Wednesday, November 5, 2014

महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन ?

पाको उमेरमा के महिला सक्रिय हुनु हुँदैन ? युवावस्था अनि नवविवाहितहरूकै सन्दर्भमा त यौनसम्बन्धी कुरा गर्न लजाउने हाम्रो समाजमा पाको उमेरमा व्यक्तिहरूको यौन जीवनका बारेमा कुरा गर्नु अलि असहज नै
मानिन्छ।


दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ।

महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो।

यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्।

उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् योनि रस आउन केही बढी समय लाग्ने।

योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने – चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। – महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ?

यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय तथा सुखमय यौन जीवनयापन गर्छन्।


१० हजारभन्दा बढी व्यक्तिलाई संलग्न गरिएको एक अध्ययनमा ५० देखि ५९ वर्षका ९३ प्रतिशत महिलाले आफूले यौनसम्पर्क राख्ने गरेका बताए। ७० वर्ष वा त्योभन्दा माथिका महिलाका लागि यो प्रतिशत ६५ थियो। ५० देखि ५९ वर्षका पुरुषको कुरा गर्दा यो ९८ प्रतिशत थियो भने ७० वर्ष वा माथिका उमेरका लागि यो ७९ प्रतिशत थियो। पाका उमेरका व्यक्तिहरू यौन आकर्षक हुँदैनन् र यौनको मामिलामा रुचाइँदैनन् भन्ने सोच व्याप्त रहे पनि त्यो मिथ्या सोच नै हो।

कतिपय स्थितिमा पत्र-पत्रिकामा देखिने युवायुवतीहरूकै चित्रजस्तै ‘रूप’ हुनुपर्छ भन्ने सोच हावी भएको पाइन्छ। कसैका लागि कस्ता किसिमका व्यक्ति कति आकर्षक भन्ने प्रश्नको जवाफमा निकै विविधता पाइन्छ, तर यथार्थ के हो भने कतिपयलाई आकर्षक नभएजस्तो लाग्ने व्यक्ति अर्को व्यक्तिका लागि अति नै आकर्षक सावित हुन सक्छ।

पाका उमेरका पुरुषको तुलनामा पाका उमेरका महिलाहरू यौनसम्बन्धी कुरामा कम रुचि राख्छन् भन्ने कुरामा पनि सत्यता छैन। महिला तथा पुरुषको बीचमा ठूलो असमानता भएको समाजमा भने नारीमाथि लादिएका कतिपय मूल्य-मान्यता र नियन्त्रण नै यसका कारण हुन्। त्यसैले के भनौं भने महिलाले चाहे भने जुन उमेरमा पनि यौनसम्पर्क राख्न सक्छन्।

महिला आफैंले पनि यौनसम्बन्धी कुरामा सक्रिय हुनु हुँदैन भन्ने मानसिकताबाट बाहिर निस्कनुपर्छ। दम्पतीबीच एक-आपसमा खुला एवं प्रभावकारी कुराकानी पाका व्यक्तिको यौन जीवनमा सुधारका लागि राम्रो कुरा हो। आफ्नो रुचिअनुसार आफ्नो यौन साथीसँग के चाहन्छु वा के रुचाउँदिनँ भन्ने विषयमा स्पष्ट कुराकानी गर्नुपर्छ।

त्यसैगरी महिनावारी बन्द भएपछि पहिलेको तुलनामा योनिको लचकता केही कम भएको तथा योनि रस आउने क्रम पनि कम भएको अनुभव महिलाहरूले गरेका हुन्छन्। त्यसैले पानीमा घुल्ने किसिमको चिप्लो पदार्थ -जस्तै कि एस्ट्रोग्लाइड) प्रयोग गरे सुख्खापनको समस्या कम गर्न सकिन्छ। यस्तो चिप्लो पदार्थ योनि तथा लिङ्ग दुवैमा लगाउन सकिन्छ।

उत्तेजक लाग्ने नयाँ आसन वा क्रियाकलापमा संलग्न हुनु सहयोगी हुन्छ। त्यसैगरी यौनसम्पर्क राख्ने समय पनि परिवर्तन गर्नु राम्रो हुन्छ। कतिपय स्थितिमा अन्य स्वास्थ समस्याका वा त्यसको उपचारका कारण यौन जीवनमा नकारात्मक प्रभाव परेको हुनसक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधीका नकारात्मक प्रभाव हुन सक्छन्। त्यसका बारेमा पनि विचार गरेर उपयुक्त विकल्प प्रयोग गरे सहयोग मिल्छ

के तपाईंको स्मरण शक्ति अत्यन्तै कम्जोर छ ? प्राकृतिक उपायबाट दिमाग तेजिलो बनाउनुहोस् !

 मस्तिष्कको शक्ति र स्मृतिले व्यक्तिको जीवनमा एक महत्वपूर्ण भूमिका खेल्छ । आधुनिक एवं वैज्ञानिक युगमा स्मरणशक्तिको कमी गम्भीर समस्या बनेको छ ।


औषत सम्पूर्ण मानिसको स्मरणशक्ति एकैनास हुन्छ । तर पनि कारणवश स्मरणशक्ति कम हुने समस्या बन्ने गर्दछ । स्मरणशक्तिलाई छोटो स्मरण तथा लामो स्मरण गरी दुई भागमा विभाजन गर्न सकिन्छ । छोटो स्मरणशक्ति कम अवधिमै स्मृतिबाट हट्छ भने लामो स्मरणशक्ति चिरकालसम्म मानसपटलमा सुरक्षित रहन्छ ।

असल आहार र नियमित व्यायामले स्मरणमा ठूलो भूमिका खेल्छ । स्वस्थ जीवनशैली स्मृतिशक्तिमा सुधार ल्याउन मद्दत गर्दछ । आयुर्वेदिक पद्घतिले स्मृतिशक्ति बढाउन असल तरिका हो । सबै मस्तिष्कभित्र रचनात्मक एवं उत्पादकत्व क्षमता हुन्छ । यसको पूरकको रुपमा आयुर्वेदिक पद्घति र जडिबुटिको सहायताले राम्रो लाभ पु¥याउँछ । सक्रिय स्मृति वृद्घि तथा दिमागमा नशाको पोषणको रुपमा आयुर्वेदिक जडिबुटी एवं औषधिले सुरक्षा गर्दछ । एकाग्रताको कमी पनि स्मरणशक्तिको बाधक तत्व हुनसक्दछ । तनावग्रस्त, अव्यवस्थित खानपान र जीवनयापनले मानव स्वास्थ्यमा शारीरिक एवं मानसिक असर पारिराखेको छ । त्यसको फलस्वरुप मस्तिष्क एवं नाडिवह संस्थानमा रहेको प्रभावले स्मरणशक्तिमा आएको ह«ास अनौठो होइन ।

कारण

कुनै कुराको रुचीको अभाव, समायोजित ढंगले काम नगर्नु, काममा असन्तुष्टी, काममा पूर्ण इच्छा नहुनुु, बारम्बार चिन्तित हुनु, नशालु पदार्थ सेवन, शारीरिक एवं मानसिक रोग, उमेरका कारण, मस्तिष्कको हर्मोन घट्नु, धेरै मैथुन गर्नु, पौष्टिक पदार्थको कमी, जन्मजात विकृती, टाउकोमा आघात, शारीरिक एवं मानसिक थकान एवं वोझ, अनिद्रा, ज्यादा चिन्ता, क्रोध, रजोनिवृति आदि ।

