एम्बुलेन्समा राखेर नजिकैको अस्पतालमा लगिएको छ भने पेशावरका मुख्य सडकलाई बन्द गरिएको छ ।

स्थानीय लेडी रिडिङ अस्पतालका एक डाक्टरका अनुसार अस्पतालमा ल्याइएका विद्यार्थीहरु मध्ये अधिकाशंको स्थिति चिन्ताजनक रहेको छ । विद्यार्थीहरुका अभिभावकहरु अस्पताल बाहिर आफ्नो बालबालिकाको स्थिति बुझ्न भीड लागएका बसिरहेका छन् । आँशुले भरिएका आँखाले आफ्नो छोराछोरीलाई खोजिरहेका छन् ।

स्कूल पेशावरको मिलिटरी क्यान्टोनमेन्टको छेउमा रहेको छ । आक्रमणमा पर्ने धेरै सेनाका छोराछोरी रहेका छन् । धेरै जना १६ वा त्यो भन्दा कम उमेरका रहेका छन् ।
पाकिस्तानका प्रधानमन्त्री पेशावर आइपुगेका छन् र उनले यसलाई राष्ट्रिय शोकको घडी भएको बताएका छन् ।
पाकिस्तानका विपक्षी दलका नेता इमरान खानले यसलाई क्रुर बर्बरताको संज्ञा दिएका छन् ।
बिबिसी

Monday, December 15, 2014

गर्भनिरोधक औषधीका साइड इफेक्टहरु थाहा पाई राख्नुहोस् !

हर्मोन आधारित गर्भ निरोधक औषधीको साइड इफेक्ट हुन थालेमा चिन्ताको विषय बन्ने गर्दछ । हुन त गर्भ निरोधक औषधीको कुनै पनि गम्भीर प्रकारको साइड इफेक्ट त हुँदैन तर यसले महिलाहरुलाई केहि न केहि असर पुर्याइरहेको हुन्छ ।


गर्भवतीबाट हुन बचाउने गर्भ निरोधक औषधीको प्रयोग गर्नुभन्दा पहिले आफ्नो डाक्टरसँग यसको विषयमा सल्लाह गर्न नबिर्सिनुहोस् । गर्भ निरोधक औषधी थुप्रै पटक कष्टप्रद हुने गर्दछ किनभने यसले महिनावारी अनियमित बनाउनुका साथै यसको प्रयोगले महिनावारी हुँदा अत्यधिक रक्तश्राव हुने गर्दछ । गर्भनिरोधक औषधीको साइड इफेक्ट निम्न प्रकारका छन्ः

१. टाउको दुखाईः यदि तपाईंले गर्भनिरोधक औषधीको सेवन गर्न सुरु गरिसक्नु भएको छ भने यसलाई लामो समससम्म नलिनुहोला । गर्भनिरोधक औषधीको सबैभन्दा सामान्य साइडइफेक्ट टाउको दुखाई हो । थुप्रै लक्षणहरु उक्त पिल्समा पाइने एस्ट्रोजनको कारणले पनि हुने गर्दछ । यदि तपाईं यसबाट छुटकारा पाउन चाहनुहुन्छ भने यसको विकल्प खोज्न सुरु गर्नुहोस् ।

२. वाकवाकीः गर्भनिरोधक औषधीलाई हर्मोनल बर्थ कन्ट्रोल मेथड मानिन्छ । महिलाहरुलाई ओभ्युलेसनलाई रोक्नका लागि यसमा एस्ट्रोजन र प्रोजेस्टरोन राखिएको हुन्छ । यस्ता पिल्समा भएको हर्मोनका कारण थुप्रै पटक महिलाहरुले दीर्घरोगको पनि सामना गर्नुपर्ने हुन्छ ।

३. असामान्य रक्तश्रावः धेरैजसो महिलाहरु जब पहिलोपटक गर्भनिरोधक औषधी खाने गर्दछन् तब उनीहरुले महिनावारीको दौरान असामान्य रक्तश्रावको सामना गर्नुपर्ने हुन्छ ।

४. स्तनमा दुखाईः जब तपाईं गर्भनिरोधक औषधी खान सुरु गर्नुहुन्छ तब तपाईंको स्तनमा पिडा हुन्छ भने ठूलो पनि हुने गर्दछ । तपाईं क्याफिन अथवा नुनको सेवन अथवा सजिलो खालको ब्रा को प्रयोग गरेर दुखाईलाई कम गर्न सक्नुहुन्छ । जो महिला लामो समयदेखि यस्ता पिल्स खाइरहेका छन्, उनीहरुले डाक्टरको परामर्श लिइरहनुपर्ने हुन्छ । यदि तपाईंको छातीमा दुखाई, उच्च रक्तचाप, स्तन क्यान्सर, सास फेर्दा समस्या, पेटमा अत्यधिक दुखाई भएमा तुरुन्त डाक्टरको सल्लाह लिन आवश्यक छ ।

