Thursday, December 11, 2014

यु ट्युबमा तहल्का मच्चाइरहेको वक्षनाच, फेरि क्रिसमसको उपहारस्वरुप अर्को वक्षनाच (भिडियो सहित)

वक्षस्थलको आकार तथा टाटुका कारण मात्र होइन आफै हल्लाउन सक्ने स्वचालित वक्षस्थल भएका कारण सुन्दरी तथा सेक्सी अमेरिकी मोडेल सारा एक्स मिल्स चर्चित छिन् ।


एक लोकप्रिय पश्चिमा संगीतमा ताल मिलाउँदै उनले गरेको वक्षनाच (बुब्स डान्स) को भिडियोले यु ट्युबमा अझैपनि तहल्का मच्चाइरहेको छ ।
तर उक्त वक्षनाचको तातो सेलाउन नपाउँदै साराले क्रिसमसको उपहारस्वरुप अर्को वक्षनाचको प्याकेज ल्याएकी छिन् ।

३६ डी डी को आकारका वक्षस्थलवाला साराले चर्चित बालगीत जिंगल बेल्सको धूनमा आफ्ना स्तन मज्जाले नचाएकी मात्र छैनिन् बेलाबेलामा लजालु मुस्कान समेत छर्दै मदहोस पार्ने प्रयास गरेकी छिन् ।



आउँदै गरेको क्रिसमसलाई झनै यादगार बनाउने भन्दै फेस्टिभ मूडमा रहेकी २७ वर्षीया साराले जिंगल बेल्सको धूनमा आफ्ना वक्षस्थल नचाएको भिडियो अहिले यु ट्युबमा भाइरल बनिरहेको छ । क्रिसमसको टोपी तथा बिकिनी मात्र लगाएकी साराको भिडियो २ दिनमै ४६ लाखभन्दा बढिले हेरिसकेका छन् ।

दिउँसो चोर्ने, राति गर्लफ्रेन्डलाई टिप्स दिने

२५ मंसिर, काठमाडौं । राजधानीमा ‘दुले चोर’को बिगबिगी बढेको छ । ढोका ढप्काएर एकैछिन कतै जानुहुँदैन, कोठामा चोर पसिहाल्छ । झ्याल खुल्ला राखेर सुत्यो कि बित्यो !


राजधानीजस्तो सुरक्षित भनिएको ठाउँमा दिनदहाडै ढोका फोरेर चोरी हुने क्रम बढेको छ । गरगहना, नगद, प्यापटप र मोबाइलदेखि जे भट्यो, त्यही उठाएर हिँड्ने चोरले काठमाडौंबासीलाई हैरान पारेका छन् । नयाँ बनाउँदै गरेको घरबाट तारसमेत चोरी हुने गरेको प्रहरीमा उजुरी परेको छ ।

आखिर कस्ता होला यी दुले चोरहरु ? विभिन्न चोरीका घटनामा संलग्न चारवटा समूहका १३ जना ‘दुले चोर’लाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले पक्राउ गरेको छ । पक्राउ परेका धेरैजसो १७/१८ वर्षका केटा छन् भने तीनजना चाँहि ११ वर्षे नाबालक समेत फेला परेका छन् ।

दिनभरि चोर्ने, राति गर्ल्डफ्रेण्डलाई टिप्स दिने

चोरीमा संलग्न एउटा समूहका सदस्यहरुले चोरी गरेर ल्याएको रकम क्याविन रेष्टुँराका केटीहरुलाई गर्ल्डफ्रेण्ड बनाएर टिप्स दिने गरेको खुलेको छ ।
महाशाखाका अनुसार सुवास नेपालीको समूहका १० जना पक्राउ परेका छन् । उक्त समूहका नाइके दोलखा गरौमुदी ४ मिर्गीका सुवास १७ वर्षका छन् । उनको समूहका ७ जना काठमाडौं ३१ स्थित बसपार्कबाट र तीनजना कटारीबाट पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार गत जेठमा चोरी गर्दागर्दै बानेश्वरबाट पक्राउ परेका सुवास १४ हजार धरौटीमा छुटेका थिए ।
यो समूहले दिउँसो मानिस नभएको मौका छोपी फलामको रडले ढोकाको ताला फुटाउने र चोरी गर्ने गरेको महानगरीय प्रहरीले जनाएको छ ।