लक्षण

लामो समयसम्म स्मरण गर्न असमर्थ, पढेलेखेको अथवा देखेको चिज या वस्तु सम्झन नसक्नु । मानसिक थकान, अरुची, आलस्य, कमजोरी, निराश, बेचैनी डर एवं चिन्ता हुनु ।

विभिन्न घरेलु उपचार


अमला भिटामिन सी को राम्रो श्रोत हो र स्मरणशक्तिका लागि पनि उपयोगी छ । ताजा अमला, सर्बत, मुरब्बा सुकाएर पनि सेवन गर्न सकिन्छ । दैनिक ५–१० वटा बदाम १ गिलास दूधमा डुबाएर राख्ने र नित्य सेवन गर्ने । आधा चम्चा जिरा र मह समभाग दैनिक सेवन गर्ने । फोस्फोरस तत्व स्मरणको लागि उत्तम मानिन्छ त्यसैले स्याउ, अङ्गुर, सुन्तला, आँप, लिची, जामुन, स्ट्रवेरी, नरिवल, गाँजर जस्ता फलफूल ज्यादा सेवन गर्ने । दैनिक रुपमा शिरमा तेलको प्रयोग गर्ने र सम्भव भए हल्का मालिस गर्ने । तेलमा ब्राम्ही तेल, शंखपुष्पि, क्षीरवला अथवा तोरीको तेल, तिलको तेल पनि प्रयोग गर्न सकिन्छ ।

के खाने ?

पौष्टिक, सूपाच्य, शाकाहारी सन्तुलित भोजन समयमा सेवन गर्ने । आयुर्वेद शास्त्र अनुसार शाकाहारी, सात्विक भोजन स्मरणका लागि राम्रो मानिन्छ । ताजा सागसब्जी, फलफूल, माछा–मासु, दूध, अण्डा जस्ता पौष्टिक पदार्थ सेवन गर्ने । फलमा स्याउ, सुन्तला, अनार, गाँजर, जामुन जस्ता फलफूल ज्यादा सेवन गर्ने । बिहान–बेलुका अमलाको सर्बत एवं मुरब्बा खाने र खानापछि तिल र सख्खरको लड्डु खाने । मख्खन, मिश्री र मरिच मिलाएर सेवन गर्ने । एक गिलास दूध नियमित सुत्नु अघि पिउने ।

के नखाने ?

भारी, भुटेको, तारेको, ज्यादा अमिलो पिरो, मसालादार नखाने । चिया, कफी, रक्सी, चूरोट, आदि पटक्कै सेवन नगर्ने । नशालु पदार्थ भाङ्ग, गुट्खा, अफिम, गाँजा आदि नखाने । मुसुरो र मासको दाल नखाने ।
रोकथामको उपाय


के गर्ने ?

सधैं बिहान बेलुका खुल्ला हावामा घुम्न जाने । व्यायाम अथवा शारीरिक कसरत नियमित गर्ने । सबै कुरालाई एकाग्रता तथा रुचीले गहनताका साथ लिने । पर्याप्त आराम गर्ने र रात्री समयमा सुत्ने । याद राख्न गा¥हो विषयलाई सूत्र बनाई सम्झन प्रयास गर्ने ।

के नगर्ने ?

एक पटकमा सबैकाम एकसाथ नगर्ने । दिनको समयमा नसुत्ने र राति ढिलासम्म नबस्ने । अनुपयोगी, अनावश्यक कुराहरु मनमा नखेलाउने । अनुपयोगी वस्तुमा ध्यान नदिने र ज्यादा मैथुन नगर्ने । कुनै कुरामा ज्यादा चिन्तित नहुने ।

मानसिक अभ्यास

स्मरणशक्तिलाई ताजा राख्न मानसिक कसरत पनि जरुरत हुन्छ । मानसिक अभ्यासमा पढ्ने, लेख्ने र वर्णन गर्ने बानी गर्नुपर्दछ । कुनै विषयमा अध्ययनपछि त्यसलाई सम्झन प्रश्नोत्तर शैली तथा आलोचनात्मक  तरिका अपनाउनु राम्रो हुन्छ । चेस, क्रस वर्ड, पजल जस्ता अभ्यास आदि गर्नाले पनि मस्तिष्कलाई कसरत हुन्छ र स्मरणशक्ति वृद्घि गर्दछ ।

शारीरिक व्यायाम

स्मरण भनेको हाम्रो मांसपेशी जस्तै हो जसलाई ज्यादा ख्याल गर्नुपर्दछ । शारीरिक तन्दुरुस्तका साथै दिमाग स्वस्थ्य राख्न पनि व्यायाम लाभदायी छ । दिमागमा रक्तसञ्चारको वृद्घिले पोषकतत्वको परिपूर्ति ज्यादा हुन्छ र मस्तिष्क सन्तुलन कायम गर्दछ । केबल २० मिनेट दैनिक व्यायाम गर्नाले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्न सकिन्छ ।

योग अभ्यास

नियमित योग अभ्यासले स्मरणशक्तिको वृद्घि गर्न टेवा पु¥याउँछ । योग÷प्राणायामले रक्तसञ्चार राम्रो तुल्याउँछ , मस्तिष्कमा ताजा अक्सिजनको मात्रा बढाउँछ र मस्तिष्कका तन्तुलाई ताजगी बनाउँछ । दैनिक ध्यान, पूजा, अर्चना साथ योग अभ्यासले मस्तिष्कको क्षमता र स्मरणशक्तिमा वृद्घि हुन्छ । उपयोगी आसनहरुमा सूर्य नमस्कार आसन, सवासन । प्राणायाममा कपालभाती, भ्रामरी प्राणायाम, अनुलोम विलोम

आयुर्वेदिक उपचार

आयुर्वेदअनुसार स्मरणशक्तिको कमीलाई स्मृति नाश भनिन्छ । प्रायजसो वात एवं कफदोषको प्रकोपले स्मरणशक्तिमा कमी आउँछ । वातको मुख्य कर्म नशा एवं नाडीवह संस्थानलाई सञ्चालन गर्नु, पित्त दोषको कर्म तेज दिमाग, सोच्ने शक्ति र मनमा स्पष्टता ल्याउनु  र कफ दोषले मष्तिस्कबाट सूचना नशाको माध्यमबाट शरीरभर पु¥याउनु हो ।

खानपान, जीवनशैली र वातावरण परिवर्तनको कारण दोषज विकृतीले स्मरणशक्तिमा ¥ह«ास आउँछ । आयुर्वेद चिकित्साअनुसार शारीरिक एवं मानसिक दोषको सन्तुलनले स्मरणशक्ति कायम हुन्छ । त्यसका निम्ति आयुर्वेद विज्ञानमा विभिन्न खालका चिकित्सा सूत्र, औषधि आदिको वर्णन गरिएको छ ।

उपयोगी जडिबुटी

ब्राम्ही, अश्वगन्धा, वोझो, शंखपुष्पी, जेठीमधु, गुडुची, जिङ्गको, घोडताप्रे, भृङ्गराज, जटामसी 

माइकल ज्याक्सनको शुक्रकिट विश्वका ३ वटा अस्पतालमा सुरक्षित रहेको खुलासा

चर्चित पपस्टार माइकल ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा सुरक्षित रहेको खुलासा भएको छ ।


न् २००९ मा आफ्नो मृत्यु हुनुभन्दा अगाडि नै ज्याक्सनले आफ्नो डिएनए सुरक्षित गरेर राखेको र सो डिएनएबाट क्लोनिङ मार्फत आफुजस्तै ठूलो संख्यामा माइकल ज्याक्सन फौज पैदा गर्ने उनको लक्ष्य रहेको रहस्योद्घाटन भएको छ ।