५. यौन रुचीमा कमीः हुन त यौनसम्पर्कमा अरुची हुने कारण थुप्रै हुन्छन् तर गर्भनिरोधक औषधीमा पाइने हर्मोनले यसको सम्भावनालाई अझ बढाउने गर्दछ । यस्ता साइड इफेक्टको बारेमा पहिले नै जानकार भई यसको प्रयोगमा सावधान रहनुहोला । 

Sunday, December 14, 2014

जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि १० आहाराहरु

जाडो महिना सुरु भइसकेको छ । विशेषगरी आज राजधानी लगायतका विभिन्न स्थानहरुमा वर्षा भएसँगै चिसो अत्यधिक बढेको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो बनाउनु आवश्यक छ ।

जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता रोगहरुले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले यस्तो आहार खानु आवश्यक छ जसले तपाईंको प्रतिरक्षा प्रणालीलाई बलियो राख्न मद्दत गर्दछ । प्रतिरक्षा प्रणाली हरेक जीवको शरिर भित्र हुने त्यस्तो जैविक प्रक्रियाको एउटा संग्रह हो जसले कुनै पनि रोगको कोशिकाहरुलाई चिनेर मार्ने काम गर्दछ र उक्त जीवलाई रोग लाग्नबाट बचाउने गर्दछ । चिसो मौसममा तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता आहाराको सेवन गर्नुपर्ने हुन्छ । यी आहाराको सेवनले तपाईंको शरिरलाई तातो राख्नुका साथै शरिरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।

१. च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।

२. लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।

३. चिकन सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।

४. पालुङ्गोः पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।

५. गाजरः चिसो मौसममा गाजरलाई आफ्नो डाइटमा पक्कै पनि समावेश गर्नुहोस् । यसले शरिरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।

६. कोकोः काँचो कोको विन्सले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्दछ । यदि तपाईं यसको सट्टा कोको फ्लेभरको चकलेट खानुहुन्छ भने यसले केहि काम गर्दैन ।

७. मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।

८. अदुवाः चिसो मौसममा अदुवाले पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।

९. दहीः दहीमा निकै स्वस्थ ब्याक्टेरिया पाइने भएकोले यसले तपाईंको पेटलाई निकै फाइदा पुराउँछ । चिसो मौसममा तपाईंले चिसो दहीको सट्टा तातो दही खानुहोला ।

१०. चियाः चिसो मौसममा हर्बल टी पिउनुहोस् । जो मानिसहरु चिसो मौसममा चिया पिउँछन् उनलाई हत्तपत्त कुनै पनि रोगले छुँदैन ।

कपाल किन फुल्छ, के उमेरकै कारणले कपाल फुल्छ त ? यो पढ्नुहोस् !

के तपाईँले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ?


अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर बढ्दै गएपछि हाम्रो कपालको रंग पनि आफैं बद्लिन्छ । पहिले कालो रङ्ग भएको कपाल पछि फुलेर सेतै हुने गर्छ । आखिर यस्तो किन हुन्छ ? के हाम्रो उमेरकै कारणले हाम्रो कपाल फुल्छ त ?

यो प्रश्नको उत्तर जान्नुभन्दा पहिले हाम्रो कपालको बारेमा केही कुरा जान्न जरुरी छ । हाम्रो टाउकोमा रहको कपाललाई साफ्ट (पाइप) र जरा गरेर दुई भागमा बाँड्न सकिन्छ । साफ्ट भनेको हाम्रो टाउकोको बाहिरी भागमा देखिने कपालको रङ्गिन भाग हो । कपालको जरा चाहिँ हाम्रो टाउकोको भित्री भागमा रहेको हुन्छ । यसले कपाललाई अडाए राख्ने काम गर्छ ।

कपालको जरालाई फलिकल (follicle) ले घेरेको हुन्छ । तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ? हाम्रो कपालको जरामा रहेको हरेक फलिकलमा निश्चित मात्रामा पिग्मेन्टहरु हुन्छन् । यस्ता पिग्मेन्टहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन् ः गाढा (eumelanin) र हल्का (phaeomelanin) । यी पिग्मेन्टहरुले मेलानिन नामक रसायन पैदा गर्छ । यही रसायनकै कारणले गर्दा हाम्रो कपालको रङ्ग सेतो नभएर विभिन्न खाले रङ्गको हुने गर्छ ।