चोरेका सामान प्रहरीलाई बिक्री

हनुमानढोका प्रहरीले गरेको अनुसन्धानका क्रममा चोर र पुलिसवीच व्यापारिक कारोबार हुने गरेको पाइएको छ ।
चोरहरुले शिद्धकाली गणमा दरबन्दी भई युएन शान्ति स्थापनार्थ तालिम केन्द्र ककनीमा कार्यरत सशस्त्र प्रहरी जवान अजय पुरीलाई चोरीका सामान भन्दै सस्तोमा एकमुष्ठ बेच्ने गरेको हनुमानढोकाले पत्तो लगाएको छ ।
उनीहरुका साथबाट प्रहरीले सुनको गरगहना ७ तोला, चाँदी ८ तोला, चार थान ल्यापटप, तीन थान क्यामेरा, १३ थान मोबाइल र ७ हजार नगद बरामद गरेको छ । प्रहरीले उनीहरुको साथबाट खकुरी, ढोकाको ताला तोड्ने रड र सुन जाँच्ने ढुंगा समेत बरामद गरेको छ ।

गेष्ट हाउसमा बस्ने, ट्याक्सीमा हिँड्ने

प्रहरीका अनुसार दुई महिनादेखि बसपार्कको स्वागतम गेष्ट हाउसमा बस्दै आएको सुवासको टोली बिहान ९ बजेपछि ट्याक्सी चढेर विभिन्न स्थानमा चोर्न जान्थ्यो ।
सवासको समूहका चोरहरुले क्याविन रेष्टुराँमा केटीलाई गर्ल्डफ्रेड बनाउने र साँझ परेपछि चोरी गरेर ल्याएको पैसा टिप्स दिने गरेको प्रहरीको भनाइ छ । उनीहरुले १७ वटा घरका कोठामा चोरी गरेको र ४४ लाख ८४ हजार ४९९ बराबरको धनमाल चोरी गरेको उजुरी अपराध महाशाखामा परेको छ ।

चप्पल कारखानामा अर्को टोली

महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न कुमार नेपालीलाई चप्पल कारखानाबाट पक्राउ गरेको छ । उनको समूहका अन्य दुई सदस्य भने फरार छन् ।
कुमारको समूहले निर्माण हुँदै गरेको घरको तार चोर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनीहरुले घरमा चोरी गर्ने क्रममा रडले ताला फोड्ने गरेका थिए । यो समूहले सात ठाउँबाट २ लाख बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।

भैंसेपाटीको चोर मोटरसाइकलमा

ललितपुरको भैंसेपाटी, नक्खुलगायतका क्षेत्रमा भएको चोरीमा संलग्न समूह सीतापाइलाबाट पक्राउ परेको छ । पक्राउ पर्नेमा दोलखाका गोकर्ण भन्ने सुनिल श्रेष्ठ र भोजपुरका लाले भन्ने लालबहादुर विश्वकर्मा छन् ।
सुनिल यसअघि पनि चोरीको मुद्दामा जेल परेका थिए भने । पाँचवटा चोरी मुद्दामा उनी फरारको सूचीमा थिए । सुनिल र लालबहादुरको समूहले ५ लाख बढीको चारी गरेको अनुसन्धानबाट खुल्न आएको अपराध महाशाखाले जनाएको छ ।

सुरुमा गाउँका साथीसँग मिलेर चोरी गरेका सुनिलले अहिले भने नयाँ नयाँ व्यक्तिलाई साथमा लिने परेको प्रहरीले बताएको छ । चोरीका लागि जाँदा उनी मोटरसाइकल प्रयोग गर्थे भने सुराकीका रुपमा नजिकका मानिसलाई प्रयोग गर्ने गरेको देखिएको छ ।
उनीहरुका साथबाट प्रहरीले ल्यापटप, आइप्याड, बा ३७ प ९४२६ नम्बरको मोटरसाइकल र ३ हजार ८ सय ४० नगद बराबद गरेको छ ।

फुच्चे चोरलाई सम्झाएर छाडियो

काठमाडौंमा हुने चोरीमा नावालकहरु पनि संलग्न देखिएका छन् । खासगरी ताला नलगाई वरपर गएका बेला उनीहरुले चोरी गर्ने गरेको प्रहरीले बताएको छ ।
चोरीमा संलग्न ११ वर्षका तीनजना बालक पक्राउ परेका छन् ।लागू औषध खाएर सडक र पाटीमा सुत्ने यो समूहले काठमाडौंका विभिन्न आठ ठाउँमा चोरी गरेको पाइएको छ ।
चोरीमा संलग्न केटाकेटीलाई सम्झाई-बुझाई अभिभावकको जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

Wednesday, December 10, 2014

एक युवती आफ्नै दुध बेचेर क्रिसमसको खर्च जुटाउँदै (भिडियो सहित् )

आउँदै गरेको क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिरहेकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर बिक्रि गरिरहेकी हुन् ।


आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले बताएकी छिन् । चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली एक वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।

उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको छ । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकी छिन् । आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् । उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले सुनाइन् ।



आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने बताएकी छिन् । मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रसस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरिन् ।

स्मरण रहोस् बेलायतमा पैसा कमाउनका लागि आफ्नै दुध बेच्ने हड्सन पहिलो महिला होइनन् । यसअघि एलिसिया मोगाभेरो नामकी महिलाले पनि गहना बनाउने पैसा जुटाउने भन्दै आफ्नो दुध बेचेकी थिइन् ।

Tuesday, December 9, 2014

कस्तो क्यामेराले फोटो खिच्दा सवैभन्दा आर्कषक देखाउँछ ? जानी राखौं !