माइकल ज्याक्सनको संग्रहित शुक्रकिटको विषयमा जानकार रहेको एक वैज्ञानिक माइकल लुकम्यानले आफ्नो एक पुस्तकमा यस्तो खुलासा गरेका हुन् । माइकल ज्याक्सनका पहिरन डिजाइनर तथा साथी एन्ड्री भान पायरको माध्यमबाट आफुलाई ज्याक्सनको शुक्रकिट विश्वका विभिन्न ३ वटा अस्पतालमा संग्रहित रहेको थाहा भएको उनको दाबी छ ।

माइकल ज्याक्सनको क्लोनिङ प्रयोग तथा शुक्रकिट डिपोजिटका बारेमा पनामाको एक दीर्घायु केन्द्रका निकटवर्तीबाट सुरुमा उनले थाहा पाएका थिए । डली भेटामा क्लोनिङ सफल भएपनि माइकल ज्याक्सनमा पनि आफ्नो क्लोनिङ गरेर नयाँ माइकल ज्याक्सन पैदा गर्ने इच्छा पलाएको दाबी गरिएको छ ।

लेखकका अनुसार माइकल ज्याक्सनको शुक्रकिट उनका परिवारले हालै अमेरिकाको लस एन्जल्सस्थित फर्टिलिटी क्लिनिकबाट बेलायतमा सारेका छन् ।

आफ्नो नयाँ पुस्तक ‘दी ब्याटल फर माइकल ज्याक्सन सोल’ नामक पुस्तकमा माइकल ज्याक्सनको विर्यको संग्रह र उनको डिएनए क्लोनिङका विषयमा खुलासा गरिएको छ ।

उनले माइकल ज्याक्सनको संग्रहित शुक्रकिटबाट अब नयाँ माइकल ज्याक्सन पैदा गर्ने समय आएको पनि दाबी गरेका छन् ।

स्मरण रहोस्, ज्याक्सनका ३ सन्तान छन् । जसमध्ये दुइ सन्तानकी आमा डेबी रोवे हुन् भने अर्को सन्तान ज्याक्सनले भाडाकी आमाबाट जन्माएका हुन् ।

Tuesday, November 4, 2014

युरिक एसिडबाट कसरी जोगिने ? डा. कपिलमणि केसी :

कार्तिक १८ - हाम्राे शरीरमा प्रोटिनको मेटाबोलिजम भएर निस्किने तत्त्वलाई युरक एसिड भन्दछन्। न्युक्लिक एसिड र प्युरिन गु्रपको प्रोटिनबाट मात्र युरिक एसिड बन्दछ। जुन सामान्यतया पिसाबबाट बाहिर निस्कन्छ। ७० प्रतिशत केसमा शरीरभित्रकै प्रोटिन र तीस प्रतिशत  केसमा हामीले खाने प्रोटिनबाट युरिक एसिड बन्छ।


शरीरमा युरिक एसिडको मात्रा कति छ भनेर थाहा पाउनको लागि रगतको जाँच गर्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा तीनदेखि सात मिलिग्ा्राम प्रतिडेसिलिटरलाई सामान्य मानिन्छ। जब युरिक एसिडको मात्रा सातभन्दा बढी हुन्छ, त्यस्तो अवस्थालाई  हाइपरयुरिसेमिया भन्छन्। हाइपरयुरिसेमिया हुने अवस्थामा पनि बिमारीलाई जोर्नी दुख्ने र सुन्निने नहुन सख्छ। युरिक एसिड रगतमा ओभर स्याचुरेसन भएर जोर्नीको वरिपरि मासुमा, टेन्डनमा, अथवा काटिर्लेजमा जम्मा भएर जोर्नी दुख्ने, सुन्निने अवस्थालाई  गाउटी अर्थराइटिस् भन्छन्।

युरिक एसिड बढ्ने धेरै मानिसमा भए पनि अर्थराइटिस् चाहिँ कमै मात्र मानिसलाई हुन्छ। यो समस्या हरेक सयमा १० जना पुरुषमा हुँदा एकजना महिलालाई मात्र हुन्छ। ९५ प्रतिशत बिमारीहरूमा युरिक एसिड बढ्ने कुनै कारणहरू देखिँदैन। यस्तो अवस्थालाई  प्राइमरी गाउट भनिन्छ भने पाँंच प्रतिशतमा कुनै कारणबाट युरिक एसिड बढेको पाइन्छ। यसलाई सेकेन्डरी गाउट भनिन्छ। लामो समयसम्म एस्पिरिन (रगत पातलो बनाउने औषधि), डाइयुरेटिक्स् (उच्च रक्तचापको औषधि), पाइराजिनामाइड (क्षयरोगको औषधि)  सेवन गर्ने, ज्यादा जाँडरक्सी र प्रोटिन भएको खानेकुरा खाने, वंशानुगत रूपमा एक प्रकारको इन्जाइमको अभाव भएका मानिस, शरीरमा भएका कोषहरू बढी टर्नओभर हुने रोगहरू जस्तो हेमोलाइटिक डिजिज्, माइलोप्रोलिफेरेटिभ् डिजिज् भएका बिमारी, पुरु षहरूमा उमेर बढ्दै जाँदा रगतमा युरिक एसिड बढ्छ।

 धेरैजसो मानिस युरिक एसिड बढेर देखिने लक्षणहरूसँग अनभिज्ञ छन्। सामान्यतया कुनै समस्या नभएको मानिसमा बिहान उठ्दा बुढीऔंलाको फेदमा अत्यधिक दुख्ने, सुन्निने र हिँड्न अप्ठ्यारो हुने, मानाैं कि हड्डी भाँचिएको जस्तो महसुस भएमा युरिक एसिड  बढेको संकेत गर्छ। यद्यपि धेरैजसो मानिसमा बुढीऔंलाको फेदमा समस्या देखिए पनि कुर्कुच्चा, घँुडा, कुहिना र औंलाका जोर्नीमा पनि युरिक एसिड बढेर दुखाइ हुन सक्छ।

कहिलेकाहीं युरिक एसिडको दुखाइ जोर्नीमा संक्रमण भएर पिप जमेको जस्तो हुन्छ। तर बिमारीले भनेजस्तो ढाड दुख्ने, दुई वा दुईभन्दा बढी जोर्नीहरू सामान्य रूपमा दुख्ने, हातखुट्टा झमझम गर्ने र जोर्नी जाम भएको अवस्थालाई युरिक एसिड भएको हो भन्न  मिल्दैन। हिजोआज यस्ता समस्या बोकेर हाडजोर्नी ओपीडीमा आउने बिमारीको संख्या बढ्दो छ। त्यसकारण सबै बिमारीलाई यसको लक्षणका बारेमा स्पष्ट ज्ञान भएर अनावश्यक रूपमा खानामा बन्देज लगाउने, बाराम्बार युरिक एसिडको जाँच गराउन  अस्पताल धाउने, अनावश्यक रूपमा युरिक एसिड भएको चिन्ता लिने गर्नु हँुदैन। सुन्नेको जोर्नीबाट सुई हालेर निकालेको चिजलाई माइक्रोस्कोपमा जाँच्दा नेगेटिभ्ली वाइरेपि|mजेरेन्ट क्रिस्टल देखिएमा युरिक एसिडको अरू थप डाइग्नोसिस हुन्छ।