यो रसायन हामी जन्मेदेखि नै बनिन थाल्छ । कपालको रङ्ग कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कपालको साफ्टमा मेलालिनको फैलावटको मात्रामा भर पर्छ । साफ्टमा जति धेरै मेलानिन हुन्छ, त्यति नै हाम्रो कपालको रङ्ग गाढा हुन्छ । यसको मात्रा कम भयो भने हाम्रो कपालको रङ्ग खैरो अथवा हल्का रङ्ग भएको हुन्छ । मेलानिनले नै घाममा परेपछि हाम्रो छालाको रङ्ग पनि निर्धारण गर्ने काम गर्छ । मेलानिन मेलानोसाइट नामक विशेष पिग्मेन्टबाट बनेका हुन्छन् । तिनीहरु हाम्रो छालाको कपाल निक्लने भाग (फलिकल) मा रहेका हुन्छन् ।

एउटा फलिकलबाट एउटैमात्र कपाल बढ्ने गर्छ । हाम्रो कपाल मुख्य रुपमा तीन चरण गरेर बढ्ने गर्छ । ती निम्न रहेका छन् ः १) एनाजिन ः यो सबैभन्दा सुरुको चरण हो । यो २ देखि ७ वर्षको अवधिसम्म चलिरन्छ । यो चरणमा हाम्रो कपाल निकै छिटो गतिको साथ बढ्ने गर्छ । हाम्रो कपालको ८०–८५ प्रतिशत कपाल यही चरणमा पलाउने गर्छ । २) क्याटाजिन ः यो चरणमा भने हाम्रो कपालको बढ्ने प्रक्रिया रोकिने गर्छ । यो चरण १० देखि २० दिनको छाटो समयको मात्र हुन्छ । ३) टेलोजिन ः यो चरणपछि हाम्रो कपालको बढ्ने प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ ।

यही चरणमा हाम्रो कपालको फाइबर पनि झरेर जान्छ । यो चरण १०० दिनसम्म चल्छ । यो चरण पछि फेरि सुरु कै एनाजिन चरण दोहोरिन्छ । टाउकोमा कपाल बनेपछि मेलानोसाइटले केराटिन नामक प्रोटिन हाम्रो छालामा पठाउँछ । यही केराटिन प्रोटिन कै कारणले नै हाम्रो नङ्ग, छाला र कपाल बनिन्छ । वर्षैभरि मेलानोसाइटले हाम्रो कपालमा केराटिन पठाउँछ । यसैले गर्दा पनि हाम्रो कपालमा रङ्ग आउन थाल्छ । हामी बुढो भएपछि हाम्रो कपालको फलिकलमा रहेको पिग्मेन्ट विस्तारै मर्दै जान्छ ।

जब त्यहाँ पिग्मेन्टको मात्रा घटेर निकै कम हुन्छ, हाम्रो कपालममा मेलानिनको मात्रा पनि कम हुन्छ । अनि विस्तारै हाम्रो कपालको रङ्ग हल्का हुँदै खैरो हुन्छ । जति धेरै बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ । धेरै बुढो भएपछि हाम्रो कपालको रङ्ग पुरै सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ । कपाल फुल्ने विभिन्न कारणहरु सन् २००५ को फेब्रुवरीमा हवार्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कपाल फुल्ने विभिन्न कारणहरुका बारेमा एउटा लेख प्रकाशित गरेका थिए ।

जसमा उनीहरुले हाम्रो जीन (Gene) ले पनि हाम्रो कपाल कहिले फुल्छ भन्ने कुराको निर्धारण गर्छ भनेर उल्लेख गरेका थिए । कोही मानिसको कपाल छिटै फुल्छ छ त कसैको धेरै ढिलो फुल्ने गर्छ । हजुरबुबा वा हजुरआमाको कपाल फुल्ने समयको अध्ययन गरेर छोराछोरी वा नातानातिनाहरुको कपाल फुल्ने उमेरको अनुमान गर्न सकिन्छ । किनभने बाबु बाजेको जीन उनीहरुको सन्ततिमा भेटाउन सकिन्छ ।

उदाहरणका लागि क्वकासियन समूहका महिलाहरुको कपाल ३५ वर्षको उमेरमा फुल्छ । कपाल फुल्ने प्रक्रिया निकै लामो हुन्छ । हामीले पहिलो सेतो कपाल भेटेको धेरै वर्षपछि मात्र पुरै कपाल फुल्ने गर्छ । जीनको साथसाथै अन्य थुप्रै कारणहरुले हाम्रो कपाल फुल्ने कुराको निर्धारण गर्छ । कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ । रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ ।

चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसकोभन्दा चाँडै फुल्छ । चुरोट खाने मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । त्यही भएर तिनीहरुको कपाल अलिक चाँडै फुल्ने गर्छ । क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरुका कारण पनि कहिलेकाहीँ हाम्रो कपाल फुल्ने गर्छ । त्यसबाहेक, प्रदुषणका कारण पनि चाँडै कपाल फुल्ने गर्छ । पहिले मानिस तर्सियो भने पनि कपाल फुल्छ भनेर विश्वास गरिन्थ्यो । तर यो अन्धविश्वास मात्र हो । यसमा कुनै वैज्ञानिक सत्यता छैन ।