मानिस राम्रो भएर मात्र तस्वीर राम्रो आउँदैन भन्ने भनाइ नै छ । तस्वीर राम्रो निकाल्नका लागि फोटो खिच्ने मान्छेको सीपका साथै क्यामेराको गुणस्तरले सबैभन्दा ठूलो भूमिका खेल्छ ।


डेटिङ साइट ओके कपिडले आफ्नो साइटमा रहेका मध्ये साढे ५ लाख तस्वीरहरुको विश्लेषण गरी आकर्षक तस्वीरका लागि उत्तम क्यामेराको सूचि निकालेको छ । त्यसक्रममा १ करोड १४ लाख वटा विचार एकिकृत गरिएको उक्त साइटले जनाएको छ ।

तस्वीरको आकर्षण तथा गुणवेत्तामा क्यामेराको ब्राण्डले ठूलो प्रभाव पार्ने निकर्ष निकाल्दै ओ के कपिडले कुन क्यामराले खिच्दा सबैभन्दा राम्रो तस्वीर आउँछ र कुन क्यामराले खिच्दा सबैभन्दा झुर ? भन्ने देखाउन एक ग्राफ नै तयार पारेको छ ।

यस अनुसार क्यामरा जतिधेरै गुणस्तरको तथा जटिल भयो तस्वीरको क्वालिटी उतिधेरै राम्रो हुन्छ । लेन्स परिवर्तन गर्न मिल्ने क्यामेरा जस्तै डिजिटल एसएलआर क्यामेराहरुले खिच्ने तस्वीर सबैभन्दा आकर्षक हुने देखिएको छ ।

त्यसपछि सामान्य खाले प्वाइन्ट एन सुट क्यामराले खिच्ने तस्वीर मध्यमस्तरका हुन्छन् । मोबाइल क्यामराले खिच्ने तस्वीर भने सबैभन्दा न्यून गुणस्तरका हुने देखिएको छ । तर, यसको अपवादको रुपमा प्वाइन्ट एन सुट क्यामराको रुपमा रहेको कोडाकको इजी शेयर क्यामराबाट खिचिने तस्वीर भने ब्लाकबेरी फोनको क्यामराले खिच्ने तस्वीर भन्दा पनि झूर देखिएको छ

ओके कपिडका अनुसार पानासोनिकको माइक्रो फोर/थ्री एस क्यामराले सबैभन्दा आकर्षक तस्वीर खिच्दछ । त्यस्तै क्यानोनको डीएसएलआर आकर्षक तस्वीर खिच्ने मामिलामा तेश्रो स्थानमा छ । सोनी डिएसएलआर चौथो स्थानमा रहेको छ ।


आकर्षक तस्वीर खिच्ने मामिलामा एप्पलको आइफोन १२ औँ स्थानमा रहेको छ । आम उपभोक्ताको अनुभव विपरित सामसुङको फोन भने झुर तस्वीर खिच्ने कोटीमा परेको छ । सबैभन्दा झूर तस्वीर खिच्ने क्यामरामा ब्लाकबेरी फोन क्यामरा परेको छ । त्यस्तै उमेर बढ्दै जाँदा जुनसुकै क्यामराले तस्वीर खिचेपनि तस्वीरको आकर्षण भने घट्दै जाने ग्राफले देखाएको छ ।

सारिकाको ‘कान्छी मट्याङ ट्याङ’

सानो पर्दामा कमेडीका माध्यमबाट चर्चा बटुलेका पुरन थापा अब चलचित्रको निर्देशक बनेका छन् । उनले निर्देशन गरेको चलचित्र ‘कान्छी मट्याङ ट्याङ’ शुक्रबारबाट हलमा लाग्दैछ ।


सानैबाट नायिका बन्ने सपना बोकेर काठमाण्डौ  छिरेकी सारिका केसी चलचित्रको शिर्ष भूमिकामा छिन् । उनलाई जयकिशन बस्नेतले साथ दिएका छन् । कमेडी कथामा बनेको यो चलचित्रले दर्शकलाई २ घन्टा भरपुर मनोरञ्जन दिने पुरनको तर्क छ ।

यही चलचित्रको व्यापारले आफ्नो करिअरलाई महत्वपुर्ण असर पार्ने नव–कलाकार सारिकाको तर्क छ । चलचित्रमा सारिकाले बाँझी महिलाको भूमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा उनी र जयकिशन मिलेर दर्शकलाई हसाँउने छन् ।