युरिक एसिड बढेर अत्यधिक दुखेको बेलामा सबैभन्दा पहिला सुन्निन र दुख्न कम हुने औषधि जस्तै न्याप्रोसिन, भोवेरानलगायत औषधिको साथमा कोल्चिसिन भन्ने औषधि सेवन गर्नुपर्छ। सुरुमै धेरै दुखेको अवस्थामा युरिक एसिड घटाउने औषधि जस्तो एलो पुरिनोल, फेबोस्टाट खाएमा युरिक एसिडको मात्रा रगतमा अचानक घट्दा जोर्नीको वरिपरि युरिक एसिडको क्रिस्टल जम्मा भएर झन् दुखाइ बढ्न जान्छ। त्यसकारण युरिक एसिड घटाउने औषधि जोर्नी दुख्ने र सुन्निने कम भएपछि मात्र खानुपर्छ। तर प्रत्येक  बिमारीमा युरिक एसिड घटाउने औषधि खान अनिवार्य छैन। यदि एन्टिइन्फ्लामेट्री औषधि खाएर दुख्न र सुन्निन कम नभएमा, रगतमा युरिक एसिडको मात्रा अत्यधिक बढेको अवस्थामा, बारम्बार रोगका लक्षणहरू देखा परेमा, जोर्नीहरू नै बिग्ा्रेेको अवस्थामा  युरिक एसिड घटाउने औषधि लामो समयसम्म खानुपर्छ। माथिका यी अवस्थामा बाहेक एन्टिइन्फ्लामेट्री औषधिको सेवन र खानपानमा बन्देज गरेर लामो समयसम्म युरिक एसिडलाई रोगथाम गर्न सकिन्छ।

जहाँसम्म खानपानको सबाल छ, युरिक एसिडको समस्या भइसकेपछि धेरैजसो बिमारीले अत्यधिक मात्रामा खानपानमा बन्देज गरेको पाइन्छ। लसुन, प्याज, चिल्लो, अमिलो, फलफूलदेखि दहीलगायत धेरै पौष्टिक चीजहरू नखाने गर्छन्। यसरी सबैजसो खानेकुरा  बन्देज गर्न जरुरी पनि छैन। बन्देज गर्दा शरीरलाई चाहिने पौष्टिक तत्त्वमा कमी भई थप समस्या उत्पन्न हुन सक्छ। विशेष गरी माछा, मासु -रातो मासु), कलेजो, खसीको आन्द्राभुँडी, गेडागुडी, रक्सी तथा रक्सीजन्य पदार्थहरू पूर्णर् रूपमा खान हुँदैन। यस्ता खाने  चीजहरूमा प्युरिन भन्ने प्रोटिन अत्यधिक बढी हुन्छ जुन युरिक एसिडको मुख्य स्रोत हो।

युरिक एसिड मिर्गौलाबाट फिल्टर भएर पिसाबसँगै निस्कने हुँदा प्रशस्त पानी तथा झोल पदार्थ खानुपर्छ। यसो गर्दा पिसाबबाट बढीभन्दा बढी युरिक एसिड बाहिर निस्कन्छ। यसले रगतमा यसको मात्रा कम हुन्छ। युरिक एसिडको समस्या भएका बिमारीहरूले  नियमित रूपमा रगतमा युरिक एसिडको जाँच गराउनुपर्छ। सामान्यतया युरिक एसिडको मात्रा ५ मिलिग्ा्रामप्रति डेसिलिटरभन्दा कम भएको राम्ा्रो हुन्छ।

 युरिक एसिड लगातार बढिरह्यो भने दीर्घकालीन रूपमै बिरामीले जटिलता खेप्नुपर्ने हुन्छ। लामो समयसम्म

रगतमा युरिक एसिडको मात्रा बढेमा जोर्नीमा समस्या देखिन सक्छ। युरिक एसिडका क्रिस्टलहरू जोर्नीभित्र जम्मा भएमा यसले कार्टिलेजलाई बिस्तारै क्षति पुर्‍याउँदै जान्छ र अन्तमा जोर्नी पूर्ण रूपमा बिगि्रन सक्छ। मिर्गौलाको भित्री सानासाना कोषहरूमा युरिक  एसिड जम्मा भएर यसले बिस्तारै मिर्गौलाका कोषहरूलाई क्षति पुर्‍याउन सक्छ।

सुुरुसुरुको अवस्थामा मिर्गौलामा नेप|mाइटिस्को समस्या देखा पर्छ र अन्तमा दुवै मिर्गौलाले काम नगर्ने स्थिति हुन सक्छ। अर्कोतर्फ युरिक एसिडका क्रिस्टलहरू जम्मा भएर मिर्गौलामा पत्थरी पनि बन्न सक्छ। यसलाई युरेट स्टोन भन्छन्। शरीरमा युरिक एसिड बढ्दै  गएमा कोलेस्ट्रोलको मात्रा पनि बढ्दै जान्छ। यसले मुटुमा पनि केही असर देखाउन सक्छ। तर युरिक एसिडको मात्रा सामान्यमा राख्न सक्यौं भने यी सबै जटिलता नगन्य मात्रामा देखिन्छन्।

शक्ति समूहकी सुनिता दनुवारलाई "सि" टेन अवार्ड १० हजार डलरको पुरस्कार

शक्ति समूहकी संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष सुनिता दनुवारले सि टेन अवार्ड पाएकी छन्।
१० हजार अमेरिकी डलर राशीको उक्त पुरस्कार पाउने दनुवार पहिलो नेपाली हुन्।


सेफियो स्टेन्बेक फ्यामिली फाउन्डेशन, वल्ड चाइल्डहुड फाउन्डेशन र रिच फर चेन्च नामक तीन संस्थाले सोमबार स्वीडेनमा आयोजना गरेको कार्यक्रममा दनुवारलाई पुरस्कृत गरेको संस्थाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मानव बेचबिखन र व्यवसायीक यौन शोषण विरुद्ध लड्ने विश्वभरबाट छानिएका १० जना मध्येमा उनी छानिएकी हुन्। विगत १८ वर्षदेखि शक्ति समूह मानव बेचविखन विरुद्व सक्रिय रहँदै आएको संस्था हो।

मेरो त आँशु आ'छैन किन रुनु क्यान्सर लाग्दैमा मरिन्छ र ?

अब बाँचिन्छ होला, डाक्टरले भन्याछन्, फस्ट स्टेजमै छ अरे,' कुरा सुरु गर्नुअघि नै शान्ता चौधरी कसैलाई फोनमा जवाफ दिँदै थिइन्, 'मेरो त आँशु आ'छैन तपाई किन रुनुपर्‍यो त, क्यान्सर लाग्नासाथ मरिन्छ र?'