पौष २६ गतेबाट हलमा लाग्ने चलचित्रले निर्देशक र नव–कलाकार सारिकाको भविष्य निक्र्यौल गर्नेछ ।

Monday, December 8, 2014

चाँडै परिपक्व हुँदैछन् किशोरीहरू

हिजो आजका बेबी वुमेन अर्थात् बालिका वा किशोरी चाँडै वुमेन अर्थात् महिलामा परिणत हुन उत्सुक देखिन्छन् । जवान देखिने उनीहरूको चाहना थ्रेडिङ गरिएका आँखीभौं, मिलाईएको हेयर स्टाइल, नेलपोलिसले आकर्षक देखिएका मेनिक्योर गरिएका लामा नङहरूले संकेत गर्छन् ।


अंशुकी आमा जब मेकओभरका लागि ब्युटिपार्लर जान्थिन् तब उनी पनि आमाको पछि लाग्थिन् । अंशु पार्लरमा आमाले थ्रेडिङ, वेक्सिङ, मेनिक्योर आदि गराएको ध्यान दिएर हेर्थिन् । अंशु जब १२ वर्षकी भइन् तब आफ्नो जन्मदिनमा उनले आमासित थ्रेडिङ गराउन अनुरोध गरिन् । आमाले हाँस्दै उनलाईर् ब्युटिपार्लर पुर्‍याइन् र भनिन्-'अरू के-के गर्ने इच्छा छ, सबै गराउनू ।' वर्थ डे पार्टीमा जब उनी पूर्ण मेकअपसहित देखा परिन्, तब उनी सबै दृष्टिकोणबाट १२ वर्षकी बालिका देखिन्नथिन् । यसरी अंशुले बेबी वुमेन बन्ने तयारीमा एक चरण पार गरिन् । अंशुको उमेरका अधिकांश बालिकाले आफ्नो आँखीभौं थ्रेडिङ गरी चिटिक्क पारेका छन् । केश पनि ब्लिच गरी रंगीन बनाएका छन् । हिजोआज अधिकांश स्कुले बालिकाको खबर यस्तै छ । अंशु पनि त्यसकै हिस्सा बन्न चाहन्छिन् । उनी अध्ययनशील मनीषाजस्तै आउटडेटेड हुन चाहँदिनन् । मनीषा कक्षाकी सबैभन्दा कम आकर्षक छात्रा हुन् । उनी मात्र पढाइमा अगाडि छिन् । अंशु उनीजस्ती नभै फेसनेबल देखिन चाहन्छिन् जुन उनीजस्ता धेरै बालिकाको चाहना हो ।

यही सोचका कारण १३-१४ वर्षका टिनएजर पनि आफ्नो फेसनेबल र स्टाइलिस देखिने चाहनामा पेडेड ब्रा तथा जिन्सभित्र फिटेड हिप प्याड पेन्टी लगाएको देख्न सकिन्छ । यी सामान आवश्यक नभएर रुचिका हुन् जसको प्रयोगले शरीर उनीहरूको चाहनाअनुरूप नै हेभी देखिन्छ । आफूभन्दा बढी उमेरका पुरुषलाईर् आकषिर्त गर्दा उनीहरूलाईर् आनन्द लाग्छ । त्यसैले १४-१५ वर्षका टिनएजरको २५-२६ वर्षका वयस्क व्यक्ति ब्वाइफ्रेन्ड भए पनि अनौठो मान्नुपर्दैन । हिजोआज सपिङ मलमा आफ्नो उमेरभन्दा बढीका युवकसित हिँडेका थुप्रै बेबी वुमेन देख्न सकिन्छ । जो पूर्णरूपले फेसनेबल अन्दाजमा आफ्नो ब्वाइफ्रेन्डसित आइसक्रिमको माग गरिरहेका हुन्छन् । ब्वाइफ्रेन्ड भने बेबी वुमेनलाईर् हेर्दै आफ्नो पर्स छाम्छन् । यस्ता बेबी वुमेनलाईर् कसैले मूर्ख बनाउन सक्दैनन् । प्रेम त्यसपछि ब्रेकअपको सिलसिला जवान हुँदासम्म दर्जनौं पटक गुजि्रसकेको हुन्छ । उनीहरू आफ्नो कलरफुल मिनिजका साथ सिपी शंखको माला, रेजर कट, स्टेप्स कटमा सजाइएको केशमा औंला फिराउँदै बाटोमा रौनक छर्दै हिँड्छन् । उनीहरू फेसनको पछि नलागी अरूभन्दा अगाडि हिँड्ने प्रयासमा हुन्छन् ।

मेकअपको आफ्नै आकर्षण छ । ग्लिटर आइलाईनरले सजिएको परेला, साइनी आइस्याडो तथा गाढा रंगको मस्काराले यी बेबी वुमेनको मुहारलाईर् मेच्योर लुक दिएर ठूली देखाउने चाहनालाईर् पूर्णता प्रदान गर्छन् । मोटो मोती वा शंख, सिपी जडित लेदर बेल्ट, कानमा लट्किएको विडेड हुप्सका साथमा मस्किने यी बेबी वुमेनहरू आखिर के चाहन्छन् ? मोजमस्ती वा मनोरञ्जन ? मात्र सपिङ होइन, घुम्दै-फिर्दै आफ्नो प्रदर्शनी पनि । आफ्नो हाउभाउको आकर्षण छर्दै, स्टाइलिस ड्रेसमा सजिएका, ब्रोन्ज स्मोकी मेकअपमा पूर्णरूपमा डुबेका उनीहरू हरेक अनुभव लिन चाहन्छन् । महानगर र ठूला सरहमा त ट्युव टप, पनामा ह्याट, प्लास्टिक रिमयुक्त ग्लेअर्स वा गगल्स तथा विभिन्न हेयर एसेसरिजमा उनीहरू स्वयंलाईर् फरक लुक दिन्छन् । आफूलाईर् चाहनेहरूको लाईन लगाउने चाहना पनि उनीहरूमा लुकेको हुन्छ । कम उमेरका किशोरीहरूमा आफ्नो उमेरभन्दा पहिले नै वयस्क देखिने होडबाजी छ । यसमा उनीहरूका आमाको पनि पूर्ण सहयोग हुन्छ । आमाहरूलाईर् आफ्नी छोरी आफूभन्दा बढी फेसनेबल र मोर्डन स्टाइल्सका बारेमा जानकार भएको मन पर्छ । जहाँ कोही प्रोत्साहन गर्ने हुँदैनन्, त्यहाँ यी बेबी वुमेन आफ्नो पकेट मनी उपयोग गरेर आफ्नो सौन्दर्यमा निखार ल्याउन र समयपूर्व ठूली देखिने कसरत गर्छन् । उनीहरू नियमित रूपमा ब्युटिपार्लर जान्छन् । समयपूर्व नै संसार बुझ्ने उनीहरूको चाहनाले गर्दा चाँडै हारमोनल परिवर्तन प्रारम्भ हुन्छ र कम उमेरमै यौवनको आरम्भ हुन्छ ।

ब्युटी एक्सपर्टहरूका अनुसार पहिले १८ वर्षका किशोरीहरू बेक्सिङ-थ्रेडिङ गर्न ब्युटिपार्लर आउँथे । विस्तारै १६ वर्षका पनि आउन थाले र अहिले १४ वा १२-१० वर्षका बालिका पनि आउन थालेका छन् । यसको कारण मात्र अर्ली प्युबर्टी नै हो । अर्ली प्युबर्टीका कारण किशोरीहरूको केश र स्किनमा समस्या देखा पर्न थाल्छ । सेविग द लाईफ अफ एडोलसेन्ट गल्र्सकी लेखिका मेरी पाइपरका अनुसार किशोरावस्थाका यी युवतीहरू सुन्दर एवं आकर्षक देखिने चाहनामा तनावबाट गुजि्ररहेका छन् । यसको अर्थ हुन्छ, सेक्सुअल देखिनु, ब्वाइफ्रेन्ड बनाउनु । उनीहरू यी सबै कुराको दुस्परिणामबाट अवगत हुँदैनन् । उनीहरूको मन र कल्पनामा ठूली देखिनेे चाहना यति धेरै किन हुन्छ ? वास्तवमा जति पनि संचार माध्यम छन् ती सबैले उनीहरूका सामु ती तस्बिर बारम्बार प्रस्तत गरिरहेका छन्-प्रेम-रोमान्ससित जोडिनु एउटा स्वाभाविक प्रक्रिया हो । उनीहरू संचार माध्यमको नयाँ कल्चरको सिकार भएका छन् । अटलान्टाको सेन्टर फोर डिसिज कन्ट्रोल एन्ड त्रिवेन्सनका अनुसार अनुमानित ५० लाख यौनजन्य मामिला हरेक वर्ष अगाडि आउँछन् जसमध्ये ३० लाख किशोरावस्थासँग सम्बन्धित छन् । विशेषज्ञहरूका अनुसार यस प्रकारको सम्बन्धको आग्रह दुवैतर्फबाट हुन्छ । उनीहरू आफ्ना गर्लफ्रेन्ड-ब्वाइफ्रेन्डको गहिरो दबाबमा हुन्छन् । युवतीको ब्वाइफ्रेन्ड छैन भने त्यसको अर्थ उनमा आकर्षण छैन भन्ने बुझिन्छ । यी सब कुराका कारण उनीहरू यौनजन्य मामिलामा सहभागी हुन्छन् र त्यसपछि स्वयंलाईर् अत्यन्त लज्जित, एक्लो एवं अवसादले घेरिएको महसुस गर्छन् । यसबाट निस्कन उनीहरू पुन: त्यस्तै प्रकारको अर्को सम्बन्धमा बाँधिन्छन् । तिनलाईर् यसबाट जोगाउनु छ । यसका लागि बाहिरी सुन्दरता र आकर्षणको साटो आफ्नो गुण र मूल्य-मान्यतामा विश्वास बढाउनु जरुरी छ ।