काठमाडौँ बसुन्धाराको साँघुरो गल्लीभित्रको एउटा घर। कोचाकोच पारेर सामानहरू थन्क्याइएको एउटा कोठा
। भुँइमा तीनजना किशोरहरू लहरै सुतेका थिए। भित्र पस्नासाथ भनिन्, 'गाउँबाट आएका हुन्, भिसा लगाउन।'

कात्तिक १५ गते दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालबाट काठमाडौं फर्किनुअघि शान्ता चौधरीले आफ्नो फेसबुकमा लेखेकी थिइन् 'एउटा तारेख सकियो, अझै कति तारेख धाउनुपर्ने हो?' हो, यसरी नै जीवनमा उनले धेरै'तारेख' झेलिरहेकी छिन्, अझैँ झेल्दैछिन्।

२०३७ सालमा जन्मिएकी उनलाई रमाइलोसँग बिताउनुपर्ने आठ वर्षकै उमेरमै जमिन्दारको घरमा बुझाइयो, उनी कम्लहरी भइन्। जिन्दगीका अठार वर्ष उनले जमिन्दारको घरमा बिताइन्। उनका बाजे पनि कमैया थिए, बाबु, आमा अनि उनीमात्रै होइन, उनका ६ वटी दिदी बहिनी सबै कम्लहरी।

१५–१६को बैंश भर्खरै फुल्दै थियो, बिहे भयो। उनले आफै मन पराएर पनि होइन, बाबुआमाले मागिदिएको पनि होइन, जमिन्दारले खोजेर ल्याइदिएका रे! 'त्यसो गर्दा जमिन्दारलाई काम गराइरहन सजिलो हुन्थ्यो, फकाई–फुल्याई जमिन्दार आफैँले बिहे गराइदिन्थे,' शान्ता मन्द मुस्कान ओंठमा नचाउँदै थिइन् त्यो विगतमा पुग्दा, 'त्यसलाई के भन्ने? मागेको बिहा कि माया प्रिति गरेर!'

आफ्नो जग्गा जमिन थिएन। पुस्तै सुकुम्वासी। दाङ लक्ष्मीपुर गाविसमा उनका बाजेले गाउँकै जमिन्दारको जग्गामा सानो छाप्रो बनाएका थिए। बाउको पुस्ता पनि उस्तै।

उनीहरू जमिन्दारको जग्गामा बस्थे, अनि उनीहरूकै जग्गा जोत्थे। अँधियार पनि, जग्गामा घर बनाएर बसेका पनि, त्यो बेलाका जमिन्दारलाई के चाहियो? घरका परिवार जति सबै कमैया र कम्लहर, शान्ता मात्रै कसरी बचून्!

बिहेपछि पनि कम्लहरी नै थिइन्। गर्भमा बच्चा थियो। तैपनि उनीहरू जमिन्दारकै घरमा थिए, लोग्नेस्वास्नी दुवैजना। एकदिन दुवैले सल्लाह गरे, 'अब आफ्नै घर बनाम्।' नजिकैको एउटा बनको एउटा छेऊमा झार जंगल फाँडेर एउटा छाप्रो हाले।

त्यो बेला पनि उनीहरू जमिन्दारकै घरमा कमैया थिए। अरु केही उपाय थिएन। जवर्जस्ती कमैयाहरूले घर छोडेकाले जमिन्दार रिसाएका थिए। घरमा भाँडा माझ्ने, कमैया–कम्लहरीको आफ्नो छुट्टै घरसंसार बस्न थालेको कति जमिन्दारलाई पो पच्ला र?

त्यो सायद, २०५४ सालतिर थियो। उनी सुत्केरी भएकी थिइन्। छोरो १९ दिनको मात्रै थियो। लोग्ने जमिन्दारकै घरमा काम गर्न गएका थिए। एक हूल मान्छे आए, त्यो छाप्रोमा आगो सल्काइदिए।

छोरोलाई काखमा लिनमात्रै पाइन् राम्रोसँग हेर्न नपाउँदै त्यो छाप्रो एकैछिनमा खरानी भइसकेको थियो। साँझसम्मै कुरिन्, लोग्ने पनि फर्किएनन्। केही दिनपछि थाहा भयो, पुलिसले लगेछन्। आरोप थियो 'सरकारी रुखहरू काटेर बनको जग्गामा घर हालेको।' जमिन्दारले नै गाउँलेलाई उस्काएछन्, प्रहरीलाई भनिदिएछन्।

धेरै दिन भइसकेको थियो, खाना खान नपाएको सुत्केरी शान्ता चौधरीको दुध रसाएन। त्यो दूधे बालकले के खाओस्? छोरो काखैमा मर्‍यो।

'अहिले क्यान्सर भएको त्यसैले पनि हो कि जस्तो लाग्छ,' आफ्नो देव्रे स्तनतिर संकेत गर्दै उनले भनिन्।

'छोरो मरिसकेको थियो, दुध चुसाउन पाइएन, पछि त्यो दुधलाई निचोर्दै फालेको त थिएँ,' उनलाई शंका छ 'त्यै बेला दुध गानिएर गाँठागुठी निस्किएको होला।'

२०६३ सालमा जे पर्ला पर्ला भनेर जर्वजस्ती जमिन्दारको घरमा काम गर्न छाडे उनीहरूले। श्रीमान् 'इण्डियन लाउरे' भए।

गाउँमा अलिअलि आन्दोलन चल्दै थियो, भूमिहीनहरूको नाममा। शान्ता त्यसैमा लागिन्। गाउँमा सबैले भन्थे 'शान्ता थरुनी बिग्रिई, छोराछोरी मारेर नेता बन्दैछे।'

समाजको त्यो लाञ्छनाले उनलाई कत्तिपनि बिचलित पारेन। 'मलाई एक चम्चा तेल पनि पैंचो दिँदैनथे, तर आन्दोलनमा लागेपछि आफ्नै जग्गा पाइन्छ, आफ्नै घर हुन्छ अनि कसैले आगो लगाउन सक्दैन भन्ने सोंचिरहन्थेँ,' उनको एउटै सपना थियो, 'आफ्नै जग्गामा घर बनाउने, जसलाई कसैले आगो लगाउन नसक

एन्फा अध्यक्ष गणेश थापा फिफाद्वारा निलम्बित

१८, कात्तिक, काठमाडौं । विश्व फुटबल महासंघ -फिफा)ले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापालाई निलम्बन गरेको छ ।


फिफाले फुटबलका कुनै गतिविधिमा संलग्न हुन नपाउने गरी थापालाई १२० दिन निलम्बन गरेको हो । थापाको निलम्बन मंगलबारबाट लागू हुनेछ ।

आचार संहिता उल्लघनको आरोपबारे छानविन सुरु गर्दै फिफाले थापालाई निलम्बन गरेको जानकारी दिएको छ ।

एन्फा पदाधिकारीहरुले थापामाथि लगाएको अनियमिताको आरोपबारे छानविन भइरहेको समेत फिफाले आफ्नो वेबसाइटमा उल्लेख छ ।

५८ करोड अनियमिताको आरोपमा संसदको लेखा समितिले असोज १२ गते गणेश थापाको अध्यक्ष पद स्थगन गर्न भनेको थियो । थापाले लामो समयसम्म आफू दोषी नभएको दावी गर्दै भ्रष्टाचार प्रमाणित गर्न चुनौती दिए ।

तर, खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले लेखाको निर्देशन पालना नगरे आफूले कारबाही गर्ने चेतावनी दिएपछि थापाले कात्तिक ३ गते दुई महिनाका लागि आफ्नो पद स्थगनको घोषणा गरे ।

पारस शाहको गिरफ्तारीमा उनकै 'गर्लफ्रेन्ड'को भूमिका

१८, कात्तिक, काठमाडौं । आफ्नी शीलवती पत्नी हिमानी शाह र प्यारा छोराछोरीलाई छाडेर गर्लफ्रेन्डसँग थाइल्याण्डमा बस्दै आएका पारस शाहले अन्ततः तिनै थाई युवतीबाट धोका खानुपरेको छ ।


पारस शाहले पछिल्लोपटक आफूलाई थाई प्रेमिकाले पक्राउ गरेको बताएर यस्तो धोकाखडीको आफैंले खुलासा गरेका हुन् । बैंककमा लागू औषधसहित पक्राउ पर्नुअघि गत अक्टोबर ७ मा प्रेमिकाको जन्म दिन मनाएका पारसले तिनै प्रेमिकाबाट गिरफ्तारीमा परेको गुनासो फेसबुकमार्फत् खोलेका छन् ।