विशेषज्ञहरूका अनुसार आमाबुवाले नै समय एवं अवस्था हेरेर सामाजिक परिवेश, प्रकृति तथा यौनका बारेमा बालबालिकालाईर् सही जानकारी दिनुपर्छ । छोरीलाईर् प्रेम, सौन्दर्य एवं यौनका विषयमा पनि ज्ञान दिनुपर्छ । छोरीका साथमा बसेर टिभी एवं फिल्ममा देखिने, देखाइने यौनजन्य दृश्यहरूको वास्तविकताका सम्बन्धमा जानकारी गराउनुपर्छ । छोरीहरू कहाँ जान्छन्, के गर्छन्, उनीहरूका साथीसंगीहरू कस्ता छन्, घरमा कतिबेला आउँछन् विशेष ध्यान पुर्‍याउनुपर्छ । इन्टरनेटमा उनीहरू के सर्च गर्दैछन् भन्ने पनि बुझ्नुपर्छ । उनीहरूको शारीरिक, मानसिक एवं सामाजिक विकासका साथै अनुशासनका बारेमा पनि सचेत हुनु जरुरी छ । तीव्र रूपमा अघि बढ्दै गएको सांसारिक परिवेशमा असुरक्षित यौन सम्बन्धको खतरा एवं परिणामका बारेमा अवगत गराई उनीहरूलाईर् अध्ययन, करियर एवं आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्छ । सही वा गलत कुराका सम्बन्धमा स्पष्ट ज्ञान दिएर उनीहरूलाईर् स्वयं आफ्नो निर्णय लिन लाईक बनाउनु अभिभावकहरूको दायित्व हो ।

मनोचिकित्सकहरूका अनुसार हिजोआज बालबालिकाहरू मानसिक रूपमा समझदार हुनुको साटो जानकारीको स्तरमा चाँडै ठूलो भएको पाइएको छ । बेबी वुमेनका सामु सेक्स, गु्रमिङ आदिका बारेमा अनेकन जानकारी हुन्छ । स्कुलमा सहपाठीहरू र घरमा टिभी, इन्टरनेट यी सबैका माध्यम बन्ने गरेका छन् । बालिकाहरू आफ्नो वरिपरि जे देख्छन् त्यसैलाईर् अपनाउन चाहन्छन् । फेसन र मेकअपका बारेमा जानकारी राख्नुपर्छ तर आफ्ना लागि ठीक बेठीक पनि छुट्याउनु  जरुरी छ । यदि उनीहरूलाईर् चाहिने भन्दा बढी पकेट मनि प्राप्त भैरहेको छ भने उनीहरूले कहाँ खर्च गर्छन् भन्ने जाँच गर्नु पनि आवश्यक छ । आमाबुवाले उनीहरूलाईर् बचत गर्न सिकाउनुपर्छ, पैसाको मूल्य र महत्वका विषयमा अवगत गराउनुपर्छ । आमाबुवाले छोराछोरीलाईर् टिभीमा मात्र नभई घरेलु कामकाज, पारिवारिक जमघट एवं विवाह भोज आदिमा पनि सक्रिय बनाउनुपर्छ । उनीहरूलाईर् सामाजिक, धार्मिक, सांस्कृतिक एवं रीतिरिवाजसित पनि परिचित गराउनुपर्छ । त्यसपछि उनीहरू स्वयं आफूलाईर् धेरै कुरामा अनभिज्ञ रहेको कुरा स्पष्ट हुन्छ । उनीहरूले ठूली देखिने प्रयास मात्र होइन सोहीअनुरूप क्षमताको पनि विकास गर्नुपर्ने कुरा बुझ्छन् । संस्कारका थुप्रै बाटा वा विकल्प उनीहरूका सामु खुल्ला छन् तर उनीहरूले सही बाटो पहिचान गरी कदम चाल्नुपर्छ । यसका लागि अभिभावकहरूको भूमिका महत्वपूर्ण हुन्छ ।