पूर्वयुवराज पारस शाहले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्-‘अन्त्यमा उनीसँग झगडा भएको थियो, मध्याहृन १२ बजे म उनको भाइको शहरमा पक्राउ परेँ ।’

थाइल्याण्डको कानूनअनुसार सुराकीलाई ३० प्रतिशत पुरस्कार पाउने साहले बताए । उनको भनाइको आशयअनुसार यही लोभले उनकी प्रेमिकाले पारसलाई पक्राउ गरेकी हन् ।

आफूलाई फसाइएको तर्क गर्दै पारसले भनेका छन्-‘मेरो परिवार र साथीहरु प्रष्ट हुनुस्, म बेवकुफ छैन ।’
आफ्नो गिरफ्तारीलाई एक खेलका रुपमा व्याख्या गर्दै पारसले ‘यो खेल खेल्न सक्ने मेरो मुटु छ’ भन्ने उल्लेख गरेका छन् ।

आफ्नो जीवनका साथै परिवारको नाम र देशको इज्जतका लागि पनि अब आफूले यसलाई प्रमाणित गर्ने पारसको दाबी छ ।

ज्ञानेन्द्रलाई हृदयघात हुँदा किन नआएको ?


पारस शाहले बाबुलाई हृदयघात हुँदा नेपाल नआउनुको कारणबारे पनि मुख खोलेका छन् । त्यसबेला आफ्नी बहिनी बैंककमै रहेको भन्दै उनले बाबुको अवस्था गम्भीर भए एक दिन पर्खिएर सँगै आउने योजना बनाएको बताए ।

तर, बुबाको हृदयघात सामान्य भएकाले नआएको भन्दै उनले भनेका छन्-भाइटीकामा फर्किने बाचासहित उनीहरु काठमाडौं गएका हुन् ।’

शाहले अघिल्लोपटक पक्राउ पर्दा कानुनी लडाइ लड्न चाहे पनि न्यायाधीशले थप हानी हुन सक्ने बताएपछि निर्णय स्वीकार गरेको बताएका छन् । अदालतमा आफ्ना वकीलले अंग्रेजी नबुझ्ने र आफूले थाई भाष नबुझ्ने हुँदा समस्या परेको पारसको भनाइ छ ।

Monday, November 3, 2014

सम्भोगको बेला कस्तो हुन्छ त मस्तिष्कको गतिबिधि ? थाहा पाईराखौ !

 तथ्य सदैब लुक्न सक्दैन | केही समयको लागी बंग्याउन सकिए पनि त्यसले बिस्तारै आफ्नो आकार लिन्छ-लिन्छ | दबाउन वा पछार्न खोजियो भने त झन् हावा भरिएको भकुण्डोझैँ जति बल गरेर दबायो त्यति माथि उफ्रिन्छ | कुनै पनि कुरा जान्न खोज्नु मान्छेमा हुने एकदमै सकारात्मक पक्ष र एउटा अर्को नयाँ आविष्कारको थालनी हो |


समाज बिकासको इतिहास हेर्दा कुनै बिशेष समयमा स्वतन्त्रता पूर्बक उजागर भैरहेका शारीरिक, मानसिक तथा सम्बेगात्मक प्रतिक्रियाहरु लुकाउने प्रक्रियाबाट लाज सुरु भएको तथ्य भेटिन्छ | करिब ४-५ लाख बर्ष पहिले कुनै बयस्क महिलाले आफ्ना अंग निर्भिक रुपमा चलाएर उत्तेजित भैरहेको अवस्थामा कोही अर्को मान्छे झल्याँस्स देखा पर्दा उसबाट आफ्ना उत्तेजित अंग लुकाउन खोज्दादेखि लाजको बिकास सुरु भएको मानिन्छ |

“लाज” भन्ने आधारभूत कुरा प्राय सबै समाजमा उस्तै-उस्तै प्रकारको भए पनि लाज मानिने बस्तु र प्रकृति फरक छ | उदाहरणको लागी नेपालमा पुरुष तथा महिलाको जनेन्द्रियको भाषिक नाम भन्नु लाजको बिषय मानेर सामाजिक स्तरमा भनिदैन | भन्नै परे पनि उपनाम वा राम्रो नाम प्रयोग गरिन्छ | जापानमा महिला पुरुष दुबैले दुबैको जनेन्द्रियको नाम सामाजिक रुपमै प्रष्टसंग भन्छन, भन्न लाज हुँदैन | देखाउन पनि त्यति लाजको बिषय हुँदैन | अद्दापि कतिपय तातो पानीले नुहाउने ठाउँमा महिला पुरुष समूहमै, संगै, र नांगै नुहाउंछन् | घरमा नुहाउँदा पनि छोराछोरी १२-१३ बर्षका हुँदासम्मै स-परिवार सबैले संगै नांगै नुहाउँछन् | छोराछोरी १३-१४ काटेपछि भने आमाछोरी र बाउछोरा संगै नुहाउँन थाल्दछन् | तर सामाजिक स्तरमा “दिसा” भन्ने शब्द भन्नु लाजको बिषय हुन्छ |

अमेरिका लगायतका पश्चिमी देशमा परिवार भित्र “पिनस,” “भजैना,” “सेक्स” का कुरा खुलेर गरिन्छ तर बिषयबस्तु नै देखाउनु केही लाज हुन्छ | अफ्रिकातिर पनि त्यस्तै हो | दक्षिणी अमेरिकामा केटीहरुले स्तनको मुन्टा बाहेकको पुरै डल्लो देखाउन र नाङ्गो पुठो देखाउन कुनै लाजको बिषय हुँदैन | ब्राजिलको कार्निभल भन्ने मेलामा २०-२५ बर्षका केटीहरुको स्तन र पुठो सिंगार्ने होडबाजी नै चल्दछ | दसौं लाख मान्छेहरुले हेर्ने र हप्तैभरि चल्ने उक्त जात्रामा आकर्षक स्तन र पुठो करिब पूर्णरुपमा देखाएर नाच्ने केटीहरुलाई बिबाह गर्न चाहने केटाहरुको हानथाप हुन्छ |

नेपालमा केटीको कुनचाहिं कुरालाई समाजले बढी आकर्षक मान्छ म त्यति जानकार छैन, तर अन्य धेरै देशमा खास केही कुरालाई बिशेष मानिन्छ | जस्तै:- अफ्रिकामा ठुलो ओठ, जापान तथा कोरियामा लामो घाँटी र मसिना तिग्रा, अमेरिका र युरोपमा स्तन, आदि |

नेपाल लगायतका पूर्वीय देशहरुमा समाज बिकासको केही कालखण्डमा यौनको बिषयलाई बढी दबाएर राख्न खोज्दा बेलाबेलामा ठूला बिष्फोटन पनि भएका छन् | मन्दिर तथा देवालयका टुंडालमा ठड्याइएका लिङ्ग, फट्टाइएका योनी आदि कोरिनु तथा खोपिनु, र ठाउंठाउंमा शिबलिङ्ग भन्दै लिंगका आकार बनाइनु धर्मको सुरक्षित आडलिएर यौनलाई बिष्फोटन गराइनुका परिणामहरु हुन् |

अहिलेको नेपालको सन्दर्भमा कुरा गर्दा आजभोली सम्भोग तथा सन्तान उत्पादन लगायतका यौनिकता सम्बन्धि बिषयमा सामाजिक रुपले राम्रै चेतना फैलिएको छ, तथापि पत्र=पत्रिकाले यसबारेमा अलिकतिमात्र कुरा उठाए भने एउटा पत्रिकाले अर्को पत्रिकाको बद्ख्वांईं गर्ने प्रवृतिमा भने बढोत्तरी आएको छ | यही कारणले गर्दा सम्भोग चरणका अवस्था (Human Sexual Response Cycle) बारेमा जनमानसमा खासै जानकारी छैन, जुन कुरा मनोबैज्ञानिक तथा ज्ञान बिकासको दृष्टिकोणले नकारात्मक हो | तर यही कमजोरीको फाइदा उठाएर एडल्ट भिडियो, अस्लिल पत्रिका, खेलौना जस्ता उपन्यास लेखन तथा बिक्रीवितरण भने यौनिकताका विकृत रुप हुन् |
मानवमा सम्भोग चरणका अवस्थाको बारेमा सर्वप्रथम सन् १९६६ मा William H. Master र Virginia E. Johnson ले सिधान्त प्रतिपादन गरेका हुन् | त्यसपछि अन्य सिधान्तहरु पनि प्रतिपादन भएका छन् | मानवमा सम्भोग चरणका Excitement Phase, Plateau Phase, Orgasmic Phase र Resolution Phase गरी चार अवस्थाहरु हुन्छन् |

भौतिक तथा मानसिक कुराहरु जस्तै :- नग्नतासंग सम्बन्धित आफ्नै अथवा अरुको अंगहरु ऐच्छिक रुपले हेर्नु, देख्नु वा देखिनु, सम्भोगको चाहना सहित एकअर्कालाई छुनु, चलाउनु, म्वाइ खानु आदि क्रियाकलापले व्यक्तिको शारीरिक तथा मानसिक स्थितिमा सम्भोग सम्बन्धि Excitement पैदा गर्दछ | तर यौन सम्पर्क भन्ने कुरालाई एकदम नकारात्मक किसिमले हेरियो भने अथवा यौन सम्पर्कमा भागलिने अर्को पक्ष प्रति अति घिणाको भावले हेरिएको छ भने मान्छेमा यौन इच्छा नै मार्ने संयन्त्र स्थापित हुनसक्छ | कुनै पनि गहिरो साधना गरेमा हाम्रो शरीर त्यस्तै प्रकारको बन्न सक्दछ | यस्तो स्थितिमा शरीरलाई सर्बप्रथम लैजान सक्ने एक जना बौद्ध भिक्षु थिए | उनले आफूले सधै पाउने पीडादायी यातनाबाट छुटकारा पाउन आफ्नो शरीरलाई पीडा नै अनुभब नहुने बनाउन सकेका थिए |

प्रसंग बदलौं | व्यक्ति शारीरिक तथा मानसिक दुवै रुपले सम्भोगको लागी तयार हुनु Excitement Phase हो | यो अवस्थामा कुनै अबरोध भएन भने त्यो क्रमशः बिकसित हुँदै Plateau Phase मा पुग्दछ | Plateau Phase मा महिला तथा पुरुष दुवै उस्तै रुपमा तयार हुन पुग्छन् | तर यो पूर्ण रुपले Excitement Phase बाट छुट्याउन सकिने खालको हुँदैन | Orgasmic Phase एकदम छोटो हुन्छ | पुरुषमा स्खलनपछि तुरुन्तै सिद्धिन्छ तर महिलामा एकपछि अर्को हुने अवस्था पनि हुन्छ | Orgasmic Phase को महसुस संयन्त्र जस्तै:- योनी तथा लिंगको वोरिपरिको भागदेखि गुद्दद्वारसम्मको भाग एकै प्रकारले (Rhythmically) खुम्चिने र फुक्ने प्रक्रिया, महिला तथा पुरुषमा उस्तै प्रकारको हुन्छ तर दुबैको अनुभब भने फरक-फरक किसिमको हुन्छ | त्यति मात्र होइन, सम्भोगबाट संसारका हरेक व्यक्तिले महसुस गर्ने पन कसैको कसैसंग मिल्दैन | Resolution Phase मा व्यक्तिमा सम्भोगको चाहना जिरो, अझ नकारात्मक हुन्छ | उल्टै व्यक्तिको शारीर तथा दिमागले गुमेको शक्तिलाई पुनः प्राप्त गर्ने कोशिस गरिरहेको हुन्छ | कतिपय व्यक्तिलाई त सम्भोगपछि केही समय निदाउनै पर्छ |

Excitement Phase मा दुबैको मुटुको धड्कन, स्वासप्रश्वास, र रक्तचाप एकदम बढ्छ | २००६ सालमा गरिएको एउटा सर्भे अनुसार स्तनमात्र चलाउँदा पनि ८२% महिलामा र ५२% पुरुषमा Excitement Phase पुरा भएको पाइएको थियो | यो अवस्थामा पुरुषको लिंगमात्र कडा हुने अथवा तन्किने नभई महिलाको स्तन, योनीका सबै भागहरु तन्किने र कडा हुने गर्दछन् | यसरी सम्भोगको तीब्र इच्छाले यौनांग कडा हुने अवस्थालाई Sex Flush भनिन्छ |

Sex Flush को अवस्थामा पुरुषको लिंग सुरुको अवस्थामा एकदम उतेजित र ठुलो हुन्छ तर त्यो उत्तेजना एकैनासको हुँदैन, बढ्ने घट्ने भैरहन्छ | अन्डकोषहरु लिंगको जरातर्फ माथि सर्छन, र साबिकको भन्दा झण्डै डेडगुणा ठुला हुन्छन् | महिलाको पनि योनीका सबै भागहरु जस्तै:- Clitoris, Labia Minora, Vulva, Vagina, Pelvis, स्तन सबै एकदम फुल्दछन, र दुबैका सम्भोगमा भागलिने अंगहरुको रंग पनि फेरिन्छ | योनी पनि ठुलो हुन्छ र योनीका भित्ताहरु लगातार संकुचन र बिस्तार भैरहन्छन | जसको कारण तरल पदार्थ लगातार बगीरहन्छ | अनुहार पनि रातो हुन्छ | दुबैको छातीमा चाला देखिन पनि सक्छन् |

सन्तान उत्पादनको लागी मात्र सम्भोग गर्ने अन्य जनावरले भावना र चाहनाले सम्भोग गर्दैनन् | मानिस बाहेकका प्राय जनावरहरु जब बर्षको अथवा केही बर्षहरुको अन्तरालमा सन्तान उत्पादनकोनिम्ति एकदम उर्बर अवस्थामा पुग्छन, उनीहरुमा फेरोमोन (Pheromone) नामक हर्मोन अत्यधिक उत्पादन हुन्छ | त्यही हार्मोनको उत्पादनले पोथीमा यौनिच्छा जगाउँछ भने त्यसैको गन्धले भालेमा सम्भोगको तीब्र इच्छा जगाइदिन्छ | जनावरहरुलाई उमेर र सुन्दरताको ज्ञान र मतलब हुने गरी उनीहरुको मस्तिष्कको बिकास (Evolution) भएको छैन |