निर्दयी बन्दै छ समाजः घटनापछि गाउ नै शोकामा डुबेका छन

सुनसरी, मंसिर २२ – सोमवार बिहानै देखि लागेको हुस्सु र चिसोका कारण मानिसहरुको आवतजावत निकै कमै देखिन्थ्यो चिया पसलहरु पनि सदाझैं खचाखच देखिँदैनथे, सार्वजनिक स्थलहरुमा चुरोट तानेर बसेका केही जेष्ठ नागरिकहरु यसो भन्दै कसैलाई गाली गरिरहेका थिए, ‘त्यसले किन मारेको होला बरु कुनै अनाथ आश्रमलाई दिएको भएपनि त हुन्थ्यो …………. ।


एकापट्टी केही कोट लगाएर बसेका भद्रहरु पनि सोही विषयमा कुरा गरिरहेका देखिन्थे र बेला बेलामा भन्ने गर्थे, थुइक्क बुद्धी किरा परेका ………….. ।

त्यस्तै खोजी गर्ने क्रममा लोहन्द्राको पुलमूनि आँखाभरि आँसु पारी भुइँ हेर्दै रुदै गरेकी ७० वर्षीया हजुरआमा घरी–घरी भक्कानिन्छिन् । अनि भन्छिन्, ‘तिनीहरुलाई मार्नुको सट्टा त बरु मलाइ मार्नुनी । तिमिहरु थहा नदिई गयौं । म बुढीलाई चै यहीँ छाड्यौं ।’

प्रशंग आइतवार बिहान मोरङ्गको बेलवारीस्थित लोहन्द्रा खोलामा दुई बालबालिकाको हत्या गरी आफै आत्महत्या गरेका ताराजुन राईको हो ।

श्रीमतीले छाडेर गएको २ साता हुन नपाउँदै बिरक्तिएका राइले आइतवार बिहान ३ वर्षीय छोरी दिपीका र ५ वर्षीय छोरा दिपेन्द्र राइको हत्या गरी आफै आत्महत्या गरेका थिए ।

खाना खाएर बाबुसंगै सुतेका बाबुसहित तीनै जना आइतवार बिहान ओछ्यानबाटै बेपत्ता बनेपछि ७० वर्षीया हजुरआमाले खोजी गर्ने क्रममा तीनै जना झुन्डिएको अवस्थामा फेला परेका थिए ।

उक्त घटनाका कारण त्यस क्षेत्रका बालबालिकाहरु त्रसित बनेका छन् भने गाउँ अझै पनि शोकाकुल बनेको छ ।

कलीलो दुधखाने बच्चाहरुलाई पासो लगाएर हत्या गर्ने ३५ वर्षीय राइले गरिवीको कारण त्यस्तो गरेको स्थानीय गाउँलेहरुले बताएपनि त्यस्को मुख्य कारण भने पत्ता लाग्न सकेको छैन ।

बेलवारीको लोहन्द्राखोला किनारमा सामान्य कटोरो बनाई बसेका ३५ वर्षीय राइले किन त्यसो गरे यतिवेला सबैको चासोको विषय बनेको छ भने घटना थप रहस्यमय बन्दै गएको छ ।

छोराछोरीको हत्या गरी आत्महत्या गरेको भनी स्थानीयले बताए पनि त्यसको सत्य तथ्य पोष्र्टमार्टमको रिपोर्टपछि मात्र थाहा हुने बताएका छन् । मृतक तीनै जनाको शव पोष्र्टमार्टमका लागि धरानस्थित बिपी प्रतिष्ठानमा आइतबार बिहान लगिएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरिक्षक दुर्गा दाहाल बताउँछन् ।

श्रीमतीले छोडेर जादैमा यस्तो त नगर्नु पर्ने हो, घटनाको कारण केहो त्यसकोे गहिराईसम्म जाने प्रयास भैरहेको छ, इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरिक्षक दुर्गा दहाल बताउँछन् ।

आफ्नो दाँतलाई सेतो पार्ने सरल घरेलु तरिका जानी राखौं !

पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ |


आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |

१. तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
२. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |

८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ 

अब कलेजो प्रत्यारोण नेपालमै गर्न सकिने

सफल भक्तपुरको दुधपाटी स्थित मानव अंग प्रत्यारोपण केन्द्रले अबको केही समय पछि बाट मानिसको शरीरमा कलेजो प्रत्यारोपण गर्ने भएको छ ।


केन्द्रले नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपणको लागि तयारी सुरु गर्न लागेको केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले बताए । हाल प्रत्यारोपण गर्न विदेश जानु पर्ने र एक जनाको कलेजो प्रत्यारोपणका लागि १ करोड रुपैयाँ खर्च लाग्ने गरेको छ ।

विदेशिने गरेको मुलुकको पैसा स्वदेशमै रोक्न पनि यो सेवा महत्वपुर्ण हुने छ । रकम निकै धेरै भएकाले साधारण नागरिक उपचारको पहु“चमा नरहेका केन्द्रले स्वदेशमै प्रत्यारोपण सेवा दिने तयारीमा जुटेको श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार कलेजो प्रत्यारोण सुरु गर्न अझै एक वर्षको तयारी आवश्यक पर्छ अत्यावश्यक उपकरण खरिद गर्ने प्रक्रिया सुरु गरीएको छ ।