मान्छेको मस्तिष्कको बिकासको ढांचाले सम्भोगको उद्देश्यमै परिवर्तन ल्याइदिएको छ | अरु जनावरझैं सन्तान उत्पादनको लागी मात्र नभएर मान्छेले सम्भोगलाई आफ्नो जीवन यापनको एक नियमित प्रक्रिया बनाउन सकेको छ | सदैब सम्भोगको चाहना हुने गरी मस्तिष्कको बिकास हुँदैगएकोले नै महिलामा एक पटक स्तन उठेपछि अरु जनावरको झैं ब्याउने बेलामामात्र बढ्ने नत्र सुक्ने नभएर केही परिवर्तन बाहेक सदैब उस्तै हुने गरि स्तनको पनि विकास (Evolve) भएको मानिन्छ | अरु पोथी जनावरको योनीमा पनि सम्भोगको बेलामा मान्छेमा जस्तै प्रक्रिया हुन्छ, तर मान्छेको योनी तुरुन्तै सम्भोगको लागी तयार हुनेगरी विकास (Evolve) भएको छ अन्य जनावरको भएको छैन |

कतिपय अनुसन्धानकर्ताहरुले सम्भोगलाई कुनै प्रकारको पीडा शान्त पार्ने अथवा कुनै नकारात्मक इच्छा पुरा गर्ने औसधि वा लागु पदार्थसँग पनि तुलना गरेका छन् | जसरी अल्कोहल, निकोटिन तथा अन्य बिबिध प्रकारका लागु पदार्थ सेवन गर्दा सेबन गर्ने व्यक्तिले क्षणिकरुपमा सन्तुस्टी पाएको महसुस गरे पनि शारीरिक र मानसिक रुपमा गल्दै गएको हुन्छ, त्यसरी नै नियमित अथवा बढी सम्भोग गर्ने व्यक्तिको अनुहारको चमक एकदम घट्दै जान्छ, अथवा ऊ छिटै बुढो हुन्छ भनेर पनि भनेका छन् | कतिपय महिलाले सम्भोगको बेला पीडा नै हुनेगरी आफ्नै कपाल तान्नु पनि यस्तै कारण मानिन्छ |

सम्भोगको बेला, अझ बिशेष गरेर स्खलित हुँदाको अवस्थामा, मस्तिष्कको स्थिति कस्तो हुन्छ त ? हाम्रा जनेन्द्रियहरुका बिभिन्न भागहरु एकदम धेरै नर्भहरु टुंगिने अथवा मस्तिष्कसंग सिधा र द्रुत सम्पर्क स्थापित गर्ने ठाउंहरु हुन् | महिलाको Clitoris मा मात्र यस्ता नर्भहरु ८ हजार वोटा हुन्छन् |

स्खलित हुँदा Hypogastric Nerve ले महिलाको योनीमार्ग र सानो पेट, अनि पुरुषको लिंगको टुप्पाको अनुभवको स्थिति, Pelvic Nerve ले महिलाको योनी र सानो पेटको, अनि दुबैको गुद्दद्वारको अनुभवको स्थिति, Pudendal Nerve ले महिलाको Clitoris, अनि पुरुषको अन्डकोष को अनुभवको स्थिति, र Vagus Nerve ले महिलाको योनी, योनीमार्ग, स्तनको मुन्टा तथा तल्लो पेटको अनुभवको स्थिति मस्तिष्कमा पठाउँछ |

हाम्रो मस्तिष्कमा आनन्द महसुस गर्ने भन्ने एउटा Pleasure Center अथवा Reward Circuit भन्ने ठाउं हुन्छ | त्यसैले सम्भोग, हाँसो, नसालु पदार्थको सेवनबाट प्राप्तहुने लगायतका आनन्द अथवा मजाको अनुभब गर्दछ | Lateral Orbitofrontal Cortex भनिने देब्रे आँखाको ठिक पछाडि हुने मस्तिष्कको भागले मान्छेको व्यवहारलाई निर्देशित र नियन्त्रण गर्दछ | तर चरम उत्कर्षको बेलामा यो भाग बन्द हुन्छ | जसको कारण यो बेलामा व्यक्तिले आफूलाई नियन्त्रण गर्न सक्दैन, नसालु पदार्थ खाए जस्तै बन्दछ |

पुरुषको तुलनामा सम्भोगको सम्बन्ध महिलामा ब्यापक प्रकारले स्थापित हुँदै बिकसित हुँदैगैरहेको छ | जस्तै:- सम्भोगको बेलामा महिलामा Periaqueductal Gray (PAG) भनिने मस्तिष्कको भाग, जसले “Fight to Fight Response” लाई नियन्त्रण र निर्देशन गर्दछ, त्यो पनि सक्रिय हुन्छ | त्यस्तै गरी डर र चिन्ताको बेला सक्रिय हुने amygdale र hippocampus भनिने मस्तिष्कको भागमा निस्कृयता आउँछ | तर पीडासंग सम्बन्ध हुने मस्तिष्कको भाग भने सक्रिय हुन्छ | यसबाट के बुझिन्छ भने सम्भोगको पूर्ण आनन्द लिनको लागी महिलालाई सुरक्षा पहिलो प्राथमिकता हुन्छ, अनि पीडा र आनन्दको कुनै न कुनै प्रकारको सम्बन्ध हुन्छ |

श्रुतिले पुर्‍याइदिइन् अन्तिम इच्छा

काठमाडौ, कार्तिक १५ - प्रायः फिल्ममा कसैलाई दुःख पर्‍यो भने नायक आएर उद्दार गर्छ र दर्शकको ताली पाउँछ । बलिउड नायिका श्रुति हसनले मृत्युको मुखमा पुगेकी एक बालिकाको अन्तिम इच्छा पूरा गरेर दुःखमा खुसी दिने प्रयत्न गरेकी छन्, रिलमा नभई रियलमै ।


केही दिनअघि मात्रै फिल्मको सेटमै उनलाई एक अनौठो फोन कल आयो । त्यसपछि उनी फिल्म 'यारा' को सुटिङ नै रोकेर एक दिनका लागि मृत्युको मुखमा पुगेकी १७ वर्षीया बालिकाको घर पुगिन् । बालिकालाई क्यान्सर भएको रहेछ ।

डाक्टरले अन्तिम अवस्थामा पुगेको क्यान्सरबाट उनलाई बचाउन नसक्ने भन्दै बरु बाँकी समय खुसी दिएर घरमै राख्न अभिभावकलाई भने । अभिभावकले छोरीलाई मन लागेको कुरा माग्न भनेपछि उनले आफ्नी फेवरेट हिरोइन श्रुतिलाई भेट्न चाहेको बताइन् ।

श्रुतिले पनि बालिकालाई पूरा एक दिन खर्चिएर खुसी तुल्याइन् । मुम्बईबाटै सीधै पुना झरेर बालिकाको घर पुगिन् र आफ्नै हातले उनीप्रति लेखेको चिठी पनि दिइन् ।

२८ वर्षीया श्रुतिले क्यान्सर पीडित बालिकाको अन्तिम इच्छाबारेमा 'मेक अ विस फाउन्डेसन' बाट जानकारी पाएकी थिइन् । त्यसो त मृत्युको मुखमा पुग्नेको अन्तिम इच्छा पूरा गर्नेमा श्रुति पहिली सेलिबे्रटी भने होइनन् ।

यसअघि यस्तै अन्तिम इच्छालाई अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, गायक जस्टिन बिबर र माइली साइरसले पनि पूरा गरिदिएका थिए । चेन्नाई तामिलनाडुकी श्रुति फिल्म 'लक' बाट २००९ मै बलिउडमा डेब्यु गरेकी हुन् । तर गत वर्ष रिलिज भएको 'रमैया वस्तभैया' ले उनलाई उचाइ दिएको थियो ।