तालिम लिन १० जना चिकित्सकको टोली बेलयात जाने तयारीमा रहेका केन्द्रका कार्यकारी निर्देशक श्रेष्ठले बताए ।

Sunday, December 7, 2014

आफ्नो तौल र पेटको बोसो हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यो सरल घरेलु तरिकाः

शरिरको तौल यदि सहि छ भने कुनै पनि प्रकारको रोगको खतरा कम गर्न सकिन्छ । मानिसहरु धेरैजसो आफ्नो तौल कम गर्न लागिपरेका हुन्छन् । तर के तपाईंलाई थाहा छ, तौल घटाउनुभन्दा पनि बढि आवश्यक भनेको तपाईं स्वस्थ हुनु नै हो ।


मोटोपना राम्रो नहुने हामी सबैलाई थाहा छ तर केहि पनि नखाई तौल घटाउन लागिपर्दा तपाईं बारम्बार अस्पताल पनि जानुपर्ने हुनसक्छ । त्यसकारण सहि तरिकामा गरिएको खानपानले नै तपाईं स्वस्थ र राम्रो हुन सफल हुनुहुनेछ, डाइटिङले होइन ।  तर सबैभन्दा ठूलो समस्या पेट वरिपरिको बोसो हटाउनु नै हो । कोही मानिसहरु मोटो नभएता पनि उनीहरुको पेटको वरिपरि निकै बोसो जमेको हुन्छ जसबाट उक्त व्यक्तिलाई निकै समस्यामा पारेको हुन्छ । यदि तपाईं आफ्नो तौल र पेट वरिपरिको बोसो हटाउन चाहनुहुन्छ भने अपनाउनुस् यो तरिकाः  

१. व्यायामः 

खानामा हामी जतिसुकै कटौती गरेपनि बिना व्यायाम हामी आफ्नो तौल कम गर्न असमर्थ हुन्छौँ । व्यायामले शारिरको शक्ति बढाउँदछ र रक्त संचार पनि राम्रो बनाउने गर्दछ । दैनिक कम्तीमा आधा घण्टा तपाईंले व्यायाम गर्नुपर्ने हुन्छ । यसले तपाईं सजिलैसँग तौल घटाउन सक्नुहुन्छ भने तपाईं दिनभरी चुस्त–दुरुस्त रहन मद्दत गर्दछ । बिहान अथवा बेलुकीको खाना खाइसकेपछि अवश्य पनि टहल्नुहोस् । यसले तपाईंको खाना चाँडै नै पच्ने गर्दछ र एक्स्ट्रा क्यालोरी पनि बर्न गर्न मद्दत गर्दछ ।  

२. आफ्नो खानपीनको हिसाब राख्नुहोस्ः 

आफ्नो खानपीनको हिसाब जरुर राख्नुहोस् । एउटा डायरी बनाउनुहोस् र त्यसमा आफूले दिनभरी खाएको खानेकुराको लिष्ट बनाउनुहोस् ।  

३. बिहानको नाश्ता जरुर खानुहोस्ः 

यदि तपाईं मोटाउन चाहनुहुन्न भने बिहानको नाश्ता पक्कै खानुहोस् । नाश्तामा प्रोटिनयुक्त खाद्य पदार्थ खानुहोस्, यसले तपाईंको शरिरलाई ताकत मिल्नुका साथै तौल पनि घट्दछ ।

४. बेलुकीको खाना चाँडै खानुहोस्ः 

बेलुकीको खाना सकेसम्म चाँडै नै खानुहोस् । यसो गर्नाले यसलाई पच्नको लागि समय मिल्ने गर्दछ । सुत्नुभन्दा दुई घण्टा अघि रातीको खाना खानुहोस् ।  

५. भोको पेट घरबाट ननिस्कनुहोस्ः 

दिनमा हाम्रो शरिर उर्जाले भरिएको हुन्छ त्यसकारण त्यो उर्जालाई कायम राख्नका लागि घरबाट खाना खाएर नै निस्कनुहोस् ।  

६. निकै पानी पिउनुहोस्ः 

पानी एउटा यस्तो तत्व हो जुन तौल घटाउनमा निकै लाभदायक साबित हुने गर्दछ । यसले शरिरमा ग्लुकोजको मात्रालाई नियन्त्रण राख्न मद्दत गर्दछ ।  

७. फलफूल खानुहोस्ः 

जुस पिउनुको सट्टा फलफूल नै खानुहोस् । फलफूलले तपाईंको भोक पनि कम गर्दछ ।